काठमाडौं । चितवनमा रहेको साहारा सहकारीको ठगीमा मुछिएका जीबी राईसहित १७ जनाविरुद्ध मुद्दा दायर गरिएको छ । २० पृष्ठ लामो अभियोग पत्रमा जीवी राई र उनका समूहले गरेको ठगीको विषय उल्लेख गरिएको छ । सहकारी ठगी कसुरमा उनीहरूविरुद्ध जिल्ला सरकारी वकिल कार्यालयले जिल्ला अदालत चितवनमा मुद्दा दायर गरेको हो । अभियोग पत्रमा राईसहित सागर केसी, हेमन्त राई, भूपेन्द्र राई, आशिष आनन्द, अनन्तबाबु राई, छत्रमणि भट्टराई, देवेन्द्रबाबु राई, दिनेश रोका, तीर्थराज लामिछाने, मनोज गुरुङ, दीपा न्यौपाने, शिवप्रसाद आचार्य, कुमार रम्तेल, वीरबहादुर रानाभाट, शरण विश्वकर्मा र थानबहादुर बुढामगरको संलग्नमा सहकारीको रकम अपचलन गरिएको दाबी गरिएको छ । यसमा जीबी राईले गोरखा मिडियामा…
Author: Kathmandu Khabar
काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेले समाचारलाई लिएर कान्तिपुरलाई कारबाही गर्न सरकारलाई चेतावनी दिएका छन् । सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै लामिछानेले बुधबार छापिएको समाचारलाई लिएर लामिछानेमाथि कारबाही गर्न सरकारलाई चेतावनी दिएका हुन् । आफ्नो भडास पोखेको शैलीमा लामो स्टाटस लेखेका उनले अब कान्तिपुरले माफी मागेर मात्रै नपुग्ने बताउँदै आएका छन् । समाचारकाे बारेमा सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले सहकारी प्रकरणमा पक्राउ परेका पूर्वडीआईजी छविलाल जोशीले दिएकाे बयान भन्दै कान्तिपुरले ‘गलत’ समाचार प्रकाशन गरेको भन्दै आपत्ति प्रकट गरेका हुन्। यस्तो छ रवि लामिछानेले लेखेको स्टाटस
काठमाडौं । आज सेयरबजार बढेको छ । साताको चौथो दिन आज सेयर बजारमा ४९ दशमलव १८ अंकले बढेको हो । आज २२३ कम्पनीले आम्दानी गर्दा १८ कम्पनीले नोक्सानी ब्यहोरेका छन् । आज कुल कारोबार रकम भने घटेको छ । अघिल्लो दिन ५ अर्ब ६८ करोडको कारोबार भएकोमा आज ४ अर्ब ८१ करोडमै खुम्चियो । म्युचुअल फन्डबाहेक सबै सेक्टरका सूचक बढेका छन् । बैंकिङ १.८, विकास बैंक २.७५, फाइनान्स ३.८०, होटल तथा पर्यटन ३.५०, हाइड्रोपावर २.६०, लगानी १.५६, जीवन बीमा १.९१, उत्पादन १.४४, माइक्रोफाइनानस १.४९, निर्जीवन बीमा १.६७, अन्य १.७५ र व्यापार समूह १.७८ प्रतिशत बढे ।
काठमाडौं । काठमाडौं महानगरपालिका क्षेत्रभित्रका पसलेले सबैले देख्ने ठाउँमा मूल्यसूची नराखे कारबाही हुने भएको छ । काठमाडौं महानगरपालिकाले बुधबार एक सूचना जारी गर्दै महानगरपालिकाले खुद्रा तथा थोक बिक्रेतालाई उक्त आग्रह गरेको हो। महानगरपालिकाले खाद्य, पेय तथा अन्य वस्तुको गुणस्तर, शुद्धता र स्वच्छता कायम गर्न पनि महानगरको सूचनामा उल्लेख छ। महानगरले कडाइका साथ यी कुरा पालनामा जोड दिएको छ। अनुगमनका क्रममा कैफियत भेटिए, उजुरी परे र गुनासो आएमा प्रचलित कानुनअनुसार कारबाही हुने महानगरको कृषि तथा पशुपन्छी विभागले जनाएको छ। यसबाहेक अंकित अधिकतम मूल्य (एमआरपी) भन्दा बढी मूल्यमा बिक्रीवितरण नगर्ने सुनिश्चित गर्नुपर्ने, उपभोग गर्ने अवधि (ननएक्सपायरी डेट) बाँकी भएको मालसामान मात्र बिक्रीवितरण…
काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले एआईको प्रयोग परीक्षामा गरेको पाइएमा परीक्षा नै रद्द गर्ने निर्णय गरेको छ । मंगलबार सूचना जारी त्रिविले विश्वविद्यालयद्वारा सञ्चालित जुनसुकै तहको परीक्षामा ‘आर्टिफिसियल इन्टेलिजेन्स’ (एआई)को प्रयोग गरेको पाइएमा परीक्षा रद्द हुने जनाएको छ । त्रिविवि परीक्षा सुधार समितिका अध्यक्ष एवं शिक्षाध्यक्ष प्राडा खड्क केसीको अध्यक्षतामा सोमबार भएको बैठककाले सो निर्णय गरेको सूचनामा उल्लेख छ । त्रिविविका शिक्षाध्यक्ष केसी प्रविधिको भर पर्दा विद्यार्थीमा पठन संस्कृति कमजोर हुने तथा चोर्ने प्रवृत्ति देखिएकाले परीक्षामा त्यस्ता प्रविधिको प्रयोगमा निरुत्साहित गर्ने उद्देश्यका साथ विद्यार्थीलाई सूचित गरिएको बताउनुहुन्छ । एआईका कारण विद्यार्थीको मौलिकता र सिर्जनाशीलता कमजोर हुँदै गएको तथा पढ्ने संस्कृतिलाई…
काठमाडौं । नेपाल प्रहरीले यो वर्ष पोहोरको तुलनामा पाँच लाख धेरैले उपत्यका छाड्ने अनुमान गरेको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता विश्वराज खड्काले मौसम राम्रो भएमा १८ लाखको हाराहारीमा मानिसहरू उपत्यकाबाट बाहिरिने सम्भावना रहेको बताए । पोहोर यो समयमा करिब १३ लाख जनाले उपत्यका छाडेको प्रहरीको अनुमान छ । प्रवक्ता खड्काले भने, “यो वर्षको दशैंमा वर्षा भएन भने गत वर्षको तुलनामा पाँच लाख बढी सर्वसाधारणहरूले उपत्यका छाड्ने अनुमान गरिएको छ ।” खड्काकाअनुसार सम्भावित दुर्घटनाका विषयमा उपत्यकाका तीनै जिल्लाको सहकार्यमा एकीकृत सुरक्षा योजना तर्जुमा भइरहेको छ । दशैंमा सजकतापूर्वक जाँच गरेर कडाइका साथ नियम पालना गराउन आफूहरू लागिपर्ने उहाँले…
काठमाडौं । बंगालको खाडीबाट आएको न्यूनचापीय प्रणालीको आंशिक प्रभावले आज देशका अधिकांश भागमा बदली भएको छ । महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहने छ । सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, बाग्मती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना पनि छ । कोशी प्रदेशका तराई तथा मधेस प्रदेशका केही स्थानमा हुरी चल्ने सम्भावना छ । यसैगरी, आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । सबै प्रदेशका केही स्थानमा स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, बाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी…
काठमाडौं । पदक विजेता एरिका गुरुङलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ । चीनको हाङ्जाउमा आयोजित २०औं एसिया सिनियर कराँते च्याम्पियनसिपमा रजत पदक जितेर फर्किएको गुरुङलाई विमानस्थलमा भव्य स्वागत गरिएको हो । उनले जितेको रजत पदक नेपालका लागि ऐतिहासिक हो । एसियन कराँते फेडरेसनले आयोजना गर्ने एसियन च्याम्पियनसिपमा सिनियरतर्फ नेपालले अहिलेसम्म कुनै पनि पदक जित्न सकेको थिएन ।
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज पनि उच्च अंकले घटेको छ । मंगलबार बजार ५८.९३ अंकले घटेर बजार मापक २४७०.३९ विन्दुमा कायम भएको छ । पछिल्ला दिनहरूमा सेयरबजारको गिरावट बढ्दै जाँदा नोक्सानीको लागि प्रतिस्पर्धा जस्तै भएको छ । हिजो वित्त क्षेत्रले सबैभन्दा धेरै गुमाएको सेयर बजारमा आज भने फाइनान्स समूहले धेरै नोक्सानी ब्यहोरेको छ । मंगलबार यस दिन १० कम्पनीको सेयर मूल्य बढ्दा २३३ कम्पनीको सेयर मूल्य घटेको छ । पाँच अर्ब ६८ करोड ९५ लाख ६१ हजार ३५६ रुपैयाँ बराबरको एक करोड ५५ लाख चार हजार ९२९ कित्ता सेयर खरिद बिक्री भएको छ । राताम्मे देखिएको उपसूचक…
