वासिङ्टन डिसी (अमेरिका) । विश्व शक्तिराष्ट्र अमेरिकी राष्ट्रपतिका लागि भएको चुनावको अन्तिम दिन । सो निर्वाचनका लागि डेमोक्र्याटिक पार्टीका तर्फबाट वर्तमान उपराष्ट्रपति कमला ह्यारिस र रिपब्लिकन पार्टीबाट पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प मैदानमा छन् । दुई उम्मेदवारबीच भइरहेको कडा प्रतिस्पर्धालाई अन्तिम दिने हुने मतदानले प्रभाव पार्ने बताइएको छ । निर्वाचनको मिति आउन एक दिन बाँकी रहँदा ह्यारिस र ट्रम्प दुवैको संयन्त्र ब्याटल ग्राउण्ड स्टेट (मतदान गर्न अनिर्णित मतदाता भएको राज्य) को नामकरण गरिएका स्थानमा केन्द्रित रहेको थियो । मतदाताहरूको प्रत्यक्ष मतदान र ‘इलेक्ट्रोल कलेज’को सम्मिश्रणका आधारमा निर्वाचित गरिने अमेरिकाको राष्ट्रपतीय निर्वाचन यो पटक निकै प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको छ । नागरिकले मतदानमार्फत…
Author: Kathmandu Khabar
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको कास्की जिल्ला अदालतमा मंगलबार तेस्रो पटक म्याद थप हुँदैछ । सहकारीको रकम गोर्खा मिडियामा अपचलन गरेको आरोपमा उनी दशैँपछिदेखि नै प्रहरी हिरासतमा छन् । तिहारको लक्ष्मीपूजाको अघिल्लो दिन नै उनलाई हिरासतमा राख्न दिएको म्याद सकिएको भए पनि सरकारी बिदा परेका कारण आजसम्म प्रहरीले उनलाई म्याद थप गरेको छैन । मंगलबार रविलाई म्याद थप नगर्न दबाब दिने उद्देश्यसहित रास्वपाका नेता तथा कार्यकर्ताहरू पोखरा जाने भएका छन् । उनीहरूले मंगलबारको आन्दोलनलाई सशक्त बनाउने बताउँदै आएका छन् । भोलि आन्दोलनको कमाण्ड उपसभापति डीपी अर्यालले गर्ने बताइएको छ । सहकारीको बचत रकम अपचलन प्रकरणमा यही कात्तिक…
टोरन्टो । आइतबार क्यानडाको ब्राम्पटनमा रहेको एक हिन्दू मन्दिरमा मानिसहरूमाथि आक्रमण भएको थियो। क्यानडास्थित भारतीय उच्चायोगका अधिकारीहरू मन्दिरमा गएका बेला यो हमला भएको हो । प्रधानमन्त्री जस्टिन ट्रुडो र त्यहाँका विपक्षी दलहरूले पनि आक्रमणको निन्दा गरेका छन् । यो हमलाको भिडियो धेरैले सामाजिक सञ्जालमा शेयर गरिरहेका छन् । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले यस हमलाको निन्दा गरे पनि यस मामिलामा कसैलाई पनि जिम्मेवार ठहराएका छैनन् र कसैको गिरफ्तारीको पनि उल्लेख गरेका छैनन् । ट्रुडोले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, “आज ब्राम्प्टनको हिन्दू सभा मन्दिरमा भएको हिंसा अस्वीकार्य छ। प्रत्येक क्यानाडाली नागरिकलाई आफ्नो धार्मिक आस्था स्वतन्त्र र पूर्ण सुरक्षाका साथ पालन गर्ने…
