

काठमाडौं । साफ च्याम्पियनसिप २०२४ अन्तर्गत आज नेपाल र बंगलादेशबीचको फाइनल खेलमा नेपाल २-१ ले पराजित भएको छ ।
योसँगै साफ वुमन्स च्याम्पियनसिपको उपाधि बंगलादेशले जितेको छ । नेपाल भने फेरि उपविजेतामा सीमित हुन पुगेको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको फाइनलमा बंगलादेशले घरेलु टोली नेपाललाई २-१ गोल अन्तरले हराएको हो ।अघिल्लो संस्करण घरेलु मैदानमा नै भएको फाइनलमा नेपाल बंगलादेशसँग ३–१ ले पराजित भएको थियो।
दोस्रो हाफको ३७ औँ मिनेटमा बंगलादेशकी रितुपर्णा चक्माको गोल नै बंगलादेशको जितमा निर्णायक बन्यो। ५६ औँ मिनेटमा अमिसा कार्कीको गोलमा नेपाल खेलमा फर्किएको थियो। पुजा रानाको पासमा अमिसाले बंगालदेशका दुई डिफेन्डरलाई बिट गर्दै किपर अघि बढेको मौका गोल गरेकी थिइन् ।