काठमाडौं । अमेरिकी भूमिमा टी २० सिरिज खेल्न पुगेका नेपाली क्रिकेट टोलीले धमाका मच्चाएका छन् । सोमबार बिहान तेस्रो तथा अन्तिम खेलमा घरेलु टोलीलाई ८ विकेटले हराउँदै नेपालले तीन खेलको सिरिजमा क्लिन स्विप गरेको हो । यसअघिको खेलमा सुपर ओभरमा गएर पनि जितेको नेपालले बाँकी दुई खेलमा अमेरिकालाई सहज तरिकाले हराएको थियो । सोमबारको खेलमा अमेरिकाले दिएको १५७ रनको लक्ष्य नेपालले १८.४ ओभरमा दुई विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि आसिफ शेखले सर्वाधिक ५० रन बनाए । ३९ बल खेलेका उनले पाँच चौका र दुई छक्का प्रहार गरे । यस्तै कुशल मल्लले ४४ र कुशल भुर्तेलले ४० रन बनाए…
Author: Kathmandu Khabar
बागमती । काठमाडौंबाट हेटौंडा जाने छोटो बाटो खुलेको छ । गत असोज ११ र १२ गतेको भीषण वर्षाले बिगारेको हेटौँडा–कुलेखानी–फाखेल–सिस्नेरी–काठमाडौँ सडकमा दुईतर्फी नै यातायात सञ्चालनमा आएको हो । मकवानपुरको इन्द्रस्वरोवर गाउँपालिका–२ सिमखोलास्थित सडकमा ह्युमपाइप राखेर मर्मतसम्भार भएपछि सो सडक दुईतर्फी नै यातायात सञ्चालनमा आएको मकवानपुर जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए । गत असोज १० देखि १२ गतेसम्मको अविरल वर्षासँगै आएको बाढी र पहिराले सडक क्षतिग्रस्त भएको थियो । तत्काल मर्मतसम्भार गरेर असोज २० गतेदेखि सडकमा यातायात सञ्चालन भए पनि सडकमा ह्युमपाइप राख्नुपर्ने जनाउँदै यही कात्तिक २ गतेदेखि एकतर्फी मात्र बाटो खुलेको थियो । सडकको…
काठमाडौं । साफ महिला फुटबल च्याम्पियनशिप–२०२४ अन्तर्गत सोमबार नेपाल र माल्दिभ्सबीच खेल हुने भएको छ । समूह ‘बी’ अन्तर्गत सोमबार दिउँसो १:३० बजे हुने पहिलो खेलमा भुटान र श्रीलङ्काबीच प्रतिस्पर्धा हुने छ भने साँझ ५:३० बजे हुने दोस्रो खेलमा नेपाल र माल्दिभ्स आमनेसामने हुनेछन् । त्यस्तै, आइतबार बङ्गलादेश र पाकिस्तानबीचको खेल बराबरीमा टुङ्गिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको खेलमा साबिक विजेता बङ्गलादेशले पाकिस्तानसँग १–१ गोलको बराबरी खेलेको हो । समूह ‘ए’ को दोस्रो खेलमा पाकिस्तानले दोस्रो हाफको अत्तिरिक्त समयमा जोगिन नसक्दा खेल १–१ को बराबरी टुङ्गिन पुग्यो । यस खेलसँगै भारत भने समूह ‘ए’ बाट सेमिफाइनलमा पुगेको छ ।…
काठमाडौं । भेट्रान्स क्लब फुटबलअन्तर्गत् आज हिमालयन शेर्पाले चितवन भेट्रान्ससँग खेल खेल्ने भएको छ । थिमीस्थित मध्यपुर युथ एसोसियसनको खेल मैदानमा हुने खेल बिहान ९ बजेदेखि सुरु हुने बताइएको छ । टिम ए मा रहेको हिमालयन शेर्पा क्लबले सोमबारको खेलका लागि पासाङ शेर्पा, पञ्च नारायण, दिपेश्वर मानन्धर, धर्मेन्द्र लामा, हरिकृष्ण महर्जन, निरन महर्जन, प्रकाश श्रेष्ठ, उमेश लामा, रुपेश केसी, राजुविक्रम थापा, तिल बहादुर गुरुङ, मनु गौतम, दिलिप खत्री, सुभाष काफ्ले, कृष्ण राई, राजु डंगोल, विशाल थापा, निरजमान सिंह, बस्नेत र विनोद पुडासैनीले खेल खेल्ने भएको सो टिमका म्यानेजर राजाराम थापाले जानकारी दिए ।
