काठमाडौं । अघिल्ला दिनका तुलनामा धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज भने ओरालो लागेको छ । लगातार उकालो लागेको नेप्से परिसूचक आज भने ११ दशमलव २४ अङ्कले ओरालो लागेर दुई हजार सात सय ४८ दशमलव ९६ मा सीमित भएको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव ९३ अङ्कले ओरालो लागेर चार सय ८८ दशमलव ७८ मा सीमित भएको छ । कारोबार भएकाक १३ उपसमूहमध्ये आज तीन उपसमूहको शेयर मूल्य उकालो लाग्दा १० उपसमूहको शेयर मूल्य भने ओरालो लागेको छ । कूल एक करोड ६७ लाख ८६ हजार नौ सय ३४ कित्ता शेयर रु सात…
Author: Kathmandu Khabar
काठमाडौं । कप्तान पूजा महतोको धमकेदार ब्याटिङ र बलिङले नेपाललाई कुवेतसँगको आजको खेलमा जित दिलाएको छ । युनाइटेड अरब इमिरेट्स (युएई) मा जारी आइसीसी यु–१९ महिला टि–२० विश्वकपको एसिया छनोटको पाचौँ खेलमा नेपाल विजयी भएको छ । केहीबेर अघि सम्पन्न उक्त खेलमा नेपालले कुवेतलाई एक सय ६५ रनको फराकिलो अन्तरले हराएको हो । सो अवसरमा महतोले ब्याटिङतर्फ शतकीय पारी खेल्नुका साथै बलिङतर्फ पाँच विकेट लिइन् । नेपालबाट एउटै खेलमा शतक प्रहार तथा पाँच विकेट लिने पहिलो खेलाडी बन्दै उनले इतिहाससमेत रचेकी छिन् । यसअघि नेपालका लागि ब्याटिङ गर्ने क्रममा कप्तान पूजा महतोले एक सय तीस रन बनाइन् । उनले ६९…
काठमाडौं । कोशी प्रदेशका पूर्वमन्त्री एवं प्रदेश सभा सांसद दीपक मनाङे काठमाडौंबाट पक्राउ परेका छन् । यही कात्तिक २० गते ज्यान मार्ने उद्योगमा सर्वोच्च अदालतबाट दोषी ठहर मनाङेलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले आज बिहान काठमाडौँको सानो भर्याङबाट पक्राउ गरेको हो। उनलाई आजै कारागार चलान गरिने भएको छ । पाटन अदालतले गुरुङलाई ५ वर्ष कैदको सजाय सुनाएको थियो। त्यसअघि जिल्ला अदालत काठमाडौँले २०६३ माघ ७ गते उनलाई २ वर्ष कैद सजाय तोकेको थियो। जिल्ला अदालतको फैसलाविरुद्ध सरकारले पुनरावेदन गरेको थियो।
रूपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई बयानका लागि आज रूपन्देही लगिँदैछ । रास्वपा तथा लामिछानेका समर्थकले प्रदर्शन गर्न सक्ने भन्दै लामिछानेलाई बिहान ५ बजेनै पोखरा अन्तराष्ट्रिय विमानस्थलमा पुर्याइएको भए पनि बिहान १० बजेसम्म उडान हुन नसकेको बताइएको छ । उनलाई भैरहवा विमानस्थलबाट सिधै अदालत लगिने बताइएको छ । लामिछानेलाई बुटवलस्थित सुप्रिम ऋण तथा बचत सहकारीका प्रकरणमा बयानका लागि रूपन्देही लैजान लागिएको हो । सहकारीबाट गोर्खा मिडिया नेटवर्क प्रालिमा आएको रकम कार्यालय सञ्चालनमा खर्च गरेको कसुरमा रुपन्देही जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको थियो ।
काठमाडौं । यूएईमा भइरहेको यू-१९ महिला टी-२० विश्वकप छनोटअन्तर्गत नेपालले आज चौथो खेल कुवेतसँग खेल्दैछ । हालसम्म चार खेलमा तीन खेल जितेको नेपालले आज कुवेतलाई जितेर आफ्नो छनोटको सम्भावना बलियो बनाउन चाहन्छ । खेल नेपाली समयअनुसार बिहान सवा ११ बजे सुरु हुनेछ । यो नेपालको कुवेतसँग दोस्रो खेल हो । पहिलो खेलमा नेपालले कुवेतलाई १०८ रनले पराजित गरेको थियो । त्यसपछि यूएईसँग १३ रनले पराजित भएको नेपालले थाइल्याण्डलाई फेरि १०६ रनले हरायो । चार टोली सहभागी छनोट प्रतियोगितामा डबल राउण्ड रोविनका आधारमा खेल भइरहेको छ र शीर्ष स्थानमा रहने टोली मात्र यू-१९ महिला टी-२० विश्वकपमा छनोट हुनेछ ।
