

काठमाडौं । साधारण बदली हुँदा आज दिउँसो काठमाडौंका केही भागमा पानी पर्ने सम्भावना रहेको देखिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौँ उपत्यकाको मौसम बिहानैदेखि बदली भएको छ।
शुक्रबार बिहान ७:४० बजे साधारणतया बदली (आकाशमा बादल) को अवस्थामा रहेकाले दिउँसो काठमाडौँ उपत्यकामा पनि पानी पर्ने सम्भावना रहेको छ । तर यो पानी त्यति ठूलो नभएकोले यो त्यस्तो असरदार नहुने मौसमविद्हरूको भनाइ छ ।