काठमाडौं खबर मंसिर २२, २०८१
काठमाडौं । नेपाल पत्रकार महासंघको आसन्न निर्वाचनका लागि सत्ता र विपक्षी गठबन्धनबीच प्यानल बनाएरै प्रतिस्पर्धा हुन लागेको छ । यही मंसिर २८ गते हुन लागेको निर्वाचनका लागि प्यानलगत उम्मेदवारी दिएका हुन् । जसमा अध्यक्षमा मात्रै पाँच जनाले उम्मेदवारी दिएका छन् ।
दलगत रुपमा सत्ता गठबन्धनबाट नेपाल प्रेस युनियन र प्रेस चौतारीकी साझा उम्मेदवार निर्मला शर्माले उम्मेदवारी दिएकी छन् भने विपक्षी गठबन्धनको तर्फबाट कमल गिरीले उम्मेदवारी दिएका हुन् ।