Author: Kathmandu Khabar

काठमाडौं । नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सहकारी छानबिन समितिले दोषी ठहर गरेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको पद जाने दाबी गरेका छन् । बुधबार बिहान सामाजिक सञ्जालमार्फत् उनले यस्तो दाबी गरेका हुन् । बाँस्कोटाले राजनीतिक सौदाबाजी नभए आगामी मंसिरमा हुने उपनिर्वाचनमा नै रविको क्षेत्रमा अर्को निर्वाचन हुने सम्भावना रहेको बताएका छन् । सत्ता पक्षले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति लामिछाने दोषी किटान भएको जिकिर गरिरहँदा लामिछाने पक्षले भने उनले सफाइ पाएको दाबी गरेका छन् । यही अन्योलताका बीच  एमालेका पोलिटब्युरो सदस्य समेत रहेका बाँस्कोटाले भने यस्तो दाबी गरेका हुन् । उनले रविको नाम नलिईकन पूर्वगृहमन्त्रीसमेत रहेका प्रतिनिधि…

Read More

काठमाडौं । आजबाट वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध सुरु भएको छ । आश्विनको पितृ पक्षमा श्राद्ध गर्दा पितृहरूको उद्दार हुने विश्वास अनुसार हरेक वर्ष १५ दिन १६ श्राद्ध गरिन्छ । प्रतिपदा तिथि श्राद्धको पिण्डदान अपराह्नकालमा गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्रवटा तिथिमा दिवङ्गत पितृलाई सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले यसलाई सोह्रश्राद्ध भनिएको हो । यो समयलाई अपर, प्रेत पक्ष आदि नामले पनि बुझिन्छ । चाडपर्व यज्ञयागादि तथा ठूलाकार्य गर्नु अघि पितृलाई श्रद्धा भक्तिका साथ सम्झिने वैदिक सनातन हिन्दू शास्त्रीय परम्पराअनुसार सोह्रश्राद्ध गर्ने गरिएको हो…

Read More

काठमाडौं । काठमाडौं उपत्यकामा प्रमुखरुपमा मनाइने प्रसिद्ध ठूलो पर्व इन्द्रजात्राको मुख्य दिन, २०७९ साल अर्थात् आजभन्दा ठीक दुई वर्षअघि वसन्तपुर दरबार क्षेत्रमा ठूलो संख्यामा दर्शकको भीड थियो । क्षमापूजा सकेर राज्यका प्रमुख पदमा आसिन व्यक्तिहरूले हनुमानढोकाको गद्दी बैठकको बाहिरी कौशीबाट दर्शन गर्ने बेला भएको थियो । राष्ट्रपति, प्रधानमन्त्री, सभामुखलगायत उच्चपदस्थहरूलाई इन्द्रजात्रामा सहभागी हुन निम्तो गरिन्छ। तत्कालीन समयमा मर्यादाक्रमअनुसार सबै पदका व्यक्तिहरू आउँदा माहोल सामान्य थियो । तर जब महानगरका प्रमुख र उपप्रमुख आउने पालो आयो तब माहोल एक्कासी जुरुक्क उठेर आयो । उक्त क्षेत्रमा बलेनको समर्थनहरुले बालेन, बालेन, बालेन जिन्दाबाद, हाइ हाइ बालेन जस्ता हुटिङ गर्दै नारा लगाएका थिए ।…

Read More

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले गैरकानुनी रूपमा सदस्यलाई भुटान लैजान लागेको भन्दै राष्ट्रिय खेलकुद परिषद्मा उजुरी परेको छ । साफ यू १७ च्याम्पियनसिप र एएफसी यू २० च्याम्पियनसिपमा क्रमश: नेपालको १७ र २० वर्षमुनिको टिमले सहभागिता जनाउन लागेकोमा सो क्रममा गैरकानुनी रूपमा सदस्य लैजान लागेको भन्दै गोरखा जिल्ला फुटबल संघका सदस्य अमित खत्रीले उजुरी गरेका हुन् । खेलकुद विकास ऐन २०७७ को धारा २८ को उपदफा झमा परिषद्को स्वीकृति लिई अन्तर्राष्ट्रिय स्तरमा हुने खेलकुद प्रतियोगितामा भाग लिन सदस्य वा खेलाडीलाई पठाउने व्यवस्था रहेको छ । साफ यू १७ नियमावली २०२४ को सेक्सन छ मा २३ खेलाडी र ७…

