नयाँ दिल्ली । विभिन्न भारतीय एयरलाइन्सको उडानविरुद्ध धम्कीको शृङ्खला रोकिएको छैन। बिहीबार ९५ उडानमा बमको धम्की आएको थियो । यो कुनै एक दिनमा सबैभन्दा धेरै धम्की आएको हो। जसरी आफ्नो उडानलाई धम्की दिइँदैछ, त्यसले भारतीय उड्डयन उद्योगलाई आर्थिक नोक्सान मात्रै नभई एक हिसाबले राष्ट्रिय खतरामा परिणत भएको एयरलाइन्सको भनाइ छ । यस विषयमा प्रदेश प्रहरी, नागरिक उड्डयन ब्युरोलगायत अन्य निकायले अनुसन्धान गरिरहेको भएपनि अहिलेसम्म नतिजा शून्य रहेको एयरलाइन्सको भनाइ छ । जसका कारण मानिसमा मात्र नभई पाइलट र चालक दलका सदस्यहरुमा पनि त्रास फैलिन थालेको छ । कसैलाई थाहा छैन कुन उडानलाई धम्की दिनेछ। राम्रो कुरा यो हो कि अहिलेसम्म…
Author: Kathmandu Khabar
काठमाडौं । रास्वपा सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेमाथि सम्पत्ति शुद्धीकरण मुद्दामा छानबिन हुने भएको छ । सहकारी ठगी र संगठित अपराधमा अनुसन्धानका लागि पक्राउ पूर्जी लिएर प्रहरीले २ कात्तिकमा लामिछानेलाई पक्राउ गरेको थियो । बिहीबार म्याद थपका लागि जिल्ला अदालत, कास्कीमा उपस्थित गराउँदा भने सम्पत्ति शुद्धीकरणको मुद्धा पनि थपिएको हो । आफूमाथि सम्पत्ति शुद्धीकरणको मुद्धामा पनि अनुसन्धान प्रक्रिया अगाडि बढाउन लागिएपछि लामिछाने बिहीबार इजलासमै आक्रोशित रुपमा प्रस्तुत भएका थिए । तर अदालतले थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । गत वैशाखमै सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ लाई संशोधन गरी प्रहरी, अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायतका निकायले…
काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको पानी बाग्मतीमा छाडिएको छ । अहिले मेलम्ची नदीबाट दैनिक २५ करोड लिटरभन्दा बढी पानी काठमाडौंमा आइरहेको भए पनि करिब १८ करोड लिटर पानी प्रशोधन गरी काठमाडौँ उपत्यकामा वितरण गरिएको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । मेलम्ची नदीबाट काठमाडौँको सुन्दरीजलस्थित प्रशोधन केन्द्रमा आइरहेकोमध्ये प्रशोधन क्षमताभन्दा बढी भएको पानी बागमती नदीमा पठाउन थालिएको छ। समितिका अनुसार मेलम्चीबाट दैनिक २५ करोड लिटरभन्दा बढी पानी आइरहेको छ, १८ करोड लिटर पानी प्रशोधन गरी पठाउन थालिएको छ, प्रशोधन क्षमताभन्दा बढी रहेको बाँकी पानी बागमती नदीमा छाडिएको छ। सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रको क्षमताभन्दा बढी पानी बागमती नदीमा पठाइएका कारण अहिले…
