काठमाडौं । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काले कार्यसमितिको आपतकालीन बैठक बोलाउन माग गरेका छन् । गत असोज ११ र १२ गतेको बाढी र पहिरोमा परी खेलाडीले ज्यान गुमाएको विषयमा छलफल गर्न बैठकको माग गरिएको हो । बिहीबार एन्फा अध्यक्षलाई सम्बोधन गर्दै लेखेको पत्रमा खड्काले कति खेलाडी के आधारमा राखियो ? एन्फाबाट छनोट नभएका खेलाडीले कसरी प्रवेश पाए ? जस्ता विषयहरुमा छानबिनको आवश्यकता रहेको उनको भनाइ छ। यही छानविनका लागि कार्यसमितिको आपतकालीन बैठक बोलाउन माग गरिएको खड्काले लेखेको पत्रमा उल्लेख छ।
Author: Kathmandu Khabar
काठमाडौँ । क्यानडामा जारी त्रिकोणात्मक टि–ट्वान्टी सिरिजमा नेपालले ओमानलाई पराजित गरेको छ । क्यानडाको किङ सिटीमा बुधबार राति भएको खेलमा नेपालले ५६ रनको जित हात पारेको हो । नेपालले दिएको एक सय ५८ रनको लक्ष्य पछ्याएको ओमान १९ दशमलव पाँच ओभरमा एक सय एक रन जोड्दै अलआउट भयो । ओमानका जिसान मकसुदले ३५ र अकिब इलियासले २२ रन बनाए । यसअघि नेपालले सात विकेटको क्षतिमा एक सय ५७ रन जोड्यो । कप्तान रोहित पौडेलको उत्कृष्ट प्रदर्शनमा नेपालले त्रिकोणात्मक टि–ट्वान्टी आई सिरिजमा ओमानलाई ५६ रनले हराएको हो । नेपालका कुशल भुर्तेलले तीन, रोहित पौडेल र सन्दीप लामिछानेले २–२ विकेट लिए ।…
काठमाडौं । दशैँ आइसक्दा पनि काठमाडौं जोड्ने कैयौं राजमार्गहरू अझै खुल्न सकेका छैनन् । लगातारको वर्षापछि अवरुद्ध भएका केही सडकहरू अझै सुचारु हुन सकेका छैनन् । काठमाडौंसहित देशका विभिन्न स्थानका केही सडक अझै पूर्ण रूपमा अवरुद्ध रहेको प्रहरी प्रधान कार्यालयले जारी गरेको बुलेटिनमा उल्लेख छ । प्रधान कार्यालयका अनुसार बाढी पहिरोका कारण क्षतिग्रस्त भएका १८ वटा सडक अझै पूर्णरूपमा सञ्चालनमा आउन सकेका छैनन् । जसमध्ये ७ वटा सडकखण्ड एकतर्फी सञ्चालनमा छन् भने बाँकी पूर्णरूपमा बन्द रहेका छन् । यस्तो छ एकतर्फी सञ्चालनमा आएको र पूर्ण बन्द भएका सडकहरूको सूची :
काठमाडौँ । काठमाडौं उपत्यकामा बुधबार राति आएको भारी वर्षापछि भक्तपुरबाट बग्ने हनुमन्ते खोलाको जलसतहले सतर्कता तह पार गरेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार भक्तपुर जिल्लास्थित हनुमन्ते खोला जगाती जलमापन केन्द्रमा हालको जलसतह सतर्कता तहनजिक पुगेको छ । त्यस्तै, हनुमन्ते खोलाको जलसतह बढ्दै गएकाले तटीय क्षेत्रमा रहने सबैलाई बिहीबार दिउँसोसम्मै सतर्कता अपनाउन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अनुरोध गरेको छ । महाशाखाले बिहीबार दिउँसो पनि उपत्यकामा भारी वर्षाको पनि सम्भावना रहेको जनाएको छ । कोशी प्रदेशका तराई भू-भागका थोरै स्थानहरूमा हावा-हुरीको समेत सम्भावना रहेको छ । आज राति भने कोशी, मधेश, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका…