Read More

काठमाडौं । वाणिज्य बैंकहरूले असोज महिनाको लागि ब्याजदर घटाएका छन् । नेपाल बैंकर संघका अनुसार असोजमा बैंकहरूको ब्याजदर औसतमा ०.१४ प्रतिशतले घटेको हो। नयाँ ब्याजदरअनुसार व्यक्तिगततर्फको मुद्दती निक्षेपको ब्याजदर औसत ६.३८ प्रतिशत कायम भएको छ । जुन भदौ महिनामा औसत ६.५२ प्रतिशत थियो । असोजमा १० वाणिज्य बैंकहरूले ब्याजदर घटाएका छन् भने, ८ वटा वाणिज्य भदौकै ब्याजदरलाई निरन्तरता दिएका छन् । त्यस्तै, दुई बैंकले मात्रै ब्याजदर बढाएका छन् । यस्तो छ बैंकहरूको ब्याजदर :

Read More

काठमाडौं । नेपाल आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिजमा घरेलु टोली क्यानडासँग पराजित भएको छ । क्यानडाको किंग सिटीमा रहेको मप्ले लेआफ नर्थ वेस्ट क्रिकट ग्राउन्डमा गए राति सम्पन्न खेलमा नेपाल क्यानडासँग १०३ रनको भारी अन्तरले पराजित भएको हो । खराब ‘ब्याटिङ’ गरेको नेपाल क्यानडासँग एकदिवसीय खेलमा पहिलोपटक पराजित भएको हो । यसअघि क्यानडासँग भएको तीन भेटमा नेपालले तीनै खेलमा जित निकालेको थियो । खेलमा २५४ रनको लक्ष्य पछ्याएको नेपाल ४० दशमलव एक ओभरमा सबै विकेट गुमाउँदै १५० रनमा समेटियो । नेपालका लागि करण केसीले सर्वाधिक २७ रन बनाए । उनले २४ बलमा दुई चौका र दुई छक्कासहित सर्वाधिक २७ रन…

Read More

काठमाडौं । नेपालको पहिलो मनकामना केवलकार आजदेखि पुन: सञ्चालनमा आएको छ । एनालगत प्रविधिलाई डिजिटल प्रविधिमा रुपान्तरण गर्नका लागि गत असार ३१ गतेदेखि बन्द भएको सो सेवा आजदेखि पुन: सञ्चालनमा आएको हो । अष्ट्रियाको डोप्पलमेयर कम्पनीका इन्जिनियर तथा प्राविधिकको सुपरीवेक्षणमा डिजिटल प्रविधिमा रूपान्तरण गर्ने काम सम्पन्न भएको मनकामना केवलकारले जनाएको छ । गोरखाको शहीद लखन गाउँपालिकास्थित प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिर जाने दर्शनार्थीलाई सहजताका लागि २०५५ मङ्सिर ८ देखि केबलकार सञ्चालनमा ल्याइएको थियो। २६ वर्षदेखि ‘एनालग’ प्रविधिका माध्यमबाट सञ्चालन हुँदै आएको केबलकार ‘डिजिटल’ प्रविधिमा रुपान्तरण गर्ने कार्य सम्पन्न भएको मनकामना दर्शन प्रालिका नायब महाप्रबन्धक उज्ज्वल शेरचनले जानकारी दिए।

Read More

काठमाडौं । अमेरिकाको एक हिन्दु मन्दिरमा तोडफोड भएको छ । सोमबार न्युयोर्कको मेलभिलमा रहेको एक हिन्दु मन्दिरमा तोडफोड भएको अमेरिकास्थित भारतीय दूतावासले जनाएको छ । दूतावासले मन्दिरमा तोडफोड भएको विषयमा कडा आपत्ति जनाउँदै यथाशीघ्र दोषीमाथि कारबाही गर्न अमेरिकी सरकारसँग माग गरेको कुरा भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । भारतीय वाणिज्य दूतावासले आफ्नो ट्वीटमा लेखेको छ- न्युयोर्कको मेलभिलमा अवस्थित बीएपीएस स्वामीनारायण मन्दिरमा तोडफोड अस्वीकार्य छ। न्युयोर्कस्थित भारतीय वाणिज्य दूतावास समुदाय (स्वामिनारायण समुदाय) सँग सम्पर्कमा छ। यस घटनामा संलग्नहरूलाई कडा कारबाही गर्न अमेरिकी कानुन एजेन्सीहरूसँग यो विषय उठाइएको छ।

