काठमाडौं खबर मंसिर २, २०८१
काठमाडौं । आसन्न मंसिर १६ गते हुने उपनिर्वाचनमा दुई वटा जिल्लामा नेपाली काँग्रेसले दुईवटा जिल्लाको उपनिर्वाचन जित्ने पक्का भएको छ । कुल ४२ पदमध्ये ओखलढुंगा र कैलालीको निर्वाचनमा चुनाव नै नभई काँग्रेसले चुनाव जित्ने पक्का भएको हो ।
जिसस सभापतिका लागि ओखलढुंगामा कांग्रेस एक्लैको बहुमत छ भने कैलालीमा एमालेले समर्थन गरेसँगै दुई जिल्लामा काँग्रेसको सिट सुनिश्चित भएको हो ।
२०७९ को चुनावबाट ओखलढुंगामा डिल्लीराम खनाल जिसस सभापति निर्वाचित भएका थिए । उनको निधन भएकाले उपचुनाव हुँदैछ । कांग्रेसले उपचुनावमा टेकराज भट्टराईलाई सभापतिका रुपमा अघि सारेको छ ।