काठमाडौं । आगामी मंसिर १६ हुने हुने उपनिर्वाचनमा सबैभन्दा धेरै चासोका साथ हेरिएको कीर्तिपुर नगरपालिकामा मेयरका आकांक्षी कसैले पनि उम्मेदवारी फिर्ता लिएनन् । आज उम्मेदवारी फिर्ता लिने समयावधिभित्र बसैले पनि उम्मेदवारी फिर्ता नलिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । सो पदमा ९ जना दलगत र ११ जना स्वतन्त्र गरी २० जना उम्मेदवार कायम भएका छन् । यी सबैको अन्तिम नामावली सार्वजनिक भएको छ । कीर्तिपुरको मेयरका लागि एमालेबाट डा. सुरेन्द्र मानन्धर, कांग्रेसबाट कृष्णमान डंगोल, माओवादीबाट प्राडा शिवशरण महर्जनको उम्मेदवारी कायम भएको छ । उपेन्द्र यादव नेतृत्वको जसपाबाट तेस्रोलिंगी (यौनिक अल्पसंख्यक) दीपक महर्जन (हनी)को उम्मेदवारी परेको हो । त्यस्तै, राप्रपाबाट ध्रुव…
Author: Kathmandu Khabar
काठमाडौं । छोटो समयमा नै चर्चामा आएर ठूला दलहरूलाई नै आत्थोआत्थो पारेको संसदको चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी यतिबेला सभापति रवि लामिछानेलाई छुटाउन दबाब दिँदै आन्दोलन गर्ने कि नगर्ने भन्ने सामान्य मुद्दामा अल्झिएर बसेको छ । यही झिनामसिना मुद्दामा लाग्दा काठमाडौंमै उम्मेदवार उठाउन नसकेको पार्टी अझै पनि रवि लामिछाने पक्राउको विरोधमा सडक आन्दोलन चर्काउने कि नचर्काउने भन्ने विषयमा आन्तरिक मतभेदमा छ । मंगलबार पार्टी उपसभापति डीपी अर्यालले बोलाएको पार्टी बैठकमा आन्दोलन चर्काउने र नचर्काउने भन्ने विषयमा स्पष्ट दुई धार देखियो । स्रोतका अनुसार उपलब्ध करिब आधा केन्द्रीय सदस्यले अब पार्टी सभापति छुटाउने मुद्दा लिएर आन्दोलनमा जानुको तुक नभएको भन्दै…
काठमाडौं । भारतीय स्थल सेनाका प्रमुख उपेन्द्र द्विवेदी नेपाल आएका छन् । बुधबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् । उनी नेपालका प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा उनी पाँच दिने भ्रमणका लागि काठमाडौं आएका हुन् । परम्पराअनुसार नेपाली सेनाका प्रधानसेनापति र भारतीय सेनाका प्रधानसेनापतिले एक अर्काको देशमा गएर मानार्थ प्रधानसेनापतिको दर्ज्यानी लिने चलन रहेको छ । सेनापति द्विवेदीलाई नेपाली सेनाको युद्धकार्य विभाकका महानिर्देशक एवं नेपालको तर्फबाट संयुक्त राष्ट्र संघको सल्लाहकार पदका लागि उम्मेदवार उपरथी प्रेमध्वज अधिकारीले स्वागत गरेका थिए । नेपालमा रहँदा द्विवेदीले उनले राष्ट्रपति रामचन्द्र पौडेलबाट नेपाली सेनाको मानार्थ महारथीको दज्र्यानी चिह्न समेत प्राप्त गर्नेछन् । बिहीबार सो कार्यक्रम…
