काठमाडौं । नेकपा एमालेका लागि भाटभटेनी सुपरमार्केटका मालिक मिनबहादुर गुरुङले बनाइदिन लागेको पार्टी कार्यालयको मुद्दा सर्वोच्च पुगेको छ । राजनीतिक दल, नेता र नेतृत्वले चन्दा उठाउँदा कुनै उपहार, दान र अरू सहयोग लिँदा त्यो खुला र पारदर्शी हुनुपर्ने भएपनि यो मुद्दामा त्यस्तो नभएको जिकिर गर्दै बिहीबार सर्वोच्च अदालतमा मु्द्दा दायर भएको हो । अधिवक्ताहरु डा. ज्ञान बस्नेत, श्यामकृष्ण मास्के र अर्जुन थापाले दानमा पार्टी कार्यालय बनाउने कार्य गम्भीर भ्रष्टाचारजन्य अपराध भएको हुँदा रोक्न माग गर्दै रिट पेश गरेका हुन् । गत असोज २५ गते भाटभटेनीका सञ्चालक व्यवसायी मीनबहादुर गुरुङ र उनकी श्रीमती सावित्री गुरुङले काठमाडौँको कीर्तिपुर नगरपालिका २ मैत्रीनगरमा एमाले…
Author: Kathmandu Khabar
काठमाडौं । प्रत्येक वर्ष आश्विन शुक्ल पूर्णिमाका दिन लाग्ने चोभार डाँडास्थित आदिनाथको मेला आज बिहानैदेखि सुरु भएको छ । कार्तिक शुक्ल पूर्णिमासम्म सञ्चालन हुने उक्त मेला भर्न काठमाडौँ उपत्यका तथा आसपासका क्षेत्रबाट भक्तजन आउने गरेका स्थानीय हरिलाल श्रेष्ठले बताए । वैवाहिक सम्बन्ध विच्छेदको कानुन नबनेको समयमा वैवाहिक सम्बन्धलाई तोड्नुका साथै आवश्यक परे जोड्ने प्रयोजनका लागि यस मन्दिरमा मानिस व्रत बस्ने गरेको जीवन्त र अचम्मका प्रसंगहरू छन्। मेला अवधिकमा आदिनाथको भक्तिपूर्वक पूजार्चना गरेमा निरोगी हुने जनविश्वास छ । साथै छालासम्बन्धी रोग पनि नलाग्ने जनश्रुति छ । आदिनाथ मन्दिरमा शिवपार्वतीको एकाकार मूर्ति छ जसलाई शिव र शक्तिका रूपमा बौद्ध धर्मावलम्बीहरूले पनि अर्चना…
काठमाडौं । रवि लामिछानेको नागरिकता र पासपोर्टको मुद्दामा उजुरी दिएर भाइरल भएका युवराज सफलले नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्दा दायर गरेका छन् । व्यवसायीले दिएको जग्गामा पार्टी कार्यालयको शिलान्यास गरेको विषयलाई लिएर उनले अख्तियारमा उजुरी दिएका हुन् । सफलले प्रधानमन्त्री ओलीलाई विवादास्पद व्यापारीसँग अनुचित साँठगाँठ गरेको र पार्टी कार्यालय निर्माणका लागि सरकारी जग्गा उपलब्ध गराएको आरोप लगाएका छन्। उनले व्यापारीले उक्त पार्टी कार्यालयको भवनसमेत बनाइदिने सहमति भएको भन्दै अख्तियारमा छानबिनको माग गरेका छन् । सफलले दिएको उजुरीमा भाटभटेनी सुपर मार्केट प्रा.लि.का अध्यक्ष मिनबहादुर गुरुङसँगको साँठगाँठको विषय उल्लेख गरेका छन्। निवेदनमा भनिएको छ,…
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले गौशाला धर्मशालासम्बन्धी विवादमाथि चासो दिएका छन् । माडवारी सेवा समाजले कौडीको भाउमा सञ्चालन गर्दै आएको सो धर्मशाला महानगरपालिकाको जिम्मामा दिएपछि एकातर्फ सेवा समाज अहिले आन्दोलनमा छ भने अर्कोतर्फ महानगरले सो क्षेत्र खाली गराएर गैरनाफामूलक हिसाबले सञ्चालन गर्न पहल गर्दै आएको छ । यसैबीच मन्त्री पाण्डेले कोषको बैठक आह्वान गरेका हुन् । साथै उनले धर्मशालासम्बन्धमा कुनै काम नगर्न कोषलाई निर्देशन पनि दिएका छन् । पशुपति क्षेत्र विकास कोषका अध्यक्षसमेत रहेका मन्त्री पाण्डेले असोज ३० गते ‘शान्ति सुरक्षामा समस्या उत्पन्न भएको’ भन्दै कोषलाई गरेको पत्राचारमा पशुपति गौशाला धर्मशाला खाली गराउने काम रोक्न निर्देशन…
