काठमाडौं खबर मंसिर १०, २०८१
काठमाडौं । काठमाडौं महानगरपालिकाले नेकपा एमाले केन्द्रीय कार्यालयको नाममा काटेको जरिवाना पत्र इमेल र हुलाकबाट जरिबाना जरिबाना पठाएको छ । आइतबार भौतिकरूपमा नगरप्रहरीले पत्र लिएर जाँदा एमाले पार्टी कार्यालयमा कसैले पनि पत्र लिन नमानेपछि इमेल र हुलाकबाट पत्र पठाएका हुन् ।
मयेर शाहका प्रमुख स्वकीय सचिव भूपदेव शाहले भने, ‘आज बिहान हुलाक र इमेलबाट हामीले पठाएका छौं। उहाँहरुले बुझ्नु भयो होला।’ एमालेले गत शुक्रबार दरबारमार्गमा जागरण सभा आयोजना गर्ने क्रममा सडक र पेटीमा फोहोर गरेको भन्दै महानगरले सोही दिन एक लाख जरिवाना तोकेको थियो ।
महानगरपालिकाले फोहोरमैला व्यवस्थापन ऐन, २०६८ र काठमाडौं महानगरपालिकाको आर्थिक ऐन, २०८१ बमोजिम जरिवाना तोकिएको पत्रमा उल्लेख गरेको छ ।