काठमाडौं । आगामी १६ गते हुने स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी दिएकाहरूलाई आज निर्वाचन आयोगले निर्वाचन चिह्न प्रदान गर्ने भएको छ । दलगत आधारमा चुनाव लड्न लागेका उम्मेदवारलाई दलगत चुनाव चिह्न र स्वतन्त्र उम्मेदवारी दिएकाहरूलाई स्वतन्त्र चुनाव चिह्न दिइने निर्वाचन आयोगले जनाएको छ । त्यस्तै, आजै उम्मेदवारले नाम फिर्ता लिन सक्ने पनि आयोगले जनाएको छ । बिहान ९ देखि दिउँसो १ बजेसम्म उमेदवारले नाम फिर्ता लिन सक्ने निर्वाचन कार्यतालिका छ । नाम फिर्ता लिएकाहरूको नाम कटाएर आजै दिउँसो १ देखि ३ बजेसम्म अन्तिम नामावली प्रकाशन हुनेछ । दिउँसो ३ देखि ५ बजेसम्म उमेदवारलाई निर्वाचन चिह्न प्रदान गरिनेछ ।
काठमाडौं । हिजोको तुलनामा आज पनि काठमाडौंको तापक्रम कम भएको छ । हिजोदेखि भारी मात्रामा घटेको तापक्रम आज भने ९.२ डिग्रीमा झरेको हो । मंगलबार यो वर्षअन्तर्गत हिजोसम्मकै कम ९.९ डिग्री सेल्सियस देखिएको थियो । मौसम पूर्वानुमान महाशाखाका मौसमविद्का अनुसार आज भने बिहान ५:४५ बजेको मापनमा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ९.२ डिग्री सेल्सियस देखिएको जानकारी दिएका छन् । मौसम महाशाखाले आधिकारिक रूपमा भने अहिले बिहान ८:४५ बजे देशभरकै तापक्रम विवरण सार्वजनिक गर्नेछ। त्यतिबेला काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम थोरै थप घट्ने सम्भावना पनि हुन्छ अथवा यत्ति नै रहन पनि सक्छ।
काठमाडौं । प्रेस काउन्सिल नेपालले गलत र भ्रमपूर्ण अभिव्यक्ति प्रसारण गरी अराजकता फैलाउने युट्युब च्यानल र फेसबुक पेजमाथि कारबाही सुरु गरेको छ । काउन्सिलमा सूचीकरण नभएको र मिडियासँग आबद्ध नभएका पेजहरूमाथि निगरानी बढाएको काउन्सिलले मंगलबार मात्रै ९ वटा सामाजिक सञ्जाललाई कारबाही गरेको छ । काउन्सिलका सहप्रशासकीय अधिकृत एवं सहप्रवक्ता रामशरण बोहराले आज एक विज्ञप्ति जारी गरी दर्ता र सूचीकरणबिना चलेका, मिडियासँग आबद्ध नभएका तीन सञ्जाललाई आवश्यक अनुसन्धान गरी कारबाही गर्न नेपाल प्रहरीको साइबर ब्युरोमा पत्राचार गरिएको र मिडियाअन्तर्गत आबद्ध भएका एक फेसबुक पेजसहित अन्य च्यानललाई अप्रमाणित र एकपक्षीय सामाग्री तत्काल हटाउन वा स्थगन गर्न निर्देशन दिइएको जानकारी दिए। काउन्सिलले पछिल्लो…
काठमाडौं । इस्लामिक कलाको अन्तर्राष्ट्रिय दिवसका अवसरमा काठमाडौँस्थित नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान नक्सालमा इस्लामिक कला प्रदर्शनी तथा सम्मेलन सुरु भएको छ । सोमबार पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्नुभएको कला प्रदर्शनी बुधबारसम्म चल्नेछ । यही १८ नोभेम्बरमा पर्ने इस्लामिक कलाको अन्तर्राष्ट्रिय दिवसका अवसरमा सुरु भएको प्रदर्शनी तथा सम्मेलनमा आज उपराष्ट्रपति राम सहायप्रसाद यादवले अवलोकन भ्रमण गरेका थिए । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीका अनुसार वास्तुकलासँग जोडिएको कलाकृति इस्लामिक कला प्रदर्शनीमा राखिएको जानकारी दिए । ईसं २०१९ मा संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक एवं सांस्कृतिक सङ्गठन(युनेस्को) को सम्मेलनको ४० औँ सत्रमा इस्लामिक कलाको अन्तर्राष्ट्रिय दिवस मनाउने घोषणा भएपछि विश्वभरी हरेक वर्ष…
