काठमाडौं । सर्वोच्च प्रशासनले दरपीठ गरिदिएको कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारीविरुद्धको मुद्दा दर्ता गर्न सर्वोच्चका न्यायाधीशले आदेश दिएका छन् । मानव तस्करीको आरोपमा मु्द्दा नचलाउने निर्णय गरेको सरकारी वकिलको कार्यालयको निर्णयविरुद्ध परेको मुद्दामा यसअघि सर्वोच्चले प्रमाण नपुग्ने भन्दै दरपीठ गरिदिएको थियो ।
यसअघि सर्वोच्च प्रशासनले दर्ता गर्न अस्वीकार गरिएकोविरुद्ध निवेदक वरिष्ठ अधिवक्ता दिनेशमणि त्रिपाठीले इजलासमा उजुरी गरेका थिए । उक्त रिटको प्रारम्भिक सुनुवाइ मंसिर २३ गते हुने भएको छ।
उनविरुद्ध मुद्दा नचलाउने गरी जिल्ला सरकारी वकिलबाट भएको निर्णय प्रथम दृष्टिमै गैरकानूनी र विधिको शासनविपरीत रहेको दाबी रिटमा गरिएको छ। अधिकारीलाई उच्च राजनीतिक दबाबका कारण सरकारी वकिल कार्यालयले मुद्दा नचलाउने निर्णय गरेको भन्दै सो निर्णय कार्यान्वयन नगर्न रिटमा माग गरिएको छ