काठमाडौं । कात्तिकको महिना सकिनै लाग्दा अब काठमाडौंमा तापक्रम पनि घट्न थालेको छ । आज बिहानैदेखि काठमाडौंमा हुस्सु लाग्न थालेपछि तापक्रम पनि घटेको छ । दिनको सबैभन्दा धेरै चिसो बिहान ५ बजेदेखि सात बजेको बीचमा हुने गर्दछ । आज बिहान ६:४५ को मापनमा उपत्यकाको न्यूनतम तापक्रम १२.४ डिग्री सेल्सियस देखिएको मौसम विभागले जनाएको छ । आज दिउँसो काठमाडौँ उपत्यकाको मौसम आंशिक बदली भए पनि पानी पर्ने सम्भावना छैन।
काठमाडौं । ठूलो एकादशीको रूपमा चिनिने हरिबोधनी एकादशीको अवसरमा काठमाडौंको बुढानीलकण्ठमा विशेष मेला लागेको छ । आजदेखि चार दिनसम्म चल्ने मेलामा काठमाडौं उपत्यका र उपत्यकाबाहिरबाट समेत श्रद्धालु भक्तजनहरू दर्शनका लागि बुढानीलकण्ठ मन्दिरमा दर्शन गर्नका लागि आउने गर्दछन् । कात्तिक २७ गतेदेखि ३० गतेसम्म मन्दिरमा विशेष मेला लाग्ने बुढानीलकण्ठ मन्दिर व्यवस्थापन समितिले जनाएको छ । हरिशयनी एकादशीदेखि हरिबोधिनी एकादशीका दिनसम्म चार महिना विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्दै आएर कात्तिक शुक्ल एकादशीका दिन तुलसी विवाह गरिन्छ । आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिनमा क्षीरसागरमा सुतेका विष्णु ब्युँझिने भएकाले आजको एकादशीलाई हरिबोधिनी वा प्रवोधिनी एकादशी पनि भनिन्छ । बुढानीलकण्ठ…
काठमाडौं । तुलसीको दामोदरसँग विवाह गरी मनाइने हरिबोधनी एकादशी आज मनाइँदै छ । हरिशयनी एकादशीदेखि हरिबोधिनी एकादशीका दिनसम्म चार महिना विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्दै आएर कात्तिक शुक्ल एकादशीका दिन तुलसी विवाह गरिँदैछ । आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिनमा क्षीरसागरमा सुतेका विष्णु ब्युँझिने भएकाले आजको एकादशीलाई हरिबोधिनी वा प्रवोधिनी एकादशी पनि भनिन्छ । हरिशयनी एकादशीका दिन घरघरमा रोपेर विशेष पूजा गरिएको तुलसीको मठमा गाईको गोबर र रातो माटोले पोतेर सिँगारी फूलमालाले सजाएर आज विवाह गरिन्छ । तुलसी विष्णुप्रिया भएकाले यस दिन तुलसीको दामोदरसँग विवाह गर्ने परम्परा बसेको हो । तुलसीको मठ नजिकै विष्णुको प्रतीकका रूपमा…
काठमाडौं । लामो समयदेखि विवादमा रहेको ‘डेडिकेटेड’ र ‘ट्रङ्कलाइन’ विद्युत् महशुल बक्यौता ‘टाइम अफ डे’ (टिओडी) मिटरका आधारमा उठाउने निर्णय सरकारले गरेको छ । आज मन्त्रिपरिषद्को हिजोको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले १५ दिनभित्र विद्युत् महसुल बक्यौता उठाउने र बक्यौता नतिरेका उद्योगका काटिएको बिजुली २४ घण्टाभित्र जोड्ने निर्णय भएको बताए । ‘डेडिकेटेड फिडर तथा ट्रङ्कलाइनबाट विद्युत् उपभोग गर्ने ग्राहकहरूले खपत गरेको विद्युत्को बक्यौता रकम (टीओडी मिटरसमेतको आधारमा) महसुल निर्धारण तथा असुलीसम्बन्धी तत्काल प्रचलित कानुनबमोजिम गणना गरी पन्ध्र दिनभित्र असुलउपर ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले गर्ने गराउने निर्णय भएको छ’, सञ्चारमन्त्री गुरुङले भने,…