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो तीन महिनाको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार गैरखाद्य वस्तुको तुलनामा खाद्य वस्तुको मूल्यवृद्धि भएको छ । मुख्यगरी तरकारी र गेडागुडीको मूल्यमा उच्च वृद्धि देखिएको हो । ‘२०८१ असोजमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति चार दशमलव ८२ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा मुद्रास्फीति सात दशमलव ५० प्रतिशत रहेको थियो”, प्रतिवेदनमा भनिएको छ, “समीक्षा महिनामा खाद्य तथा पेयपदार्थ समूहको मुद्रास्फीति सात दशमलव १८ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति तीन दशमलव ४९ प्रतिशत रहेको छ ।’ खाद्य तथा पेयपदार्थ समूहअन्तर्गत तरकारी उप–समूहको वार्षिक…
काठमाडौं । बहुआयामिक व्यक्तित्व हेम पौडेलको स्मृतिमा कविता प्रतियोगिता हुने भएको छ । कपन बानेश्वर साहित्यिक साप्ताहिकले कबाको पहिलो संरक्षक सदस्य वरिष्ठ कलाकार तथा साहित्यकार पौडेलको पहिलो स्मृति दिवसको उपलक्ष्यमा प्रतियोगिता गर्न लागेको हो। प्रतियोगिताको लागि तीन वटा शीर्षक तोकिएको छ । जसका लागि हेम पौड्याल र चरा, हेम पौड्याल र कला, हेम पौडयाल र सौन्दर्यमध्ये एक शीर्षकमा १०० देखि १२५ शब्दको कविता मङ्सिर १५ गतेभित्र hemganga123@gmail.com मा पठाउन अनुरोध गरिएको छ । पहिलो,दोस्रो र तेस्रो हुने विजयीहरुलाई एकएक वटा हेम पौडेलको कला कृति र नगद क्रमशः १० हजार र छ हजार र चार हजार प्रदान गरिने बताइएको छ ।…
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध गम्भीर आरोप लगाएको भोलिपल्ट मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् । काठमाडौं । व्यवसायी दुर्गा प्रसाईंले ‘फेक डकुमेन्ट’ को सहारामा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध दुष्प्रचार गरेका छन् । कम्बोडियाको स्मार्ट एजियाटा नामक कम्पनीमा नेपालका प्रधानमन्त्रीको २१ करोड (साढे ३२ अर्ब रूपैयाँभन्दा बढी) अमेरिकी डलर लगानी रहेको भनेर उनले सामाजिक सञ्जालमा सार्वजनिक गरेका थिए । यद्यपि उनले प्रस्तुत गरेको कागजातमा ओलीको नाम र हस्ताक्षर नक्कली रहेको पाइएको छ । यसअघि नै साइबर मुद्दामा अनुसन्धान गरिरहेको प्रहरीले हिजोको घटनापछि तत्काल नियन्त्रणमा लिनुपर्ने अवस्था आएको बताए । प्रधानमन्त्रीको हस्ताक्षर नै किर्ते गरेको प्रहरीको भनाइ छ ।…
काठमाडौं । अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएपछि आप्रवासीप्रति कट्टर बन्दै गएका डोनाल्ड ट्रम्पले कागजातविहीन आप्रवासीलाई सामूहिक देश निकाला गर्ने घोषणा गरेका छन् । यसको लागि आवश्यक परे सेना परिचालन गर्ने समेत उनले घोषणा गरेका छन् । सीमा सुरक्षामा राष्ट्रिय आपतकाल घोषणा गर्ने र मेक्सिकन सीमालाई समेत व्यवस्थित बनाउने उनको भनाइ छ । त्यसो त यो ट्रम्पले आफैँले घोषणा गरेको नभई एउटा सामाजिक सञ्जाल प्रयोगकर्ताले गरेको पोस्टमा रिट्वीट गरेका हुन् । ट्रम्पले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमा एक कन्जरभेटिभ कार्यकर्ताको हालैको पोस्टलाई पुनः पोस्ट गरेका हुन् । त्यसमा लेखेका छन्, ‘नवनिर्वाचित राष्ट्रपति राष्ट्रिय आपतकाल घोषणा गर्न तयार हुनुहुन्छ र सामूहिक निर्वासन…