काठमाडौँ । आजदेखि हिन्दुहरूको महान् पर्व नवरात्र सुरु भएको छ । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने नवरात्रको पहिलो दिन आज घरघरमा घटस्थापना गरी नवरात्रको सुरुवात गरिँदैछ । बडादसैँको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ । पूजाकोठा वा दशैँघरमा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ । आज बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा अथवा दसैँघरमा विधिपूर्वक राखेर त्यसमाथि यव अर्थात् जौँ रोप्ने गरिन्छ । यस कार्यलाई जमरा राख्ने पनि भनिन्छ । यव अङ्कुर दुर्गादेवीको प्रिय…
काठमाडौँ । संसदीय सुनुवाइ समितिको बैठकले प्रधानन्यायाधीशमा प्रकाशमानसिंह राउतको नाम सर्वसम्मत अनुमोदन गरेको छ । सिंहदबारमा आज बसेको समितिको बैठकमा प्रस्तावित प्रधानन्यायाधीश राउतले २४बुँदे कार्ययोजना प्रस्तुत गरेका थिए। संवैधानिक परिषद्को गत भदौ ३१ गते बसेको बैठकले प्रधानन्यायाधीशमा राउतलाई सिफारिस गर्ने निर्णय गरेको थियो । सर्वोच्च अदालतका वर्तमान प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको यही असोज १९ गते पदावधि सकिँदैछ । न्यायपरिषद्ले रिक्त प्रधानन्यायाधीश पदमा वरिष्ठतम् न्यायाधीशमध्येबाट राउतको नाम सिफारिस गरेर संवैधानिक परिषद्मा पठाएको थियो । प्रधानन्यायाधीशमा राउतको नाम संसदीय सुनुवाइ समितिबाट अनुमोदन गरेपछि राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ । यसैबीच, आजै संसदीय सुनुवाइ समितिले अष्ट्रेलियाका लागि नेपाली राजदूतमा चित्रलेखा यादवको नाम सर्वसम्मत…
काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले नेपालका दीपेन्द्रसिंह ऐरीलाई विश्वकै दोस्रो उत्कृष्ट अलराउन्डरको उपाधि दिएको छ । आईसीसीले जारी गरेको नयाँ बरियतामा टी–२० अलराउन्डरतर्फ नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य दीपेन्द्रसिंह ऐरीले दोस्रो स्थान ओगटेका हुन् । यसअघि उनी उक्त विधामा छैटौँ स्थानमा थिए । नयाँ बरियतामा अलराउन्डरतर्फ इङग्ल्यान्डका क्रिकेटर लियम लिविगंस्टोन पहिलो स्थानमा रहेका छन् । ऐरीको दुई सय ३० रेटिङ छ भने लिविगंस्टोनको दुई सय ५३ रहेको छ । यसैगरी एकदिवसीय अन्तर्राष्ट्रिय बरियतामा ब्याटिङतर्फ ऐरी विश्व बरियतामा ४३औँ स्थानमा रहेका छन् । यसअघि उनी ४५औँ स्थानमा रहेका थिए । अलराउन्डरतर्फ नेपालका गुलशन झा ५३औँ तथा कुशल भुर्तेल ६०औँ स्थानमा…
काठमाडौं । बुढानीलकण्ठमा घर भाडामा लिएर दानवीय कार्य गर्दै आएका सुगर ड्याडी भनेर चिनिने आशीष देउलालाई थुनामा पठाउन अदालतले आदेश जारी गरेको छ । मान्छेलाई अपहरण गरी लगेर ड्रिल गर्ने, आइरनले डाम्ने जस्ता दानवीय व्यवहार गर्ने उनलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान गरेको थियो । अपहरण तथा शरीर बन्धक र ज्यान मार्ने उद्योगको मुद्दामा जिल्ला अदालत काठमाडौंले बुधबार बुढानीलकण्ठका आशिष देउलासहित चार जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो । न्यायाधीश महेन्द्रबहादुर कार्कीको इजलासले देउलासँगै उनका साथीहरू उदयपुरको त्रियुगा नगरपालिका–१२ का २२ वर्षीय ओजस्वी तामाङ, टोखा नगरपालिका–३ का २७ वर्षीय राजेन्द्र घले र भरतपुर महानगरपालिका–२९ का २२ वर्षीय साजन गुरुङलाई…
