

काठमाडौं । रवि लामिछानेलाई पोखरा लैजाने क्रमममा रास्वपा कार्यकर्ताले प्रहरीलाई असहयोग गरेका छन्। राजमार्गका विभिन्न स्थानमा रास्वपा कार्यकर्ताले अवरोध गर्न लागेपछि प्रहरीले बल प्रयोग गर्नुपरेको थियो ।
सहकारी ठगी मुद्दामा रास्वपा सभापति लामिछाने फौजदारी मुद्दा अनुसन्धानका लागि पक्राउ परेका हुन् । शुक्रबार पक्राउ परेका उनलाई पोखरा लैजाने क्रममा ठाउँठाउँमा अवरोध भएपछि प्रहरीले बल प्रयोग गर्नुपरेको हो । शुक्रबार कास्की जिल्ला अदालतको अनुमतिमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले उनलाई पक्राउ गरेर कास्की लगेको छ । उनलाई सहकारी ठगीसहित संगठित अपराधको मुद्दामा समेत अनुसन्धान हुने भएको छ ।
पोखरा लाने क्रममा रविका समर्थकहरूले गल्छीमा प्रहरीको गाडीलाई अवरोध गरेका छन्। रविसँगै पोखरा गइरहेका नेताहरूका अनुसार, नारायणगढ मुग्लिन सडकखण्डका विभिन्न भागमा समर्थकहरू नाराबाजीमा उत्रिएका थिए । समर्थकले अवरोध गर्न लागेपछि प्रहरीले बल प्रयोग गर्नुपरेको थियो ।