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीबाट काठमाडौं क्षेत्र नं ५ का प्रतिनिधि सभा सदस्य उम्मेदवार प्रणय शमशेर राणाले पार्टीको हरिबिजोग अवस्थाबारे प्रश्न उठाएका छन् । ४ सांसद जितेको काठमाडौंमै पूरा उम्मेदवारी नहुनु लज्जाको विषय रहेको बताएका छन् । उनले सामाजिक सञ्जाल एक्समा लेखेका छन् ‘केन्द्रीय पदाधिकारी तथा सदस्यज्युहरु, अब पार्टीलाई नियमित कर्म तर्फ फर्काउन लाग्नुहोस I विभिन्न बहानाबाजीमा पार्टी स्थापनाको २ बर्ष हुँदा सम्म पनि अधिवेशन नगर्नुको उपज हो यो सबै ! कहिले संगठन चाहिन्न भन्दियो, कहिले क्षेत्र खारेज; असर त पर्यो नि, हैन? अहिले पनि नियमित काम ठप्प परेर वैशाखमा केन्द्रीय अधिवेशन सम्पन्न हुन्छ ? केहीत ढंगले गरौँ !’ उनले…
काठमाडौं । काठमाडौँ महानगरपालिकाले ३२ वटै वडाबाट फोहर वर्गीकरण गरेर व्यवस्थापन गर्ने भएको छ । काठमाडौँ उपत्यकाको १८ स्थानीय तहमा उत्पादित फोहर ‘ल्याण्डफिल साइट’ बञ्चरेडाँडा लैजाँदा उक्त स्थानमा प्रदूषण बढ्नुको साथै फोहरमैला सङ्कलन ढुवानीमा खर्च बढ्ने भएकाले वर्गीकृत फोहरमात्रै व्यवस्थापन गर्ने तयारी गरेको कामपा वातावरण व्यवस्थापन विभागले जनाएको छ । यसका लागि कामपाले उत्पादकलाई बढी जिम्मेवार बनाउने तयारी गरेको कामपा वातावरण विभागका प्रमुख सरीता राईले जानकारी दिए । प्रमुख राईका अनुसार फोहरमैला व्यवस्थापन ऐन २०६८ तथा काठमाडौँ महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन २०७७ अनुसार फोहरलाई स्रोतमै वर्गीकरण गर्नुपर्ने कानुनी व्यवस्था छ । हाल वडा नं ५, १०, २४,…
काठमाडौं । काठमाडौं उपत्यकाको तापक्रम १० डिग्रीबाट तल झरेको छ । मौसम विज्ञान विभागका अनुसार हिजोसम्म १० डिग्रीभन्दा धेरै रहेको तापक्रम आज ९.९ डिग्रीमा झरेको हो । यो बिहान ५:४५ बजेको तापक्रम हो । सोमबार सोही समयताका न्यूनतम १०.५ डिग्री सेल्सियस रहेको काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घटेर आज ९.९ डिग्री सेल्सियसमा झरेको हो। अहिले बिहान ८:४५ सम्म अझ घट्ने सम्भावना हुन्छ। उपत्यकामा आइतबार न्यूनतम तापक्रम १२.२ डिग्री सेल्सियस थियो।
काठमाडौं । श्री चन्द्रविनायक तथा श्री भैरवनाथ रथलाई पशुपतिनाथ मूल मन्दिर क्षेत्रमा घुमाइएको छ । चन्द्रविनायकलाई पशुपतिनाथको छोरा हो भन्ने धार्मिक मान्यता पनि छ । यसै मान्यताका आधारमा चन्द्रविनायक जात्रालाई पशुपतिनाथ मन्दिर घुमाउने परम्परा बसेको काठमाडौँ महानगरपालिका–७ का अध्यक्ष विमलकुमार होडाले जानकारी दिए । चन्द्रविनायकलाई पिता अर्थात् भगवान् पशुपतिनाथको दर्शन गराएपछि