![](https://kathmandukhabar.com/wp-content/themes/kathmandu-khabar/assets/favicon.png)
![](https://kathmandukhabar.com/wp-content/themes/kathmandu-khabar/assets/clock-icon.png)
काठमाडौं । बंगलादेशी पूर्वप्रधानमन्त्री शेख हसिनाको रिस बंगलादेशी राष्ट्रपिता बङ्गबन्धु शेख मुजिबुर रहमानमाथि पोख्न लागेको छ । पूर्वप्रधानमन्त्री हसिनाका पिता समेत रहेका बंगबन्धुको तस्वीर बंगलादेशी नोटबाट हटाउने तयारी बंगलादेशी राष्ट्र बैंकले तयारी गरेको हो । सन् १९७१ मा पूर्वी पाकिस्तानबाट स्वतन्त्र देश बनाउने आन्दोलनमा बंगबन्धुले नेतृत्व गरेका थिए ।
सोही समयदेखि टाका भनिने मुद्राको २०,१००,५०० र १००० का नयाँ नोटमा राष्ट्रपिता बङ्गबन्धुको तस्बीर नहुने भएको छ । बङ्गलादेश बैङ्कका कार्यकारी निर्देशक हुस्नेरा शिखाले बङ्गबन्धु यो जानकारी उल्लेख गरेका छन् । यो खबर अहिले विश्व मिडिया र खासगरि भारतीय मिडियामा व्यापक छाएको छ ।
केही महिनाअघि हसिना सत्ताबाट अपदस्त भएपछि उनीसँग जोडिएका विषयमा बंगलादेशी सरकार आक्रामक बन्दै आएको छ ।