काठमाडौं खबर अशोज १६, २०८१
काठमाडौं । विपद् व्यवस्थापन र विकास निर्माणका कार्यमा सहयोग गर्नका लागि विशेष टास्क फोर्स गठन गर्न महामन्त्री गगन थापाले निर्देशन दिएकै दिन सोमबार काठमाडौं क्षेत्र नं ४ मा क्षेत्रीय स्तरको टास्क फोर्स गठन भएको छ । मंगलबार भएको भेलाबाट पूर्व प्रदेशसभा सांसद न्हुँच्छेनारायण श्रेष्ठको संयोजनकत्वमा १४ सदस्यीय टास्क फोर्स गठन भएको हो ।
जसमा क्षेत्रीय कमिटी, प्रदेश कमिटी र नगर कमिटीका प्रतिनिधिसहित १४ सदस्य रहने निर्णय भएको बैठकमा सहभागी बुनपा ११ नं वडाका नेपाली काँग्रेसका वडा सभापति राधेश्याम कार्कीले जानकारी दिए ।
यो टास्क फोर्सले स्थायी रूपमा जनतासँग जोडिएर विकास निर्माणमा सहयोग गर्ने र विपद्को बेलामा विपद् व्यवस्थापनमा सक्रियतापूर्वक काम गर्ने भएको छ।
बुढानीलकण्ठ नगरपालिका वडा नं ११ को नेपाली काँग्रेसको पूर्ण बैठक सम्पन्न भएको छ । कपनको रिभरसाइड ब्याङ्क्विटमा काठमाडौं क्षेत्र नं ४ का प्रतिनिधि सभा सांसद एवं काँग्रेस महामन्त्री गगन थापाको उपस्थितिमा भएको बैठकले क्षेत्रीयस्तरको र वडास्तरको गरी दुईवटा टास्कफोर्स गठन गर्ने निर्णय गरेको थियो ।