पशुपतिबाट चुच्चेपाटीसम्मका मूल चोकमा घुमाइएको जात्रा समन्वय समिति सदस्य राजु भारतीले जानकारी दिए । यो जात्रा पशुपतिनाथबाट चुच्चेपाटीसम्म महत्वकासाथ मनाइन्छ । पशुपतिनाथ अमालकोट कचहरीकाद्वारे रामकृष्ण डङ्गोलले कार्तिक शुक्ल पूर्णिमाका दिन शुक्रबार बिहान चन्द्रविनायक मन्दिरमा विशेष पूजा गरेपछि जात्रा सुरु भएको हो । त्यस दिन बेलुकी मन्दिर परिसरमा धुनी जगाइयो…
काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आज बसेको आकस्मिक बैठकले पूर्वसभामुख दमननाथ ढुङ्गानाको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ । पूर्वसभामुख ढुङ्गानाको ८३ वर्षको उमेरमा आइतबार भएको निधनले कांग्रेस मर्माहत र स्तब्ध भएको निर्णयमा उल्लेख गरिएको छ । नेपालमा लोकतान्त्रिक व्यवस्था र गणतन्त्र स्थापनाका लागि भएका आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेका ढुङ्गाना विसं २०४८ को आमनिर्वाचनमा कांग्रेसका तर्फबाट काठमाडौँ निर्वाचन क्षेत्र नं २ बाट विजयी भई २०५१ सम्म प्रतिनिधिसभाको सभामुख हुन् । यसैगरी उनी विसं २०५१ मा काठमाडौँ निर्वाचन क्षेत्र नं २ र २०७४ मा भक्तपुर निर्वाचन क्षेत्र नं २ बाट कांग्रेसको उम्मेदवार हुन् । नेपाली…
काठमाडौं । पूर्वसभामुख दमननाथ ढुङ्गानाको पशुपतिनाथस्थित आर्यघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । त्यस अवसरमा नेपाली सेनाको एक टुकडीले दिवंगत ढुङ्गानाको सम्मानमा सलामी अर्पण गरेको थियो । ढुङ्गानाको पार्थिव शरीरमा उनीका छोराहरुले दागबत्ती दिए । पूर्वसभामुख ढुङ्गानाका सम्मानमा १७ तोपको सलामीसमेत दिइएको थियो । कलेजोसँग सम्बन्धित समस्याका कारण केही समयदेखि उपचाररत पूर्वसभामुख ढुङ्गानाको पुरानो बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा ८३ वर्षको उमेरमा आइतबार दिउँसो निधन भएको थियो । पूर्वसभामुख ढुङ्गानाप्रति श्रद्धाञ्जली अर्पण गर्न सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, उपसभामुख इन्दिरा राना, पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, उपप्रधानमन्त्री, मन्त्री गण, विभिन्न राजनीतिक दलका नेता तथा…
काठमाडौं । सरकारले आज सार्वजनिक बिदा दिएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले पूर्व सभामुख दमननाथ ढुंगानाको निधनप्रति शोक व्यक्त गर्दै सार्वजनिक बिदा दिने निर्णय गरेको हो । आज बसेको मन्त्रिपरिषद बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । ढुंगानाको आज पशुपति आर्यघाटमा राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिने सञ्चार मन्त्री गुरुङले जानकारी दिए ।
