9काठमाडौं । आज बडा दशैँको पाँचौं दिन घरघरमा स्कन्दमाताको पूजा गरी मनाइँदैछ । आश्विन शुक्ल पञ्चमी अर्थात् नवरात्रको छैटौँ दिन आज दशैं घर वा पूजा कोठामा नौ दुर्गामध्येकी पाँचौँ स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिँदैछ । छान्दोग्य श्रुतिका अनुसार भगवतीको शक्तिबाट उत्पन्न भएकाले सनत्कुमारको नाम स्कन्द रहन गएको हो । स्कन्दको माता भएकाले पार्वती नै स्कन्दमाताका नामले कहलाएकी हुन् । नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवी भागवतलगायत देवी स्तोत्र पाठसमेत गरिन्छ । नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ । यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन…
Author: Kathmandu Khabar
काठमाडौं । काठमाडौँ महानगरपालिकाले वडा नं ८ स्थित श्री पशुपति गौशाला धर्मशाला असोज २३ गते बुधबारदेखि खाली गर्न माइकिङ गरेको छ । पशुपति क्षेत्र विकास कोष र महानगरपालिकाबीच आज गौशाला धर्मशाला व्यवस्थापनसम्बन्धी सहमति भएपछि महानगरपालिकाले खाली गर्न माइकिङ गरेको वडा नं ८ का अध्यक्ष आशामान सङ्गतले जानकारी दिए । काठमाडौँ जिल्ला अदालतले मारवाडी सेवा समितिले अनधिकृत रुपमा गौशाला धर्मशाला चलाएकाले कोषले सञ्चालन गर्नेगरी फैसला गरेको थियो । यसअघि कोष (अमालकोट कचहरी) र समितिबीच भएको सहमति खारेज गर्ने सञ्चालक परिषद्को निर्णयविरुद्ध समिति अदालत गएको थियो । फैसलापछि कोष सञ्चालक परिषद् बैठकले गौशाला व्यवस्थापनको जिम्मेवारी महानगरपालिकाले दिने निर्णय असोज २० गते आइतबार…
काठमाडौं । यही असोज १० देखि १२ गतेसम्मको भारी वर्षाका कारण आएको बाढीपहिरोमा परेर आजसम्म मृत्यु हुनेको सङ्ख्या दुई सय ४६ पुगेका छन् । नेपाल प्रहरीले आज सार्वजनिक गरेको विवरणअनुसार आजसम्म एक सय ७८ घाइते भएका छन् भने १८ जना बेपत्ता रहेको गृहमन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिए । प्रहरीले एक बुलेटिनमा अहिलेसम्मको धन र जनको सम्पूर्ण क्षतिलाई कलेक्सन गरेको छ । तिवारीका अनुसार कुल १७ हजार एक सय ७४ को उद्धार गरिएको छ । सबैभन्दा ठूलो जनधनको क्षति बागमती प्रदेशमा भएको र त्यसमा पनि काठमाडौं उपत्यकामा धेरै क्षति भएको छ । बागमतीमा मात्रै एक सय ३९ जनाको मृत्यु भएको…
काठमाडौं । नेपालबाट मनसुन बाहिरिए पनि पोस्ट मनसुनको प्रभावका कारण यो साल हिउँदमा समेत तुलनात्मक रूपमा बढी वर्षा हुने भएको छ । गत जुन १० तारिखमा नेपाल भित्रिएको मनसुन निर्धारित समयभन्दा केही दिन ढिला गरी बाहिरिएको थियो । मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिम प्रदेशको पूरै क्षेत्र, कर्णाली प्रदेशका धेरै स्थान र लुम्बिनी प्रदेशको पश्चिमी क्षेत्रका थोरै स्थानबाट मनसुन हटिसकेको हो। विभागका अनुसार मनसुन पूरै बाहिरिएपछि पोस्ट मनसुन सुरु हुनेछ। जुन डिसेम्बर महिनाभर रहन्छ। जनवरीदेखि विन्टर अर्थात् हिउँदयाम सुरु हुन्छ। यही अक्टोबरदेखि डिसेम्बरसम्मको समयमा यो साल पोहोरभन्दा धेरै पानी पर्ने विभागले जनाएको छ । साथै यो वर्षको हिउँदमा पोहोरको भन्दा गर्मी…