पाटन (ललितपुर) । ललितपुर पाटनको दौवहालःमा रात्रिकालीन व्यापार मेला हुने भएको छ । वडा नं १६ कार्यालयले बिहीबार यहाँ पत्रकार सम्मेलन गरी दिएको जानकारीअनुसार स्थानीय जात्रा, पहिरन, पहिचान र संस्कृतिलाई उजागर गर्नुका साथै स्थानीय उत्पादनलाई बजारीकरण गर्ने अभिप्रायका साथ ललितपुर महानगरपालिकाको वडा नं १६ महिला समितिको आयोजनामा यही कात्तिक ११ र १२ गते साँझ ४ देखि ९ बजेसम्म रात्रिकालीन व्यापार मेला गर्न लागिएको हो । वडा नं १६ का अध्यक्ष निर्मलरत्न शाक्यले पर्यटनको प्रचुर सम्भावना बोकेको सहरमा बसेका स्थानीयलाई आयआर्जनमा जोड्न यो प्रयास महत्त्वपूर्ण हुने बताए । ‘यो मेलामा हस्तकला महासङ्घ, पाटन पर्यटन विकास संस्थाको पनि सहयोग रहने विश्वास छ,…
काठमाडौं । फुटबलर्स मिसन टुगेदरद्धारा आयोजित दोश्रो भेट्रान्स फुटबल प्रतियोगिता २०८१ अन्तर्गत आज मध्यपुर युथ एसोसियसनको खेल मैदानमा सम्पन्न पहिलो क्वाटरफाईनल खेलमा हाम्रो धरान भेट्रान टिमले सरस्वतीनगर भेट्रान टिम लाई सडनडेथमा (१०–९) पराजित गरी सेमीफाइनलमा स्थान सुरक्षित गर्यो । निर्धारित समयमा कुनै पनै पनि टिमले गोल गर्न नसकेपछि खेल ट्राईवेकरमा पुगेको हो । धरानका किपर राजेन्द्र धिमाल प्लेयर अफ द म्याच घोषित भए । उक्त पुरस्कार सैनिक गठ्ठाघरका डिपोपती प्रसे सुजीत श्रेष्ठले वितरण गरे । त्यस्तै आजै सम्पन्न दोश्रो क्वाटरफाईनल खेलमा फ्रिडम फाईटरले बानेश्वर फ्रेण्डसिपलाई ४–१ ले पराजित गर्यो । फ्रिडमका लागि कृष्ण शाक्य, विकर्ण श्रेष्ठ, दिपक लामा र तेज…
काठमाडौं । कास्की जिल्ला अदालतले सहकारी ठगी मुद्दामा अनुसन्धानका लागि पक्राउ परेका रवि लामिछानेलाई थप सात दिन हिरासतमा राख्न अनुमति दिएको छ । बिहीबार म्याद थपका लागि अदालत लगेको प्रहरीले उनीसँगको बयान र अनुसन्धान नसकिएको भन्दै उनलाई म्याद थपका लागि आग्रह गरेको थियो । जिल्ला अदालत, कास्कीका न्यायाशीश चन्द्रकान्त पौडेलको इजलासले रविसहित छविलाल जोशी र लिला पछाईंलाई पनि थप ७ दिन म्याद थप्न अनुमति दिएको हो । यसअघि उनलाई ६ दिन हिरासतमा राख्न अनुमति दिएको थियो । सोही प्रकरणमा प्रकाउ परेका पूर्व डीआईजी छविलाल जोशीलाई कास्की जिल्ला अदालतमा आजै उपस्थित गराइएको थियो । ६ असोजमा पक्राउ परेका उनी प्रहरी हिरासतमै…
काठमाडौं । नेपाल औषधि लिमिटेडले बजारमा सिटामोलको अभाव रहेको भनेर बजारमा आएको समाचारमा सत्यता नभएको दाबी गरेको छ । लिमिटेडले एक सूचना जारी गर्दै सिटामोलको अभाव नरहेको जनाएको हो । लिमिटेडले आफ्नो प्रमुख उत्पादनको रूपमा रहेको सिटामोलको नियमित उत्पादन भइरहेको र लिमिटेडमा खरिदका लागि सम्पर्क गर्नुहुने लिमिटेडका सबै स्टकिस्टहरू, सरकारी अस्पताल तथा तीनै तहका सरकार मातहतका स्वास्थ्य आपूर्ति व्यवस्थापन निकायहरूलाई माग अनुसारको परिमाणमा सिटामोलको तत्काल आपूर्ति गर्दै आइएको जानकारी गराएको छ ।
