काठमाडौं खबर अशोज १४, २०८१
काठमाडौं । काठमाडौंको मनास्लु कलेजका प्राचार्य लियोन्स राजन श्रेष्ठ नेपाली काँग्रेसको शिक्षा विभाग सदस्यमा मनोनित भएका छन् ।
असोज ११ गते पार्टी सभापति शेरबहादुर देउवाले उनलाई पनि विभागको सदस्यमा मनोनयन गरेका हुन् ।
पार्टी केन्द्रीय सदस्य नैनसिंह महर प्रमुख रहेको सो विभागमा सभापति देउवाले श्रेष्ठसहित १० जनालाई सदस्यको रूपमा मनोनयन गरेका थिए ।