धेरैजना भन्छन्, ‘संसार सानो छ’ तर के साँच्चै संसार सानो छ त ? संसारभरिका विभिन्न संस्कृति र उनीहरूको अनौठो परम्पराहरूको बारेमा हामीलाई कति थाहा छ ? मानिसहरूको जीवनशैली यति फरक छ कि केहीलाई सामान्य लाग्ने परम्परा अरूलाई अचम्मको लाग्न सक्छ। केही संस्कृतिहरूले जुन कुरा स्वाभाविक रूपमा अंगाल्छन्, त्यो अरूको लागि अचम्मको हुन सक्छ। यस्तो लाग्छ कि केही परम्पराहरू अनौठो देखिन्छन्, तर जब तपाईंले तिनीहरूको गहिरो अर्थ बुझ्नुहुन्छ भने, तिनीहरूले आफ्नो विचित्रता भए पनि कुनै न कुनै रूपमा तर्कसंगत देखिन्छन्। आउनुहोस्, संसारभरिका केही अनौठा परम्पराहरूको बारेमा जानकारी लिऔं र याद राख्नुहोस् कि तपाईंलाई अनौठो लाग्ने कुराहरू अरूको लागि सामान्य हुन सक्छन्,…
काठमाडौं । यस वर्षको मनसुन बाहिरिन थालेको छ । सुदूरपश्चिम प्रदेशलगायत कर्णाली प्रदेशका धेरै तथा लुम्बिनी प्रदेशका पश्चिमी भू–भागको थोरै स्थानहरूबाट मनसुन आइतबारदेखि बाहिरिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । निर्धारित समयभन्दा चार दिनपछि मनसुन बाहिरन सुरु गरेको विभागले जनाएको छ । मनसुनी वायु कमजोर हुँदै गइरहेकाले नेपालको बाँकी भू–भागबाट पनि केही दिनमा मनसुन बाहिरिने सम्भावना रहेको मौसमविद् रोजन लामिछानेले बताए । विभागको मौसम पूर्वानुमान महाशाखाले मनसुन बाहिरिन थालेपछि आगामी तीन दिन भने केही ठाउँमा वर्षाको सम्भावना रहेको जनाएको छ । आज कोशी, गण्डकी, बागमती र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा हल्का वर्षा भएको पनि जनाइएको छ । केही…
काठमाडौँ । आसन्न नेपाल प्रिमियर लिग (एनपिएल) का लागि खेलाडीहरूको अक्सन सम्पन्न भएको छ । आइतबार विभिन्न आठ टोलीमा ९१ खेलाडी अक्सनबाट अनुबन्धित भएका छन् । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा आगामी नोभेम्बर ३० तारिखदेखि डिसेम्बर २१ तारिखसम्म कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सञ्चालन हुने उक्त प्रतियोगिताका लागि विभिन्न आठ टोलीमा ९१ खेलाडी आज अक्सनद्वारा अनुबन्धित भएका हुन् । अक्सनबाट आठै टोलीले १०–१० खेलाडी टोलीमा भित्र्याए । अक्सनबाट विराटनगर किङ्ग्समा लोकेश बम, प्रतिश जीसी, बशीर अहमद, राजेश पुलामी मगर, जितेन्द्रकुमार मुखिया, अनिल खरेल, दिपक बोहरा, सुभाष भण्डारी, नरेन भट्ट र मृनाल गुरुङ रहेका छन् । त्यस्तै चितवन राइनोजमा रिजन ढकाल,…