काठमाडौं । यसअघिका सेनापतिले खासै चासो नदिएको राष्ट्र संघको सैन्य सल्लाहकारको पदमा हालका प्रधानसेनापतिले चासो दिएका छन् । संयुक्त राष्ट्र संघको सैनिक सल्लाहकार पदमा नेपालले उम्मेदवारी दिएको छ । संयुक्त राष्ट्रसंघका महसचिवलाई सिधै रिपोर्टिंङ गर्नुपर्ने तहको सो पदमा उम्मेदवारी दिनका लागि नयाँ सेनापतिले नियुक्त हुनेबित्तिकै चासो दिएका थिए । रक्षा मन्त्रालयका प्रवक्ता सहसचिव मनोजकुमार आचार्यका अनुसार संयुक्त राष्ट्र संघको मिलिटरी एड्भाइजर पदमा उम्मेदवारी दिन प्रतिस्पर्धात्मक प्रक्रियामा भाग लिन उपरथी प्रेमध्वज अधिकारीलाई अघि सारिएको छ । न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयबाट यसअघि नेपाली सेनालाई सैनिक सल्लाहकारमा उम्मेदवारी दिन प्रस्ताव हुँदा नेपालले कसैलाई पठाएको थिएन । यो दर्जामा उम्मेदवारी दिन रथी तहको अधिकारी…
काठमाडौं । साफ महिला च्याम्पियनसिपअन्तर्गत आज नेपाल र श्रीलंकाबीच सेमिफाइनलका लागि खेल हुने भएको छ । बिहीबार समूह ‘बी’ को अन्तिम खेल हुन लागेको हो । आज समूह विजेता बन्ने टिम सेमिफाइनलमा पुग्नेछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा अपराह्न साढे पाँच बजे हुने भएको छ । सेमिफाइनल पुग्नका लागि समूह ‘बी’ मा नेपाल र श्रीलंकासँगै भुटानको सम्भावना उत्तिकै छ। नेपाल आजको खेलमा श्रीलंकालाई हराउँदै समूह विजेताको रुपमा सेमिफाइनल पुग्न चाहन्छ। श्रीलंका पनि नेपाललाई हराउँदै अन्तिम चारको यात्रा तय गर्न चाहन्छ।
नयाँ दिल्ली । प्रधानमन्त्री नरेन्द्र मोदीले ब्रिक्स शिखर सम्मेलनको छेउमा चिनियाँ राष्ट्रपति सी जिनपिङसँग द्विपक्षीय भेट गरेका छन्। यस अवधिमा दुई देशबीच धेरै विषयमा सहमति भएको छ । भेटपछि प्रधानमन्त्री मोदीले भारत–चीन सम्बन्ध विश्व शान्तिका लागि महत्वपूर्ण रहेको स्पष्ट पारेका छन् । उनले पाँच वर्षपछि भेट हुँदा दुईदेशीय सम्बन्ध र विश्व राजनीतिको बारेमा खुलेर कुरा गरेको बताएका छन् । ‘हाम्रो ५ वर्षपछि भेट भयो । हाम्रो सम्बन्ध विश्वका लागि महत्त्वपूर्ण छ। एक अर्काको सम्मान हुनुपर्छ । सीमा विवादमा सहमतिको स्वागत छ ।’ उनले भनेका छन् । जिनपिङसँग भेटपछि प्रधानमन्त्री नरेन्द्र मोदीले उनलाई भेट्न पाउँदा खुसी लागेको बताएका छन् । ‘हामी…
काठमाडौं । काठमाडौं महानगरपालिकाले विभिन्न पदमा कर्मचारी माग गरेको छ । बुधबार एक सूचना जारी गर्दै महानगरपालिकाले १०८ जनालाई रोजगारीको अवसर आएको छ । यो पदमा असार मसान्तसम्मका लागि करारमा कर्मचारी भर्ना गर्न लागेको हो । जसमा मेडिकल अधिकृत ४ जना तथा ल्याब टेक्निसियन २९ जना मागिएको छ । यस्तो छ महानगरले जारी गरेको सूचना
फुटबलर्स मिसन टुगेदरद्धारा आयोजित दोश्रो भेट्रान्स फुटबल प्रतियोगिता २०८१ अन्तर्गत आज मध्यपुर युथ एसोसियसनको खेल मैदानमा सम्पन्न खेलमा त्रिभुवन आर्मी फुटबल क्लबले सानोगौचरण नाइटकिङ्ग (एसएनकेसी)लाई ट्राईवेकरमा ३–१ ले पराजित गरेको छ। निर्धारित समयमा १-१ को बराबरीमा खेल सकिएपछि खेल टाईवेकरमा धकेलिएको थियो । निर्धारित समयसम्म आर्मीको तर्फबाट हरि महतोले गोल गरे भने सानोगौचरणका लागि जगतमान लामाले गोल गरे । आर्मीका महेन्द्र खवास प्लेयर अफ दि म्याच घोषित भए । उक्त पुरस्कार राष्ट्रिय फुटबल टिमका खेलाडी भरत खवासले वितरण गरेका थिए । त्यस्तै, आजै सम्पन्न अर्को खेलमा ठमेल टुरिज्जम डेभलपमेन्ट काउन्सिलले चितवन भेट्रान्स एफसीलाई ४–० ले पराजित गरेको छ । ठमेलका…
