

काठमाडौं । सरकारले ल्याएको खसीच्याङ्ग्रा आजदेखि बिक्री सुरु गरिने भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले खसीबोका र च्याङ्ग्राको बिक्री आजदेखि खुला गरेको हो ।
प्रतिकेजी खसीबोकाको ६७० रुपैयाँ मूल्य निर्धारण गरी १० रुपैयाँ छुट दिएर प्रतिकेजी ६६० रुपैयाँमा आइतबारदेखि बिक्री खुला गरेको कम्पनीले जनाएको छ ।
सरकारले शनिबारसम्म २०८ खसीबोका र तीन सय च्याङ्ग्रा भित्रिसकेको बताएको छ । सरकारले च्याङ्ग्रा प्रतिकेजी एक हजार २३० रुपैयाँ मूल्य निर्धारण गरी १० रुपैयाँ छुट दिएर एक हजार २२० रुपैयाँमा बिक्री सुरु गरिएको कम्पनीले जनाएको छ ।