बागमती । हेटौँडा–भीमफेदी–काठमाडौँ सडक एक सातापछि आजबाट सञ्चालनमा आएको छ । हेटौंडा–भीमफेदी हुँदै काठमाडौँ जाने सडकखण्डमा पर्ने सिमखोला र फाखेलस्थित सडकमा डाईभर्सन बनाएर बाटोको मर्मत सकिएपछि साँझबाट सडकमा सवारी आवतजावत सञ्चालन भएको बागमती प्रदेश सरकार मातहतको यातायात पूर्वाधार निर्देशनालयका निर्देशक पुष्करप्रसाद पोखरेलले जानकारी दिए । मर्मत सम्भार भएसँगै हेटौँडा–काठमाडौँ जोड्ने छोटो दुरीका हेटौँडा–फाखेल–काठमाडौँ, हेटौँडा–कुलेखानी–चखेल–मातातीर्थ, हेटौँडा–कुलेखानी–मार्खु–चित्लाङ–चन्द्रागिरि–काठमाडौँ सडक सञ्चालनमा आएको निर्देशक पोखरेलले बताए । ‘सडक मर्मत गरेर तत्काल सवारीसाधन सञ्चालन भए पनि अझै पूर्ण रुपमा सडक मर्मत सम्पन्न भइसकेको छैन,’ निर्देशक पोखरेलले भने, ‘सडकमा अझै केही काम गर्न बाँकी रहेकाले भोली फेरि केहीबेरका लागि सो सडकमा सवारी चलाउन रोक्नुपर्ने हुन्छ ।’ यही…
काठमाडौँ । आज बडा दशैँको पाँचौं दिन भए पनि चौथो दिन पूजा हुने देवी कुष्माण्डाकै पूजा गरी मनाइँदैछ । आश्विन शुक्ल चौथी तिथिमा पूजा हुने कुष्माण्डा देवीको पूजा आइतबार पनि गरिएको थियो । तर तिथि वृद्धि भएर सोमबार पनि चौथी तिथि नै कायम भएकाले नवरात्रमा गरिने दुर्गा पूजाको विधि अनुसार कुष्माण्डा देवीकै पूजा आराधना गर्नुपर्ने जनाएको छ । आज बिहान ०६ : १६ बजेसम्म चौथी तिथि रहेको छ । शास्त्रीय मान्यताअनुसार देवकार्यका लागि सूर्योदयको समयमा जुन तिथि छ, सोही तिथिलाई आधार मान्ने गरिन्छ । यसैले आज पनि दुर्गा पूजाको विधि अनुसार कुष्माण्डा देवीकै पूजा, आराधना गर्नुपर्ने शास्त्रीय विधि रहेको हो…
काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले सिस्नेरीमा गत असोज १२ गते गएको पहिरोमा परी खेलाडीको मृत्यु भएको विषयमा छानबिन समिति गठन गरेको छ । एन्फाका केन्द्रीय सदस्य विकास नारायण श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको हो । समितिलाई एक महिनामा प्रतिवेदन बुझाउन भनिएको छ । उता एन्फा कार्यसमितिको निर्णयमाथि वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काले असहमति (नोट अफ डिसेन्ट) व्यक्त गरेका छन् । उनले स्वतन्त्र र निष्पक्ष व्यक्ति राखी कार्यसमिति गठन गर्नुपर्नेमा कार्यसमितिको मान्छे नै राखेर छानबिन समिति गठन गर्नुले आफ्नो कर्तुत ढाकछोप गर्ने नियत देखिएकोले यसमा सहमति जनाउन नसकिएको उनको भनाइ छ । यस्तो छ एन्फा कार्यसमितिको निर्णय…
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रकाशमान सिंह राउतलाई प्रधानन्यायाधीश पदमा नियुक्त गरेका छन्। राष्ट्रपतिले आज नेपालको संविधानको धारा १२९ को उपधारा (२) बमोजिम संवैधानिक परिषद्को सिफारिसमा सर्वोच्च अदालतको वरिष्ठतम् न्यायाधीश प्रकाशमान सिंह राउतलाई नेपालको प्रधानन्यायाधीश पदमा नियुक्त गरेका हुन् । संसदीय सुनुवाइ समितिले यही असोज १६ गते प्रस्तावित प्रधानन्यायाधीश राउतको नाम सर्वसम्मत अनुमोदन गरेको थियो । संवैधानिक परिषद्को गत भदौ ३१ गत बसेको बैठकले प्रधानन्यायाधीशमा राउतलाई सिफारिस गर्ने निर्णय गरेको थियो । प्रधान न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको पदावधि यही असोज १९ गते सकिएपछि आज राष्ट्रपतिले प्रधानन्यायाधीशमा राउतलाई नियुक्त गरेका छन् ।