काठमाडौं । बेलायतको अक्सफोर्ड विश्वविद्यालयले बुधबार आफ्नो अर्को चान्सलर बन्न ३८ उम्मेदवार प्रतिस्पर्धामा रहेको बताएको छ । तथापि हाल जेलमा रहेका पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान ती प्रतिस्पर्धीमा परेका छैनन् । उनको पार्टीले खानका लागि आवेदन दिएको बताएको थियो । उम्मेदवारहरूले हङकङका पूर्वगभर्नर क्रिस प्याटनको उत्तराधिकारी बन्न प्रतिस्पर्धा गरिरहेका छन् । प्याटन २१ वर्षपछि जुनमा बिदा भएका थिए । यो औपचारिक पद सन् १२२४ देखि लगातार पूर्ति हुँदै आएको छ । प्याटनको स्थान लिन उच्च–प्रोफाइल नामहरूमा कन्जर्भेटिभ पार्टीका पूर्वनेता एवं विदेश सचिव विलियम हेग, लेबर पार्टीका पूर्व युरोपेली सङ्घ व्यापार आयुक्त पिटर म्यान्डेलसन र पूर्व महान्यायाधिवक्ता डोमिनिक ग्रिभ समावेश छन् ।…
काठमाडौं । सातौँ संस्करणको दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) महिला च्याम्पियनसिप आजदेखि सुरु हुँदैछ । काठमाडौंको दशरथ रङ्गशालामा सुरु हुन लागेको खेलमा आज भारत र पाकिस्तान भिड्दैछन् । प्रतियोगितामा नेपालसहित माल्दिभ्स, पाकिस्तान, श्रीलङ्का, भारत, भुटान र बङ्गलादेश सहभागी हुने अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ । प्रतियोगिताको फाइनल खेल कात्तिक १४ गते हुनेछ । एन्फाका अनुसार प्रतियोगितामा सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । साविक विजेता बङ्गलादेशसहित भारत र पाकिस्तान समूह ‘ए’ मा छन्भने समूह ‘बी’ मा नेपालसँगै भुटान, श्रीलङ्का र माल्दिभ्स परेका छन् । प्रतियोगिताको उद्घाटन खेल आजै भारत र पाकिस्तानबीच हुनेछ । भोलि शुक्रबार नेपाल भुटानसँग…
काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले छुट भएका पीडित बचतकर्ताहरूलाई मागदाबी पेस गर्ने बारेको १५ दिने सूचना जारी गरेको छ । बिहीबार एक सूचना जारी गर्दै कार्यालयले १० सहकारीको नाम जारी गरेर सो सहकारीका छुट भएका बचतकर्ताहरूको लागि सूचना जारी गरेको हो । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गत्को सो कार्यालयले समितिको वेभसाइटमा गई अनलाइन आवेदन समेत गरी पेस गर्न सबै सरोकारवालालाई आग्रह गरेको छ । यस्तो छ समितिको सूचना
