काठमाडौं खबर मंसिर २१, २०८१
काठमाडौं । अमेरिकी खेलाडी आन्द्रेसले काठमाडौंमा जारी नेपाल प्रिमियर लिग (एनपीएल)मा पहिलो शतक हानेका छन् । आज पोखरा भर्सेस लुम्बिनीको खेलमा आन्द्रेस गौसले उनले ५४ बल खेल्दै १२ चौका र पाँच छक्का मद्दतमा शतक बनाएका हुन् ।
१६औं ओभरको अन्तिम बलमा विवेक यादवलाई चौका प्रहार गर्दै उनले शतक पूरा गरेका हुन् । उनले अविजित १०४ रन जोडे ।
पोखरामा एनपीएलमा १० विकेटको जित हात पार्ने पहिलो टिम बन्यो । योसहित पोखराले जितमा विभिन्न कीर्तिमान पनि बनाएको छ । जसमा गौसको पहिलो शतक समेत रह्यो ।
यो खेलमा पहिलो शतक, २० बलमै अर्धसतक, १० विकेटले जित हात पार्नेलगायत कीर्तिमानी यो खेलमा देखिएको छ ।