काठमाडौं । निर्वाचन आयोगले काठमाडौंसहित उपनिर्वाचन हुने सबै क्षेत्रमा जाने निर्वाचन अधिकृत चयन गरेको छ । १६ मंसिरमा हुने उपनिर्वाचनका लागि ३२ जना जिल्ला न्यायाधीश, ६ जना राजपत्राङ्कित कर्मचारीलाई तोकिएको आयोगले जानकारी गराएको छ। यसरी चयन हुनेहरूमा जिल्ला न्यायाधीशदेखि स्रेस्तेदारसम्मलाई खटाइएको छ । निर्वाचन अधिकृतहरूको सूची यस्तो छ ।
काठमाडौं । सरकारले डेडिकेटेड फिडर तथा ट्रंकलाइनको विद्युत् महसुलको विवाद समाधानका लागि गठित जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गरेको छ। ऊर्जा मन्त्रालयले सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरीश चन्द्र लालको अध्यक्षतामा गठित आयोगको प्रतिवेदन आफ्नो वेबसाइटमार्फत सार्वजनिक गरेको हो। यस्तो छ लाल आयोगको पूर्णपाठ
काठमाडौं । युएईमा जारी महिला यु १९ टि ट्वान्टी विश्वकपको एसिया छनोटमा नेपालको कसिलो बलिङका कारण थाइल्याण्डलाई नेपालले १०६ रनले पराजित गरेको छ । यो जितसँगै नेपालले विश्वकप खेल्ने सम्भावनालाई अझै जीवितै राखेको छ । यो नेपालले खेलेको चौथो खेलमा तेस्रो जित हो । नेपालले तेस्रो खेलमा युएईसँग पराजित भएको थियो भने यसअघि कुवेत र थाइल्याण्डलाई पराजित गरेको थियो । कात्तिक २९ गते सम्म चल्ने प्रतियोगितामा नेपाल, घरेलु टोली, कुवेत र थाइल्याण्डको सहभागिता छ । नेपालले पाँचौं खेलमा कात्तिक २७ गते कुवेतसँग खेल्नेछ । नेपालको अन्तिम खेलमा कात्तिक २८ गते युएईसँग रहेको छ। अहिलेसम्मको अंक तालिकाअनुसार अपराजित युएई शीर्ष स्थानमा…
वासिङ्टन । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग वार्ता गरेका छन् । वासिङ्टन पोस्टले आइतबार आफ्नो रिपोर्टमा बताएअनुसार दुई नेताबीच भएको कुराकानीमा ट्रम्पले पुटिनलाई युक्रेनमा युद्ध नबढाउन आग्रह गरेको बताएको छ । डोनाल्ड ट्रम्पले राष्ट्रपति चुनाव जितेपछि दुवैबीचको यो पहिलो फोन वार्ता थियो । रिपोर्टमा भनिएको छ कि ट्रम्पले फ्लोरिडाको मार-ए-लागो रिसोर्टबाट यो गरे । अमेरिकी सेनाको याद दिलाए ‘कलको क्रममा डोनाल्ड ट्रम्पले कथितरूपमा पुटिनलाई युरोपमा अमेरिकी सेनाको बलियो उपस्थितिको सम्झना गराए,’ रिपोर्टले भन्यो । यससँगै युक्रेन युद्धको समाधान खोज्न थप छलफल गर्न इच्छुक रहेको बताए । डोनाल्ड ट्रम्पले द्वन्द्व अन्त्य गर्नुपर्ने आवश्यकतामा जोड दिए र यस…
काठमाडौं । सरकारले लाइन काटिएका उद्योगीहरूको लाइन सोमबार दिउँसो १२ बजेभित्र जोडिसक्न नेपाल विद्युत् प्राधिकरणको नाममा निर्देशन दिएको छ । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले समय नै तोकेर प्राधिकरणले काटेका उद्योगहरूको लाइन जोड्ने निर्णय गरेको हो। डेडिकेटेड तथा ट्रङ्कलाइन विवादमा महसुल नतिरेको भन्दै प्राधिकरणले ३० भन्दा बढी उद्योगका लाइनहरु काटिएको छ । बैठकले १५ दिन भित्र बक्यौता टिओडी मिटरबमोजिम असुल गर्ने निर्णय समेत गरेको एक मन्त्रीले जानकारी दिए ।