काठमाडौं । बुढानीलकण्ठ नगरपालिका वडा नं ९ को नेपाली काँग्रेसको पूर्ण बैठक सम्पन्न भएको छ । मंगलबार काठमाडौं क्षेत्र नं ४ का प्रतिनिधिसभा सांसद एवं काँग्रेस महामन्त्री गगन थापाको उपस्थितिमा भएको बैठकमा पार्टीको क्षेत्रीय र राष्ट्रिय राजनीतिको अवस्था र सो क्षेत्रमा भोग्नुपरेको समस्या र समाधानबारे छलफल भएको थियो । वडा नं ११ को आयोजना भएको कार्यक्रममा भातृ संस्थाका सभापति, टोल सभापति, क्षेत्रीय प्रतिनिधि, वडा सदस्य तथा पदाधिकारी र बुद्धिजीवीहरूले आ-आफ्नो धारणा राखेको काठमाडौं क्षेत्र नं ४ ख का सभापति रामप्रसाद लुइँटेलले जानकारी दिए । हरेक वडामा भइरहेका पार्टीगत गतिविधि, पार्टीभित्र सुधार गर्नुपर्ने समस्या, भइरहेका सकारात्मक कार्यहरू आदिका बारेमा बहस विमर्श…
काठमाडौं । विपद् व्यवस्थापन र विकास निर्माणका कार्यमा सहयोग गर्नका लागि विशेष टास्क फोर्स गठन गर्न महामन्त्री गगन थापाले निर्देशन दिएकै दिन सोमबार काठमाडौं क्षेत्र नं ४ मा क्षेत्रीय स्तरको टास्क फोर्स गठन भएको छ । मंगलबार भएको भेलाबाट पूर्व प्रदेशसभा सांसद न्हुँच्छेनारायण श्रेष्ठको संयोजनकत्वमा १४ सदस्यीय टास्क फोर्स गठन भएको हो । जसमा क्षेत्रीय कमिटी, प्रदेश कमिटी र नगर कमिटीका प्रतिनिधिसहित १४ सदस्य रहने निर्णय भएको बैठकमा सहभागी बुनपा ११ नं वडाका नेपाली काँग्रेसका वडा सभापति राधेश्याम कार्कीले जानकारी दिए । यो टास्क फोर्सले स्थायी रूपमा जनतासँग जोडिएर विकास निर्माणमा सहयोग गर्ने र विपद्को बेलामा विपद् व्यवस्थापनमा सक्रियतापूर्वक काम…
काठमाडौं । बुढानीलकण्ठ युथ सर्कलले हरेक महिना गर्दै आएको चिया संवाद कार्यक्रम यो महिना पनि सम्पन्न भएङ्को छ । कार्यक्रमको सातौँ श्रृङ्खला अन्तर्गत् असोज १५ गते मंगलबार ‘संगठन निर्माणमा युवाहरूको भूमिका’ विषयमा छलफल भएको थियो । कार्यक्रममा नेपाल विद्यार्थी संघका निवर्तमान महामन्त्री एवं नेपाली काँग्रेसका महासमिति सदस्य बलदेव तिमल्सिनाको उपस्थिति रहेको थियो । तिमल्सिनाले बुढानीलकण्ठ युथ सर्कलले गरेका कार्यक्रमहरुको प्रशंसा गर्दै बुढानीलकण्ठ नगरपालिकामा नेपाली काँग्रेसको संगठन विस्तार गर्न युथ सर्कलले महत्वपूर्ण खेल्नुपर्ने बताए। चिया संवादमा संगठन विस्तार गरेर पार्टीलाई कसरी चलायमान र सशक्त बनाउने भन्ने विषयमा छलफल भएको थियो ।