काठमाडौं । फुटबलर्स मिसन टुगेदरद्वारा आयोजित दोस्रो भेट्रान्स फुटबल प्रतियोगिता २०८१ अन्तर्गत आज महावीर क्लबले विजय युथ क्लबलाई ४–० ले पराजित गरेको छ । महावीरको तर्फबाट किशोर नेपाली, टिका वहादुर उप्रेती, विक्रम कार्की र भरत गुरुङ्गले समान एक–एक गोल गरेका थिए । महावीरका किशोर नेपाली प्लेयर अफ दि डे घोषित भए । त्यस्तै, आजै सम्पन्न दोस्रो खेलमा फ्रिडम फाइटरले बीआर ब्रदर्शलाई ७–१ गोलले पराजित गर्यो । फ्रिडमको विकर्ण श्रेष्ठ प्लेयर अफ दि म्याच घोषित भए । आजको तेस्रो खेलमा हाम्रो धरान भेट्रानले वीरगञ्ज युथ एकेडेमीलाई १–० ले पराजित गर्यो । धरानको लागि दिल कुमार कार्कीले निर्णायक गोल गरे । प्रतियोगिता…
काठमाडौं । प्रहरीले रास्वपा सभापति रवि लामिछानेलाई छ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । आइतबार जिल्ला अदालत कास्कीका न्यायाधीश नवराज दाहालले सो अनुमति दिएका हुन् । जिल्ला प्रहरी कार्यालय कास्कीले लामिछानेलाई हिरासतमा राखी अनुसन्धान गर्नका लागि अनुमति माग गरेको थियो । सो मागबमोजिम अदालतले उक्त अनुमति दिएको हो । प्रहरीले गत शुक्रबार राति काठमाडौंको वनस्थलीस्थित राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालयबाट प्रहरीले पक्राउ गरेको थियो ।
काठमाडौं । सहकारी ठगी मुद्दामा प्रहरी हिरासतमा रहेका रास्वपा सभापति रवि लामिछानेले म्याद थपका लागि अदालतको ढोकामा पुगेर सरकारप्रति आक्रोश व्यक्त गरेका छन् । उनले यो सरकारले देश डुबाउने काम मात्रै गरेको भन्दै केपी ली सबैभन्दा ठूलो भ्रष्टाचारी रहेको बताए । उनले यो सरकार ढाल्नका लागि यही बेलामा देशैभरिबाट जहाँ–जहाँ भए पनि आन्दोलनमा आउन सबैसँग आह्वान गरेका छन् । उनले भने ‘म सबैलाई अपिल गर्छु । सम्पूर्ण न्यायप्रेमी दाजुभाइ दिदीबहिनी, यो सरकार रहुञ्जेल यस्तै हर्कत गर्छ । यो सरकार नढलेसम्म, केपी ओलीको शासनसत्ता रहिरहेसम्म यस्ता अपराध भइरहन्छन् । यो सरकारबाट देश कहिल्यै बन्दैन । भ्रष्टाचारीलाई संरक्षण गरेर, सारा सहकारी ठग…
काठमाडौं । साताको पहिलो दिन आज सेयर बजार घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज एक दशमलव ७२ प्रतिशत अर्थात् ४७ दशमलव ४४ अङ्कले घटेर दुई हजार छ सय ९१ दशमलव ९१ अङ्कमा झरेको हो । नेप्सेका अनुसार आज विभिन्न कम्पनीका दुई करोड आठ लाख ६८ हजार नौ सय १९ कित्ता सेयर रु आठ अर्ब १८ करोड दुई लाख ६२ हजार पाँच सय ७२ दशमलव १२ मा कारोबार भएका छन् । आजको कारोबारमा म्युचुअल फण्डबाहेकका सबै उपसमूहको सूचकमा रातो देखिएको छ भने म्युचुअल फण्डको सूचक स्थिर छ । नेप्सेका अनुसार कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा सकारात्मक…