काठमाडौं । प्रहरीले काठमाडौँ महानगरपालिका–६ बौद्ध, रामहिटीस्थित रामबहादुर सुनारको घरमा जुवातास खेलिरहेको अवस्थामा आज २० जनालाई नियन्त्रणमा लिएको छ । उनीहरुको साथबाट छ लाख ६९ हजार आठ सय १० रुपैयाँ र खेलमा प्रयोग भएको तीन बुक तास र छ बुक नखोलेको तास प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँ र प्रहरी वृत्त बौद्धबाट खटिइएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको काठमाडौँ प्रहरीका प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।
काठमाडौं । हिजोदेखि हल्का वर्षाको सम्भावना रहेको काठमाडौं उपत्यकामा आज पनि केही भेगमा पानी पर्ने सम्भावना देखिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार बागमती प्रदेश र कोशी प्रदेशको केही पहाडी भू–भागमा हिजो हल्का वर्षा भएको थियो । मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् शान्ति कँडेलका अनुसार सोमबार विशेष गरी बागमती, कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थान, बाँकी पहाडी भू–भागको थोरै स्थान तथा तराईका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । हल्का वर्षा हुने भएकाले यसबाट खासै प्रभाव नपर्ने वरिष्ठ मौसमविद् कँडेलले उल्लेख गरिन् । मङ्गलबारदेखि क्रमिकरुपमा मौसममा सुधार हुँदै जाने उनले जानकारी दिइन् ।
काठमाडौं । नेपालीहरूको दोस्रो ठूलो पर्व तिहार सकिएको छ । आइतबार भाइटीकासँगै नेपालीको दोस्रो ठूलो चाड तिहार सकिएको हो । तिहार सकिएलगत्तै राजधानीलगायत तराईका जिल्लामा छठको तयारी सुरु भएको छ । पशुपति क्षेत्रस्थित गुह्येश्वरी मन्दिरमुनिको बागमती किनारमा आकर्षक रुपमा छठ घाट निर्माण थालिएको छ । गुह्येश्वरीबाट गौरीघाटसम्म आकर्षक रुपमा सजाएर छठ घाट अर्थात् पूजा स्थल निर्माण भइरहेको छ । यस क्षेत्रमा ६७५ वटा छठ घाट अर्थात् पूजा स्थल निर्माण सुरु गरिएको गुह्येश्वरी गौरीघाट छठ पूजा समितिले जनाएको छ । तयारीका लागि यस क्षेत्रमा सफाइ, माटो सम्याउनेलगायत काम पनि भइरहेको छ । एउटा छठ घाट पूजाका लागि रु एक हजार एक…
काठमाडौं । रास्वपा सभापति रवि लामिछाने गृहमन्त्री भएको बेलामा उनले सबैभन्दा धेरै भ्रष्टाचारीको ट्याग लगाएर सकेसम्म जेल हाल्न प्रयास गरेकी व्यक्ति हुन्, आरजु राणा । टीकापुरको एक सरकारी प्रकरणमा उनले सकेसम्म केही दिनका लागि भए पनि उनलाई प्रहरी हिरासतमा लैजाने प्रयास गरेकी थिए । तर उनको कार्यकालमा त्यो सकेनन् । तर पनि उनले सबैभन्दा भ्रष्ट व्यक्ति भनेर सधैं आरोप लगाउने व्यक्ति नै आरजु हुन् । तर पहिले भ्रष्टाचारी भनेर जेल पठाउने प्रयासमा रहेकी आरजु अहिले परराष्ट्रमन्त्री छिन् भने उनलाई जेल हाल्न खोज्ने रवि अहिले आफैँ प्रहरी हिरासतमा छन् । उनी हिरासतमा गएपछि उनलाई छुटाउनका लागि हारगुहार गर्दै हिँडेका रास्वपाका उपसभापति…