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज र भोलि बागमती प्रदेशका समेत केही क्षेत्रमा भारी वर्षा हुन सक्ने भन्दै सचेत रहन आग्रह गरेको छ । महाशाखाले बुधबार बिहान जारी गरेको तीन दिने प्रक्षेपणअनुसार कोशी र वाग्मतीका एक-दुई ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ । महाशाखाका अनुसार हाल कोशी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ । कोशी प्रदेशको थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा र एक-दुई स्थानमा भारी वर्षा भइरहेको महाशाखाले जनाएको छ । शुक्रबारदेखि भने मौसम सफा रहने सम्भावना रहेको छ ।
काठमाडौं। मङ्गलबार (अक्टोबर १, २०२४) राति इरानले इजरायलमाथि अहिलेसम्मकै ठूलो आक्रमण गरेको छ । इजरायली रक्षा बलले इरानले इजरायलतर्फ २०० ब्यालेस्टिक र क्रुज मिसाइल प्रहार गरेको पुष्टि गरेको छ । इजरायलबाट प्रकाशित हुने जेरुसेलम पोष्टले यो अहिलेसम्मकै ठूलो आक्रमण भएको दाबी गरेकाे छ । आइडीएफले सोशल मिडिया प्लेटफर्म एक्स (पहिले ट्विटर) मा दाबी गर्यो कि लगभग एक मिलियन नागरिकहरू इरानी क्षेप्यास्त्रहरूको निशाना थिए । इरानले इस्माइल हनियाह, सय्यद हसन नसरल्लाह र शहीद निलफोरोशनको शहीदको जवाफमा कब्जा गरिएको क्षेत्रलाई निशाना बनाएको बताएको छ। इरानले प्रहार गरेको क्षेप्यास्त्रको निशाना पुरानो सहर जेरुसेलमका यहूदी, मुस्लिम र इसाईहरू रहेको मिडिया रिपोर्टमा उल्लेख छ ।…
काठमाडौँ । नेकपा एमालेले प्रधानमन्त्रीको अमेरिका भ्रमण सफल रहेको निष्कर्ष निकालेको छ । आज पार्टी अध्यक्ष केपी शर्मा ओलीकै नेतृत्वमा बसेको बैठकले यस्तो निष्कर्ष निकालेको हो । बैठकपछि पार्टी महासचिव शंकर पोखरेलले भने ‘सम्माननीय प्रधानमन्त्रीले अमेरिकामा रहँदा गर्नुभएका मित्रराष्ट्रका राष्ट्र तथा सरकार प्रमुखसँगका अनौपचारिक र औपचारिक भेटले देशको छविलाई अन्तर्राष्ट्रिय जगत्मा उजिल्याउन मद्दत पुगेको छ ।’ बैठकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु ५० लाख दाखिला गर्ने निर्णय गरेको तथा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यबाट कोषमा योगदान गर्न अनुरोध गर्ने निर्णय गरेको जानकारी उहाँले दिनुभयो । बैठकले राहत र उद्धारका काम युद्धस्तरमा गर्ने निर्णय गर्नका साथै राजधानी काठमाडौँ जोड्ने सडक मर्मतसम्भारलाई…
काठमाडौँ । पूर्वबाट फेरि पानी पर्ने हावा नेपाल भित्रिएको मौसम विभागले जनाएको छ । विभागका मौसमविद्हरूले आजदेखि कोशी प्रदेशबाट फेरि बदली सुरु भएको जनाएका छन् । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कोशीमा बादलले ढाकिसकेको र त्यसको असर कोशीसहित मधेश प्रदेश, बागमती र गण्डकीसम्म देखिने जनाइएको छ । मौसमविद् प्रतिभा मानन्धरले भनिन्, “बादल लाग्ने र हल्कादेखि मध्यम वर्षा हुनेछ । विशेष गरी कोशी प्रदेशमा हल्का र मध्यम वर्षा हुने छभने मधेश, बागमती र गण्डकी प्रदेशसम्मै फैलिने छ, सुदुरपश्चिम, कर्णाली र लुम्बिनीमा कम नै छ ।” यो असर भोलि र पर्सिसम्मै रहने जनाइएको छ । असोज १७…