तेल अवीव/एजेन्सी । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको निजी निवासलाई शनिबार ड्रोनद्वारा निशाना बनाउने प्रयास गरिएको छ। इजरायली सेनाले लेबनानबाट प्रक्षेपण गरिएको ड्रोन भवनमा ठोक्किएपछि विस्फोटको आवाज सुनिएको बताएको छ। पछिल्लो समय इरान, लेबनान र गाजाबाट इजरायलमा ड्रोन, क्षेप्यास्त्र र रकेटहरू निरन्तर प्रहार भइरहेका छन् तर त्यसको हवाई रक्षाले यी आक्रमणहरूलाई असफल बनाउँदै आएको छ। यस्तो अवस्थामा इजरायलको आइरन डोम र एरो मिसाइल प्रतिरक्षा प्रणालीलाई झुक्याएर नेतान्याहुको निवासजस्तो महत्वपूर्ण स्थानसम्म पुग्न हिज्बुल्लाहका ड्रोन कसरी सफल भए भन्ने प्रश्न उठिरहेको छ । हिजबुल्लाहले हालैका वर्षहरूमा आफ्नो हवाई क्षमताहरू विकास गर्नमा ध्यान केन्द्रित गरेको छ, जेरुसेलम पोस्टले रिपोर्ट गरेको छ। उनको ध्यान विशेष…
काठमाठौं । काठमाडौं उपत्यकाको आजको न्यूनतम तापक्रम १३ डिग्री सेल्सियसमा झरेको छ। उपत्यकाका लागि यो तापक्रम पोस्ट मनसुन सुरु भएयताकै कम हो । शनिबार बिहान यो तापक्रम १४ डिग्रीमा झरेको थियो । मनसुन अक्टोबर १२ तारिखमा बिदा भई पोस्ट मनसुन सुरु भएपछि क्रमश: काठमाडौंसहित देशभरको तापक्रम कम हुँदै गएको छ। मनसुन बिदा तथा पोस्ट मनसुन सुरु भएको दिन असोज २६ (अक्टोबर १२) मा काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम २८.३ र न्यूनतम तापक्रम १६.५ डिग्री सेल्सियस थियो। यसको भोलिपल्ट अर्थात् अक्टोबर १३ का दिन अधिकतम २८ र न्यूनतम १४.७ मा झरेका थिए। यसैगरी अक्टोबर १४ मा उपत्यकाको अधिकतम २७.५ मा झरेको थियो…
काठमाडौं । पशुपति गौशाला धर्मशालाको विवाद समाधानका लागि आज पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्को बैठक बस्ने भएको छ । आइतबार बिहान ९ बजे मन्त्रालयको सभाकक्षमा परिषद् बैठक बस्न लागेको हो । कोष सञ्चालक परिषद्का अध्यक्षसमेत रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेको आह्वानमा बैठक बस्न लागेको हो । काठमाडौँ जिल्ला अदालतले श्रीपशुपतिनाथ अमालकोट कचहरी (हाल पशुपति क्षेत्र विकास कोष) र मारवाडी सेवा समितिबिच विसं २०६० मा भएको धर्मशाला सञ्चालनसम्बन्धी सम्झौता खारेजी सदर गरिदिएपछि धर्मशाला पशुपतिनाथ मातहत ल्याउने प्रक्रियामा छ । काठमाडौं महानगरपालिकाले धर्मशालामा महानगरको बोर्ड समेत टाँगी सकेको छ । यद्यपि तत्काल धर्मशाला खाली नगर्न अन्तरकालीन अन्तरिम आदेश…
गण्डकी । सहकारीको रकम अपचलनको अभियोगमा अनुसन्धानका निम्ति प्रहरी हिरासतमा रहेका पूर्वगृहमन्त्री रवि लामिछानेलाई आज जिल्ला अदालत कास्कीमा लगिने भएको छ । शुक्रबार काठमाडौंस्थित पार्टी केन्द्रीय कार्यालयबाट पक्राउ परेका उनलाई आज अदालत लगिने भएको हो । सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन तथा सङ्गठित अपराधमा शुक्रबार पक्राउ परेका निजलाई सोही दिन राति पोखरा ल्याएर जिल्ला प्रहरी कार्यालय कास्कीमा हिरासतमा राखिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका लामिछानेलाई आज अदालत उपस्थित गराइने जिल्ला प्रहरी कार्यालयका प्रवक्ता वसन्तकुमार शर्माले जानकारी दिए । उनलाई अदालत लैजाने बेलामा हुन सक्ने सम्भावित हुलदंगालाई मध्यनगर गर्दै पोखरामा आज सुरक्षा व्यवस्था कडा गरिएको छ…