काठमाडौं । लोक सेवा आयोगले एकै पटक राजपत्राङ्कित प्रथम श्रेणी (सहसचिव) र राजपत्राङ्कित द्वितीय श्रेणी (उपसचिव) स्तरका प्राविधिक र अप्राविधिक पदमा गरी ६६० जनाको दरखास्त खुला गरेको छ । बुधबार आयोगले सूचना सार्वजनिक गर्दै उपसचिव ५१० र सहसचिव १५० पदको विज्ञापनका लागि दरखास्त खुला गरेको हो । आयोगले निजामती सेवाका सहसचिव तथा उपसचिवसहित राष्ट्रिय मानव अधिकार सेवा र स्वास्थ्य सेवातर्फ पनि सहसचिव तथा उपसचिवस्तरका पदमा दरखास्त खुला गरेको आयोगले जनाएको छ । आयोगका प्रवक्ता गीताकुमारी होमेगाईले आयोगको नियमित कार्यतालिका अनुसार नै दरखास्त खुला गरिएको जानकारी दिए । निजामतीतर्फ प्रशासन, परराष्ट्र, लेखापरीक्षण, इन्जिनियरिङ, वन, कृषि, शिक्षा र विविध सेवा र स्वास्थ्य…
काठमाडौं । सेयर बजार परिसूचक नेपाल स्टक एक्सचेन्ज(नेप्से) आज पनि दोहोरो अङ्कले बढेको छ । दशैँपछि निरन्तर बढिरहेको सेयरबजार दोस्रो कारोबारका दिन नेप्से परिसूचक ४३.२२ अङ्कले बढेर २७४२.८८ को विन्दुमा अडिएको हो । आज ६४ लाख १७ हजार २६७ कित्ता शेयरको खरिदबिक्री हुँदा ३ अर्ब ६ करोड २३ लाख ३७ हजार रुपैयाँको कारोबार भएको थियो । बुधवार १ करोड ३२ लाख २४ हजार ३२२ कित्ता शेयरको खरिदबिक्री हुँदा ५ अर्ब ६६ करोड २ लाख ३७ हजार रुपैयाँको कारोबार भएको छ । आज अपर स्यान्ज हाइड्रोपावर लिमिटेडको शेयर मूल्य सबैभन्दा बढी १० प्रतिशतले घटेको छ । यसका लगानीकर्ताहरूले सर्वाधिक घाटा खाएका…
काठमाडौं । नेपाल प्रहरीले गौशालास्थित पशुपति धर्मशालाको अवैध संरचना भत्काउन गएको दुईवटा डोजर नियन्त्रणमा लिएको छ । पशुपतिनाथ परिसरको गौशालास्थित धर्मशालाका अनधिकृत भत्काउन पुगेको डोजर नियन्त्रणमा लिएपछि महानगरपालिकाका मेयर बालेन्द्र शाहको सचिवालयले आपत्ति जनाएको छ । यसअघि अदालतले समेत सो संरचनामा माडवारी सेवा समितिको कुनै स्वामित्व नरहेको भनिसकेको छ । त्यस्तै, पशुपति क्षेत्र विकास कोषले सो धर्मशाला सञ्चालनको जिम्मा काठमाडौं महानगरपालिकालाई दिइसकेको छ । बुधबार दिउँसो धर्मशालामा पुगेका डोजरलाई प्रहरीले केहीबेर नियन्त्रणमा लिएर राखेको थियो। उक्त विषयमा आपत्ति जनाउँदै मेयर बालेनका प्रमुख स्वकीय सचिव भूपदेव शाहले जुनसुकै बेलामा धर्मशालाका नाममा बनेका संरचना हटाउन आफूहरू कटिबद्ध रहेको जिकिर गरेका छन् ।…
काठमाडौं । नेपाल प्रहरीले यो दशैँको समयमा विभिन्न आपराधिक घटनाहरू तुलनात्मक रूपमा वृद्धि भएको जनाएको छ । दशैँको पछिल्लो १० दिनमा प्रहरीले राखेको रेकर्डअनुसार यो वर्षको असोज १७ देखि २८ गतेसम्म चोरीका १९ वटा, ज्यान मार्ने उद्योगका चारवटा, जबर्जस्ती करणीका दुईवटा, आपराधिक विश्वासघातको एउटा, ठगीको एउटा र सवारी ज्यानको ५ वटा उजुरी दर्ता भएका छन् । घटनामा संलग्न भएको आरोपमा प्रहरीले ५० जनालाई पक्राउ गरेको छ । यो तथ्यांक वर्षको दशैंको यही १० दिनको अवधिमा चोरीका ११ वटा, डकैतीको एउटा, ज्यान मार्ने उद्योगको एउटा, जबर्जस्ती करणीको तीनवटा र ठगीको १४ वटा गरी ३० वटा उजुरी दर्ता भएका थिए । घटनामा…