काठमाडौं । बुढानीलकण्ठ नगरपालिका वडा नं ११ को नेपाली काँग्रेसको पूर्ण बैठक सम्पन्न भएको छ । कपनको रिभरसाइड ब्याङ्क्विटमा काठमाडौं क्षेत्र नं ४ का प्रतिनिधि सभा सांसद एवं काँग्रेस महामन्त्री गगन थापाको उपस्थितिमा भएको बैठकमा समसामयिक घटनाक्रम, पार्टीको सांगठनिक विषय र विपद्को बारेमा भयो छलफल भएको वडा नं ११ का सभापति राधेश्याम कार्कीले जानकारी दिए । बैठकमा महामन्त्री थापाले काठमाडौं क्षेत्र नं ४ मा विकास निर्माण र विपद्को बेला राहत तथा उद्धारको काम गर्नका लागि दुई वटा विशेष टास्क फोर्स गठन गर्न निर्देशन दिएका छन् । उनले क्षेत्रमा एउटा र वडा स्तरमा एउटा टास्क फोर्स गठन गरी राहत र उद्धारका…
काठमाडौँ । गत शुक्रबार र शनिबारको अविरल वर्षाका कारण ठप्प भएका काठमाडौं जोड्ने सडकमार्ग विस्तारै सञ्चालनमा आउन थालेका छन् । आइतबार सबैजसो नाका ठप्प भएको काठमाडौंमा बिस्तारै सबै नाकाबाट सवारी आउन थालेका छन् । पहिरो पन्छाउने कार्य पूरा भएसँगै त्रिभुवन राजपथ र पृथ्वी राजमार्ग भएर गुड्ने सवारी आवागमन सञ्चालन भएको छ । पूर्वतर्फ साँगाभञ्याङ भएर बाहिरिने सवारीसाधन अरनिको राजमार्ग हुँदै चौतारासम्म तथा बिपी राजमार्गतर्फ भकुण्डेबेँसीसम्म सञ्चालनमा रहेको काठमाडौँ उपत्यका ट्राफिक कार्यालयका प्रहरी नायब उपरीक्षक रविन कार्कीले जानकारी दिए । नुवाकोटतर्फ जाने नाका खुले पनि त्यहाँबाट भने ठूला सवारीसाधन आवागमनमा केही कठिनाइ रहेको उनको भनाइ छ । दक्षिणकाली भएर उपत्यका छाड्ने…
काठमाडौँ । काठमाडौँ भित्रिने र बाहिरिने सडकमार्ग अवरुद्ध भएपछि त्रिभुवन विमानस्थलमा उडानको रेकर्ड कायम भएको छ । विमानस्थलका अनुसार सोमबार एकैदिन ५०० उडान र अवतरण भएर रेकर्ड कायम भएको हो । काठमाडौं आउनेजाने सडक अवरुद्ध भएपछि तीन दिनयता हवाईयात्रीको चाप ह्वात्तै बढेको हो मुलुकको अति व्यस्त त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई उडानको नयाँ रेकर्ड कायम भएको छ । अन्तर्राष्ट्रिय विमानस्थलबाट सोमबार एक दिनमा साढे पाँच सय उडान भएका छन् । आन्तरिक उडान र अन्तर्राष्ट्रिय उडान गरी पाँच सय ५९ उडान भएको विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाले जानकारी दिनुभयो । उहाँका अनुसार आन्तरिकतर्फ हेलिकप्टरसहित दुई सय २७ उडान (डिपार्चर) र दुई सय २१…
काठमाडौं । पछिल्लो समय अविरल वर्षापछि आएको बाढी पहिरोका कारण देश राष्ट्रिय विपत्तिमा परिरहेको बेला संसद्को सबैभन्दा ठूलो दल नेपाली काँग्रेस यसको तत्कालीन समस्या समाधान र दीर्घकालीन समाधानको बाटो खोज्न गगन थापा सक्रिय भएका छन् । विपत्तिको समयमा तत्कालीन समाधान मात्रै खोज्दा यसले समयसमयमा ठूला क्षति पुर्याउने भन्दै उनले तत्कालीनसँगै दीर्घकालीन समस्या समाधानमा पनि पार्टी पंक्तिलाई कसरी परिचालन गर्न सकिन्छ भन्ने विषयमा सोमबार काठमाडौंमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त विज्ञहरूसँग छलफल गरेका छन् । सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बोलाएको बैठकमा उनले विपद् व्यवस्थापनमा लामो समय काम गरेका विज्ञहरू, इन्जिनियर र पार्टीका भातृ सङ्गठनहरूसँग छलफल गरी आआफ्नो क्षेत्रबाट कुन भातृसंस्थाले…