काठमाडौं । क्यानडाले भारतीय गृहमन्त्री एवं भाजपा नेता अमित शाहले क्यानडाको भूमिमा क्यानेडियाली शिख धर्मावलम्बीमाथि आक्रमण गर्न अनुमति दिएको आरोप लगाएको छ । क्यानडाले मोदीमाथि अशान्ति मच्चाउन मद्दत गरेको र प्रहरी हस्तक्षेपको आदेश दिन असफल भएको आरोप लगाइएको थियो । तर भारतले भने उक्त आरोप निराधार रहेको भन्दै खण्डन गरेका छन् । गृहमन्त्रीका रूपमा देशको आन्तरिक सुरक्षा बलको रेखदेख गर्ने शाहको बचाउ गर्दै नयाँ दिल्लीले शनिबार उक्त आरोपलाई ‘बेतुकको आधारहीन’ दावी भएको बताएको छ । मोदीलाई भाजपाको पछाडि जनतालाई परिचालन गर्ने चामत्कारिक अग्रनेता मानिन्छ भने शाहलाई अधीनस्थहरूलाई लाइनमा राख्ने प्रवर्तनकर्ताको रूपमा हेरिन्छ। “पार्टीमा अहिले नरेन्द्र मोदी र २० वर्षभन्दा बढी…
काठमाडौं । काठमाडौंको रानीपोखरीमा आज बिहानैदेखि टीका लगाउनेको भीड सुरु भएको छ । दाजुभाइ तथा दिदीबहिनी नहुनेहरूले यो मन्दिरमा गएर टीका लगाउने चलन रहेको छ । आज मात्रै खुल्ने यो मन्दिरमा बिहानैदेखि टीका लगाउन आउनेको भीड सुरु भएको छ । भाइटीकाको टीका आज दिनभर लगाउन कुनै बाधा नभए पनि साइत खोज्नेका लागि बिहान ११ः३७ बजेको अभिजित् मुहूर्त उत्तम रहेको पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले बताए । यसवर्ष भाइटीका लगाइदिने पूर्व र लगाइमाग्ने पश्चिम फर्कनुपर्ने समितिले जनाएको छ । यसो गरेमा वृश्चिक राशिमा रहेका उत्तरका चन्द्रमा दाहिने पर्नेछन् । शुभ कर्ममा चन्द्रमालाई अघि वा दाहिने पार्नुपर्ने शास्त्रीय नियम…
काठमाडौं । मौसम विज्ञान विभागले काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा आज हल्का वर्षाको सम्भावना रहेको छ । महाशाखाका अनुसार आज दिउँसो कोसी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना देखिएको विभागको बुलेटिनमा उल्लेख छ । यस्तै बागमती प्रदेशअन्तर्गत आज दिउँसो काठमाडौँ उपत्यकामा पनि फाटफुट वर्षाको सम्भावना रहेको मौसमविद् गोविन्द झाले जानकारी दिए। महाशाखाका अनुसार आज दिउँसो कोसी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थान तथा बाँकी उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपात हुने सम्भावना छ।
काठमाडौं । आज तिहारको मुख्य दिन भाइटीका । दिदीबहिनीले दाजुभाइको दीर्घायुको कामना गर्दै भाइटीका मनाइँदै छ । आज दाजुभाइको दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाउने चलन छ । प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन् । आजको दिनलाई यमद्वितीया पनि भनिन्छ । भाइटीकाको टीका आज दिनभर लगाउन कुनै बाधा नभए पनि साइत खोज्नेका लागि बिहान ११ः३७ बजेको अभिजित् मुहूर्त उत्तम रहेको पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले बताए । यसवर्ष भाइटीका लगाइदिने पूर्व र लगाइमाग्ने पश्चिम फर्कनुपर्ने…
काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ त्रिकोणात्मक सिरिजमा अमेरिकासँग नेपाल पराजित भएको छ । अमेरिकाको डालसस्थित ग्राण्ड पेरी क्रिकेट रङ्गशाला सम्पन्न खेलमा नेपाल अमेरिकासँग ३७ रनले पराजित भएको हो । यसअघि भएको पहिलो खेलमा पनि नेपाल अमेरिकासँग तीन विकेटले पराजित भएको थियो । अमेरिकाले दिएको दुई सय ८२ रनको विजयी लक्ष्य पछ्याएको नेपाल ४९ दशमलव पाँच ओभरमा सबै विकेट गुमाउँदै दुई सय ४४ रनमा समेटियो । नेपालका लागि अनिल साहले सर्वाधिक ५२ रनको योगदान दिए । उनले ८० बलमा चार चौका र एक छक्कासहित सर्वाधिक ५२ रन जोडेका हुन् । नेपालले ओपनर आसिफ शेखलाई ६ रनमा गुमाएको थियो । दोस्रो…
काठमाडौं । आज कात्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक चौँथो दिन गाई र गोबर्द्धन पूजा गरी मनाइँदै छ । यस दिन गाई, गोरु र कृषकको पूजाआजा गरी पर्व मनाउने गरिन्छ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ । स्थानीय जातका गाईमा हुने जुरोले सूर्य र चन्द्रमाबाट ऊर्जा लिई दूध, गहुँत र गोबरका माध्यमबाट मानिसमा शक्ति दिने भएकाले गाईको महत्व छ भनी आधुनिक विज्ञानले पनि प्रमाणित गरेको छ । गाईको पूजा गरी आजका दिन मीठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता सधैँ…
काठमाडौं । कात्तिक शुक्ल प्रतिपदाका दिन आज नेवार समुदायमा म्हः (आत्म) पूजा गरिँदैछ । प्रत्येक वर्ष कात्तिक शुक्ल प्रतिपदाका दिन नेवार समुदायका मानिसले आत्म (म्हः) पूजा पर्व मनाउने गर्दछन् । मानिसको आत्मा नै सबैभन्दा ठूलो र महत्वपूर्ण भएकाले आत्म पूजा गर्ने परम्परा शास्त्रीय भएको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतम बताउनुहुन्छ । आत्मसन्तुष्ट बनाई खुसी राख्न सके देवी देवता पनि प्रसन्न भई आशीर्वाद दिने र जीवन लिएको पनि सार्थक हुने धार्मिक विश्वाससमेत छ । यही शास्त्रीय मान्यता र विश्वासका आधारमा आत्म (म्हः) पूजा गर्ने परम्परा बसेको हो । यो पर्व नेवारी समुदायको बाहुल्यता रहेको काठमाडौँ, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, पनौती, बाह्रबिसे,…
काठमाडौं । नेपाल संवत् ११४५ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । यस संवत्लाई हाल नेवार समुदायले नयाँ वर्षका रूपमा मनाउने गरेका छन् । राष्ट्रिय विभूति शङ्खधर साख्वाले विसं ९३७ (इ सं ८८०) मा गरिब जनताको ऋण मोचन गरी नेपाल संवत्को सुरुआत गराएका थिए । पृथ्वीनारायण शाहको शासनकालसम्म नेपाल संवत्ले राष्ट्रिय संवत्को मान्यता पाएको लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति डा त्रिरत्न मानन्धरले जानकारी दिए । ‘लिच्छविकालका राजा राघवदेवको शासनकालबाट सुरु भएको नेपाल संवत् पृथ्वीनारायण शाहको शासनकालसम्म मौलिक संवत्का रुपमा चलेको थियो, लिच्छविकालअघि शक संवत् प्रचलनमा थियो, नेपाल देशको नामबाट राखिएकाले यो मौलिक संवत् हो’, उनले भने । विसं २००७ मा…