काठमाडौं । पूर्वसभामुख दमननाथ ढुङ्गानाको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि आज बिहान ११ बजेदेखि ज्ञानेश्वरस्थित सानो गौचरणमा राखिने भएको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित विभिन्न राजनीतिक दलका नेता तथा समाजका विभिन्न क्षेत्रका व्यक्तिहरु त्यहाँ पुगेर उनीप्रति श्रद्धाञ्जली प्रकट गर्ने छन् । कलेजोसँग सम्बन्धित समस्याका कारण केही समयदेखि उपचाररत पूर्वसभामुख ढुङ्गानाको बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा ८३ वर्षको उमेरमा आइतबार दिउँसो निधन भएको थियो । त्यसलगत्तै ढुङ्गानाको पार्थिव शरीर त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालस्थित शवगृहमा राखिएको छ । सानोगौचरणमा श्रद्धाञ्जलिपछि उनको पार्थिव शरीर अन्त्येष्टि पशुपति आर्यघाटमा गरिने स्व ढुङ्गानाका परिवार स्रोतले जानकारी दिनुभयो…
काठमाडौं । आसन्न उपनिर्वाचनमा ओखलढुङ्गाको जिल्ला समन्वय समिति प्रमुखमा नेपाली काँग्रेसका तर्फबाट टेकराज भट्टराई सर्वसम्मत भएका छन् । उनीबाहेक कसैले पनि उम्मेदवारी नदिएपछि उनी सर्वसम्मत जिल्ला समन्वय समितिको प्रमुख भएका हुन् । एकल उम्मेदवारी परे पनि निर्वाचन कार्यक्रमअनुसार प्रक्रिया पूरा गरिने निर्वाचन अधिकृत तथा निमित्त जिल्ला निर्वाचन अधिकारी विदुर बस्नेतले जानकारी दिए । डेढ वर्ष अघि तत्कालीन जिल्ला समन्वय प्रमुख डिल्लीराम खनालको मृत्यु भएपछि रिक्त पदमा उपनिर्वाचन हुन लागेको हो ।
काठमाडौं । नेपाली काँग्रेसले उपनिर्वाचनको सबै पदमा उम्मेदवारी दिएको छ । आइतबार भएको मनोनयनमा सबै पदमा उम्मेदवार उठाएको काँग्रेसले जनाएको छ । पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिअनुसार निम्नानुसार पदमा निम्न उम्मेदवारले उम्मेदवारी दिएका छन् ।
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौंमै भनेजस्तो उम्मेदवार नभेटेपछि कीर्तिपुर नगरपालिकाको पालिका प्रमुखमा उम्मेदवार नउठाउने निर्णय गरेको छ । उपनिर्वाचन हुने ४२ मध्ये २६ स्थानमा मात्रै आफ्ना उम्मेदवार खडा गरेको रास्वपाले कीर्तिपुरकै मेयरसहित दुई वटै वडामा आफ्ना उम्मेदवार उठाएन । तर काठमाडौं १६ को वडाध्यक्षमा भने रोजिना श्रेष्ठलाई उम्मेदवार बनाएको छ । रास्वपाले कीर्तिपुरमा किन उम्मेदवार नउठाएको ? भन्ने विषयमा कुनै पनि कारण बताएको छैन । तर स्रोतका अनुसार जित्ने उम्मेदवार नभेटेपछि रास्वपाले उम्मेदवारी नदिने निर्णय गरेको हो । पहिलो निर्वाचन भएको साढे २ वर्षको समयमा भएको निर्वाचनले पार्टीप्रतिको लोकप्रियता परीक्षण हुने मानिन्छ । तर यही चुनाव हार्दा आम पार्टीप्रतिको…
काठमाडौं । कीर्तिपुरमा नगरपालिकाकी कार्यवाहक मेयर शुभलक्ष्मी शाक्यमाथि नेकपा एमालेबाट निर्वाचित वडाध्यक्षले हातपात गरेका छन् । नगरपालिकाको वडा नं ३ का वडाध्यक्ष सुवीन्द्र महर्जनले शाक्यको कार्यकक्षमा तोडफोड गर्नुका साथै हातपात समेत गरेका हुन् । उनी २०७९ सालमा भएको निर्वाचनमा उनी नेकपा एमालेबाट चुनाव जितेका थिए । उनले आफूलाई भेट्न समय नदिएको भन्दै उनले आक्रोश पोखेका हुन् । वडाध्यक्ष मर्हजनले दिउँसो साढे २ बजेतिर कार्यालय पुगेर कार्यवाहक मेयरमाथि हातपात गरेको नगरपालिकाका अधिकारीहरूले बताएका छन् । यद्यपि वडाध्यक्ष महर्जनले भने तोडफोड गरे पनि हातपात नगरेको दाबी गरेका छन्। मेयर राजकुमार नकर्मीको निधन भएपछि शुभलक्ष्मीले कार्यवाहक मेयरको जिम्मेवारी सम्हाल्दै आएकी छिन् । नयाँ…