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले मंगलबार नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरे । मंगलबार बिहान खुमलटारमै पुगेर मिश्रले प्रचण्डलाई भेटेको कुरा मिश्रले आफ्नो सामाजिक सञ्जालमार्फत् जानकारी दिएका छन् । फेसबुकमा लामो स्टाटस लेख्दै मिश्रले प्रचण्डसँग भएका केही विषयहरू उल्लेख गरेका छन् । भेटमा आफूले ‘देश विस्फोटनको अवस्थातिर उन्मुख रहेको भन्दै अब राजसंस्था पुनर्स्थापित नगर्ने हो भने तपाईंहरूको अग्रगमन बाँकी नरहने’ प्रचण्डलाई सुनाएको मिश्रले बताए । प्रचण्डसँग भएको भेटलाई केही बुँदामा उल्लेख गरेका मिश्रले सातौं बुँदामा प्रचण्ड पनि राजसंस्थाको बारेमा सोच्ने स्थितिमा पुगेको उल्लेख गरेका छन् । उनले भनेका छन् ‘म अहिले नै…
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले बाँसबारी–बूढानीलकण्ठ सडकमा खानेपानी तथा विद्युत् प्रसारण लाइन छिटो सक्न सरोकारवाला निकायको ध्यानाकर्षण गराएका छन् । मंगलबार सो सडक खण्डको निरीक्षण गर्दै मन्त्री पौडेलले काममा ढिलाइ हुँदा स्थानीय समस्यामा परेको भन्दै छिटो काम सक्न आग्रह गरेका हुन्। काठमाडौं क्षेत्र नम्वर ५ बाट निर्वाचित मन्त्री पौडेलले तीन साताअघि मेलम्ची खानेपानी आयोजना तथा नेपाल विद्युत् प्राधिकरणले समयमै मर्मत नगरेपछि धुलोबाट नागरिकले सास्ती पाएको भन्दै तत्काल कालोपत्रको काम अघि बढाउने व्यवस्था मिलाउन सम्बद्ध निकायलाई आग्रह गरेका हुन्। उनले डिभिजन सडक कार्यालय, मेलम्ची खानेपानी आयोजना तथा नेपाल विद्युत् प्राधिकरणका अधिकारीसँग स्थलगत निरीक्षण गरेर काममा ढिलाइ नगर्न आग्रह गरेको…
काठमाडौं । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को कार्यसमितिले गरेको निर्णयमाथि वरिष्ठ उपाध्यक्ष वीर बहादुर खड्काले ८ बुंदे असहमति दर्ता गरेका छन् । भदौ १२ र १३ गते अखिल नेपाल फुटबल सङ्घको कार्यालय सादोबाटोमा बसेको एन्फाको कार्यसमिति बैठकले विभिन्न विषयमा निर्णय गरेको थियो । सोही निर्णय उपर असोज ७ गते वरिष्ठ उपाध्यक्ष खड्काले आफ्नो आठ बुँदे असहमति पत्र अध्यक्षलाई सम्बोधन गर्दै दर्ता गराएका हुन् । उनले दर्ता गराएको पत्र बमोजिम एन्फाले गरेको निर्णयमध्ये प्रस्ताव नम्बर ५ प्रस्ताव नम्बर ६, ८, ११, १२, १४, १६ र २१ नम्बरका प्रस्तावमा आफ्नो सहमति नरहेको उनको भनाइ छ । खड्काले अध्यक्षको नाममा पेश गरेको पत्र…
काठमाडौं । विशेष अदालतले मेलम्ची खानेपानी आयोजनामा भएको भ्रष्टाचारको मुद्दाका दोषीलाई सजाय निर्धारण भएको छ । अदालतले तीन कम्पनी र चार व्यक्तिलाई सजाय निर्धारण गरेको हो । सोमबार अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यद्वय तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले पूर्वसचिव र कार्यकारी निर्देशकसहित चार व्यक्ति र तीन कम्पनीलाई दोषी ठहर गरेको थियो । अदालतले गत भदौ २५ उक्त खानेपानी आयोजनाको भ्रष्टाचार गरेको ठहर गरेको हो । अदालतले सजाय निर्धारण गर्दा पूर्वसचिव तथा मेलम्ची खानपानी समितिका तत्कालीन् अध्यक्ष रहनुभएका पूर्वसचिव गजेन्द्र ठाकुर र समितिका कार्यकारी निर्देशक सूर्यराज कँडेललाई जनही आठ वर्ष एक महिना कैद र जरिवाना रु १० करोड १०…
