काठमाडौं खबर अशोज १९, २०८१
काठमाडौं । स्वास्थ्य मन्त्रालयले बाढी पहिरो प्रभावित क्षेत्रमा खानेपानीको शुद्धता जाँच गर्ने भएको छ । शनिबार बिहान मन्त्रालयले सूचना जारी गर्दै मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीको संयोजकत्वमा समिति गठन गरेको हो ।
सो क्षेत्रको पानीमा खराबी भएमा त्यसले महामारीको रूप लिन सक्ने भन्दै मन्त्रालयले पानीको अवस्था जाँच गरी आवश्यक कार्य अघि बढाउनका लागि पानी परीक्षण र निगरानी गर्न लागेको हो ।
यस्तो छ मन्त्रालयको सूचना