काठमाडौं । रवि लामिछानेको रिहाईको माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीले ८ मंसिरदेखि दोस्रो चरणको आन्दोलन सुरु गर्ने घोषणा गरेको छ । पहिलो चरणको आन्दोलन अपेक्षाकृत रूपमा सफल हुन नसकेपछि दोस्रो चरणको आन्दोलनका लागि रास्वपाले तयारी गरेको हो । उसले दोस्रो चरणको आन्दोलन सशक्त बन्ने दाबी गरेको छ । आइतबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा कार्यबाहक प्रवक्ता मनिष झाले ८ मंसिरदेखि दोस्रो चरणको आन्दोलन सुरु गर्ने बताए । यसअघि कात्तिक २ गते पार्टी कार्यालयबाट पक्राउ परेका रविलाई अहिले कास्की प्रहरीले हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ । प्रहरीले सहकारी ठगी, सम्पत्ति शुद्धीकरणलगायत मुद्दामा अनुसन्धान गरिरहेको छ । हरेक पटक म्याद थप गर्ने…
काठमाडौं । आसन्न मंसिर १६ गते हुने उपनिर्वाचनमा दुई वटा जिल्लामा नेपाली काँग्रेसले दुईवटा जिल्लाको उपनिर्वाचन जित्ने पक्का भएको छ । कुल ४२ पदमध्ये ओखलढुंगा र कैलालीको निर्वाचनमा चुनाव नै नभई काँग्रेसले चुनाव जित्ने पक्का भएको हो । जिसस सभापतिका लागि ओखलढुंगामा कांग्रेस एक्लैको बहुमत छ भने कैलालीमा एमालेले समर्थन गरेसँगै दुई जिल्लामा काँग्रेसको सिट सुनिश्चित भएको हो । २०७९ को चुनावबाट ओखलढुंगामा डिल्लीराम खनाल जिसस सभापति निर्वाचित भएका थिए । उनको निधन भएकाले उपचुनाव हुँदैछ । कांग्रेसले उपचुनावमा टेकराज भट्टराईलाई सभापतिका रुपमा अघि सारेको छ ।
काठमाडौं । पूर्वसभामुख दमननाथ ढुङ्गानाको निधन भएको छ । बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचारका क्रममा ८३ वर्षको उमेरमा उनको आज दिउँसो १:३० बजे निधन भएको ढुङ्गानाका स्वकीय डा रुद्र शर्माले जानकारी दिए । वरिष्ठ अधिवक्ता समेत रहेका ढुङ्गाना कलेजोसँग सम्बन्धित समस्याका कारण केही समयदेखि उपचाररत हुनुहुन्थ्यो । विसं २०४८ सालमा काठमाडौं क्षेत्र नं २ बाट नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधिसभामा निर्वाचित उनी २०४८ देखि २०५१ सम्म सभामुख भएका थिए । नेपालको प्रजातान्त्रिक आन्दोलनमा महत्वपूर्ण योगदान दिएका उनी राजनीतिक आन्दोलनका क्रममा पटक–पटक जेल पनि परेको थियो । उनका श्रीमति, दुई छोरा र एक छोरी छन् । ढुङ्गानाको भोलि अन्त्येष्टि गरिने स्वकीय शर्माले जानकारी…
