काठमाडौं खबर अशोज १३, २०८१
काठमाडौं । राष्ट्रिय आपत्को समयमा संसद्को चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टीले भने संवेदनाहीन टिप्पणी गरेको छ । आइतबार बसेको रास्वपा केन्दीय समितिको बैठकबारे पत्रकारहरूलाई जानकारी दिने क्रममा कार्यवाहक प्रवक्ता समेत रहेका मनिष झाले दुई दिनको पानीले दुई तिहाइको सरकारको औकात देखाइदिएको टिप्पणी गरेका छन् ।
अहिले दल र विचार नभनी उद्धार र राहतको काममा खटिनुपर्ने बेलामा पार्टी प्रवक्ताले यस्तो संवेदनहीन अभिव्यक्ति दिएको भन्दै सामाजिक सञ्जालमा भने तीव्र आलोचना भइरहेको छ ।
पार्टी बैठकले सरकार, गठबन्धन र गठबन्धनमा आबद्ध राजनीतिक दल र कार्यकर्ताहरू रवि, रास्वपा र सहकारीमा मात्रै केन्द्रीत भएको निष्कर्ष निकालेको बताए । ‘मोबाइलमा रिङ टोन बनाउँदैमा राज्य संयन्त्रको भूमिका देखिँदैन’, झाले भने, ‘२ दिनको पानीले दुई तिहाइको औकात देखाइदियो ।’