काठमाडौं । विपद् व्यवस्थापनको पहल एवं विकास निर्माणमा स्थानीय प्रदेश र केन्द्र सरकारलाई खबरदारी गर्ने उद्देश्यले काठमाडौं क्षेत्र नं ४ मा काँग्रेसले गठन गरेको टास्क फोर्सले बुढानीलकण्ठ नगरपालिकामा पहिरो प्रभावितलाई राहतको माग गर्दै डेलिगेसन गएको छ । आइतबार टास्क फोर्सका संयोजक न्हुँच्छे नारायण श्रेष्ठको नेतृत्वमा गएको टोलीले नगरप्रमुख, प्रमुख कार्यकारी अधिकृत र नगरपालिकाको विपद् समिति प्रमुखसँग भेटेर तत्काल राहत उपलब्ध गराउन नगरपालिका र नगरप्रमुखको ध्यानाकर्षण गराएको हो । पहिरो प्रभावितलाई समेत लिएर गएको सो टास्क फोर्सले दशैँअघि नै प्रभावितलाई राहतका कार्यक्रम ल्याउन माग गरेको टोलीका सदस्य एवं काठमाडौं क्षेत्र नं ४ ख का काँग्रेस प्रदेश सभापति रामप्रसाद लुइँटेलले जानकारी दिए…
काठमाडौं । एन्फाको लापरबाहीविरुद्ध संसद्ले एक्सन लिएको छ । प्रतिनिधिसभाको पूर्वाधार विकास समितिले गत असोज १२ र १३ गते गएको पहिरोमा परी एन्फाको सिस्नेरीमा रहेको एकेडेमीका छ जना खेलाडीको ज्यान गएको विषय सामान्य नभएको भन्दै छानबिन गर्ने निर्णय गरेको हो । असोज ११ गते लगातार वर्षापछि एकेडेमी ४० युवा खेलाडीलाई अन्यत्र लैजाने क्रममा बाटोमा ६ जनाको मृत्यु भएको बताइएको थियो । पूर्वाधार विकास समितिको शुक्रबार बसेको बैठकले छानबिन समिति बनाउने निर्णय गरेको सभापति दीपकबहादुर सिंहले जानकारी दिए । ६ खेलाडीको विशुद्ध प्राकृतिक विपत्तिका कारण मात्र नभई व्यवस्थापनको लापरबाहीका कारण घटना भएकाले गम्भीरतापूर्वक छानबिन गर्नुपर्ने समितिको निष्कर्ष छ ।
काठमाडौं । सरकारले अब चालकले स्मार्ट लाइसेन्स बोकिरहनुपर्ने झण्झट हटाएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले एक कार्यक्रम आयोजना गरी स्मार्ट लाइसेन्सको झण्झट हटाएको जनाएको छ । यो कार्यक्रम अहिलेका लागि बागमती प्रदेशमा मात्र लागू गरिएको छ । उनीहरूले मोबाइलमा नागरिक एपमा डाउनलोड गरिएको क्युआर कोडसहितको भर्चुअल लाइसेन्स देखाए हुने बताइएको छ । शुक्रवार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आयोजित कार्यक्रममा नागरिक एपबाटै लाइसेन्स स्क्यान गरी हेर्न सकिने ‘स्मार्टफोन’हरू ट्राफिक प्रहरीलाई हस्तान्तरण गरिएको छ ।
काठमाडौं । सरकारले ल्याएको खसीच्याङ्ग्रा आजदेखि बिक्री सुरु गरिने भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले खसीबोका र च्याङ्ग्राको बिक्री आजदेखि खुला गरेको हो । प्रतिकेजी खसीबोकाको ६७० रुपैयाँ मूल्य निर्धारण गरी १० रुपैयाँ छुट दिएर प्रतिकेजी ६६० रुपैयाँमा आइतबारदेखि बिक्री खुला गरेको कम्पनीले जनाएको छ । सरकारले शनिबारसम्म २०८ खसीबोका र तीन सय च्याङ्ग्रा भित्रिसकेको बताएको छ । सरकारले च्याङ्ग्रा प्रतिकेजी एक हजार २३० रुपैयाँ मूल्य निर्धारण गरी १० रुपैयाँ छुट दिएर एक हजार २२० रुपैयाँमा बिक्री सुरु गरिएको कम्पनीले जनाएको छ ।
