काठमाडौं खबर कार्तिक १, २०८१
काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले छुट भएका पीडित बचतकर्ताहरूलाई मागदाबी पेस गर्ने बारेको १५ दिने सूचना जारी गरेको छ । बिहीबार एक सूचना जारी गर्दै कार्यालयले १० सहकारीको नाम जारी गरेर सो सहकारीका छुट भएका बचतकर्ताहरूको लागि सूचना जारी गरेको हो ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गत्को सो कार्यालयले समितिको वेभसाइटमा गई अनलाइन आवेदन समेत गरी पेस गर्न सबै सरोकारवालालाई आग्रह गरेको छ ।
यस्तो छ समितिको सूचना