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको १०० दिने कामको फेहरिस्त सुनाएका छन् । सरकार गठन भएको १०० दिनको अवसरमा बुधबार सिंहदरबारमा आयोजित एक कार्यक्रमका बीच उनले फेहरिस्त सुनाएका हुन् । यस्तो छ प्रधानमन्त्रीको सम्बोधनको पूर्णपाठ
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले सरकारको नेतृत्व गरेको सय दिनको अवधिमा सम्पादन भएका प्रमुख उपलब्धिबारे सम्बोधन गरेका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित विशेष समारोहमा उनले यस अवधिमा भएका प्रमुख कार्य अहिले सार्वजनिक गरेका हुन् । गत असार ३१ गते प्रधानमन्त्री ओलीको नेतृत्वमा वर्तमान सरकार गठन भएको थियो । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष ओली नेतृत्वको सरकारमा नेपाली कांग्रेस, जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र नागरिक उन्मुक्ति पार्टी सहभागी छन् । प्राकृतिक विपत्तिका बीचमा पनि वर्तमान सरकारले सुशासन, विकास र आर्थिक समृद्धि तथा भ्रष्टाचार नियन्त्रणका मुद्दालाई प्राथमिकताका साथ अगाडि बढाइरहेको उनले बताए…
काठमाडौं । सभापति सहकारी ठगी प्रकरणमा पक्राउ परेपछि अदालतलाई प्रभावित बनाउन आन्दोलनमा उत्रिएको रास्वपाका कार्यकर्ताहरुले सहकारी पीडितहरुलाई घरघरमा पुगेर धम्की दिन थालेको पाइएको छ। पोखरास्थित सूर्यदर्शन बचत तथा ऋण सहकारीका पीडित संघर्ष समितिले पार्टीका कार्यकर्ताले बचतकर्ताको घर घरमा पुगेर भड्काउने गतिविधि गरेको आरोप लगाएको छ । उनीहरुले एक विज्ञप्ति जारी गर्दै पीडितमाथि कुटपिट समेत गरेको आरोप लगाएका छन् । बचतकर्ताविरुद्ध गरेको कार्यक्रम, नाराबाजी, भाषण साथै टोल टोल र घर घरमा पुगी पीडित बचतकर्तालाई भड्काउने कार्य गरिएको प्रति आपत्ति जनाइएको विज्ञप्तमा उल्लेख छ । यस्तो छ समितिको विज्ञप्ति
काठमाडौं । एफबीआई र पेन्टागनले इरानमाथि जवाफी आक्रमणको इजरायली योजनाबारे अमेरिकी गुप्तचर जानकारी चुहावटको जाँच गरिरहेका छन् । “एफबीआईले गोप्य कागजातहरूको कथित चुहावटको अनुसन्धान गरिरहेको छ तथा रक्षा मन्त्रालय र खुफिया समुदायका हाम्रा साझेदारहरूसँग नजिकको समन्वयमा काम गरिरहेको छ”, एफबीआईले मङ्गलबार एक वक्तव्यमा भनेको छ, “यो एक जारी अनुसन्धान भएकाले हामीसँग थप टिप्पणी छैन ।” प्रेस रिपोर्टहरूका अनुसार गोप्य कागजातहरूमा अमेरिकी राष्ट्रिय जिओस्पाटियल–इन्टेलिजेन्स एजेन्सी र अमेरिकी राष्ट्रिय सुरक्षा एजेन्सीको उपग्रह छवि विश्लेषण समावेश छ । तिनीहरूले इजरायलमाथि अक्टोबर १ को मिसाइल आक्रमणको जवाफमा इरानमाथि जवाफी आक्रमणको इजरायली तयारीको वर्णन गरेको बताइएको छ । यद्यपि कुनै वास्तविक लक्ष्यहरू पहिचान गरेको छैन…