काठमाडौं । अन्तर्राष्ट्रियस्तरको फुटबल टुर्नामेन्टमा सहभागी हुन मध्यपुर युथ एसोसिएसनका खेलाडीहरु चीन प्रस्थान गरेका छन् । यही अक्टोबर २१ देखि २७ सम्म चीनको युनान प्रान्तको लिज्याङ सहरमा आयोजना हुने तिआन्यु लिउफ्याङ कप लिजिङ फुटबल इन्भाइटेसन टुर्नामेन्टमा १६ वर्षमुनिको समूहले सहभागिता जनाउन चीन गएका हुन् । प्रतियोगितामा नेपाललगायत पूर्वी एसिया र दक्षिणपूर्वी एसियाका गरी १६ टिमले प्रतिस्प्रर्धा गर्नेछन् । प्रतियोगितामा सहभागी हुन चीनको लिज्याङ्ग शहर जाने टिमका खेलाडी र अफिसियलहरुलाई आज एक समारोहबीच मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले शुभकामनासहित बिदाई गरे। सहभागी हुन जाने खेलाडी र अफिसियलहरु निम्नानुसार रहेका छन् । खेलाडीहरु आभाष खड्का, स्वर्णीम श्रेष्ठ, करुण काफ्ले, विशेष बस्नेत,…
काठमाडौं । भोलिदेखि ट्राफिक प्रहरीले कागजी चिट नकाट्ने भएको छ । नियम उल्लङ्घ गरेबापत सवारी चालकले ठाउँकाठाउँ नागरिक एपमार्फत जरिवाना तिर्न सक्ने व्यवस्था गरिएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले आइतबारदेखि सवारी नियम उल्लङ्घन गर्ने चालकलाई ‘ई–चलान’ (डिजिटल चिट) दिने र तत्कालै नागरिक एपमार्फत जरिवाना तिर्न सक्ने प्रणाली कार्यान्वयनमा ल्याउन लागेको प्रमुख प्रहरी नायब महानिरीक्षक भरतबहादुर बोहराले जानकारी दिए । सवारी नियम उल्लङ्घनमा ट्राफिक प्रहरीले चिट काट्दा सम्बन्धित ठाउँमै ‘डिजिटल पेमेन्ट’ गर्ने व्यवस्था गरिएसँगै सवारी नियम उल्लङ्घनमा जरिवाना तिर्दा हुँदै आएको झन्झट अब अन्त्य हुने विश्वास गरिएको छ । सवारी चालक अनुमतिका लागि ‘ट्रायल’ पास गरेपछि लाइसेन्स कार्ड आवश्यक…
काठमाडौं । दोस्रो भेट्रान्स फुटबल प्रतियोगिता आजबाट सुरु भएको छ । फुटबलर्स मिसन टुगेदरद्धारा आयोजित दोश्रो भेट्रान्स फुटबल प्रतियोगिता २०८१ अन्तर्गत आज मध्यपुर युथ एसोसियसनको खेल मैदानमा उद्घाटन खेल सम्पन्न भएको हो । खेलमा वीरगञ्ज युथ एकेडेमीले श्री कुमारी क्लबलाई ३–२ गोलले पराजित गरी विजयी सुरुवात गरेको छ । वीरगञ्ज युथ एकेडेमीको तर्फबाट चक्रधर चौधरी, सञ्जय कुमार मण्डलले गोल गरेका थिए भने हरिशंकर महर्जनले आत्मघाती गोल गरेका थिए । त्यस्तै, पराजित टिमको तर्फबाट सुधीर महर्जनले दुई गोल गरेका थिए । वीरगञ्ज युथ एकेडेमीका सञ्जय कुमार मण्डल प्लेयर अफ दि म्याच घोषित भए । दोस्रो खेलमा सरस्वतीनगर भेट्रान्स क्लबले गण्डकी प्रदेश…