काठमाडौं । यस पटक तिहारको मुख्य दिन भाइटीकाको दिन काठमाडौंमा पानी पर्ने सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार देशका विभिन्न स्थानसहित काठमाडौं उपत्यकामा समेत केही बेर वर्षाको सम्भावना रहेको हो । महाशाखाका अनुसार शुक्रबार पनि मुलुकको केही स्थानहरूमा मौसम बदलीभई छिटपुट वर्षा भएको छ । शनिबार पनि मौसम बदली भई भाइटीकाको दिन अझै बढी मौसम बदली हुने र हल्कादेखि मध्यम वर्षा हुने बताइएको छ । तर कुनै ठाउँमा पनि निरन्तर वर्षा भने नहुने बताइएको छ । अधिकारीका अनुसार देशभर पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । माहाशाखाले शुक्रबार साँझ जारी गरेको मौसमी बुलेटिनअनुसार पनि…
काठमाडौं । सिंगो देश सहकारी ठगीका विषयमा केन्द्रित हुँदा बुढानीलकण्ठ नगरपालिकाका दुई वडाध्यक्ष लामो समयदेखि सहकारी ठगीमा मुद्धा खेपेर पनि राजाको राँगो फुकेझैं हिँडिरहेका छन् । बुढानीलकण्ठ नगरपालिकालगायत बिबिध शक्ति केन्द्रका आडमा दुईवडाध्यक्षसहित एक कार्यपालिका सदस्य सहकारी ठगीमा प्रकाउ पुर्जीपश्चात पनि बेरोकटोक हिँडिरहेका छन् । सहकारी पिडीतहरू शक्ति केन्द्रको साथ नरहने हो भने बुढानीलकण्ठ नगरपालिका वडा नं ६ र ७ का वडाध्यक्ष रवि खड्का तथा बसनारायण महर्जन यतिखेर जेलमा हुनपर्थ्यो भन्ने गर्छन् । पटक पटक पक्राउ पुर्जी जारी भैसकेका यी दुई वडाध्यक्षसहित एक कार्यपालिका सदस्यले भद्रकाली कृषि सहकारी संचालनका क्रममा स्थानीवासीको लाखौं रकम हिनामिना गरेको आरोप छ । बसनारायण महर्जन…
काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको आज बसेको बैठकले आज मध्यरातदेखि लागू हुने गरी डिजेल र मट्टितेलको साविकको बिक्री मूल्यमा प्रतिलिटर एक रुपैयाँ घटाएको हो । मूल्य समायोजनसँगै पहिलो वर्गका लागि डिजेल प्रतिलिटर एक सय ४७ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि एक सय ४९ रुपैयाँ र तेस्रो वर्गका लागि प्रतिलिटर एक सय ५० रुपैयाँ कायम भएको छ । निगमले चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज डिपो पहिलो वर्ग, सुर्खेत र दाङ दोस्रो वर्ग तथा काठमाडौँ, पोखरा र दिपायलस्थित डिपोलाई तेस्रो वर्गमा वर्गीकरण गरेको छ । इन्डियन आयल…
काठमाडौं । तिहार भन्नेबित्तिकै सबैको मनमा कुन गीत गुन्जिन्छ होला ? हरेक तिहारमा एकाध गीतहरू छन् जुन हरेक वर्ष धेरै नेपालीको मुखमा गुञ्जिरहेको हुन्छ । घर उज्यालो पार्नुका साथै देउसी र भैलो खेलेर मनाइने यो पर्वमा गुञ्जिने गीत अधिकांश नेपाली चलचित्रकै छन् । कालजयी ती गीतहरू अहिलेको पुस्तामा पनि उत्तिकै लोकप्रिय छन् । तिहारको प्रसङ्ग नेपाली चलचित्रमा राखिनुका साथै गीतसङ्गीत पनि समेटिएको छ । मुख्यतया हरेक तिहारमा चर्चित हुने मुख्यमुख्य गीतहरूको चर्चा यहाँ गरिएको छ । तिहारै आयो लौ झिलिमिली तिहारै आयो लौ झिलिमिली भन्ने गीत सम्भवत: तिहारको सबैभन्दा चर्चित गीत हुन सक्छ । चलचित ‘स्वर्ग’ मा समावेश यो गीतले…