काठमाडौं । आजदेखि कोप २९ सम्मेलन सुरु हुँदैछ । अजरबैजानमा हुन लागिरहेको सम्मेलनमा नेपालबाट राष्ट्रपति रामचन्द्र पौडेलको नेतृत्वमा प्रतिनिधिमण्डलले सहभागिता जनाएको छ । सम्मेलनमा नेपालले जलवायु परिवर्तनको जोखिमबारे उदाहरण प्रस्तुत गर्दै सोको समाधानका लागि विश्व समुदायसँग आग्रह गर्ने भएका छन् । गत असोज १०, ११ र १२ गते काठमाडौँ उपत्यका लगायतका अधिकांश स्थानमा भारी वर्षाले ल्याएको विपद्ले अझै तर्साइरहेको छ कैयौँलाई । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्याङ्कअनुसार तीन दिनकै अवधिमा दुई सय ५० जनाले ज्यान गुमाए । १८ जना अझै बेपत्ता छन् । एक सय ७८ जना घाइते भएका छन् । झण्डै छ हजार निजी आवासमा क्षति…
काठमाडौं । लामो समयदेखि विवादमा आइरहेको डेडिकेटेड तथा ट्रङ्कलाइन सम्बन्धी विवाद समाधानका लागि सरकारले लाल आयोगको प्रतिवेदन हुबहु कार्यान्वयन गर्ने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले सो प्रतिवेदनलाई हुबहु कार्यान्वयन गर्ने निर्णय गरेको हो । तर धेरैलाई यो ट्रङ्कलाइनको विवाद र लाल आयोगको प्रतिवेदनमा के छ भन्ने बारेमा जानकारी नहुन सक्छ । लाल आयोगको प्रतिवेदनको विषयमा कुराकानी गर्नुपूर्व ट्रङ्कलाइनको विवाद के हो भन्ने बारेमा जानकारी लिनु जरुरी हुन्छ । के हो ट्रङ्कलाइन विवाद ? २९ पुस २०७२ मा तत्कालीन विद्युत् महसुल निर्धारण आयोगले डेडिकेटेड लाइनको महसुल निर्धारण गरेका जनताले लोडसेडिङ भोगिरहेको बेलामा पनि उद्योगहरूलाई भने दैनिक २० घण्टासम्म…
काठमाडौं । मानव तस्करीको मुद्दामा जोडिएका कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी प्रहरी हिरासतमा पुगेका छन् । अधिकारी एउटा कार्यक्रममा भाग लिन जापान गएका बेला ३ जना अपरिचित व्यक्ति पनि उनीसँगै गएका थिए । जापानको इमिग्रेसनले फर्काएका उनीहरुमध्ये मन्त्रीबाहेक अरूलाई भने नेपाल फर्किँदा त्रिभुवन विमानस्थलबाट प्रहरीले पक्राउ गरिसकेको छ । आज उनकै घरबाट पक्राउ परेका अधिकारीलाई आजै काठमाडौं जिल्ला अदालत लगेर दुई दिन हिरासतमा राख्न प्रहरीले अनुमति लिएको छ । उनीमाथि सरकारी कागजात कीर्ते र मानव तस्करीको आरोपमा अनुसन्धान गर्न हिरासतमा राख्नुपर्ने भन्दै प्रहरीले जिल्ला अदालत काठमाडौंमा पेश गरेको थियो । अदालतले उनलाई २ दिन हिरासतमा राख्न अनुमति दिएको जिल्ला प्रहरी…
पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डिपी अर्यालले रवि लामिछाने जेल परे पनि पार्टी सभापति उनी नै रहने घोषणा गरेका छन् । आज रवि लामिछानेलाई म्याद थप गर्न अदालत लैजाने दिन पोखरामा भएको विरोध सभालाई सम्बोधन गर्दै अर्यालले रवि जिउँदो रहेसम्म सभापति रहने बताएका हुन् । संवैधानिक रूपमा उनी फौजदारी मुद्दामा दोषी ठहर भए भने पार्टी सभापति बन्न अयोग्य रहन्छन् । तर अर्यालले भने जुनसुकै परिस्थिति आए पनि उनी जिउँदो रहेसम्म पार्टी सभापति रहने घोषणा गरेका हुन् । ‘म यसै मञ्चबाट भन्न चाहन्छु, राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति रवि लामिछाने जिउँदो रहेसम्म रवि लामिछाने नै हो,’ उनले भने, ‘यसमा कसले कार्यवाहक…
