

काठमाडौं । नेपालबाट मनसुन बाहिरिए पनि पोस्ट मनसुनको प्रभावका कारण यो साल हिउँदमा समेत तुलनात्मक रूपमा बढी वर्षा हुने भएको छ । गत जुन १० तारिखमा नेपाल भित्रिएको मनसुन निर्धारित समयभन्दा केही दिन ढिला गरी बाहिरिएको थियो । मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिम प्रदेशको पूरै क्षेत्र, कर्णाली प्रदेशका धेरै स्थान र लुम्बिनी प्रदेशको पश्चिमी क्षेत्रका थोरै स्थानबाट मनसुन हटिसकेको हो।
विभागका अनुसार मनसुन पूरै बाहिरिएपछि पोस्ट मनसुन सुरु हुनेछ। जुन डिसेम्बर महिनाभर रहन्छ। जनवरीदेखि विन्टर अर्थात् हिउँदयाम सुरु हुन्छ। यही अक्टोबरदेखि डिसेम्बरसम्मको समयमा यो साल पोहोरभन्दा धेरै पानी पर्ने विभागले जनाएको छ । साथै यो वर्षको हिउँदमा पोहोरको भन्दा गर्मी पनि धेरै हुने बताइएको छ ।
यस्तो छ हिउँदको लागि मौसम विभागले गरेको अनुमान