काठमाडौँ । यो साल तिहारको लक्ष्मीपूजादेखि भाइटीकाको बीचमा दुई दिन खाली रहेको छ । सामान्यतया लक्ष्मीपूजाको भोलिपल्ट गोबर्द्धन पूजा र त्यसको भोलिपल्ट भाइटीका मनाउने गरिन्छ । तर यो साल भने दुई दिन खाली रहेको छ । नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहारको औँसीको दिन भए पनि आज कुनै तिहारको पर्व भने नपरेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । औँसी बेलुकी भएका दिन गरिने लक्ष्मीपूजा बिहीबार नै गरिएको छ । औँसीसहित कार्तिक शुक्ल प्रतिपदा भएका दिन गरिने गाई पूजा शनिबार परेको पनि समितिले तिहारका सम्बन्धमा जारी गरेको विज्ञप्तिमा उल्लेख छ । आज तिहारको कुनै पर्व नपरे पनि औँसी…
चितवन । चितवन राष्ट्रिय निकुञ्ज र आसपासको क्षेत्रमा चाडपर्वको समयमा चारवटा गैँडा मृत भेटिएका छन् । कात्तिक १ गतेदेखि आजसम्म निकुञ्जका विभिन्न क्षेत्रमा ती गैँडा मृत भेटिएका निकुञ्जले जनाएको छ । निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरका अनुसार नवलपुरको मध्यविन्दु नगरपालिका–दाउन्नेदेवी मध्यवर्ती सामुदायिक वनमा अन्दाजी २० वर्षको पोथी गैँडा कात्तिक ५ गते मृत अवस्थामा भेटिएको जानकारी दिए । अनुसन्धानपछि उक्त गैँडा कालगतिले मरेको पाइएको उनले बताए । कात्तिक ६ गते निकुञ्जको कलकत्ता टापुमा एउटा बच्चा र एउटा वयस्क गैँडा सडेगलेको अवस्थामा र कात्तिक १३ गते अन्दाजी २५ वर्षको पोथी गैँडा निकुञ्जको भिम्ले पोष्ट नजिक मृत अवस्थामा भेटिएको उनले बताए । उक्त…
काठमाडौं । हरेक वर्ष कार्तिक महिनाको औसीको दिन दीपावली पर्व मनाइन्छ । यस अवसरमा सबै भक्तहरूले देवी लक्ष्मीसँगै श्री गणेशको पूजा गर्छन्। तर, लक्ष्मीको साथमा गणेशको पूजा गर्नुको कारण के हो र ऋद्धि-सिद्धिको महत्व के हो भन्ने कुरा कमैलाई थाहा छ । यसका साथै दीपावली पूजामा किन हुन्छ शुभ लाभको उल्लेख ? लक्ष्मी माताको पूजाको महत्व धार्मिक मान्यताअनुसार कार्तिक मासको कृष्ण पक्षको अमावस्याका दिन समुन्द्र मन्थनबाट लक्ष्मीको आगमन भएको हो । अर्को परम्पराअनुसार यस दिनलाई लक्ष्मीको जन्म दिन मानिन्छ। धेरै ठाउँमा लक्ष्मीको जन्म दिन मनाउने चलन छ । भारतीय क्यालेन्डरका अनुसार १४ मानुसको समाप्तिपछि दीपावलीको दिनबाट विनाश, पुनर्निर्माण र नव…
आज यमपञ्चकको तेस्रो दिन, कार्तिक कृष्ण औँसीको साँझ घरघरमा ऐश्वर्य, धन धान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी लक्ष्मीपूजा मनाइँदैछ। कुकुर तिहार पनि आजै परेकाले बिहान कुकुरको पूजा गरिँदैछ। तिथिको घटबढले यमपञ्चकको तेस्रो दिन मनाइने लक्ष्मीपूजा पनि आजै मनाउने गरिन्छ । बिहानको समयमा चतुर्दशी तिथि परेको दिन कुकुर पूजा गरिन्छ भने साँझको समयमा औँशी परेको दिन लक्ष्मी पूजा गरिन्छ । आज दिउँसोबाट औँशी सुरु हुने भएकोले साँझ लक्ष्मीपूजा गर्न लागिएको हो । इमान्दारीपूर्वक घरको सुरक्षामा खटिने कुकुरलाई आज पूजा गरेर मीठो खानेकुरा दिइन्छ। कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरको पूजा गरे यमलोकको यात्रा गर्दा यमराजको पहरेदारका रुपमा मूलढोकामा बस्ने ‘श्याम’ र…