काठमाडौं । नेपालले आईसीसी विश्वकप लिग-२ लिगअन्तर्गत् आज अन्तिम खेल ओमानसँग खेल्दैछ । त्रिकोणात्मक सिरिजमा भएको तीन खेलमा तीनै खेल हारेको नेपालले आज अन्तिम खेल खेल्न लागेको हो । क्यानडाको ओन्टेरियोमा नेपाली समयअनुसार आज बेलुकी ८:४५ बजे खेल सुरू हुनेछ । नेपालले क्यानडामा हालसम्म खेलेको तीन खेलमध्ये तीनै खेलमा पराजित भएको छ । घरेलु टोलीसँग २ र ओमानसँग १ खेल खेल्दा तीनै खेलमा नेपाल पराजित भएको हो । लगातार तेस्रो खेलमा पराजित नेपाललाई शृंखलाको अन्तिम खेल जित्दै खराब प्रदर्शनलाई रोक्ने अवसर छ।
काठमाडौं । धानको बाला झुल्ने बेलामा देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना देखिएको छ । असोज पहिलो साता भइसक्दा पनि मनसुन अझै सक्रिय भइरहँदा देशका विभिन्न स्थानमा मेघगर्जन/चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले सोमबार विशेष मौसम बुलेटिन सार्वजनिक गर्दै वर्षाले विशेषतः कृषि क्षेत्रमा असर पर्ने देखिएकाले कृषि कर्म सुरु गर्नुअगावै अध्यावधिक मौसम जानकारी तथा पूर्वानुमान नियमित हेर्न अनुरोध गरेको छ । महाशाखाका अनुसार काठमाडौं उपत्यकामा पनि अबको तीन दिन भारी वर्षाको सम्भावना देखिएको छ । महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । बङ्गालको खाडीबाट प्रवाह…
काठमाडौं । पछिल्लो समय टेकुमा रहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा बिरामीको खचाखच भएको छ । पछिल्लो समय बढेको डेङ्गुको प्रसारका कारण सो रोगका बिरामीको संख्या बढेको अस्पतालले जनाएको छ । यसबाहेक स्क्रब टाइफस र रेबिजका बिरामी पनि बढेपछि अस्पताल खचाखच भएको अस्पतालका निर्देशक डा युवानिधि बसौलाले जनाए । उनका अनुसार एक हप्तायता बिरामीको चाप बढेको हो । उनले बिरामीको चापका कारण अस्पतालले शय्याको अभाव हुन थालेको बताए । उनका अनुसार डेङ्गी, स्क्रब टाइफस र रेबिजका ५५ जना भर्ना गरी उपचाररत रहेका छन् । अस्पतालका निर्देशक डा बसौलाले अहिले दैनिक आठ बिरामी उपचारका लागि आउने गरेको बताउनुभयो । तीमध्ये…
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक ५९ दशमलव ०२ अङ्कले घटेर दुई हजार पाँच सय २९ दशमलव ३३ अङ्कमा कायम भएको हो । आज नेप्सेमा तीन सय २९ कम्पनीको एक करोड ३५ लाख ३५ हजार नौ सय तीन कित्ता शेयर ७७ हजार एक सय ५३ पटक खरिदबिक्री हुँदा रु पाँच अर्ब ६६ करोड तीन लाख दुई हजार छ सय ८३ बराबरको कारोबार भएको छ । आज सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा धेरै वित्त समूहको उपसूचक पाँच दशमलव ५६ प्रतिशतले घटेको छ । बैंकिङ एक दशमलव २७, विकास बैंक…
