

काठमाडौं । नेपाली काँग्रेस बुढानीलकण्ठ नगरपालिका वडा नं २ को पूर्ण बैठक शुक्रबार बस्ने भएको छ । बुनपा २ का सभापति जनक थापाका अनुसार शुक्रबार अपराह्न साढे ४ बजे महादेव कोलोनीमा बैठक बस्न लागेको हो ।
कार्यक्रममा नेपाली काँग्रेसका महामन्त्री गगन थापाले सम्बोधन गर्ने कार्यक्रम छ । सो कार्यक्रममा विभिन्न भातृ संस्थाका सभापति, टोल सभापति, क्षेत्रीय प्रतिनिधि, वडा सदस्य तथा पदाधिकारी र बुद्धिजीवीहरूले आ-आफ्नो धारणा राख्ने कार्यतालिका रहेको छ ।
हरेक वडामा भइरहेका पार्टीगत गतिविधि, पार्टीभित्र सुधार गर्नुपर्ने समस्या, भइरहेका सकारात्मक कार्यहरु आदिका बारेमा बहस विमर्श गर्ने उद्देश्यले हरेक वडामा गरिँदै आएको पूर्ण बैठक शुक्रबार २ नं वडामा गर्न लागिएको हो ।