काठमाडौं । साफ च्याम्पियनसिप २०२४ अन्तर्गत आज नेपाल र बंगलादेशबीचको फाइनल खेलमा नेपाल २-१ ले पराजित भएको छ । योसँगै साफ वुमन्स च्याम्पियनसिपको उपाधि बंगलादेशले जितेको छ । नेपाल भने फेरि उपविजेतामा सीमित हुन पुगेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको फाइनलमा बंगलादेशले घरेलु टोली नेपाललाई २-१ गोल अन्तरले हराएको हो ।अघिल्लो संस्करण घरेलु मैदानमा नै भएको फाइनलमा नेपाल बंगलादेशसँग ३–१ ले पराजित भएको थियो। दोस्रो हाफको ३७ औँ मिनेटमा बंगलादेशकी रितुपर्णा चक्माको गोल नै बंगलादेशको जितमा निर्णायक बन्यो। ५६ औँ मिनेटमा अमिसा कार्कीको गोलमा नेपाल खेलमा फर्किएको थियो। पुजा रानाको पासमा अमिसाले बंगालदेशका दुई डिफेन्डरलाई बिट गर्दै किपर अघि बढेको…
काठमाडौं । बन्दी प्रत्यक्षीकरणको मुद्दाबाहेक सर्वोच्च अदालतको सेवा पाँच दिन बन्द हुने भएको छ । सर्वोच्च अदालतले जारी गरेको सूचनाअनुसार बन्दी प्रत्यक्षीकरणबाहेकका सेवा बिहीबारदेखि १९ गतेसम्मको लागि बन्द गर्न लागिएको सर्वोच्चले जनाएको छ । तिहारको बिदामा पनि बन्दी प्रत्यक्षीकरणको रिट निवेदनको सुनुवाइ गर्न सर्वोच्च अदालत खुला हुने भएको छ । तिहार पर्वको बिदामा शनिबार र भाइटीकाबाहेक अरू दिन बिहान ११ देखि अपराह्न ३ बजेसम्म अदालत खुला रहने सर्वोच्च अदालत प्रशासनले जनाएको छ । सर्वोच्च अदालत प्रशासनले निकालेको सूचनामा भनिएको छ, “दीपावली, २०८१ को उपलक्ष्यमा कात्तिक १५ देखि १९ गतेसम्म सर्वोच्च अदालत बन्द रहने हुँदा न्याय प्रशासन ऐन, २०७३ को दफा…
काठमाडौं । साफ महिला च्याम्पियनसिपको आजको खेल काठमाडौं महानगरपालिकाले विभिन्न स्थानमा लाइभ देखाउने भएको छ । बुधबार साँझ साढे ६ बजे हुने फाइनल खेलको टिकट लिन पुगेकाहरू निराश हुन थालेपछि महानगरपालिकाले तीन ठाउँमा लाइभ गर्ने व्यवस्था मिलाएको महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले जानकारी दिएका छन् । प्रमुख शाहले भनेका छन् । ‘टिकट पाउनुहुने महानुभावहरू रंगशालामा गएर समर्थन गर्नुहोला, काठमाडौँमा हुने टिकट नपाउनेहरू हामीले टुँडिखेल, सानो गौचरण तथा चाबहिलमा देखाउने व्यवस्था गरेका छौँ। नजिक हुनेहरू गएर सामूहिक रुपमा नेपालको समर्थन गर्न सक्नुहुनेछ।’ टुँडिखेल, सानो गौचरण र सिफलमा महानगरले साफ फाइनल लाइभ गर्ने