काठमाडौँ । नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजा आराधना गरी मनाइँदैछ । श्री दुर्गा सप्तशती (चण्डी)का अनुसार ‘कुत्सितः ऊष्मा कुष्मा–त्रिविधतापयुतः संसारः, स अण्डे मांसपेश्यामुदररुपायां यस्याः सा कूष्माण्डा’ अर्थात् त्रिविध तापयुक्त संसार जसको पेटमा छ, त्यही भगवती कूष्माण्डाको पूजा आराधना शक्ति, ऐश्वर्य र विद्याका लागि गर्ने गरिन्छ । प्रत्येक वर्ष आश्विन शुक्ल चतुर्थी अर्थात् दुर्गापक्षको चौथो दिन कुष्माण्डाको विधिपूर्वक पूजाआराधना गर्ने शास्त्रीय विधि छ । आध्यात्मिक, आधिभौतिक र आधिदैविक यी तीन तापलाई कुष्मा भनिन्छ । नवदुर्गामध्येकी चौथो देवी कुष्माण्डाले शरणमा आएका भक्तको तीनै ताप हरिदिने भएकैले यो नामकरण भएको हो । कुष्माण्डाले सुराले भरिएका घडा तथा रगतयुक्त पात्र धारण गर्ने…
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले अबको तीन दिन बागमती प्रदेशमा मौसम सामान्यतया सफा रहने बताएको छ । सामान्य बदलीका कारण केही भेगमा हल्कादेखि मध्यम वर्षा हुनेबाहेक पानी पर्ने सम्भावना कम रहेको विभागले जनाएको छ । अन्य वायुको प्रभाव नपरेमा आजदेखि खासै पानी पर्ने सम्भावना नरहेको विभागले जनाएको छ । मौसमविद् सरोज पुडासैनीका अनुसार मनसुन क्रमशः क्षीण हुँदै गएको छ । विभागका अनुसार हाल लुम्बिनी र गण्डकीसहित देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहेको छ । लुम्बिनीका केही र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने…
काठमाडौं । नेपाली संस्कृतिलाई विश्वमञ्चमा प्रस्तुत गर्दै बुढनीलकण्ठ नगरपालिका वडा नं ११ की निमिता रेग्मी मिस कस्मो इन्टरनेशनलमा प्रतिस्पर्धारत छिन् । आज हुने मिस कस्मो २०२४ को ग्राण्ड फिनाले आज हुने भएको छ । भियतनाममा सुरु भएको अन्तर्राष्ट्रिय मिस कस्मो-२०२४ को ग्राण्ड फिनाले भियतनाममा आज हुन लागेको आयोजकले जनाएको छ । यही सेप्टेम्बर १४ देखि सुरु भएको यो प्रतियोगितामा नेपालको तर्फबाट बुढानीलकण्ठकी निमिता रेग्मीले प्रतिनिधित्व गरेकी छन् । प्रतियोगितामा अमेरिका, ब्राजिल, क्यानडा, बेलायत, भारत, नेपाल,अस्ट्रेलिया, इटाली, जापान, फ्रान्स, स्पेन, फिलिपिन्स, इजिप्ट लगायत ७१ देशका सुन्दरीहरूले भाग लिएका छन् । निमिताले अन्तर्राष्ट्रिय मञ्चमा उपस्थित भएर नेपाललाई विश्वसामु चिनाउने एउटा अवसरको रूपमा…
