काठमाडौं खबर कार्तिक २, २०८१
काठमाडौं । रास्वपा सभापति रवि लामिछानेलाई पक्राउ गर्न कास्की जिल्ला अदालतले अनुमति दिएको छ । शुक्रबार न्यायाधीश कृष्णप्रसाद शाहले लामिछानेलाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएका हुन् ।
जिल्ला प्रहरी कार्यालय, कास्कीले सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि लामिछानेलाई हिरासतमा राख्न अनुमति माग गरेको थियो । शुक्रबार अदालत खुलेपछि अदालतले प्रहरीलाई सो अनुमति दिएको हो ।
अदालतको अनुमतिपछि काठमाडौंबाट लामिछानेलाई पक्राउ गरेर कास्की लैजाने प्रहरी तयारी छ ।