पोखरा । जिल्ला अदालत कास्कीले रास्वपाका सभापति रवि लामिछानेलाई १३ दिन हिरासतमा राख्न अनुमति दिएको छ । गत कात्तिक दुई गते पक्राउ परेका सभापति लामिछानेलाई पहिलोपटक चार दिन र दोस्रो पटक पाँच दिनका लागि हिरासतमार राख्न समय दिएको थियो । तेस्रो पटक तिहार बिदाको म्यादसहित गर्दा १० दिन हिरासतमा राख्न समय दिएको भए पनि यसपटक एकैपटक १३ दिन हिरासतमा राख्न अनुमति दिएको हो । कास्की जिल्ला अदालतका एक नम्बर न्यायाधीश नवराज दाहालको एकल इजलासले सो निर्णय गरेको हो। रविविरुद्ध कास्की प्रहरीले सहकारी ठगी, संगठित अपराध र सम्पत्ति सुदृढीकरण मुद्दामा अनुसन्धान गरिरहेको छ । रविलाई कानुनअनुसार ९० दिनसम्म हिरासतमा राखेर अनुसन्धान…
वासिङ्टन । अमेरिकी उपराष्ट्रपति तथा डेमोक्र्याटिक पार्टीको राष्ट्रपति पदका उम्मेदवार कमला ह्यारिसलाई अमेरिकी सर्वोच्च अदालतको सहयोगी न्यायाधीशमा नियुक्त गर्न सक्ने एक न्युज रिपोर्टले दाबी गरेको छ । दक्षिण क्यारोलिना हाउस अफ रिप्रिजेन्टेटिभ्सका डेमोक्र्याटिक सदस्य बकरी सेलर्सले यो खुलासा गरेका हुन् । सेलर्स डेमोक्रेटिक पार्टीका सांसद हुन् । कमला ह्यारिससँग कानुनको उपाधि छ। उनले अभियोजकको कार्यालय, मेयरको कार्यालय र वकिलहरूको लागि काम गरेका छन् । उनले सन् २०११ र २०१७ बीच सान फ्रान्सिस्को जिल्ला अटर्नी र क्यालिफोर्निया महान्यायाधिवक्ताको रूपमा पनि काम गरे । सेलर्सले किन दाबी गरे ? न्यूजवीकको रिपोर्टका अनुसार सेलरहरूले विश्वास गर्छन् कि निवर्तमान अमेरिकी राष्ट्रपति जो बाइडेनले वर्तमान…
काठमाडौं । किराँत धर्मावलम्बीका महागुरु फाल्गुनन्दको एक सय ४०औँ जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । विसं १९४२ कात्तिक २५ गते इलाममा सामान्य परिवारमा फाल्गुनन्दको जन्म भएको थियो । किराँत, भाषा, लिपि, संस्कार, संस्कृति एवं समाज सुधारमा उनको महत्त्वपूर्ण योगदान रहेको छ । समाज सुधारका लागि फाल्गुनन्दले नीति निर्माणसमेत गरेका थिए । जसलाई ‘सत्य धर्म मुचुल्का’ भनिन्छ । यो १९८८ साल वैशाख २४ गते जारी गरिएको थियो । छोरीको विवाह गर्दा सोत–रीत (पैसा लिन नहुने), भगवान्को पूजा गर्दा जीव हत्या गर्न नहुने, मद्यपान तथा मासु सेवन नगर्ने, मृत्यु संस्कार तीन दिनमा सम्पन्न गर्नेजस्ता समाज सुधारका महत्त्वपूर्ण सामाजिक एवं सांस्कृतिक…
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई चौथो पटक म्याद थपका लागि अदालत लैजाने तयारी गरिएको छ । तेस्रो पटक थपिएको म्याद पनि शनिबार राति सकिएपछि आइतबार पुन: म्याद थपका लागि अदालत लैजान लागिएको हो । सहकारी ठगीमा कात्तिक २ मा पक्राउ परेका लामिछानेको अनुसन्धान जारी रहेकाले आज पनि प्रहरीले थप म्याद माग्ने बताइएको छ । लामिछानेमाथि सहकारी ठगी, सम्पत्ति शुद्धीकरण, संगठित अपराधजस्ता मुद्दामा अनुसन्धान भइरहेको छ ।