काठमाडौं । मन्त्रिपरिषद्ले १२ जिल्लाका ४३ स्थानीय तह संकटग्रस्त घोषित भएको छ । शुक्रबार बसेको परिषद्को बैठकले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको सिफारिस बमोजिम ताप्लेजुङ, पाँचथर, संखुवासभा, काभ्रे, ललितपुर, सोलुखुम्बु, दोलखा, सिन्धुली, रामेछाप, मकवानपुर, सिन्धुपाल्चोक र धादिङ जिल्लाका बाढीपहिरो प्रभावित स्थानीय तह विपद् संकटग्रस्ता क्षेत्र घोषित भएको गृहमन्त्री रमेश लेखकले जनाएका छन् । उपत्यकामा ललितपुरको महांकाल, बागमती, कोन्ज्योसोम गाउँपालिका र गोदावरी नगरपालिकालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएको छ। उपत्यकाबाहिर संकटग्रस्त क्षेत्र घोषणा गरिएका पालिकाअन्तर्गत काभ्रे रोशी, तेमाल, बेथानचोक, चौंरीदेउराली गाउँपालिका र महाभारत, पनौती, नमोबुद्ध र मण्डनदेउपुर नगरपालिकालाई संकटग्रस्त क्षेत्र घोषणा गरिएको छ । धादिङ जिल्लातर्फ बेनीघाट रोराङ, नेत्रावती…
काठमाडौं । स्वास्थ्य मन्त्रालयले बाढी पहिरो प्रभावित क्षेत्रमा खानेपानीको शुद्धता जाँच गर्ने भएको छ । शनिबार बिहान मन्त्रालयले सूचना जारी गर्दै मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीको संयोजकत्वमा समिति गठन गरेको हो । सो क्षेत्रको पानीमा खराबी भएमा त्यसले महामारीको रूप लिन सक्ने भन्दै मन्त्रालयले पानीको अवस्था जाँच गरी आवश्यक कार्य अघि बढाउनका लागि पानी परीक्षण र निगरानी गर्न लागेको हो । यस्तो छ मन्त्रालयको सूचना
काठमाडौँ । बडादशैँ एवं नवरात्रको तेस्रो दिन आज दसैँ घर वा पूजा कोठामा चन्द्रघण्टाको विधिपूर्वक पूजाआराधना गरिँदैछ । देवी चन्द्रघण्टाले हातमा चन्द्रमाको आधार भएको घण्ट लिने भएकाले यिनको नाम चन्द्रघण्टा रहन गएको भन्ने विभिन्न पौराणिक एवं धर्मशास्त्रीय ग्रन्थमा उल्लेख गरिएको छ । मार्कण्डेय पुराणमा ‘चन्द्रः घण्टायां यस्याः सा’ अर्थात् चन्द्रमा जसको घण्टामा रहेको छ उहाँको नाम चन्द्रघण्टा हो भनी उल्लेख गरिएको छ । चन्द्रघण्टा देवीले शिरमा अर्धचन्द्रका साथै घण्ट पनि धारणा गर्ने भएकाले यो नाम रहन गएको सापकोटाले बताउनुभयो । चन्द्रघण्टा देवीको स्वरुप पहेँलो वर्णको हुन्छ । यस्ती देवीले अत्याचारी दानवी स्वरुपलाई नाश गर्नुहुन्छ । चन्द्रघण्टा देवीको पूजा आराधनाका दिन…
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले बाढी प्रभावित पनौती, रोशी र बेथानचोक गाउँपालिकालाई २०/२० लाख रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ । महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) को अध्यक्षतामा शुक्रबार बसेको महानगर विपद् व्यवस्थापन समितिको बैठकले यस्तो निर्णय गरेको हो । पालिकाहरुबाट सहयोगको माग भएपछि विपद् व्यवस्थापन समितिमा छलफल गरेर सहयोग सिफारिस गरिएको महानगर विपद् व्यवस्थापन समितिमा पठाइएको समितिका संयोजक प्रेम थापाले जानकारी दिए । काभ्रेपलान्चोकका तीन वटा पालिकाहरूको कोषमा उक्त सहयोग रकम उपलब्ध गराउने निर्णय गरेको हो ।