काठमाडौं । दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु–१७ च्याम्पियनसिप पुरुष फुटबल प्रतियोगितामा नेपालले विजयी खाता खोलेको छ । नेपालले श्रीलङ्कालाई पराजित पहिलो खेल गर्दै विजयी भएको छ । भुटानको चाङ्लिमिथाङ रंगशालामा आज भएको खेलमा नेपालले श्रीलङ्कालाई ४–० गोलअन्तरले पराजित गर्दै विजयी भएको हो । जितसँगै समूह ‘बी’ मा रहेको नेपालले दुई खेलमा तीन अङ्क जोडेको छ । नेपाल पहिलो खेलमा पाकिस्तानसँग १–० गोलअन्तरले पराजित भएको थियो । यता दुवै खेलमा पराजित श्रीलङ्का अङ्कविहिन छ । श्रीलङ्का पहिलो खेलमा घरेलु टोली भुटानसँग ५–१ ले पराजित भएको थियो ।
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको नेपाली इतिहास संस्कृति तथा पुरातत्व केन्द्रीय विभाग र त्रिविको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले विभिन्न अन्तर्राष्ट्रिय संघसंस्थासँग मिलेर आयोजना गरेको अन्तर्राष्ट्रिय सेमिनार सम्पन्न भएको छ । शनिबार र आइतबार ललितपुरको हिमालय होटलमा आयोजना गरिएको अमूर्त सांस्कृतिक सम्पदासम्बन्धी सेमिनारमा संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को) र एशिया-प्रशान्त क्षेत्रमा अमूर्त सांस्कृतिक सम्पदाका लागि अन्तर्राष्ट्रिय सूचना र नेटवर्किङ केन्द्र (इचक्याप)को सहयोगमा सेमिनार सम्पन्न भएको हो। आइतबार सम्मेलनलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले सेमिनारको मुख्य सत्रलाई सम्बोधन गरेका थिए । उनले परम्परागत ज्ञानलाई आधुनिक विज्ञानसँग एकीकृत गरेर पूर्वतयारी, न्यूनीकरण र अनुकूलनका रणनीति विकास गर्न सकिने बताए । उनले…
काठमाडौं । अमेरिका भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री आरजु राणाले नेपाली समुदायलाई गर्ने भनेको सम्बोधन कार्यक्रम रद्द भएको छ । महावाणिज्यदूतावासले सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै कार्यक्रम रद्द गरिएको सूचना जारी गरेको छ । दूतावासद्वारा जारी विज्ञप्तिमा भनिएको छ : ‘सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओलीज्यू तथा माननीय परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाज्यूको संयक्त राष्ट्र संघको महासभा, भविष्यको शिखर सम्मेलन तथा अन्य साइडलाइन मिटिङ्गहरुमा व्यस्त रहनु परेको र समारोह स्थलको सुरक्षा संवेदनशीलताबारे संबन्धित निकायको सुझाव समेतलाई ध्यानमा राखी आज आयोजना हुने बृहत् कार्यक्रम स्थगन गरिएको व्यहोरा सबैमा सूचित गरिन्छ। यसबाट पर्न गएको असुविधाप्रति आयोजकको तर्फबाट यस महावाणिज्यदूतावास दुःख प्रकट…
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय कार्यालय बनस्थलीमा आइतबार एकाएक कार्यकर्ताहरूको भीड जम्मा भयो । आइतबार साँझ सहकारी ठगी मुद्दामा संसदीय छानबिन समितिले दोषी ठहर गरेका पूर्व डीआईजी छविलाल जोशीलाई पक्राउ गरेपछि एकाएक रास्वपा नेतृत्व त्रसित भयो । सभापति रवि लामिछानेसहित प्रमुख नेताहरू एकाएक पार्टी कार्यालय पुगे । पार्टी कार्यकर्ताहरूलाई म्यासेज पठाएर तुरुन्त कार्यालयमा उपस्थित हुन निर्देशन दिइयो । त्यतिबेलासम्म प्रहरीले रविलाई जरुरी पक्राउ पुर्जी लिएर पक्राउ गर्ने मनस्थितिमा थिएन । प्रहरीले रविलाई पनि पक्राउ गर्नसक्ने जोखिम देखेर एक्कासी रास्वपा नेतृत्व पङ्तिले कार्यकर्तालाई तयारी अवस्थामा रहन भन्यो । बागमती प्रदेश कमिटीका सभापति डा. अच्युतम लामिछानेले मोबाइलमा सन्देश पठाउँदै उपत्यकामा भएका…