Read More

काठमाडौं । हरेक वर्ष कन्या संक्रान्ति अर्थात् असोज १ गते मनाइने विश्वकर्मा पूजा आज धुमधामका साथ मनाइँदै छ । यस दिन भगवान् विश्वकर्माको जन्म भएको थियो यसैले यस दिनलाई विश्वकर्मा जयन्ती पनि भनिन्छ । नेपाल लगायत भारतमा विश्वकर्मा पूजा उल्लासपूर्ण तरिकाले मनाइन्छ । यसैले विश्वकर्मा पूजाको दिन उद्योग, कलकारखाना र हरेक किसिमका मेसिनहरुको पूजाआजा गरिन्छ । यो पूजा सबै कलाकार, शिल्पकार र औद्योगिक घराना, व्यापारी र मजदुरहरुले गर्छन् । भगवान् विश्वकर्मा ब्रह्माका सातौं पुत्र हुन्, जसले ब्रह्मालाई ब्रह्माण्डको सृष्टि गर्न मद्दत गरेका थिए, यो विश्वको सृष्टि गर्नु अघि कारीगर र इन्जिनियरको जन्म भएको मानिन्छ। देवताहरूका वास्तुकार तथा विश्वका प्रथम इन्जिनियर,…

Read More

काठमाडौं । आज काठमाडौं उपत्यकामा इन्द्रजात्रा मनाइँदैछ । वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा आराधना गरी परम्परागत रुपमा इन्द्रजात्रा पर्व मनाइँदैछ । हरेक वर्ष भाद्र शुक्ल द्वादशीका दिन ठड्याइएको इन्द्रध्वजलाई भाद्र शुक्ल चतुर्दशीका दिन धुमधामका साथ यो जात्रा मनाउने गरिन्छ । यो पर्व विशेषत: काठमाडौँ, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायत स्थानमा मनाउने गरिन्छ । द्वादशीको दिन विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठड्याइएपछि प्रारम्भ हुने यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरी आठ दिनसम्म मनाउने प्रचलन छ । इन्द्रध्वजको पूजागरी शक्ति प्राप्त गरेर प्रदर्शन गर्ने पर्वका रुपमा पनि इन्द्रजात्रालाई लिइन्छ । यही पर्वविशेषलाई ध्यानमा राखी सरकारले आज काठमाडौं उपत्यका र…

Read More

काठमाडौं । भुटानले एन्फा उपाध्यक्ष दावा लामालाई भिषा दिन इन्कार गरेको छ । भुटानमा आयोजना हुने साफ यू१७ च्याम्पियनशिपमा सहभागी हुने नेपालको युवा (१७वर्ष) मुनि टोलीका साथ त्यसतर्फ जान एन्फाले भिषा आवेदन गरेको थियो । लामालाई खेलकुदको सर्वोच्च संस्था राष्टिय खेलकुद परिषदले लागुऔषध मुद्धामा दोषी देखिएपछि खेलकुद ऐनअनुसार कारवाही गर्न एन्फालाई पटक पटक निर्देशन दिँदा पनि एन्फाले संरक्षण गर्दै आईरहेको छ । लागुऔषध मुद्धामा दोषी देखिएपछि एशियाली फुटबल महासंघले एन्फा उपाध्यक्ष लामालाई सामाजिक उत्तरदायित्व समितिको सदस्यबाट पनि हटाएको थियो । उक्त समितिबाट दावा लामालाई हटाएर एन्फा अध्यक्ष पंकज विक्रम नेम्बाङ्गलाई सहसंयोजक तोकेको छ। अध्यक्ष नेम्बाङ्ग यसअघि एएफसी विकास समितिको सहसंयोजक…