काठमाडौं । सभामुख देवराज घिमिरेलाई प्रतिनिधिसभा सदस्य रवि लामिछाने पक्राउ परेको जानकारी गराइएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले सभामुखलाई त्यससम्बन्धी जानकारी लेखीपठाएको सङ्घीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयद्वारा आज जारी सूचनामा उल्लेख छ । चितवन निर्वाचन क्षेत्र नं २ बाट निर्वाचित लामिछानेलाई कास्की जिल्ला अदालतको पक्राउ अनुमतिबमोजिम फौजदारी कसूरको अनुसन्धानका क्रममा पक्राउ गरिएको सूचनामा जनाइएको छ । नेपालको संविधानको धारा १०३ को उपधारा ६ मा ‘सङ्घीय संसद्को कुनै सदस्य पक्राउ गरिएमा पक्राउ गर्ने अधिकारीले त्यसको सूचना सम्बन्धित सदनको अध्यक्षता गर्ने व्यक्तिलाई तुरुन्त दिनुपर्नेछ’ भनी उल्लेख छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति लामिछानेलाई कास्कीको सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न…
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउ परेको विषयमा नेकपा एमालेले मुख खोलेको छ । सत्ताको नेतृत्व गरिरहेको दल नेकपा एमालेका महासचिव शंकर पोखरेलले अनुसन्धानलाई प्रभावित गर्ने गरी गतिविधि गर्नु उचित नभएको टिप्पणी गरेका हुन् । शुक्रबार सामाजिक सञ्जाल एक्समा प्रतिक्रिया दिँदै उनले सत्तामा भएकै बेला सत्तारुढ दलका नेता कार्यकर्तालाई समेत पक्राउ गरेर अनुसन्धान गरेको भन्दै पक्राउ परेको विषयमा रास्वपाले तडकभडक देखाएपछि महासचिव पोखरेलले यस्तो प्रतिक्रिया दिएका हुन् । उनले सहकारी प्रकरणमा आरोपित भएका एमालेसम्वद्ध कार्यकर्ताहरु देवकुमार नेपाली र केवी उप्रेतीलाई जिम्मेवारीबाटै हटाएर पार्टीले अनुसन्धानमा सघाएको समेत स्मरण गराएका छन् । ‘अदालतले समेत अनुमति दिएको विषयको अनुसन्धानलाई नै…
काठमाडौं । रवि लामिछानेलाई पोखरा लैजाने क्रमममा रास्वपा कार्यकर्ताले प्रहरीलाई असहयोग गरेका छन्। राजमार्गका विभिन्न स्थानमा रास्वपा कार्यकर्ताले अवरोध गर्न लागेपछि प्रहरीले बल प्रयोग गर्नुपरेको थियो । सहकारी ठगी मुद्दामा रास्वपा सभापति लामिछाने फौजदारी मुद्दा अनुसन्धानका लागि पक्राउ परेका हुन् । शुक्रबार पक्राउ परेका उनलाई पोखरा लैजाने क्रममा ठाउँठाउँमा अवरोध भएपछि प्रहरीले बल प्रयोग गर्नुपरेको हो । शुक्रबार कास्की जिल्ला अदालतको अनुमतिमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले उनलाई पक्राउ गरेर कास्की लगेको छ । उनलाई सहकारी ठगीसहित संगठित अपराधको मुद्दामा समेत अनुसन्धान हुने भएको छ । पोखरा लाने क्रममा रविका समर्थकहरूले गल्छीमा प्रहरीको गाडीलाई अवरोध गरेका छन्। रविसँगै पोखरा गइरहेका…