काठमाडौं । आजदेखि पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको छ । नेपाल आयल निगमले जारी गरेको मूल्यसूची अनुसार पेट्रोलमा १ तथा डिजेल र मट्टितेलमा चार रुपैयाँ मूल्य बढेको हो । स्वचालित मूल्य प्रणाली रहेको पेट्रोलियम पदार्थमा भारतबाट मूल्यवृद्धि भएर आएपछि निगमले नयाँ मूल्यसूची सार्वजनिक गरेको हो । जसअनुसार काठमाडौंमा पेट्रोलको मूल्य १५९ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य १५१ रुपैयाँ कायम भएको छ ।
काठमाडौं । देशभर डेङ्गु संक्रमितको संख्या १९ हजार नाघेको सरकारी तथ्यांकले देखाएको छ । ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को पछिल्लो तथ्याङ्कअनुसार डेङ्गु सङ्क्रमितको सङ्ख्या १९ हजार पाँच ९९ पुगेको हो । डेङ्गु सङ्क्रमणबाट हालसम्म नौ जनाले ज्यान गुमाइसकेका छन् । महाशाखाका अनुसार डेङ्गु सङ्क्रमण सबैभन्दा बढी काठमाडौँमा फैलिएको छ । काठमाडौँमा डेङ्गु सङ्क्रमणबाट हालसम्म तीन हजार एक सय तीन जना प्रभावित बनेका छन् । यस्तै ललितपुरमा आठ सय २७ र भक्तपुरमा तीन सय ५५ तथा स्याङ्जामा तीन सय ३५ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भइसकेको महाशाखाले जनाएको छ । विसं २०८० को पुस मसान्तसम्म देशभर झण्डै ५२ हजारभन्दा बढीमा…
काठमाडौं । नेपालीले भव्यरुपमा मनाउने दुर्गा पक्ष अर्थात् बडादशैँ पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधनासहित रात्रिमा जाग्राम बसेपछि आजदेखि समापन हुँदैछ । आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरी रातभर जाग्राम बसेर मनाएसँगै १५ दिन लामो बडादसैँ पर्व समापन हुन्छ । शास्त्रअनुसार गर्नुपर्ने सबै बलिपूर्ति अर्थात् अखिल बलिपूर्तिको काम भने समापन भएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । अखिल बलिपूर्ति भएसँगै विजयादशमीदेखि सुरु भएको नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाई मान्यजनबाट आशीर्वाद लिने क्रम पनि समाप्त हुन्छ । आजै जमरालाई नजिकको नदी, तलाउ, पोखरी आदि पवित्र तीर्थस्थलमा…
काठमाडौँ । संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापनार्थ लेबनानमा खटिएका सम्पूर्ण नेपाली शान्ति सैनिक सुरक्षित रहेका नेपाली सेनाले जनाएको छ । सैनिक प्रवक्ता गौरवकुमार केसीले शान्ति मिसनमा त्यहाँ रहेका नेपाली फौजसँग नियमित सम्पर्क भइरहेको र सम्पूर्ण फौज सुरक्षित रहेको जानकारी दिए । प्रवक्ता केसीले लेबनानको विकसित परिस्थितिका आधार संयुक्त राष्ट्र सङ्घ र मिसन मुख्यालयबाट हुने निर्णय र निर्देशानुसार नेपाली शान्ति सैनिक खटाइने बताए । ‘शान्ति मिसन वरपर छिटपुट घटना भएका छन्, यसबाट दैनिकी र कार्यसम्पादनमा असर परिरहेको छ, संयुक्त राष्ट्र सङ्घको निर्देशन नेपाली शान्ति सेनाले पालना गर्नेछ’, सैनिक प्रवक्ता केसीले भने । हाल लेबनानमा आठ सय ७७ नेपाली शान्ति सैनिक छन्…