Read More

काठमाडौं । संसदीय छानबिन समितिले गोर्खा मिडिया प्रालि सूर्यदर्शन सहकारीसहित ५ वटा सहकारीको रकम अपचलन भएको निष्कर्ष निकाल्दै तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछाने पनि दोषी रहेको ठहर गर्दै उनलाई कानुनबमोजिम कारबाही गर्न सिफारिस गरिसकेको छ । तर रवि लामिछाने भने अझै पनि आफूले क्लिन चिट पाएको भनेर निस्फिक्री प्रतिक्रिया दिँदै आएका छन् । जीबी राईले सञ्चालन गरेको पाँच वटा सहकारीको सहित कुल दुई अर्ब ५६ करोड रुपैयाँ गोर्खा मिडियामा देखिएको जसमध्ये ६५ करोड रुपैयाँ रवि प्रबन्ध निर्देशक हुँदा गोरखा मिडियामा अपचलन भएको समितिको निष्कर्ष छ । यही प्रमाणको आधारमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका गोर्खा मिडिया प्रालिका तत्कालीन प्रबन्ध…

Read More

काठमाडौं । सङ्घीय संसदको दुवै सदनको चालू अधिवेशन अन्त्य भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउनुहुँदै सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको चालू चौथो अधिवेशन आज राति १२ बजेदेखि लागू हुनेगरी अन्त्य गरेको बताए । “नेपालको संविधानको धारा ९३ को उपधारा २ बमोजिम नेपाल सरकार मन्त्रिपरिषद्को २०८१ भदौ ३० गतेको सिफारिसमा सङ्घीय संसदको दुवै सदनको चालु अधिवेशन २०८१ साल भदौ ३१ गते राति १२ बजेबाट लागू हुनेगरी अन्त्य भएको छ”, राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउनुहुँदै सभामुख घिमिरेले भने । सभामुख घिमिरेले प्रनिनिधिसभाको चालु चौथो अवधिभर भए–गरेका काम कारबाहीको विवरण आजको बैठकमा सुनाएका थिए । प्रतिनिधिसभाको चौथो…

Read More

काठमाडौं । साताको दोस्रो दिन सोमबार पनि सेयर बजार घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ५७ दशमलव ०३ अङ्कले घटेको हो । नेप्से परिसूचक दुई दशमलव १६ प्रतिशतको गिरावटपछि आज दुई हजार पाँच सय ८० दशमलव ७६ को बिन्दुमा झरेको छ । परिसूचक करिब दुई महिनापछि दुई हजार पाँच सयको बिन्दुमा ओर्लिएको हो । आज विभिन्न तीन सय १२ कम्पनीका एक करोड ७० लाख ६१ हजार आठ सय सात कित्ता शेयर ९२ हजार आठ सय १५ पटक खरिदबिक्री हुँदा रु सात अर्ब ३६ करोड १९ लाख ८८ हजारको कारोबार भएको छ । आज सबै समूहको उपसूचक रातो देखिएको…

Read More

काठमाडौं । संसदीय छानबिन समितिले गोर्खा मिडिया प्रालि सूर्यदर्शन सहकारीसहित ५ वटा सहकारीको रकम अपचलन भएको निष्कर्ष निकालेको छ । पाँच वटा सहकारीको सहित कुल २ अर्ब ५६ करोड रुपैयाँ कारोबार भएको भेटिएको छ । यसमध्ये ६५ करोड रुपैयाँ गोरखा मिडियामा अपचलन भएको समितिको निष्कर्ष छ । समितिले गोर्खा मिडिया प्रालिका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेलाई पनि रकम अपचलनमा दोषी ठहर गर्दै उनलाई प्रचलित कानुन बमोजिम कारबाही गर्न सिफारिस गरेको छ । सहकारीबाट रकमबाट गोर्खा मिडियामा ल्याएको ६५ करोड ५४ लाख रकम जीबी राई र रवि लामिछानेलेचेक काटेर खर्च गरेका छन् । समितिले सोमबार बुझाएको प्रतिवेदनमा पैसा खर्च गर्न रविको…