काठमाडौं । वर्ल्ड पपुलेसन रिभ्यु नामक एक संस्थाले गरेको विश्वव्यापी समीक्षामा नेपालीहरूको औषत बौद्धिक स्तर (आईक्यु) यस वर्ष विश्वकै सबैभन्दा कमजोर रहेको उल्लेख गरेको छ । आफ्नो समृद्ध सांस्कृतिक सम्पदा र आश्चर्यजनक परिदृश्यहरूको बावजुद पनि नेपालले आफ्नो जनसंख्या, विशेष गरी दुर्गम ग्रामीण क्षेत्रहरूमा पर्याप्त शिक्षा र स्वास्थ्य सेवा प्रदान गर्न महत्त्वपूर्ण चुनौतीहरूको सामना गरिरहेको रिपोर्टमा उल्लेख छ। गुणस्तरीय शिक्षामा सीमित पहुँच, गरिबी र पोषणको कमीले नेपालमा कम आईक्यू स्कोरमा योगदान पुर्याएको बताइएको छ । ४२.९९ को औसत आईक्यु स्कोरका साथ नेपाल सूचीको पुछारमा रहेको हो । सबैभन्दा धेरै हुने जापानको स्कोर १०६.४८ छ। विभिन्न राजनीतिक एवं सामाजिक कार्यमा विषयवस्तु नबुझी…
काठमाडौं । सरकारले न्युरो उपचार केन्द्र खोल्ने तयारी गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले न्युरो उपचार केन्द्र स्थापनाको सम्भाव्यता अध्ययन गर्न समिति गठन गरेका छन् । मन्त्री पौडेलले मंगलबार मन्त्रीस्तरीय निर्णय गर्दै सम्भाव्यता अध्ययन समिति गठन गरेको उनको सचिवालयले जनाएको छ । गठित समितिको संयोजकमा त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थानका सह प्रा डा गोपाल सेढाईं रहेका छन् । यदि उपचार केन्द्र स्थापना भयो भने मुटुको लागि गंगालाल हृदय रोग केन्द्र जस्तै सुविधासम्पन्न र सुपथ मूल्यमा उपचार हुने विश्वास गरिएको छ । सो समितिमा वीर अस्पतालका डा विनोद राजभण्डारी, चिकित्साशास्त्र अध्ययन संस्थान त्रिविका डा राजीव ओझा, नेप्लिज एसोसिएसन्स अफ…
काठमाडौँ । काठमाडौं उपत्यकाका विभिन्न स्थानमा गरिएको अनुगमनमा अखाद्य र म्याद नाघेका सामग्री बिक्री गरेको भेटिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गरेको अनुगमनको क्रममा डेरीदेखि किराना पसलसम्म अखाद्य सामग्री भेटिएको हो । विभागले ललितपुर महानगरपालिका वडा नं १५ स्थित नेपाल डेरी प्रालिलाई जरिवाना तिराएको छ । मंगलबार बर्गर तथा पिजामा लेबल नलगाई बिक्री वितरण गरेको र सफाइमा पनि ध्यान नदिएकाले भेटिएपछि डेरीलाई कारबाही गरिएको विभागले जनाएको छ । यसैगरी काठमाडौँ महानगरपालिका वडा नं ३२ स्थित कालुस्टोरमा खाद्य तथा अखाद्य पदार्थसँगै राखिएको, खाद्य पदार्थ नछोपी भण्डारण गर्ने गरेको र सरसफाइ सन्तोषजनक नरहेको अवस्थामा पाइएको छ। प्रयोग गर्ने गरेका…