काठमाडौँ । नेपाल धितोपत्र बोर्डको अध्यक्षकाे अन्तर्वार्ता आज पनि स्थगित भएको छ । पटकपटक सर्दै आएकोमा आज दिउँसोका लागि बोलाइएको अन्तर्वार्ता समेत स्थगित भएको हो । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा डा शिवराज अधिकारीको संयोजकत्वमा सिफारिस समिति रहेको र उहाँ अस्वस्थ्य हुनुभएकाले अर्को सूचना प्रकाशित नहुँदासम्म अन्तर्वार्ता स्थगित गरिएको सिफारिस समितिले जनाएको छ । नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदका लागि आवेदकमध्ये सङ्क्षिप्त सूचीमा समावेश भएका तीन जना आवेदकले आज व्यावसायिक कार्ययोजनाको प्रस्तुति र अन्तर्वार्ता दिने कार्यक्रम थियो ।dhitopatra अध्यक्ष नियुक्ति नहुँदा दर्जनौं आईपीओ अड्किएर बसेको छ ।
काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री एवं काठमाडौ क्षेत्र नं ४ का प्रतिनिधिसभा सदस्य गगन थापाले बुढा नीलकण्ठ नगरपालिका वडा नं ८ र ११ को पहिरो प्रभावित क्षेत्रको अनुगमन गरेका छन् । शुक्रबार बिहान थापाले ती क्षेत्रमा अनुगमन गरेर छिटै राहत तथा पुनःस्थापनाको काम अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका हुन् । पहिरो गएलगत्तै कांग्रेसका स्थानीय नेताहरुले तत्कालीन अवस्थामा त्रिपाललगायतका सामग्री उपलब्ध गराएकोमा दीर्घकालीनरूपमा के गर्न सकिन्छ भन्ने अवस्था बुझ्न अनुगमनमा गएको थापाको सचिवालयले जनाएको छ। यी दुई वडामा थापासहित प्राविधिक टोलीले स्थलगत अनुगमन गरी प्रभावितहरुसंग छलफल गरेको वडा नं ८ का इकाई सभापति राजाराम थापाले जानकारी दिए । उनका अनुसार अब…
काठमाडौं । काठमाडौं जिल्ला लिगको उपाधि चितलाङ एफसीले जितेको छ । जिल्ला लिगको फाइनल खेलमा चाबहिल फुटबल क्लबलाई शून्यको विरुद्ध ५ गोलले पराजित गरी उपाधिमाथि कब्जा जमाएको हो । चितलाङ्ग फुटबल क्लबलाई विजयी गराउन क्लबको तर्फबाट आयुष कुंवरले १ गोल, सुजित बुढाथोकीले दुई गोल, रुजित पुडासैनीले एक गोल र विकास लामाले एक गोल गरेका थिए । जितसँगै क्लबले च्याम्पियन ट्रफी र नगद एक लाख हात पार्यो । व्यक्तिगत विधातर्फ पनि चितलाङ्ग एफ.सीका खेलाडी सुजित बुढाथोकी म्यान अफ द सिरिज घोषित भई नगद रु ५ हजार र ट्रफी हात पारे । चितलाङ्ग एफ.सीका सक्कल रेग्मी, चन्द्र सुन्दर श्रेष्ठ र रुपेश क्षेत्री…
काठमाडौँ । आज नवरात्रको दोस्रो दिन देवी ब्रह्मचारिणीको आराधना गरी मनाइँदैछ । यस दिन दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी दोस्रो ब्रह्मचारिणी देवीको विधिपूर्वक पूजाआराधना गरिँदैछ । नवरात्रको पहिलो दिन बिहीबार दसैँघर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौँको जमरा राखिएको थियो । त्यसै दिन घटस्थापना गरिएको स्थानमा नौ दुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजाआराधना गरिएको थियो । दोस्रो दिन आज पूजास्थलमा ब्रह्मचारिणी देवीलाई आह्वान गरी विधिपूर्वक पूजाआराधना गरिँदै छ । नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवी भागवतलगायत देवी स्तोत्र पाठसमेत गरिन्छ । नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र…
