काठमाडौं । काठमाडौंको बौद्धमा रहेको एक विद्यालयमा पढ्ने ११ वर्षीया बालिका आफ्नै बाबुबाट जबर्जस्ती करणीमा पर्ने गरेको भेटिएको छ । सो उजुरीको आधारमा उनका सौतेनी बाबु प्रहरीलाई हिरासतमा पुर्याइएको छ भने ती बालिकालाई काठमाडौं महानगरपालिकाको जिम्मामा राखिएको छ ।
पछिल्लो समय महानगरको बाल उद्धार कार्यदल, बालबालिका खोजतलास सेवार बाल हेल्पलाइनसहितको संयुक्त टोलीले उनको बारेमा जानकारी पाएपछि उनलाई उद्धार गरेको थियो । साथै, उनका बुबालाई उजुरी गरेर प्रहरी हिरासतमा पठाइएको छ । बालिका अध्ययन गर्ने विद्यालय काठमाडौ महानगरपालिका क्षेत्रभित्र भएकाले महानगरपालिकाले प्रहरी वृत्त, वौद्धको सहयोगमा उनीहरूको उद्धार गरेको महानगरपालिकाले जनाएको छ ।
उनीबाहेक महानगरपालिकाले अन्य दुई बालकलाई पनि घरेलु हिंसामा परेको सूचनाको आधारमा उद्धार गरेको छ । उद्धार गरिएका तीनै जना बालबालिकालाई अस्थायी संरक्षणमा राखिएको महानगरले जनाएको छ ।