काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौंमै भनेजस्तो उम्मेदवार नभेटेपछि कीर्तिपुर नगरपालिकाको पालिका प्रमुखमा उम्मेदवार नउठाउने निर्णय गरेको छ । उपनिर्वाचन हुने ४२ मध्ये २६ स्थानमा मात्रै आफ्ना उम्मेदवार खडा गरेको रास्वपाले कीर्तिपुरकै मेयरसहित दुई वटै वडामा आफ्ना उम्मेदवार उठाएन । तर काठमाडौं १६ को वडाध्यक्षमा भने रोजिना श्रेष्ठलाई उम्मेदवार बनाएको छ ।
रास्वपाले कीर्तिपुरमा किन उम्मेदवार नउठाएको ? भन्ने विषयमा कुनै पनि कारण बताएको छैन । तर स्रोतका अनुसार जित्ने उम्मेदवार नभेटेपछि रास्वपाले उम्मेदवारी नदिने निर्णय गरेको हो । पहिलो निर्वाचन भएको साढे २ वर्षको समयमा भएको निर्वाचनले पार्टीप्रतिको लोकप्रियता परीक्षण हुने मानिन्छ । तर यही चुनाव हार्दा आम पार्टीप्रतिको धारणामा बदलाव आउने भएकोले उम्मेदवार नउठाएको बताइएको छ ।
रास्वपाले ओखलढुंगा, सप्तरी रौतहट, रुकुम पूर्व, रुकुम पश्चिम, बाजुरा, बझाङ, डोल्पा, दार्चुला, कैलाली जिल्लाहरुमा हुने उपनिर्वाचनमा रास्वपाले उम्मेदवारी दर्ता गराएन । जबकि संसदको पाँचौं दल राष्ट्रिय प्रजातन्त्र पार्टीले ४२ मध्ये ३५ स्थानमा आफ्ना उम्मेदवार खडा गरेको छ । तर रास्वपाको स्थिति राप्रपाको भन्दा कमजोर देखिएको हो ।