काठमाडौं खबर मंसिर ३, २०८१
काठमाडौं । आसन्न उपनिर्वाचनमा ओखलढुङ्गाको जिल्ला समन्वय समिति प्रमुखमा नेपाली काँग्रेसका तर्फबाट टेकराज भट्टराई सर्वसम्मत भएका छन् । उनीबाहेक कसैले पनि उम्मेदवारी नदिएपछि उनी सर्वसम्मत जिल्ला समन्वय समितिको प्रमुख भएका हुन् ।
एकल उम्मेदवारी परे पनि निर्वाचन कार्यक्रमअनुसार प्रक्रिया पूरा गरिने निर्वाचन अधिकृत तथा निमित्त जिल्ला निर्वाचन अधिकारी विदुर बस्नेतले जानकारी दिए ।
डेढ वर्ष अघि तत्कालीन जिल्ला समन्वय प्रमुख डिल्लीराम खनालको मृत्यु भएपछि रिक्त पदमा उपनिर्वाचन हुन लागेको हो ।