काठमाडौं । दसैँ बिदापछि खुलेको शेयर बजारमा आज नेप्से परिसूचक ३१ दशमवल ४८ अङ्कले बढेर दुई हजार छ सय ९९ दशमलव ६६ बिन्दुमा पुगेको छ । आज तीन सय सात कम्पनीका ६४ लाख १७ हजार दुई सय ६७ कित्ता शेयर रु तीन अर्ब ६ करोड २३ लाख ३७ हजारमा कारोबार भएको नेप्सेले जनाएको छ । आज दुई सय पाँच कम्पनीको शेयर मूल्य बढेको छ भने २२ कम्पनीको घटेको छ । जानकी फाइनान्स कम्पनी लिमिटेड र मिथिला लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सर्वाधिक दश÷दश प्रतिशत कमाएका छन् । यस्तै मल्टिप्रपोज फाइनान्स कम्पनीका लगानीकर्ताले नौ दशमलव ३२, समृद्धि फाइनान्स कम्पनी छ दशमलव ८४,…
काठमाडौं । नेपालीहरूको महान् पर्व बडा दशैँको लागि बन्द भएका सरकारी कार्यालयहरू खुल्ने भएका छन् । आश्विन शुक्लपक्ष त्रयोदशीका दिन आज पनि मान्यजनबाट आशीर्वादस्वरूप नवदुर्गाको प्रसादका रूपमा टीका र जमरा लगाउने क्रम निरन्तर रहे पनि सरकारी कार्यालय भने आजदेखि खुल्न लागेका हुन् । आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म नवदुर्गाको साधना गरिएको प्रसादस्वरूप विजयादशमीका दिनदेखि शुरू भएको टीका र जमरा लगाउने क्रम पर्सिसम्म जारी रहने छ । मान्यजन टाढा टाढा हुने आफन्त विजयादशमीदेखि आश्विन शुक्ल पूर्णिमासम्म आशीर्वाद थाप्न घर घरमा जाने गर्छन् । आफन्त टाढा हुनेका लागि बडादशैं नवदुर्गाको प्रसाद र आशीर्वाद लिनुका साथै भेटघाट गर्ने अवसर पनि हो ।
काठमाडौं । दुई शक्तिशाली देश भारत र क्यानडाबीच कूटनीतिक सम्बन्ध नै टुट्ने जोखिम बढेको छ । पछिल्ला केही घटनाक्रमले दुई देशबीचको कूटनीतिक सम्बन्ध नै टुट्ने जोखिम बढेको हो । क्यानडाले फेरि भारतीय कूटनीतिज्ञले जासुसी गरेको आरोप लगाएको छ । कूटनीतिक सञ्चारमा, क्यानडाका लागि भारतका उच्चायुक्त सञ्जय कुमार वर्मा र अन्य भारतीय कूटनीतिज्ञहरूलाई जुन २०२३ मा खालिस्तानी आतंकवादी हरदीप सिंह निज्जरको हत्यामा संलग्न भएको आरोप लगाइएको छ। क्यानडाको यस्तो बयानप्रति आपत्ति जनाउँदै भारतले दिल्लीस्थित आफ्नो नियोगका वरिष्ठ कूटनीतिज्ञलाई बोलाएको छ । भारतीय परराष्ट्र मन्त्रालयले क्यानडामा रहेका भारतीय उच्चायोग र अन्य कूटनीतिज्ञलाई आधारहीन निशाना बनाउने कार्य अस्वीकार्य रहेको बताएको छ । भारत…
काठमाडौं । संयुक्त राष्ट्र संघले इजरायली सेना दक्षिणी लेबनानमा शान्ति सैनिकको आधार क्षेत्रमा जबरजस्ती प्रवेश गरेर आक्रमण गरेको आरोप लगाएको छ । जसका कारण लेबनानमा संयुक्त राष्ट्र अन्तरिम बल र इजरायली सेनाबीच मुठभेडका घटना बढाएको राष्ट्र संघको दाबी छ। युरोपेली सङ्घ (इयु) का विदेश नीति प्रमुख जोसेप बोरेलले सोमबार दक्षिणी लेबनानमा संयुक्त राष्ट्रसङ्घका शान्ति सैनिकहरूलाई घाइते बनाएको इजरायली आक्रमणको शृङ्खलालाई ‘पूर्णतया अस्वीकार्य’ भन्दै निन्दा गरेका छन् । “इयुका २७ सदस्यहरू युएनआईएफआइएल (युनिफिल) माथि आक्रमण रोक्न इजरायललाई आग्रह गर्न सहमत भएका छन्”, बोरेलले लक्जेमबर्गमा ब्लकका विदेशमन्त्रीहरूको बैठकअघि पत्रकारहरूसँग भने, “संयुक्त राष्ट्रसङ्घका सेनामाथि आक्रमण गर्नु पूर्णतया अस्वीकार्य छ ।” हालैका दिनहरूमा इजरायलले…