काठमाडौं। फुटबलर्स मिसन टुगेदरद्वारा आयोजित दोश्रो भेट्रान्स फुटबल प्रतियोगिता २०८१ अन्तर्गत आज मध्यपुर युथ एसोसियसनको खेल मैदानमा सम्पन्न खेलमा त्रिभुवन आर्मी फुटबल क्लबले धरान सिटी एफसीलाई ५–२ ले पराजित गर्यो । त्रिभुवन आर्मी क्लबका राजु तामाङ्ग र सन्तोष नेपालीले समान २÷२ गोल गरे र अर्को गोल हरि महतोले गरे भने धरान सिटि एफसीबाट केन्द्र लिम्बु र सुरज कुमार श्रेष्ठले गोल गरेका थिए । त्रिभुवन आर्मी क्लबका राजु तामाङ्ग प्लेयर अफ दि म्याच घोषित भए । उक्त पुरस्कार नेपाली सेना, भैरव वहान गुल्मका मेजर लेलीन थापा मगरले वितरण गरेका थिए । त्यस्तै, आजै सम्पन्न दोश्रो खेलमा किंङ्गकम स्पोर्टस क्लबले फाप्ला स्पोर्टस…
काठमाडौं । सहकारी ठगी प्रकरणमा नाम जोडिएकी धनराज गुरुङकी पूर्वपत्नी नेपालमा नभेटिएपछि इन्टरपोलमार्फत् खोजी कार्य सुरु भएको छ । नेपालमा नभेटिएपछि विदेशमा रहेको आशंकामा उनीहरूविरुद्ध रेड कर्नर नोटिस जारी गर्ने तयारी गरिएको हो । ललितपुरको मितेरी बचत तथा ऋण सहकारी संस्थाको रकम अनियमितता भएको प्रकरणमा ज्योति गुरुङ र ज्योतिबहादुर भण्डारीको खोजीका लागि अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) को सहयोग पनि लिइने भएको प्रहरी स्रोतले जनाएको छ । सीआईबीको पत्रका आधारमा अब प्रहरी प्रधान कार्यालयमा रहेको इन्टरपोलको नेश्नल सेन्ट्रल ब्यूरो (एनसीबी) ले रेड नोटिस जारी गर्न इन्टरपोलको मुख्यालयलाई पत्र लेखेको छ । इन्टरपोलबाट नोटिस जारी भए इन्टरपोलका सदस्य राष्ट्र रहेका १९५…
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा काठमाडौंको दरशथ रंगशालामा चलिरहेको साफ महिला च्याम्पिनयशिप २०२४ को टिकट वितरणमा भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । गोरखा जिल्ला फुटबल संघका सदस्य अमित खत्रीले मंगलबार दिएको उजुरीमा कार्यसमितिको बैठकको निर्णयविपरीत निजी कम्पनीलाई टिकट बिक्रीको जिम्मा दिएको भन्दै आपत्ति जनाएका हुन् । कार्यसमितिले टिकट आफैँले बिक्री गर्ने भनेर निर्णय गरे पनि अध्यक्ष र महासचिवको मिलेमतोमा विनाप्रतिस्पर्धा माउन्ट एभरेस्ट इभेन्ट प्रालिलाई टिकट बिक्रीको अधिकार दिएकोले यसमा भ्रष्टाचार भएको आरोप खत्रीको छ । उनले यसरी विनाप्रतिस्पर्धा टिकट बिक्रीको अधिकार दिनु गैरकानुनी र अख्तियारको दुरुपयोग भएकोले गम्भीरतापूर्वक छानबिन गरी कारबाही गर्न…
काठमाडौं । भारत र चीनले हिमालयमा रहेको विवादित सीमामा तनाव कम गर्न गस्ती व्यवस्थामा सहमति जनाएका छन्, जहाँ हालका वर्षहरूमा घातक हातहातका झडपहरू भएका छन्, भारतका शीर्ष कूटनीतिज्ञले बताएका छन् । सोमबार भारतीय विदेश सचिव विक्रम मिस्रीले भने कि २०२० मा उत्पन्न भएका यी सीमाक्षेत्रहरूमा “विघटन र समस्याहरूको समाधान” मा दुवै पक्ष सहमत भएका छन्। उनले गलवान उपत्यकामा १९७५ यताकै पहिलो घातक झडप भएको थियो । जसमा दुवै पक्षले क्षति बेहोरेका थिए। त्यसयता दुई देशबीचको सम्बन्ध तनावपूर्ण रहँदै आएको थियो। ‘भारत-चीन सीमा क्षेत्रको वास्तविक नियन्त्रण रेखा (एलएसी) सँगको गस्ती व्यवस्थामा एक समझदारी बनेको छ । जसले विघटन र २०२० मा…
