काठमाडौं खबर अशोज ६, २०८१
काठमाडौं । नेपाल साफ यू–१७ फूटबल च्याम्पियनसिपको पहिलो खेलमा पराजित भएको छ । शनिबार भुटानको थिम्पुस्थित चाङ्लिमिथाङ रंगशालामा पाकिस्तानसँग भएको पहिलो खेलमा १–० गोल अन्तरले पराजित भएको हो ।
खेलको ८१ औं मिनेटमा नेपालले गोल खान पुगेको थियो । पाकिस्तानका अब्दुल सामदले गरेको कर्नर किकलाई मोहमद तल्हाले हेडर गोल गर्दै अग्रता दिलाएका थिए । त्यसपछि नेपालले बराबरीका लागि प्रयास गरे पनि सफल हुन सकेन ।
यस जीतसँगै पाकिस्तानले च्याम्पियनसिपतर्फको यात्रामा महत्वपूर्ण ३ अंक जोडेको छ । नेपाल भने अंकविहीन भएको छ ।