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने फौजदारी मुद्दा अनुसन्धानका लागि पक्राउ परेका छन् । पछिल्लो पाँच वर्षमा उनको यो दोस्रो हिरासत यात्रा हो । पाँच वर्षअघि पनि उनकै सहकर्मी शालिकराम पुडासैनीको आत्महत्या दुरुत्साहन मुद्दामा उनी पक्राउ परेका थिए । शुक्रबार कास्की जिल्ला अदालतको अनुमतिमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले उनलाई पक्राउ गरेर कास्की लगेको छ । उनलाई सहकारी ठगीसहित संगठित अपराधको मुद्दामा समेत अनुसन्धान हुने भएको छ । रवि पक्राउ परेसँगै फौजदारी मुद्दामा पक्राउ पर्ने रवि छैटौं गृहमन्त्री बनेका छन् । त्यसो त रविविरुद्ध अदालतमा मुद्दा दायर भइसकेको छैन। उनलाई पोखराको सूर्यदर्शन सहकारी गठी प्रकरणमा अनुसन्धानका लागि मात्र…
काठमाडौं । राजधानीमा जारी दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) महिला फुटबल च्याम्पियनसिपअन्तर्गत नेपाल र भुटानबीचको खेल गोलरहित बराबरीमा टुङ्गिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज नेपाल र भुटानले गोलरहित बराबरी खेल्दै एक/एक अङ्क बाँडेका हुन् । साफ च्याम्पियनसिपको इतिहासमा नेपाल पहिलोपटक भुटानसँग गोलरहित बराबरीमा रोकिन पुगेको हो । खेलको अधिकांश समय बल नियन्त्रणमा राखे पनि नेपालले गोल गर्न भने सकेन् । समूह ‘बी’अन्तर्गत आजै भएको पहिलो खेलमा श्रीलङ्काले माल्दिभ्सलाई १–० गोलअन्तरले हराएको थियो । यस नतिजासँगै समूह ‘बी’बाट श्रीलङ्का तीन अङ्कका साथ शीर्ष स्थानमा छ । नेपाल र भुटान एक/एक अङ्कका साथ दोस्रो स्थानमा छन् ।
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउ परेका छन् । सहकारी ठगी मु्द्दामा संसदीय छानबिन समितिबाट दोषी ठहर भएका उनलाई शुक्रबार नै कास्की जिल्ला अदालतले पक्राउका लागि अनुमति दिएको थियो । पक्राउको अनुमति लगत्तै कास्की प्रहरीले केन्द्रीय अनुसन्धान ब्यूरोलाई पक्राउ गरी पठाइदिन भन्दै पत्र लेखेको थियो । सो पत्रको आधारमा उनलाई सीआईबीको टोलीले पक्राउ गरेको हो । पूर्वगृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेविरुद्ध सहकारी ठगीसँगै संगठित अपराधमा पनि अनुसन्धान हुने भएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले उनलाई संगठित अपराधमा पनि अनुसन्धान गर्नका लागि पक्राउ गर्न अदालतबाट अनुमति लिएको हो ।
काठमाडौं । पक्राउ पुर्जी जारी भएपछि रास्वपा सभापति रवि लामिछानेले अराजनीतिक र अस्वाभाविक टिप्पणी गरेका छन् । उनले सरकार मरेको र आफूलाई जुठो परेको भन्दै हल्का र अराजनीतिक टिप्पणी गरेका छन् । सहकारी ठगी प्रहकरणमा संसदीय छानबिन समितिले दोषी ठहर गरेर सोही सिफारिस बमोजिम अदालतबाट अनुमति लिएर पक्राउ गर्न लागेपछि उनले यस्तो टिप्पणी गरेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत् यस्तो टिप्पण गरेका छन् । उनले भनेका छन् : सरकार मर्यो,हामीलाई जुठो पर्यो !! तपाईंको हातमा तस्करले दिएको करोड पर्ने घडी ,मेरो हातमा चाहि हतकडी ?? तपाई विचौलियाको सेवा गरे बापत लाखौंको चस्मा र जुत्ता लगाउने, मुद्दा मैले खेपि दिनुपर्ने?…
