काठमाडौं खबर अशोज १६, २०८१
काठमाडौं । बुढानीलकण्ठ नगरपालिका वडा नं ९ को नेपाली काँग्रेसको पूर्ण बैठक सम्पन्न भएको छ । मंगलबार काठमाडौं क्षेत्र नं ४ का प्रतिनिधिसभा सांसद एवं काँग्रेस महामन्त्री गगन थापाको उपस्थितिमा भएको बैठकमा पार्टीको क्षेत्रीय र राष्ट्रिय राजनीतिको अवस्था र सो क्षेत्रमा भोग्नुपरेको समस्या र समाधानबारे छलफल भएको थियो ।
वडा नं ११ को आयोजना भएको कार्यक्रममा भातृ संस्थाका सभापति, टोल सभापति, क्षेत्रीय प्रतिनिधि, वडा सदस्य तथा पदाधिकारी र बुद्धिजीवीहरूले आ-आफ्नो धारणा राखेको काठमाडौं क्षेत्र नं ४ ख का सभापति रामप्रसाद लुइँटेलले जानकारी दिए ।
हरेक वडामा भइरहेका पार्टीगत गतिविधि, पार्टीभित्र सुधार गर्नुपर्ने समस्या, भइरहेका सकारात्मक कार्यहरू आदिका बारेमा बहस विमर्श गर्ने उद्देश्यले गरिँदै आएको पूर्ण बैठक ९ नं वडामा पनि सम्पन्न भएको हो ।