काठमाडौं खबर मंसिर १९, २०८१
काठमाडौं । पछिल्लो समय घट्दै गएको काठमाडौंको न्यूनतम तापक्रम आज पनि घटेको छ । योसँगै राजधानी काठमाडौँको न्यूनतम तापक्रम यो वर्ष (२०८१) को आजसम्मकै कम भएको छ।
मौसम पूर्वानुमान महाशाखाले बिहान पौने नौ बजे जारी गरेको सूचनाअनुसार काठमाडौँको न्यूनतम तापक्रम आज ५.६ मा झरेको छ । जबकि मंगलबार ६.६ डिग्री सेल्सियस रहेको थियो ।
यो क्रम अझै घट्ने सम्भावना रहेको छ ।