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रसहितका विपक्षी दलका नेताहरूले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् । पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित पाँच दलका नेताहरू सोमबार साँझ प्रधानमन्त्री निवास वालुवाटार पुगी सो ज्ञापनपत्र प्रधानमन्त्रीलाई बुझाएका हुन् । सो ज्ञापनपत्रमा प्रधानमन्त्री ओली समक्ष बुझाइएको ज्ञापनपत्रमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डु, एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्गदेन, राष्ट्रिय स्वतन्त्र पार्टी पार्टीका नेता डोल प्रसाद अर्याल र आम जनता पार्टीका अध्यक्ष प्रभु साहले हस्ताक्षर गरेका छन् । विपक्षी दलहरुद्धारा बुझाइएको ज्ञापनमा एमाले र नेपाली काँग्रेसले मिति २०८१/०३/१७ गते मध्यराति ७ बुँदे सम्झौता गरी सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीको…
काठमाडौं । २०४६ सालपछि नेपाली काँग्रेसको नेतृत्वमा सुरु भएको घाटामा गएका उद्योगहरूको निजीकरण गर्ने नीतिको विरोध गर्ने नेकपा एमालेकै नेतृत्वमा आठवटा सार्वजनिक संस्थान निजीकरण हुने भएको छ । केपी शर्मा ओली प्रधानमन्त्री र विष्णु पौडेल अर्थमन्त्री भएको बेलामा अर्थ मन्त्रालयले बन्द, रुग्ण र कार्यसम्पादन कमजोर भएका विभिन्न आठ संस्थानलाई निजीकरण गर्ने निर्णय गरेको छ । निजीकरण समितिको सोमबार बसेको बैठकले ती संस्थानलाई निजीकरण वर्गीकरणका निम्ति मन्त्रीपरिषद्मा प्रस्ताव सिफारिस गर्ने निर्णय गरेको हो । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलको अध्यक्षतामा बसेको समितिको बैठकले जनकपुर चुरोट कारखाना, नेपाल मेटल कम्पनी, हेटौँडा कपडा उद्योगको वर्गीकरणका लागि प्रस्ताव सिफारिस गर्ने निर्णय गरेको अर्थ मन्त्रालयले…
काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालबीच बालुवाटारमा हिजो झगडा परेको छ । सधैं विवाद र असझदारीमा गुज्रिने यी दुई नेताहरूबीच सोमबार प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउन बालुवाटार पुग्दा झगडा परेको हो । विपक्षी दलहरूले समसामयिक राजनीतिक विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराउने पूर्वनिर्धारित कार्यतालिका रहेको थियो । उनीहरू सोही कामको लागि बालुवाटार पुगेका थिए । सो कार्यक्रममा प्रचण्डले फ्याट्ट रविको कुरा निकालिहाले । त्यसपछि केपी ओली पनि रविको आक्रामक भनाइप्रति असन्तुष्ट रहेछन् । उनले पनि आक्रोश पोखिहाले । जब लामिछानेको गिरफ्तारीको सन्दर्भ प्रचण्डले कोट्याए, ओलीले लामिछानेप्रतिको आक्रोश थाम्न सकेनन्। पक्राउ पर्नुअघि लामिछानेको…