काठमाडौं । भुटान भ्रमणमा रहेका पूर्वराजा ज्ञानेन्द्रलाई भुटानले राजकीय सम्मान दिएको छ । नौरथा सुरु भएको पहिलो दिन बिहीबार भुटान गएका ज्ञानेन्द्रलाई थिम्पुमा रहेको पारो अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुँदा ज्ञानेन्द्रलाई भुटानी राजकुमारीले स्वागत गरेकी थिइन् । उनलाई विमानस्थलमा रेड कार्पेटबाट स्वागत गरिएको थियो । नौरथाको अवसरमा भएको भ्रमणका क्रममा ज्ञानेन्द्रले त्यहाँका शक्तिपिठहरूमा दर्शन गर्ने कार्यक्रम रहेको छ । निजी भ्रमणका लागि भुटान निस्किएका पूर्वराजा ज्ञानेन्द्रको साथमा ५ सदस्यीय टोली रहेको छ ।
काठमाडौं । साधारण बदली हुँदा आज दिउँसो काठमाडौंका केही भागमा पानी पर्ने सम्भावना रहेको देखिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौँ उपत्यकाको मौसम बिहानैदेखि बदली भएको छ। शुक्रबार बिहान ७:४० बजे साधारणतया बदली (आकाशमा बादल) को अवस्थामा रहेकाले दिउँसो काठमाडौँ उपत्यकामा पनि पानी पर्ने सम्भावना रहेको छ । तर यो पानी त्यति ठूलो नभएकोले यो त्यस्तो असरदार नहुने मौसमविद्हरूको भनाइ छ ।
काठमाडौं । अब गौशालामा रहेको धर्मशाला पशुपति क्षेत्र विकास कोषकै स्वामित्वमा आएको छ । काठमाडौँ जिल्ला अदालतले विसं २०६० मा श्री पशुपतिनाथ अमालकोट कचहरी (हाल पशुपति क्षेत्र विकास कोष) र मारवाडी सेवा समितिबीच भएको पशुपति गौशाला धर्मशाला सञ्चालनसम्बन्धी सम्झौता खारेजी सदर गरिदिएपछि धर्मशाला पशुपतिनाथ मातहतमा आएको हो । व्यस्त स्थानमा कौडीको भाउमा माडवारी सेवा समितिले चलाउँदै आएको सो धर्मशालासम्बन्धी सम्झौता खारेजका लागि पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्ले २०८० साउन १७ गते निर्णय गरेको थियो । सो निर्णयपछि समितिले मुद्दा दायर गरेको थियो । समितिले ‘करार रद्द गर्ने निर्णय बदर गरी यथावत् पुनर्वहाली गरिपाऊँ’ भनी जिल्ला अदालतमा दायर गरेको मुद्दामा…
काठमाडौं । नेपाली काँग्रेस बुढानीलकण्ठ नगरपालिका वडा नं २ को पूर्ण बैठक शुक्रबार बस्ने भएको छ । बुनपा २ का सभापति जनक थापाका अनुसार शुक्रबार अपराह्न साढे ४ बजे महादेव कोलोनीमा बैठक बस्न लागेको हो । कार्यक्रममा नेपाली काँग्रेसका महामन्त्री गगन थापाले सम्बोधन गर्ने कार्यक्रम छ । सो कार्यक्रममा विभिन्न भातृ संस्थाका सभापति, टोल सभापति, क्षेत्रीय प्रतिनिधि, वडा सदस्य तथा पदाधिकारी र बुद्धिजीवीहरूले आ-आफ्नो धारणा राख्ने कार्यतालिका रहेको छ । हरेक वडामा भइरहेका पार्टीगत गतिविधि, पार्टीभित्र सुधार गर्नुपर्ने समस्या, भइरहेका सकारात्मक कार्यहरु आदिका बारेमा बहस विमर्श गर्ने उद्देश्यले हरेक वडामा गरिँदै आएको पूर्ण बैठक शुक्रबार २ नं वडामा गर्न लागिएको…
