काठमाडौं खबर मंसिर २०, २०८१
काठमाडौं । काठमाडौंमा जारी नेपाल प्रिमियर लिग (एनपीएल)मा जनकपुर र सुदूरपश्चिम विजयी भएका छन् । आजको पहिलो खेलमा जनकपुरले पोखरालाई हराएको थियो । पोखराले दिएको १३९ रनको लक्ष्य जनकपुरले १७.१ ओभरमा तीन विकेट गुमाएर पूरा गर्यो ।
त्यस्तै, आजको दोस्रो खेलमा सुदूरपश्चिमले दिएको १६२ रनको लक्ष्य लिएको काठमाडौं १५.५ ओभरमा ९४ रनमै समेटियो । सुदूरपश्चिम रोयल्सका नरेन साउद काठमाडौंमा जारी नेपाल प्रिमियर लिग (एनपीएल)मा ५ विकेट लिने पहिलो नेपाली खेलाडी बनेका छन् । १८ वर्षीय नरेनले बिहीबार काठमाडौं गुर्खाजविरुद्ध ५ विकेट लिएका हुन् ।
देब्रे हाते स्लोआर्म अर्थोडक्स बलर नरेनले ३.५ ओभरमा १९ रन दिएर ५ विकेट लिएका हुन् । यस क्रममा उनले कुनै पनि बाउन्ड्री दिएनन् ।