काठमाडौं । मनसुन सकिएसँगै अब काठमाडौं उपत्यकासहित देशका पहाडी भूभागमा जाडो सुरु भएको छ । देशमा अहिले मनसुन बाहिरिएर ‘पोस्ट’ मनसुन चलिरहेको छ । सँगसँगै पछिल्ला दिनमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभावले मुलुकका कतिपय स्थानमा बदली र वर्षाको समेत सम्भावना देखिएको छ । मनसुन सकिएर पोष्ट मनसुन चलिरहेकाले क्रमशः चिसो बढ्दै गएको मौसमविदले बताएका छन् । यही असोज ११ र १२ गतेको अविरल वर्षापछि मौसम सुधार आएको छ । गत असोज २७ गते नेपालबाट मनसुन पूर्ण रुपमा बाहिरिएको थियो । खुला आकाश भएकाले दिउँसो घाम लागेपनि साँझ र बिहान निकै चिसो महसुस गरिएको छ । सङ्घीय राजधानी काठमाडौँ उपत्यकामा…
के हाम्रो सौयमण्डलमा जीवनलाई समर्थन गर्न सक्ने अन्य कुनै ठाउँ छ ? यो पत्ता लगाउन पहिलो विस्तृत कदम चाल्न एउटा भव्य नासा यान सोमबार साढे पाँच वर्षको यात्रामा बृहस्पतिका धेरै चन्द्रमामध्ये एक युरोपा जान तयार छ । युरोपा क्लिपर मिसनले अमेरिकी अन्तरिक्ष एजेन्सीलाई चन्द्रमाको बारेमा नयाँ विवरण पत्ता लगाउन अनुमति दिनेछ । यसमा वैज्ञानिकहरूले यसको बर्फिलो सतहमुनि तरल पानीको महासागर हुनसक्ने विश्वास गरेका छन् । फ्लोरिडाको केप क्यानाभरलबाट शक्तिशाली स्पेसएक्स फाल्कन हेभी रकेटमा ‘सोमबार, अक्टोबर १४ भन्दा अघि नहुने’ गरी प्रक्षेपण तालिका बनाइएको नासाले विज्ञप्तिमा बताएको छ । ‘युरोपा पृथ्वी बाहिर जीवन खोजी गर्ने सबैभन्दा आशाजनक स्थानमध्ये एक हो,’ नासाकी…
के तपाईं अप्पर डोल्पा नेपालको टाढाको र एकान्त भूमि हेर्दा आफ्नो मनमा मिठासपूर्ण क्षणको विकास लागि तयार हुनुहुन्छ ? धेरैलाई शे-फोक्सुन्डो तालको जादुई आभाको बारेमा त जानकारी छ नै होला । अद्भुत जीवनशैली र संस्कृतिहरूको संसार अन्वेषण गर्ने बारेमा धेरैलाई इच्छा भएकै हुनुपर्छ । कल्पना गर्नुहोस् कि तपाईं सहरको जीवनबाट टाढा, हल्ला र दौडधुपबाट अलग हुनुहुन्छ । व्यस्त सहरमा, शान्तिको पलको लागि एक पटक तिर्सना हुन्छ। तर डोल्पोमा तपाईं शान्ति र एकान्तलाई अँगाल्न मौका माग्नुपर्दैन; यो सजिलै उपलब्ध छ। आउनुहोस्, ती रोचक तथ्यहरू पत्ता लगाऔं जसले अप्पर डोल्पोलाई एक असाधारण गन्तव्य बनाउँछ। शान्तिपूर्ण प्रकृतिसँगको साहसिक यात्रा यो एकान्त हिमालयन जंगलको…
मुग्लिन(चितवन) । मनकामना केबलकार तीन दिन बन्द हुने भएको छ । मर्मत सम्भारका लागि यही असोज २९ गतेदेखि आगामी कात्तिक १ गते बन्द गरिने भएको हो । मर्मत सम्भारका साथै केबलकारको लठ्ठासमेत छोट्याउने कामका लागि असोज २९, ३० र कात्तिक १ गतेसम्म तीन दिन बन्द गर्न लागिएको मनकामना दर्शन प्रालिका नायब प्रबन्धक उज्ज्वल शेरचनले जानकारी दिए । उनका अनुसार केबलकार कात्तिक २ गतेबाट नियमित सञ्चालनमा आउनेछ । यसअघि विजया दशमीको दिन असोज २६ गते र एकादशीको दिन २७ गते दुई दिन पनि केबलकार बन्द थियो । आज एक दिन भने केबलकार सञ्चालन गरिएको छ । गोरखाको सहिद लखन गाउँपालिकास्थित प्रसिद्ध…