काठमाडौं । गत शुक्रबार र शनिबार भएको भीषण वर्षाका कारण आएको बाढी पहिरोबाट प्रभावित क्षेत्रमा नेपाली काँग्रेसका महामन्त्री एवं काठमाडौं क्षेत्र नं ४ का सांसद गगन थापाले निरीक्षण गरेका छन् । बुढानीलकण्ठ नगरपालिका वडा नं ८ भित्रका प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरी तत्काल राहत तथा पुनर्स्थापनाको लागि पहल गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन् । वडाभित्रका बासिन्दालाई तत्काल राहत र उद्धारको लागि पहल होस् भन्ने उद्देश्यले महामन्त्री थापालाई निरीक्षणमा बोलाइएको नेपाली काँग्रेस बुनपा ८ का सभापति राजाराम थापाले जानकारी दिए । सरोकारवाला निकायसँग समेत तत्काल छलफल गरी उनले प्राकृतिक विपत्ति मान्छेले रोक्न नसकिने भन्दै विपद् पूर्वको सतर्कता र विपद्बाट प्रभावितलाई…
काठमाडौं । काठमाडौंको मनास्लु कलेजका प्राचार्य लियोन्स राजन श्रेष्ठ नेपाली काँग्रेसको शिक्षा विभाग सदस्यमा मनोनित भएका छन् । असोज ११ गते पार्टी सभापति शेरबहादुर देउवाले उनलाई पनि विभागको सदस्यमा मनोनयन गरेका हुन् । पार्टी केन्द्रीय सदस्य नैनसिंह महर प्रमुख रहेको सो विभागमा सभापति देउवाले श्रेष्ठसहित १० जनालाई सदस्यको रूपमा मनोनयन गरेका थिए ।
काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले विपद्पछिको राहत र उद्धारको कामलाई तीव्रता दिनका लागि चासो दिएका छन् । आज पार्टी कार्यालयमा भातृ संस्थाहरूसँगको छलफलमा राहत र उद्धारको लागि भातृ संस्थालाई सक्रिय बनाउने विषयमा छलफल भएको छ । बैठकले राहत र उद्धारलाई व्यवस्थित गर्नेबारे छलफल गरेको बताइएको छ । हिजो बसेको कांग्रेस कार्यसम्पादन समिति बैठकले पार्टीको पूर्वनिर्धारित कार्यक्रम स्थगित गरी राहत र उद्धारमा लाग्ने निर्णय गरेको थियो । संसद्को सबैभन्दा ठूलो दलको हैसियतले पनि काँग्रेसले यसमा अग्रसरता लिनुपर्ने भन्दै गगनले यसमा सक्रियता देखाएका हुन् । कांग्रेसका संघीय सांसदहरूको जनही १५ दिनको पारिश्रमिक सतथै पार्टीको तर्फबाट ५० लाख विपद् कोषमा जम्मा…
काठमाडौं । नेपाली काँग्रेस बुढानीलकण्ठ नगरपालिका वडा नं ११ को पूर्ण बैठक(वडा सम्मेलन) मंगलबार बिहान बस्ने भएको छ । बिहान ८ बजे वडा नं ११ मा पर्ने करुणा अस्पतालको अघि रहेको रिभरसाइड ब्याङ्क्विटमा बैठक बस्न लागेको नेपाली काँग्रेस बुनपा ११ ले जनाएको छ । कार्यक्रममा नेपाली काँग्रेसका महामन्त्री गगन थापाले सम्बोधन गर्ने कार्यक्रम छ । सो कार्यक्रममा विभिन्न भातृ संस्थाका सभापति, टोल सभापति, क्षेत्रीय प्रतिनिधि, वडा सदस्य तथा पदाधिकारी र बुद्धिजीवीहरूले आ-आफ्नो धारणा राख्ने कार्यतालिका रहेको छ । हरेक वडामा भइरहेका पार्टीगत गतिविधि, पार्टीभित्र सुधार गर्नुपर्ने समस्या, भइरहेका सकारात्मक कार्यहरु आदिका बारेमा बहस विमर्श गर्ने उद्देश्यले हरेक वडामा गरिँदै आएको…