काठमाडौं । पशुपति धर्मशालाको विषयमा यथार्थ अध्ययन गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिवको नेतृत्वमा छ सदस्यीय अध्ययन समिति गठन गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा आज जारी प्रेस विज्ञप्तिमा मन्त्रालयका सहसचिव एवं संस्कृति महाशाखा प्रमुखको अध्यक्षतामा धर्मशालाका विषयमा अध्ययन गरी प्रतिवेदन पेस गर्न छ सदस्यीय अध्ययन समिति गठन गरिएको उल्लेख छ । अध्ययन समितिका अन्य सदस्यहरुमा पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका उपससचिव, कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका उपसचिव, पुरातत्व विभागका उपसचिव र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका संस्कृति शाखाका उपसचिव रहने जनाइएको छ । समितिले…
काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झण्डै ५८ अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ५७ दशमलव ९९ अङ्कले ओरालो लागेर दुई हजार छ सय ३९ दशमलव ९२ अङ्कमा पुगेको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ११ दशमलव १४ अङ्कले ओरालो लागेर चार सय ७६ दशमलव २४ मा सीमित भएको छ । कारोबार भएका १३ वटै उपसमूहको शेयर मूल्यमा गिरावट आएको छ । नेप्सेका अनुसार, कूल एक करोड ३८ लाख ६३ हजार चार सय ४३ कित्ता शेयर रु पाँच अर्ब ९० करोड सात लाख ९१ हजार ४४ मूल्यमा कारोबार…
काठमाडौं । फुटबलर्स मिसन टुगेदरद्वारा आयोजित दोस्रो भेट्रान्स फुटबल प्रतियोगिता २०८१ अन्तर्गत आज मध्यपुर युथ एसोसियसनको खेल मैदानमा सम्पन्न खेलमा चितवन भेट्रान्स टिमले हिमालयन शेर्पा भेट्रान्सलाई पेनाल्टी सुटआउटमा ५–४ ले पराजित गरेको छ । निर्धारित समय गोलरहित सकिएपछि खेल ट्राइबेकरमा पुगेको थियो । चितवन एफसी भेट्रान्सका गोलकिपर शंकर महर्जन प्लेयर अफ दि म्याच घोषित भए । उनलाई एन्फाका पूर्व अध्यक्ष कर्माछिरिङ्ग शेर्पाले पुरस्कार वितरण गरेका थिए । त्यस्तै, आजै सम्पन्न दोश्रो खेलमा बानेश्वर फ्रेन्डसिपले महावीर क्लबलाई ४–० गोलले पराजित गरेको छ । बानेश्वर फ्रेण्ड्ससिपका लागि हरिहर थापाले ह्याटिक र दिपेन्द्र चौधरीले गोल गरेका थिए । बानेश्वरकै हरिहर थापा प्लेयर अफ…
वासिङ्टन : अमेरिका र इजरायलबीचको मित्रता सर्वविदितै छ । अमेरिकाले इजरायलको बारेमा जतिसुकै राम्रो वा नराम्रो भन्यो भने पनि सहयोग गर्न तयार छ । अमेरिकाले हमास, लेबनान र इरानविरुद्ध इजरायली आक्रमणलाई पनि समर्थन गरेको छ। यद्यपि राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसले इजरायल विरोधी बयान जारी राखेका छन्। इजरायलले लेबनानमा हिजबुल्लाह नेता हसन नसरल्लाहको हत्या गरेपछि अमेरिकाले कडा असन्तुष्टि व्यक्त गरेको थियो तर त्यसपछि जो बाइडेनले इरानको सम्भावित बदलाबाट इजरायललाई जोगाउन अमेरिकी सेनालाई निर्देशन दिएका थिए। यस्तो अवस्थामा इजरायललाई जोगाउन सधैँ तत्पर रहेको अमेरिकाको के बाध्यता हो भन्ने प्रश्न उठ्छ । १- अमेरिकाले इजरायललाई कहिलेदेखि समर्थन गर्न थाल्यो ?…