न्युयोर्क(अमेरिका) । संयुक्त राष्ट्र सङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र छिमेकी मित्रराष्ट्र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज यहाँ भेटवार्ता भएको छ । प्रधानमन्त्री स्रोतका अनुसार ओली र मोदीबीच नेपाली समय अनुसार सोमबार बिहान ४ बजे भेट भएको हो । भेटमा द्विपक्षीय सम्बन्धका विभिन्न विषयमा छलफल भएको प्रधानमन्त्री ओलीले ट्वीट गरेर जानकारी दिएका छन् । उनले भेट फलदायी भएको उल्लेख गरेका छन् । भेटमा नेपाल–भारतका आपसी चासो र द्विपक्षीय हितका विविध विषयमा छलफल भएको छ । सो भेटमा दुवै मुलुकका विदेशमन्त्री र प्रतिनिधिमण्डलका सदस्यहरुको सहभागीता थियो ।
काठमाडौं । आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक एक दिवसीय सिरिजमा नेपाल तेस्रो खेलमा पनि पराजित भएको छ । आइतबार राति क्यानडामा भएको खेलमा क्यानडाले नेपाललाई ५ विकेटले पराजित गरेको हो । सिरिजको पहिलो खेलमा नेपाली टोलीले क्यानडासँग १ सय ३ रनको फराकिलो हार व्यहोरेको थियो। सिरिजको दोस्रो खेलमा भने ओमानसँग नेपाल १ विकेटले पराजित भएको थियो। नेपालले दिएको एक सय ८२ रनको मध्यम लक्ष्य घरेलु टोलीले ४२ ओभरमा ५ विकेटको क्षतिमा भेट्यो ।
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पक्राउ गर्ने भयले रास्वपाले सबै कार्यकर्तालाई पार्टी कार्यालयमा उपस्थित हुन सर्कुलर जारी गरेको छ। आइतबार साँझ सहकारी ठगी मुद्दामा संसदीय छानबिन समितिले दोषी ठहर गरेका पूर्व डीआईजी छविलाल जोशीलाई पक्राउ गरेपछि रास्वपा त्रसित भएको हो । प्रहरीले रविलाई पनि पक्राउ गर्नसक्ने जोखिम देखेर कार्यकर्ता बोलाएको हो । बागमती प्रदेश कमिटीका सभापति डा. अच्युतम लामिछानेले मोबाइलमा सन्देश पठाउँदै उपत्यकामा भएका नेता कार्यकर्तालाई भेला हुन सर्कुलर जारी गरेको स्रोतले जनाएको छ। अहिले पार्टी कार्यालयमा लामिछानेसहितका नेताहरू छन् भने ठूलो संख्यामा प्रहरी पनि पुगेको छ।
काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् । आइतबार उनलाई भक्तपुरस्थित उनकै घरबाट साइबर ब्युरोका प्रतिनिधिले पक्राउ गरेका हुन् । विवादास्पद अभिव्यक्ति दिँदै आएका प्रसाईंविरुद्ध रास्वपाकी नेतृले दिएको उजुरीको आधारमा उनलाई पक्राउ गरिएको हो । उनले आफूनिकट युट्युबमा अभिव्यक्ति दिँदै चरित्रहत्या गर । एक फेक न्यूजलाई आधार बनाएर दुर्गा प्रसाईंले युट्युब च्यानललाई अन्तर्वार्ता दिएका थिए । अन्तर्वार्तामा उनले रास्वपाकी नेतृ ज्वाला संग्रौलाको नाम नलिई ‘जापानमा वेश्यावृत्ति गर्ने महिला’ भनेका थिए । उनले फोटोसप गरिएको एक समाचारलाई आधार बनाएर उनले त्यस्तो अभिव्यक्ति दिएका थिए ।
काठमाडौं । सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको प्रतिवेदन कार्यान्वयनतर्फ गएको छ । कार्यान्वयन गर्न गृहमन्त्री रमेश लेखकले निर्देशन दिए लगत्तै प्रहरीले पूर्व डीआईजी छविलाल जोशी पक्राउ परेको छ । उनी पनि गोरखा मिडियाको ठगी प्रकरणमा एक साझेदारको रूपमा रहेको संसदीय छानबिन समितिले उल्लेख गरेको थियो । सहकारी रकम छानबिन संसदिय विशेष समितिले सहकारीहरुको रकम दुरुपयोग र अपचलनमा छविलाल जोशीलाई पनि प्रमुख पात्रका रुपमा किटान गरेको छ । विभिन्न सहकारीको रकम ऋणको रुपमा निकाल्ने काममा उनको समेत प्रमुख भूमिका रहेको समितिको निष्कर्ष छ । समितिको निर्णय कार्यान्वयनको निर्णय भएलगत्तै जोशी पक्राउ परेका हुन् । गृहमन्त्री रमेश लेखकले आइतबार मात्रै सहकारी…