काठमाडौं । अविरल वर्षापछि आएको बाढी पहिरोबाट देशका विभिन्न स्थानको जनजीवन प्रभावित भएको छ । जाडो सुरु भएसँगै घरबारविहीन भएका प्रभावितहरूलाई सरकारले समेत समयमा राहत वितरण गर्न नसक्दा उनीहरूको दैनिकी नै कष्टकर बन्दै गएको छ । सरकारले ठूलो धनजनो क्षति भएको १२ जिल्लाका ४३ स्थानीय तहलाई राहत र पुनर्स्थापनाको लागि सहयोग गरे पनि कम क्षति भएका स्थानीय तहका पहिरो प्रभावितहरू भने सरकारको समेत नजरमा परेका छैनन् । पहिरोबाट घरबारबिहीन भएर पनि सरकारी बेवास्तामा परेका छन्, नुवाकोट जिल्ला दुप्चेश्वर गाउँपालिका वडा नं ३ का बासिन्दा । सरकारको नजरमा यो क्षेत्रमा अन्यत्रको तुलनामा थोरै क्षति भएको छ । तर यहाँका करिब ५…
आजको तीव्र गतिमा चलिरहेको संसारमा मानिसहरू प्राय: खुशी र सन्तुष्टि खोजिरहेका हुन्छन्। प्रत्येक व्यक्तिको जीवनशैली अनुसार जीवन र खुशीप्रतिको आफ्नै दृष्टिकोण हुन्छ। संसारभरका विभिन्न संस्कृतिहरूले फरक-फरक जीवनशैली प्रदान गर्छन्, जसले आनन्द र सन्तुष्टि दिन सक्छ। यहाँ संसारभरका १० विशिष्ट जीवनशैलीहरू छन् जसलाई तपाईंले आफ्नो जीवनमा समावेश गर्न सक्नुहुन्छ र खुशीको अनुभूति गर्न सक्नुहुन्छ: इकिगाई (जापान): इकिगाई एउटा जापानी अवधारणा हो, जसले जीवनमा आनन्द र अर्थ खोज्नमा जोड दिन्छ । यसले तपाईंको रुचि, प्रतिभा र संसारप्रतिको योगदानको सङ्गमलाई प्रतिनिधित्व गर्छ। इकिगाई जीवनशैली अपनाएर तपाईं आफ्नो उद्देश्य पूरा गर्न सक्नुहुन्छ, जसले तपाईंलाई थप खुशी र सन्तुष्ट बनाउँछ। वाबी-सबी (जापान): यसले जापानी जीवनशैलीले…
काठमाडौँ । विश्वका ३७ देशका सेनालाई पछि पार्दै यस वर्षको ‘अभ्यास क्याम्ब्रियन गस्ती २०२४’मा नेपाली सेनाले स्वर्ण पदक प्राप्त गरेको छ । संयुक्त अधिराज्य बेलायतको वेल्स, ब्रेकनमा यही असोज २३ गतेदेखि २५ गतेसम्म भएको उक्त अभ्यासमा नेपाली सेनाको टोलीले स्वर्ण पदक प्राप्त गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । संयुक्त अधिराज्य बेलायतसहित ३७ राष्ट्रका एक सय २१ अन्तर्राष्ट्रिय टोलीको त्यस अभ्यासमा सहभागिता थियो । सन् १९६० बाट वार्षिक रूपमा सञ्चालन हुँदै आएको अन्तर्राष्ट्रिय स्तरको त्यस प्रतियोगितामा नेपाली सेनाले सन् २०१४ देखि भाग लिदैं आएको छ । दुई दिनभित्र हतियारसहित करिब ५० पाउण्ड तौल बराबरका बन्दोबस्ती सामग्रीसहित ५० किलोमिटर…