काठमाडौँ । बाढीका कारण अवरुद्ध भएको खानेपानीको आजदेखि नियमित सुरु हुने भएको छ । बाढीका कारण काठमाडौँका केही स्थानमा अवरुद्ध बनेको खानेपानी आपूर्ति सोमबारदेखि सञ्चालन हुने खानेपानी मन्त्रालयले जनाएको छ । खानेपानीमन्त्री प्रदीप यादवले बाढीले क्षति पुर्याएका ठाउँमा आइतबार अनुगमन तथा निरीक्षण गरी खानेपानी आपूर्तिका लागि आवश्यक कार्य तत्काल गर्न निर्देशन दिएका थिए । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) का कार्यकारी निर्देशक अशोक पौडेलका अनुसार आजबाट बागमती नदीबाट चार करोड लिटर पानी ल्याई नियमित रुटबाट वितरण गर्ने तयारी भएको हो । भूमिगत पानीका धेरै पम्पहाउस डुबानमा भएकाले भूमिगत स्रोतको हाल एक करोड लिटर पानी मात्रै वितरण गर्न सकिनेछ केयुकेएलको भनाइ…
काठमाडौँ । ओमनलाई ३७ रनले पराजित गर्दै नेपालले क्यानडामा जारी त्रिकोणात्मक टि ट्वान्टी सिरिज पहिलो जित रेकर्ड गरेको छ । आइतबार राति भएको खेलमा नेपालले ओमानलाई पराजित गरेको हो । क्यानडाको किङ सिटीमा आज सम्पन्न खेलमा नेपालले ओमानलाई ३७ रनले पराजित गरेको हो । जितका लागि एक सय ७७ रनको लक्ष्य पाएको ओमानले १९ दशमलव एक ओभरमा सबै विकेट गुमाउँदै एक सय ३९ रनमा समेटियो । ओमानका लागि सोएविब खानले सर्वाधिक ४५ रनको योगदान दिए । त्यसैगरी रफिउल्लाले ३३ रन बनाए भने फयाज बुट्टले १७ रन जोडे । ओमानलाई एक सय ३९ रनमा समेट्ने क्रममा नेपालका करण केसीले तीन विकेट…
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले बाढीको सम्भावित जोखिम एवं भारी वर्षाको सम्भावना रहेको भन्दै सचेत रहन भनेर दुई दिनमै ४१ लाख वटा मोबाइल एसएमएस पठाएको जनाएको छ । नदी किनारमा बसेका बासिन्दालाई लक्षित गर्दै सचेत रहन र सुरक्षित स्थानमा रहन भन्दै मोबाइल एसएमएस पठाएको थियो । शुक्रबार र शनिबार मात्रै सो संख्यामा एसएमएस पठाएको विभागले जनाएको छ । बाढीसम्बन्धी जानकारी दिन र बाढीबाट सुरक्षित रहन सन्देश प्रवाह गर्दै नेपाल टेलिकम र एनसेलबाट उक्त एसएमएस पठाइएको हो । जल तथा मौसमविज्ञान विभागका बाढीविद् विनोद पराजुलीले एनसेलबाट करिब २१ लाख ७२ हजार र नेपाल टेलिकमबाट १९ लाख २१ हजार मोबाइल एसएमएस सर्वसाधारणलाई…