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच आधा घण्टाको भेटघाट तय भएको छ । संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका पुगेका दुई प्रधानमन्त्रीबीच सोमबार करिब आधा घण्टा भेटवार्ता हुने तय भएको हो । प्रधानमन्त्री ओलीले अमेरिकामा नै बंगलादेश, पाकिस्तानका नेताहरूसँग अमेरिकामै भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ । तर महासभाको होस्ट गरिरहेको अमेरिकी राष्ट्रपति जो बाइडनसँग भने ओलीको भेट नहुने भएको छ । उनीसँग स्वागत समारोहमा सामान्य हाइहेलो बाहेक थप भेटको कार्यक्रम नभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । ओली पछिल्लोपटक प्रधानमन्त्री भएयता पहिलोपटक मोदीलाई भेट्न लागेका हुन् । उनीहरूबीच द्विपक्षीय हितका विषयमा कुराकानी हुने बताइएको छ…
काठमाडौं । आईसीसी लिग २ अन्तर्गत्को पहिलो खेलमा नेपालले आज क्यानडासँग प्रतिस्पर्धा गर्दैछ । पहिलो खेलमा क्यानडासँग पराजित भएको नेपाल क्यानडालाई दोस्रोपटकमा बदला लिन चाहन्छ । नेपाल र क्यानडाबीचको खेल नेपाली समयअनुसार राति ८ः४५ बजे क्यानडाको किंग्स सिटी क्रिकेट मैदानमा हुनेछ । दुई खेलमध्ये दुवै खेलमा पराजित भएको नेपालसामु क्यानडालाई आज जित्नै पर्ने दबाब छ । क्यानडा १० खेलमा १२ अंकका साथ अंक तालिकाको दोस्रो स्थानमा रहेको देश हो ।
काठमाडौं । नेपाल साफ यू–१७ फूटबल च्याम्पियनसिपको पहिलो खेलमा पराजित भएको छ । शनिबार भुटानको थिम्पुस्थित चाङ्लिमिथाङ रंगशालामा पाकिस्तानसँग भएको पहिलो खेलमा १–० गोल अन्तरले पराजित भएको हो । खेलको ८१ औं मिनेटमा नेपालले गोल खान पुगेको थियो । पाकिस्तानका अब्दुल सामदले गरेको कर्नर किकलाई मोहमद तल्हाले हेडर गोल गर्दै अग्रता दिलाएका थिए । त्यसपछि नेपालले बराबरीका लागि प्रयास गरे पनि सफल हुन सकेन । यस जीतसँगै पाकिस्तानले च्याम्पियनसिपतर्फको यात्रामा महत्वपूर्ण ३ अंक जोडेको छ । नेपाल भने अंकविहीन भएको छ ।
काठमाडौं । वाग्मती नदी तल मात्रै सफा गर्दा भनेजस्तो उपलब्धि हासिल हुन नसकेकोमा सरोकारवालाहरुले चासो दिएका छन् । वाग्मती सफाइ महाअभियानको पाँच सय ९३ औँ हप्ताका अवसरमा शनिबार सुन्दरीजलमा आयोजित नदी सफाइ एवं सम्वाद कार्यक्रमका वक्ताले सो विषयमा ध्यानाकर्षण गराएका हुन् । पाँच सय ९३ हप्ताअघि सरकारीस्तरबाट सुरु भएको यो कार्यक्रममा पशुपति र सोभन्दा तल्लो भेगमा मात्रै केन्द्रीत हुने गरिएको थियो । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं वातावरण तथा जलवायु परिवर्तन विभाग प्रमुख कल्याणकुमार गुरुङले संविधानको धारा ३० ले स्वच्छ वातावरणमा बाँच्न पाउने हक दिएकाले यसको कार्यान्वयनका लागि सफाइ स्रोतमै गरिनुपर्ने बताए । वाग्मतीको मुहानदेखि नै सफाइका लागि पार्टीले कार्यक्रम…