काठमाडौं । बुढानीलकण्ठ नगरपालिकालाई विश्वसम्पदा सूचीमा सूचीकृत गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पहल गर्ने बताएका छन् । काठमाडौंको बुढानीलकण्ठ मन्दिर प्राङ्गणमा आजबाट सुरु भएको श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । ‘बुढानीलकण्ठको आशीर्वाद सबैले पाउनुहुनेछ भन्ने विश्वास छ,’ उनले भने, यसलाई विश्व सम्पदा सूचीमा राख्नका लागि पहल गर्छु ।’ बूढानीलकण्ठ वेद विद्याश्रम गुरुकुल व्यवस्थापन गर्ने उद्देश्यका साथ हरिबोधनी एकादशी मेलाको अवसर पारेर महायज्ञको आयोजना गरिएको हो । त्यसो त बुढानीलकण्ठ मन्दिर अहिले नै विश्वसम्पदा सूचीको टेन्टेटिभ लिस्टमा परिसकेको छ । अब यसका विभिन्न आयामहरूलाई पूरा गरेपछि मात्रै विश्वसम्पदा सूचीमा सूचीकृत हुने गर्छ ।
काठमाडौं । यूएईमा जारी आईसीसी यू-१९ महिला विश्वकप एसिया क्षेत्र छनोटअन्तर्गत नेपालले थाइल्याण्डसँग प्रतिस्पर्धा गर्ने भएको छ । छनोटको पहिलो खेलमा थाइल्याण्ड पराजित भएको थियो । आज (आइतबार) नेपाल जित दोहोर्याउन चाहन्छ । अजमानमा हुने खेल स्थानीय समयअनुसार दिउँसो साढे १ बजे सुरु हुनेछ। छनोटको पहिलो खेलमा थाइल्यान्डलाई हराएको नेपाली टोली सोही नतिजा दोहोर्याउने योजनामा छ । थाइल्यान्ड पनि नेपाललाई हराउँदै छनोटमा दोस्रो जित हासिल गर्ने दाउमा छ। छनोटको पहिलो खेलमा नेपालले थाइल्यान्डलाई ६७ रनले हराएको थियो। छनोटको दोस्रो खेलमा कुवेतविरुद्ध जित हासिल गरेको नेपालले तेस्रो खेलमा युएईसँग पराजय व्यहोरेको थियो ।
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टी सभापति रवि लामिछानेलाई छुटाउनका लागि अझै सशक्त आन्दोलन गर्ने निर्णय गरेको छ । शनिबार पार्टी कार्यालय बनस्थलीमा बसेको पार्टीको बैठकले यस्तो निर्णय गरेको हो । आन्दोलन सशक्त बनाउनका लागि नागरिक र राष्ट्रिय हितका शक्तिहरूसँग सहकार्य गर्ने निर्णय समेत गरेको बताइएको छ । मुलुकमा व्याप्त संगठित महाभ्रष्टाचार र कुशासनविरुद्ध, सहकारीपीडित, लघुवित्त एवं मिटरब्याज पीडितका समस्या समाधान, प्रवासमा रहेका नेपाली युवाहरूको मुलुक निर्माणमा सहभागिता र प्रवासका समस्या समाधान एवं संविधान संशोधनसँग सरोकार राख्ने राष्ट्रिय शक्तिहरूसँग सहकार्य गर्ने निर्णय भएको एक सदस्यले जानकारी दिए ।
पाटन (ललितपुर) । नेपाली काँग्रेसका संस्थापक नेता सुवर्ण शमशेरको स्मृति दिवस मनाइएको छ । आज उनको स्मृति दिवस र गणेशमान सिंहको जन्मजयन्ती एकैदिन काठमाडौं लगायत देशका विभिन्न स्थानमा मनाइएको हो । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा गोविन्दप्रसाद पोखरेलले राजनीतिक पार्टीका दर्शन र विचार सही भएर मात्र नभई नेतृत्व पनि सही हुनुपर्नेमा जोड दिए । कांग्रेसका संस्थापक नेता सुवर्ण शम्शेरको स्मृति दिवस तथा सर्वमान्य नेता गणेशमान सिंहको जन्मजयन्तीका अवसरमा उनीहरूको राजनीतिक योगदान, सङ्घर्षमय जीवन, अभूतपूर्व र अतुलनीय योगदान तथा आजको सान्दर्भिकता विषयमा आज पार्टीको जिल्ला कार्यालय ललितपुरमा आयोजित विचार गोष्ठीमा उनले नेतृत्व सही भएमात्रै देशको विकास…