काठमाडौं । सरकारले संकटग्रस्त सहकारीको बचतकर्ताको रकम फिर्ता गरिदिन थालेको छ । सोमबार समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले पत्रकार सम्मेलन गरी हालसम्म छ हजार १५५ बचतकर्ताको शतप्रतिशत बचत फिर्ता गरिएको जनाएको छ । कात्तिक १२ गते सोमबारसम्म चार सय ३८ मागदाबीकर्ताको आंशिक भुक्तानी भएको जनाएको छ । शतप्रतिशत भुक्तानी भएका र आंशिक गरी हालसम्म एक अर्ब ५१ करोड ५३ लाख ३६ हजार आठ सय ९९ समस्याग्रस्त घोषणा भएका २२ वटा सहकारीका ऋणीबाट उठाएर भुक्तानी गरिएको आज आयोजित कार्यक्रममा जानकारी गराइएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारीबाट समस्यामा परेकाको समस्या समाधानका लागि…
काठमाडौं । आज साफ महिला च्याम्पियनसिपअन्तर्गत नेपाल र बंगलादेशबीच फाइनल खेल हुने भएको छ । नेपाल र भारतबीचको सेमिफाइनल खेलमा क्षमताभन्दा धेरै टिकट बिक्री भएपछि एन्फा आफैँले टिकट बिक्री गर्ने निर्णय गरेपछि आज टिकट लिनेको भीड बढेको छ । भौतिक रूपमा मात्रै टिकट बिक्री गर्ने निर्णय एन्फाले गरेपछि काठमाडौंका विभिन्न स्थानमा बिहान ८ बजेदेखि नै टिकट किन्नेहरूको भीड सुरु भएको छ । एन्फाले जावलाखेल मैदान र भद्रकालीको आर्मी गेटबाट टिकट बिक्री गरेको छ । फुटबल प्रतियोगिता हुने दशरथ रंगशालाको प्यारापिट १५ हजार जना अट्ने क्षमताको छ । तर ११ हजार थान टिकट मात्र बिक्री गरिने एन्फाको तयारी छ । जसमध्ये…
काठमाडौं । आजबाट यमपञ्चक सुरु भएको छ । कात्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व यमराजको दूतका रूपमा कागलाई मीठो–मीठो चीजबीज खान दिएर मनाइँदैछ । बिहान सूर्योदयकालमा त्रयोदशी भएको दिन काग तिहार मनाउनुपर्ने भएकाले शास्त्रसम्मतरूपमा आज बुधबारलाई यो पर्व मनाउनुपरेको हो । यमराजले लोकको खबर कागका माध्यमबाट थाहा पाउने भएकाले कागलाई यमदूतका रुपमा मान्ने शास्त्रीय विधान रहेको छ । कागले यमराजसमक्ष राम्रो खबर लगिदियोस् भनेर आजका दिन कागलाई पूजा आराधनासहित मीठो–मीठो खान दिई खुसी पार्ने चलन छ । लोक व्यवहारमा काग घरमा आई कराएमा शुभ बोल, शुभ बोल भनी भन्ने प्रचलनसमेत छ । काग घर वरपर आई कराएमा उसले…
काठमाडौं । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिन मनाइने धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस आज विविध कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । वन जङ्गलमा पाइने जडीबुटीमा आधारित प्राचीनतम् वैदिक चिकित्सापद्धति आयुर्वेदका प्रवर्तक भगवान् धन्वन्तरीको उत्पत्ति भएको सम्झनामा देशभर विविध कार्यक्रम गरी आज धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस मनाउन लागिएको हो । बिहान त्रयोदशी तिथि परेका दिन धनवन्तरी जयन्ती मनाउनुपर्ने भएकाले आज मनाउन लागिएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । देव र असुर मिली नागको नेती र मन्दराचल पर्वतको मदानी बनाई समुन्द्र मन्थन गर्दा रोगग्रस्त व्यक्तिको रोग निवारणका लागि कार्तिक कृष्ण त्रयोदशीका दिन अमृत कलश लिएर भगवान् धन्वन्तरीको उत्पत्ति…