काठमाडौं । बाढीपहिरो प्रभावितको उद्धार तथा राहतका लागि सरकारले आह्वान गरेको सर्वदलीय बैठकले ९ वटा निर्णय गरेको छ । दिउँसो १ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा कार्यवाहक प्रधानमन्त्री प्रकाशमानसिंहको अध्यक्षतामा संसदमा प्रतिनिधित्व गर्ने दलका प्रतिनिधिसहित बसेको बैठकले निम्नानुसार निर्णय गरेको हो । यस्ता छन् सर्वदलीय बैठकका ९ निर्णय १. अविरल वर्षाको कारण आएको बाढी पहिरोमा परी ज्यान गुमाउनुभएका सम्पूर्णजनमा हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछौं । सम्पूर्ण घाइतेहरूको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछौं । २. अविरल वर्षाको कारण आएको बाढी पहिरोमा परी प्रभावित भएका र घाइते भएकाहरूलाई तत्काल उद्धार गरी उचित वासस्थान, खाना, पानी र…
काठमाडौं । राष्ट्रिय आपत्को समयमा संसद्को चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टीले भने संवेदनाहीन टिप्पणी गरेको छ । आइतबार बसेको रास्वपा केन्दीय समितिको बैठकबारे पत्रकारहरूलाई जानकारी दिने क्रममा कार्यवाहक प्रवक्ता समेत रहेका मनिष झाले दुई दिनको पानीले दुई तिहाइको सरकारको औकात देखाइदिएको टिप्पणी गरेका छन् । अहिले दल र विचार नभनी उद्धार र राहतको काममा खटिनुपर्ने बेलामा पार्टी प्रवक्ताले यस्तो संवेदनहीन अभिव्यक्ति दिएको भन्दै सामाजिक सञ्जालमा भने तीव्र आलोचना भइरहेको छ । पार्टी बैठकले सरकार, गठबन्धन र गठबन्धनमा आबद्ध राजनीतिक दल र कार्यकर्ताहरू रवि, रास्वपा र सहकारीमा मात्रै केन्द्रीत भएको निष्कर्ष निकालेको बताए । ‘मोबाइलमा रिङ टोन बनाउँदैमा राज्य संयन्त्रको…
काठमाडौं । नेपाली काँग्रेसले अविरल वर्षाका कारण गएको बाढी पहिरोमा परी प्रभावित भएकाहरूलाई राहतस्वरुप ५० लाख रुपैयाँ दिने निर्णय गरेको छ । आइतबार बसेको केन्द्रीय सम्पादन समितिको बैठकले सो निर्णय गरेको पार्टी प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए । उनका अनुसार ५० लाखमा सहयोग गर्न काँग्रेस सांसदहरुले १५ दिनको तलब उपलब्ध गराउने पनि निर्णय भएको बताए । उनले विपद्जन्य घटनाप्रति दुःख व्यक्त गर्दै विपद्जन्य घटनाबाट बेपत्ता भएकाहरुको खोजी तीब्र गर्न र घाइतेको निःशुल्क उपचार चाँडोभन्दा चाँडो गर्न पनि सरकारसँग आग्रह गरेको बताए । त्यस्तै, पार्टीको भ्रातृ, शुभेच्छुक संगठन सबैलाई नागरिक तहमा पुगेर उद्धार र राहत कार्यमा खटिन निर्देशन दिएको छ ।…
काठमाडौं । अविरल वर्षाका कारण काठमाडौंसँग सबै तर्फको सडक सम्पर्क टुटेपछि एक मात्र विकल्पको रूपमा रहेको हवाई यात्रामा पनि यात्रुहरूमाथि लुट सुरु भएको छ । अत्यावश्यक रूपमा यात्रा गर्नुपर्ने यात्रुलाई माग धेरै भएको भन्दै भाडा बढाइएको हो । विपद्को समय भन्दै सबै क्षेत्रबाट आ-आफूले सकेको सहयोग गर्दै आए पनि विमान कम्पनीहरूले भने डिमान्ड र सप्लाईको सिद्धान्त प्रयोग गर्दै माग बढी भएपछि भाडा बढाएका हुन् । यस्तो समयमा विमान कम्पनीले सस्तो दरका टिकट बिक्री गर्न छाडेपछि चर्को आलोचना भएको छ । बाढीपहिरोका कारण अहिले विभिन्न जिल्लाबाट काठमाडौँ आउने मुख्यराजमार्ग अवरुद्ध छन् । यस्तो अवस्थामा यातायातको एकमात्र विकल्पका रुपमा रहेको हवाई उडानको…