Read More

काठमाडौं । आज प्रतिनिधिसभाको बर्खे अधिवेशनको अन्तिम दिन । प्रधानमन्त्री केपी शर्मा ओलीले बैठकलाई सम्बोधन गरेपछि यो अधिवेशन अन्त्य गरिने भएको छ । केही दिनदेखि हिंसा शब्दलाई संसद्मा हंगामा मच्चिइरहेको बेलामा आजको प्रधानमन्त्रीको सम्बोधन कत्तिको सौहार्दपूर्णरूपमा चल्ला भन्ने धेरैको जिज्ञासा रहेको छ । आज दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधि सभा बैठक चल्न दिन माओवादी केन्द्र सकारात्मक भए पनि यकिन निर्णय गरिसकेको छैन । जसले संसद् बैठकप्रति धेरैको चासो बढेको हो । आइतबारको बैठक माओवादी केन्द्रका सांसदहरुको विरोध कारण बस्दै नबसी सूचना टाँसेर स्थगित गरिएको थियो । संसद्लाई विनाअवरोध सञ्चालन गर्ने विषयमा सभामुख देवराज घिमिरेले प्रतिपक्षी माओवादी केन्द्रका प्रमुख सचेतक…

Read More

काठमाडौं  । काठमाडौंका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियार सरुवा भएका छन् । महानगर प्रमुख बालेन शाहले छानेर ल्याएका परियार सात महिनामा नै सरुवा भएर सञ्चार तथा सूचना मन्त्रालय पुगेका छन् । मन्त्रिपरिषद् बैठकले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सरोजप्रसाद गुरागाईँलाई काठमाडौंको प्रमुख कार्यकारी बनाएर पठाएको छ । अन्य ४० जना सहसचिव सरूवा गरेको भए पनि धेरैको चासो भने महानगरको कार्यकारी सरुवामा देखिएको छ । तत्कालीन प्रशासकीय अधिकृत वसन्त अधिकारीमाथि महानगर प्रमुख शाहले छानबिन गर्न लगाएपछि संघीय सरकारले उनलाई झिकेर परियारलाई पठाइदिएको थियो । परियारको बालेनसँग ट्युनिङ मिलेको पनि थियो । जसअनुसार राष्ट्रिय चर्चा र विवादका केही कामहरू पनि भए ।…

Read More

काठमाडौं । आज सरकारले मुस्लिम धर्मावलम्बीहरूका लागि सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मोहम्मद जयन्ती (मोहम्मद दिवस) को अवसरमा नेपाली मुस्लिम धर्मावलम्बीका लागि बिदा दिएको हो । गृह मन्त्रालयले आइतबार सूचना जारी गर्दै मुस्लिम आयोगबाट मोहम्मद जयन्ती आजै भएको भनी जानकारी प्राप्त भएकाले सोमबार सार्वजनिक बिदा दिइएको जनाएको छ। ‘मिति २०८१ भदौ ३१ गते नेपाली मुस्लिम धर्मावलम्बीका लागि मात्र सार्वजनिक बिदा दिने निर्णय भएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ’, मन्त्रालयद्वारा जारी सूचनामा भनिएको छ।

Read More

काठमाडौं । आइतबार साँझ काठमाडौंमा आएको भारी वर्षासँगै विष्णुमति किनारमा आएको बाढीका कारण टोखामा एक जना बेपत्ता भएका छन् । राति पौने ९ बजे टोखा नगरपालिका-८, रमणबस्तीस्थित विष्णुमती पुलबाट चिप्लिएर लमजुङका ४२ वर्षीय रामचन्द्र खड्का बेपत्ता भएका हुन्। पुलबाट चिप्लिएर खसेपछि बेपत्ता भएको प्रहरीले जनाएको छ। त्यस्तै, आइतबार साँझै अनामनगरस्थित धोबीखोलाले ट्याक्सी बगाएको छ । बागमती, विष्णुमती र धोबीखोलाका दायाँबायाँका सडकसम्मै पानी आएका थिए । मदन भण्डारी कलेजअगाडिको पुलबाट एउटा ट्याक्सी धोबीखोलामा खसेको प्रहरीले जानकारी दिएको हो । बगेको ट्याक्सीबाट चालक चितवन, कालिका नगरपालिका–७ घर भएका ३३ वर्षीय उर्गेन लामालाई प्रहरीले उद्दार गरेको छ । त्यस्तै, काठमाडौं उपत्यकासहित कोसी, बागमती,…