काठमाडौं । रास्वपा सभापति रवि लामिछानेलाई पक्राउ गर्न कास्की जिल्ला अदालतले अनुमति दिएको छ । शुक्रबार न्यायाधीश कृष्णप्रसाद शाहले लामिछानेलाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएका हुन् । जिल्ला प्रहरी कार्यालय, कास्कीले सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि लामिछानेलाई हिरासतमा राख्न अनुमति माग गरेको थियो । शुक्रबार अदालत खुलेपछि अदालतले प्रहरीलाई सो अनुमति दिएको हो । अदालतको अनुमतिपछि काठमाडौंबाट लामिछानेलाई पक्राउ गरेर कास्की लैजाने प्रहरी तयारी छ ।
काठमाडौं । गौशाला धर्मशाला विवाद मुद्दामा उच्च अदालत पाटनले माडपारी सेवा समाजको पक्षमा अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । शुक्रबार न्यायाधीश डालकुमार खड्काको इजलासले शुक्रबार अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो । यो सम्झौतापछि काठमाडौं महानगरले गौशाला धर्मशाला खाली गराउने प्रयास गरेको थियो । तर, मारवाडी सेवा समितिले उच्च अदालत पाटनमा कोषको निर्णयविरुद्ध रिट दिएको थियो । यसका साथै अदालतले दुवै पक्षलाई छलफलका लागि समेत बोलाएको छ ।
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सभापति रवि लामिछानेलाई प्रहरीले पक्राउ गर्ने सम्भावना बढेपछि बिथोल्नको लागि कार्यकर्ता गुहारेको छ । शुक्रबार साँझ नै उनलाई पक्राउ गर्ने तयारीमा प्रहरी रहेको प्रहरी उच्च स्रोतले जानकारी दियो । दशैँ बिदा सकाएर न्यायाधीश कृष्णजंग शाह अदालत हाजिर भएसँगै लामिछानेविरुद्धको पक्राउ पुर्जी लिन प्रहरी अदालत पुगेको हो । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुखसमेत रहेका एसपी श्याम ओलिया जिल्ला अदालत कास्कीमा पुगेका छन् । उनीसँग डीएसपी वसन्त शर्मासमेत छन् । सभापति पक्राउ पर्ने भएपछि रास्वपाले पक्राउ बिथोल्न कार्यकर्तालाई पार्टी कार्यालयमा उपस्थित हुन आह्वान गरेको छ । रास्वपाकाे कार्यलयमा उपाध्यक्षद्वय स्वर्णिम वाग्ले र डिपी अर्यालसहित प्रमुख नेताहरु उपस्थित…
काठमाडौं । सहकारी ठगी प्रकरणमा मुछिएका रास्वपा सभापति रवि लामिछाने आजै पक्राउ पर्ने सम्भावना बढेको छ । शुक्रबार कास्की जिल्ला अदालतबाट पक्राउ पुर्जी लिएर लामिछानेलाई पक्राउ गर्न लागिएको प्रहरी स्रोतले जानकारी दिएको छ । दशैँ बिदा सकाएर न्यायाधीश कृष्णजंग शाह अदालत हाजिर भएसँगै लामिछानेविरुद्धको पक्राउ पुर्जी लिन प्रहरी अदालत पुगेको हो । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुखसमेत रहेका एसपी श्याम ओलिया जिल्ला अदालत कास्कीमा पुगेका छन् । उनीसँग डीएसपी वसन्त शर्मासमेत छन् । आज एकाएक बसेको विपक्षी दलको बैठकमा समेत प्रमुख प्रतिपक्षी नेकपा माओवादीका अध्यक्ष प्रचण्डले रवि पक्राउ पर्ने सम्भावनाबारे बताएका थिए ।