काठमाडौं । आश्विन शुक्लपक्ष पापाङ्कुशा एकादशीका दिन आज पनि मान्यजनबाट नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाउने क्रम जारी रहन्छ । आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म नवदुर्गाको साधना गरिएको प्रसादस्वरुप विजयादशमीका दिनदेखि सुरु भएको टीका र जमरा लगाउने क्रम आज पनि निरन्तर चलिरहन्छ । मान्यजन टाढा टाढा हुने आफन्त आजदेखि आश्विन शुक्ल पूर्णिमासम्म आशीर्वाद थाप्न घरमा जाने गर्छन् । आज एकादशीको व्रत गर्नाले सबै पाप हरण हुने विषय विभिन्न शास्त्रीय ग्रन्थमा उल्लेख गरिएको छ । ‘पापाङ्कुशेति विख्याता सर्वपापहरा परा’ यस एकादशीमा मानिसले ‘पद्मनाभ’ नाम गरेको लक्ष्मीनारायण भगवान्को पूजा गर्नुपर्ने ती ग्रन्थमा उल्लेख गरिएको छ । जबसम्म मनुष्यले पद्मनाभ अर्थात पापाङ्कुशा एकादशीको गर्दैनन्,…
भक्तपुरमा अनेक जात्रा पर्वहरूमध्ये दशैंको मुख्य जात्रा पर्व भनेको खँ मेय्, नवदूर्गा नाच र पायाः पर्व नै हो । यसमध्ये पनि खँ मेय् र नवदूर्गा नाच एक आपसमा अन्तरसम्बन्धित पर्वहरू हुन् । खँ मेय् यस्तो जात्रा हो जहाँ नवरात्रको नवौं दिन द्योछेंदेखि नगरवासीको ठूलो भिडले राँगोलाई जिस्काउँदै ब्रह्मायणीसम्म लैजाने गर्छन् । बिहानैदेखि मदिराले मत्याइएको राँगोलाई नगरवासीले जिस्क्याउँदै यो जात्रा मनाउने गरिन्छ । यो जात्राको क्रममा दुखद् घटना घटेका उदाहरणहरू भएपनि यसमा स्थानीयको ‘क्रेज’ घटेको छैन । द्योछेंबाट ब्रह्मायणी पुग्न सिधा बाटो जाँदा १५/२० मिनेट लाग्छ । तर, भिडद्वारा नियन्त्रित राँगोलाई नगर धुमाएर साँझ मात्रै ब्रह्मायणी पुर्याउने गरिन्छ । मन्दिरमा लगेपछिको…
काठमाडौँ । जीवित देवी कुमारीलाई पचली भैरवको दर्शन गराइएको छ । प्रत्येक वर्ष असोज शुक्ल पञ्चमीका दिन राति विधिपूर्वक कुमारीलाई हनुमान ढोकामा पचली भैरवको दर्शन गराउने परम्परा रहिआएको छ । कुमारीलाई भैरवको दर्शन गराउन काठमाडौँ महानगरपालिका–१२ स्थित पचली पीठबाट भैरवको जात्रा गरी मङ्गलबार बेलुका हनुमान ढोका पुर्याइएको हो । यसरी कुमारीलाई भैरवको दर्शन गराउँदा कुमारीलाई शक्ति प्राप्त हुने जनविश्वास छ । विशेष बाजागाजासहित पचलीबाट सुरु भएको यात्रा टेकु, लगन, ज्याबहाल, मरु, हनुमानढोका, दलाछी, श्वेतभैरव, यङ्गाललगायत भित्री सहरको परिक्रमा गराइएको हो । घ्याम्पोमा भैरवको विम्ब बनाएर नगर परिक्रमा गराइदा स्थानीय टोलमा स्वागत तथा दर्शनका लागि सर्वसाधारणको भीड लागेको थियो । विभिन्न…
काठमाडौं । काठमाडौँ उपत्यकामा मेलम्चीको पानी वितरण सुरु गरिएको छ । खानेपानीमन्त्री प्रदीप यादवले आज काठमाडौँको सुन्दरी जलमा रहेको प्रसोधन केन्द्रबाट उपत्यकाका नागरिकका लागि पानी वितरण सुभारम्भ गरे । सुन्दरीजलमा रहेको पानी प्रसोधन केन्द्रबाट मेलम्चीको पानी खोलीएसँगै अहिले काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) का विभिन्न वितरण शाखामा पठाइएको र ती शाखाबाट वितरण प्रक्रिया सुरु गरीने मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक ई रत्नप्रशाद लामिछानेले बताए । उनले भने, ‘मन्त्री ज्यू र मेलम्ची सङ्घर्ष समितिबीच सोमबार राति अबेरसम्म पानी पठाउने विषयमा बसेको वार्ता सफल भएपछि सुन्दरीजलमा पानी पथान्तरण गरेका थियौँ । अहिले यहाँबाट केयुकेएलका विभिन्न पानी वितरण शाखामा पठाइएको छ ।’…