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणलाई लिएर गरेको टिप्पणीप्रति आपत्ति जनाएको छ । एमाले सचिव तथा विदेश विभाग प्रमुख रघुवीर महासेठले आज एक विज्ञप्ति जारी गरी भारतीय अखबार ‘द हिन्दू’मा गत बिहीबार प्रकाशित प्रचण्डको अन्तर्वार्तामा प्रधानमन्त्री ओलीले ‘चिनियाँ कार्ड’ खेलेको भन्ने अभिव्यक्ति आधारहीन, गैरजिम्मेवार रहेको भएको भन्दै आपत्ति जनाएका हुन् । उनले दाहालका टिप्पणी तथ्यविहीनमात्र नभई नेपालको अन्तर्राष्ट्रिय प्रतिष्ठालाई कमजोर बनाउने खालका रहेको उल्लेख गरे । “सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘चीन कार्ड खेलेको’ आरोप लगाउँदै चीन भ्रमणलाई ‘अपरिपक्वताको प्रमाण’ भनेर व्याख्या गर्नु आधारहीन, गैरजिम्मेवार र नेपालको…
काठमाडौं । सत्ताबाट बाहिरिनुपरेको करिब एक महिनापछि अर्थात् साउन अन्तिम साता नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू अब ८४ सालसम्म सरकारमा पनि नजाने र प्रधानमन्त्री पनि नबन्ने घोषणा गरेका थिए । हुम्ला–काठमाडौं सम्पर्क समन्वय समितिले पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले सरकारमा जान आफूलाई अहिले हतार गर्नु नरहेको भन्दै उनले थपेका थिए, ‘२०८४ सम्म जनतामा जाने, पार्टी नै बनाउने र पार्टीलाई जिताएरै छाड्ने संकल्प मैले लिएको छु । प्रधानमन्त्री पुग्यो अहिलेलाई ।’ उनले बोलेको चार महिना पनि नपुग्दै उनमा छटपटी सुरु भएको छ । पहिले खासै धेरै नबोल्ने प्रचण्ड अहिले फुर्सदमा भएपछि धेरै कार्यक्रममा सहभागी…
काठमाडौं । मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि आज मनोनयनपत्र दर्ता हुँदैछ । बिहान १० देखि अपराह्न ५ बजेसम्म सम्बन्धित स्थानीय तहमा स्थापना भएका निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन दर्ता हुने निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नीता पोखरेल अर्यालले जानकारी दिए । उम्मेदवारको मनोनयन दर्ताको सम्पूर्ण तयारी पूरा भएको र आजै साँझ ५ देखि ६ बजेसम्म उम्मेदवारको सूची प्रकाशन हुने आयोगले जनाएको छ । उपनिर्वाचनका लागि शुक्रबार ३८ वटा निर्वाचन अधिकृतका कार्यालय स्थापना भएका छन् । उपनिर्वाचन हुने स्थानीय तहमा ३२ वटा मुख्य निर्वाचन अधिकृतका कार्यालय र छवटा निर्वाचन अधिकृतका कार्यालय स्थापना गरिएका निर्वाचन आयोगले जनाएको छ ।…
काठमाडौं । मंसिर १६ गते हुन गइरहेको स्थानीय तह उपनिर्वाचनका लागि आजदेखि निर्वाचन आचारसंहिता लागू भएको छ । आजदेखि निर्वाचनको मत परिणाम नआएसम्म निर्वाचन हुने क्षेत्रमा आचारसंहिता लागू हुने आयोगले जनाएको छ । आयोगका अनुसार नेपाल सरकार र मन्त्री, प्रदेश सरकार र प्रदेशमन्त्री, संवैधानिक निकाय र सोका पदाधिकारी, नेपाल सरकार वा प्रदेश सरकारका निकाय र सोका पदाधिकारी, स्थानीय कार्यपालिका र सोका सदस्य, सङ्घ, प्रदेश र स्थानीय तहका कर्मचारी, सुरक्षा निकाय, सुरक्षाकर्मी तथा कर्मचारी, सरकारी, अर्धसरकारी तथा सार्वजनिक संस्थाको कार्यालय र कर्मचारीलाई आचारसंहिता लाग्नेछ । राजनीतिक दल तथा राजनीतिक दलको भ्रातृ सङ्गठन, उम्मेदवार तथा सम्बन्धित व्यक्ति, राजनीतिक दल तथा उम्मेदवारको मतदान…