काठमाडौं । इजरायली सेनाले बिहीबार लेबनानको पूर्वी र दक्षिणी क्षेत्रहरूका केही भागहरू छोड्न स्थानीय बासिन्दालाई आह्वान गर्दै पुनः ती क्षेत्रलाई लक्षित गरी आक्रमण गर्ने चेतावनी दिएको छ । यसअघि, नियमित रूपमा इजरायलले प्रहार गर्दै आइरहेको पूर्वमा बेका र दक्षिणमा टायरका विशेष क्षेत्रका बासिन्दाहरूका लागि खाली गर्ने सूचनाहरू जारी गरिएको हो । बेका क्षेत्र र तामनाइन क्षेत्रमा अवस्थित भवनमा आश्रित व्यक्तिहरूलाई तत्काल उक्त स्थानबाट सुरक्षित स्थलतर्फ जान इजरायली सेनाका प्रवक्ता अविचाय अद्राईले सामाजिक सञ्जाल एक्स मार्फत निर्देशन दिएका हुन् । हिजबुल्लाहसँग सम्बन्धित सुविधाहरू र चासोहरू नजिकै अवस्थित रहेको भन्दै यस क्षेत्रलाई निकट भविष्यमा गरिने आक्रमणमा लक्षित गरिने बताइएको छ । यसै…
काठमाडौं । राजधानीमा बिहीबारदेखि सुरु भएको साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको खेलमा आज नेपाल र भुटानबीच प्रतिस्पर्धा हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने खेलमा नेपालले भुटानमाथि जित हासिल गर्ने लक्ष्य लिएको छ । यसअघि उपविजेतामा चित्त बुझाउँदै आएको नेपालले यसपालि उपाधि हासिल गर्ने लक्ष्य राखेको छ । समूह ‘बी’ अन्तर्गतको यो खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा अपरान्ह ५:३० बजे सुरु हुनेछ। उपाधिको छिनोफानो कात्तिक १४ गते हुनेछ।
काठमाडौं । काठमाडौंमा जाडो सुरु हुन थालेको छ । जल तथा मौसम विज्ञान विभागको शुक्रबार बिहानको बुलेटिन अनुसार आज बिहान काठमाडौंको तापक्रम १६ डिग्री मापन गरिएको छ । देशबाट मनसुन बाहिरिएसँगै काठमाडौँ उपत्यकालगायत देशका विभिन्न भागको तापक्रम क्रमशः घट्न थालेको हो । काठमाडौं उपत्यकाको आजको अधिकतम तापक्रम २६ देखि २८ डिग्री सेल्सियसका बीच रहने विभागको पूर्वानुमान छ । विभागका अनुसार कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही भागमा आंशिकदेखि साधारणतया बदली रहेको र बाँकी भागमा मौसम सफा रहेको छ । विभागले आज बिहान ६:०० बजे जारी गरेको मौसम बुलेटिनअनुसार आज दिउँसो देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी…
काठमाडौं । प्रधानन्यायाधीशले पैसा लिएर न्यायाधीश सिफारिस गरेको गम्भीर आरोप लगाएका नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेविरुद्ध सर्वोच्चले कारण देखाउ आदेश दिएको छ । बिहीबार न्यायाधीश कुमार रेग्मी र कुमार चुडालको संयुक्त इजलासले विपक्षीलाई सात दिनभित्र लिखित जवाफ पेश गर्न भनेको हो। सर्वोच्चका उपरजिष्ट्रार गोविन्दप्रसाद घिमिरेले तयार पारेको प्रतिवेदनका आधारमा दर्ता भएको अवहेलना मुद्दालाई उपरजिस्ट्रार घिमिरेले फिर्ता लिने सार्वजनिक घोषणा गरेका थिए । असोज १४ गते घिमिरेविरुद्ध अवहेलना मुद्दा दर्ता भएको थियो । न्याय परिषद् नियावली संशोधनका विषयमा उठेको विवाद निरुपण नगरी परिषद्ले सर्वोच्च अदालतमा दुई जना न्यायाधीश सिफारिस गरेपछि अध्यक्ष घिमिरेले परिषद् अध्यक्ष एवं तत्कालीन प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठविरुद्ध अभिव्यक्ति…
