

काठमाडौं । नेपाली संस्कृतिलाई विश्वमञ्चमा प्रस्तुत गर्दै बुढनीलकण्ठ नगरपालिका वडा नं ११ की निमिता रेग्मी मिस कस्मो इन्टरनेशनलमा प्रतिस्पर्धारत छिन् । आज हुने मिस कस्मो २०२४ को ग्राण्ड फिनाले आज हुने भएको छ । भियतनाममा सुरु भएको अन्तर्राष्ट्रिय मिस कस्मो-२०२४ को ग्राण्ड फिनाले भियतनाममा आज हुन लागेको आयोजकले जनाएको छ । यही सेप्टेम्बर १४ देखि सुरु भएको यो प्रतियोगितामा नेपालको तर्फबाट बुढानीलकण्ठकी निमिता रेग्मीले प्रतिनिधित्व गरेकी छन् ।
प्रतियोगितामा अमेरिका, ब्राजिल, क्यानडा, बेलायत, भारत, नेपाल,अस्ट्रेलिया, इटाली, जापान, फ्रान्स, स्पेन, फिलिपिन्स, इजिप्ट लगायत ७१ देशका सुन्दरीहरूले भाग लिएका छन् । निमिताले अन्तर्राष्ट्रिय मञ्चमा उपस्थित भएर नेपाललाई विश्वसामु चिनाउने एउटा अवसरको रूपमा यसलाई लिएको बताएकी छन् । उनले भियतनाममा नेपाली कला, संस्कृति, सांस्कृतिक सम्पदा र नेपाली पर्यटन प्रवर्द्धनमा जोड दिँदै आफ्नो प्रस्तुति प्रस्तुत गर्दै आएकी छन् ।
कस्मो इञ्जिनियरिङ कलेजमा आर्किटेक्चर विषयमा स्नातक तह अध्ययन गर्दै गरेकी निमिता समाजसेवी स्व नगेन्द्र रेग्मी र समाजसेवी एवं नेपाली कांग्रेसकी नेत्री डा आरती कार्की रेग्मीकी जेठी छोरी हुन् । प्रतियोगिताका लागि नेपालका विभिन्न धार्मिक, सांस्कृतिक र पर्यटकीय स्थललाई समेटेर डकुमेन्ट्री समेत तयार पारिएको छ ।