काठमाडौं । युएईमा जारी आइसिसी यु–१९ महिला टि–२० विश्वकप एसिया छनोटको तेस्रो खेलमा नेपालले हार व्यहोरेको छ । युनाइटेड अरब इमिरेट्स (युएई)को अजमानस्थित द सेभेन रङ्गशालामा आज भएको खेलमा घरेलु टोली युएईले नेपाललाई १३ रनले हराएको हो । युएईले दिएको एक सय २३ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर एक सय नौ रन मात्रै बनाउन सक्यो । नेपालका लागि कप्तान पूजा महतोले सर्वाधिक ४८ रन बनाइन् । उनले ४३ बलमा ५ चौकाको मद्दतले सर्वाधिक ४८ रन बनाएकी हुन् । साना प्रवीण र सोनी पाख्रिनले समान १९/१९ रन बनाए । ज्योत्स्निका मरासिनीले ११, सावित्री धामीले ७ र…
ढाका । बंगलादेशको अन्तरिम सरकारका प्रमुख सल्लाहकार मोहम्मद युनुसले अमेरिकामा नयाँ ट्रम्प प्रशासन अमेरिकी प्रधानमन्त्री बनेसँगै संकटमा परेका छन् । मोहम्मद युनुस डोनाल्ड ट्रम्पको कट्टर प्रतिद्वन्द्वी डेमोक्रेटिक पार्टीका घोषित समर्थक र ट्रम्पका कडा आलोचक हुन् । यसबाहेक २०१६ मा ट्रम्पले चुनाव जितेपछि उनले यस्तो बयान दिएका थिए, जुन उनको लागि महँगो साबित हुन सक्छ। ट्रम्पले मोहम्मद युनुसलाई मन पराउँदैनन् । सन् २०१६ मा उनले बंगलादेशबाट भेट्न आएको प्रतिनिधिमण्डलको अगाडि मोहम्मद युनुसको आलोचना पनि गरेका थिए र आफूले मलाई चुनाव जितेको हेर्न नचाहेको बताएका थिए । युनुसको पुरानो भनाइको हुन सक्छ ठूलो तौल २०१६ मा ट्रम्पले पहिलो पटक राष्ट्रपतिको चुनाव जितेपछि…
काठमाडौं । पूर्वराजा महेन्द्रकी पत्नी पूर्वमुमाबडामहारानी रत्न राज्यलक्ष्मी शाह डिस्चार्ज भएकी छन् । स्वास्थ्यमा समस्या देखिएपछि केही दिनअघि थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी उनलाई उपचारपछि अस्पतालबाट डिस्चार्ज गरिएको हो । शुक्रबार डिस्चार्ज हुनुअघि पूर्वराजा ज्ञानेन्द्र, उनकी पत्नी कोमल, पूर्वयुवराज पारस शाह लगायत अस्पताल पुगेका थिए । डिस्चार्ज भएकी रत्नलाई ज्ञानेन्द्रले आफ्नै गाडीमा राखेर नारायणहिटी दरबारस्थित महेन्द्र मञ्जिलमा लगेर छाडेका थिए ।
काठमाडौं । नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्याङ्क अनुसार सन् २०२४ को पछिल्लो तीन महिनामा भारतीय पर्यटकको आगमन सङ्ख्या निरन्तर घट्दै गएको छ तर अमेरिकी भने बढेका छन् । यो अक्टोबरमा १६ हजार २३ जना अमेरिकी पाहुना नेपाल भित्रिएको बोर्डको तथ्यांक छ । यो तथ्यांक अरू नभएर नेपालको अध्यागमनबाट भित्रिएका नागरिकहरूको संख्या हो । जसमा गैरआवासीय नेपालीहरू पनि पर्यटकको रूपमा जोडिन्छन् । पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेका अनुसार भारत नेपाली पर्यटनको प्रमुख स्रोत बजार हो । त्यस्तै दोस्रोमा रहेको चीनलाई अहिले अमेरिकी पर्यटकको सङ्ख्याले उछिनेको छ तर पछिल्ला हवाई दुर्घटना, सडक दुर्घटना र विपत्जन्य घटनाका कारण भारतबाट आउने पर्यटक घट्दै…