Read More

काठमाडौं । आज बिहानदेखि पेट्रोलियम पदार्थमा घटेको मूल्य कार्यान्वयनमा आएको छ । सोमबार राति १२ बजेदेखि लागू भएको नयाँ मूल्यअनुसार काठमाडौं उपत्यकामा पेट्रोल प्रतिलिटर १५९ रुपैयाँमा पाइने भएको छ । निगमले आइतबार विज्ञप्ति प्रकाशित गरी पेट्रोलमा प्रतिलिटर चार रुपैयाँ तथा डिजेल र मट्टितेलमा पाँच रुपैयाँ घटाएको हो । यस्तो छ नयाँ मूल्यसूची 

Read More

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ५० दशमलव ७३ अङ्क अर्थात् एक दशमलव ८८ प्रतिशतले घटेर दुई हजार छ सय ३७ दशमलव ७९ को बिन्दुमा कायम भएको छ । साताको पहिलो दिन सेयर बजार समग्रमा घट्दा सबैभन्दा धेरै भने वित्त र पर्यटन समूहमा गिरावट आएको छ । लगातार छ कारोबार दिनसम्म घटेको नेप्से परिसूचक गत साता कारोबारको अन्तिम दिन उच्च अङ्कले बढेको थियो । तर बजार सम्हालिन नसक्दा आज पुनः घटेको छ । आज विभिन्न तीन सय २४ कम्पनीका दुई करोड ४८ लाख ४६ हजार सात सय ८२ कित्ता शेयर एक लाख १९ हजार सात सय ३९ पटक खरिदबिक्री…

Read More

काठमाडौं । धनराज गुरुङ जोडिएको मितेरी सहकारी प्रकरणमा सीआईबीको अनुसन्धान सुरु गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले उक्त संस्थामा भएको रकम अनियमितताबारे निवेदन परेपछि अनुसन्धान सुरु गरिएको ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक होविन्द्र बोगटीले जानकारी दिए। उनले भने, “उक्त संस्थामा रकम अपचलन भएका विषयमा हामी कहाँ उजुरी परेपछि हामीले अहिले हामीले मुख्य रुपमा सहकारीका कर्मचारी र सञ्चालक समितिमाथि अनुसन्धान अघि बढाएका छौँ ।” सो सहकारीका अध्यक्ष कुम्भराज गुरुङले सहकारीको महाप्रबन्धक रहेका बेला ज्योति गुरुङले रु १२ करोड ५० लाख ठगी गरेको भन्दै सहकारी रजिस्ट्रारको कार्यालयमा गत साउन महिनामा उजुरी दर्ता गरेको जनाइएको छ । यसमा धनराज गुरुङमाथि पनि…

Read More

काठमाडौं । निर्वाचन आयोगले आगामी मंसिर १६ गते निर्वाचन गर्नेगरी मिति तय गर्न सरकारलाई सुझाव दिएको छ । आइतबार आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियासहितका पदाधिकारीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर आगामी मंसिर १६ गते (आइतबार) स्थानीय तहको उपनिर्वाचनको मिति तोक्न परामर्श दिएका हुन् । भेटमा सरकारको तर्फबाट प्रधानमन्त्री ओलीसहित उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रमेश लेखक, मुख्यसचिव एकनारायण अर्याललगायत सहभागी थिए । त्यस्तै, आयोगका तर्फबाट प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालगायत आयुक्तहरूको सहभागिता रहेको थियो । स्थानीय तहमा हाल रिक्त जिल्ला समन्वय समितिका दुई प्रमुखसहित ४१ जनप्रतिनिधिको बाँकी कार्यकालका लागि हुन लागेको निर्वाचन गर्नेबारे भएको बैठकमा यस्तो परामर्श दिएको प्रधानमन्त्रीको…

Read More

काठमाडौं । आइतबारका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक सूचना टाँस गरेर स्थगित भएको छ । आज बस्ने तय भएको बैठकमा मा‌ओवादी केन्द्रले अवरोध गर्ने निर्णय गरेपछि स्थगित भएको संसद सचिवालयले जनाएको छ। बैठक भोलि दिउँसो १ बजेका लागि बोलाइएको छ । आजको कार्य व्यवस्था परामर्श समितिको बैठकमा माओवादीसँग सहमति जुट्न सकेको थिएन । पार्टीमा छलफल गर्ने भन्दै मा‌ओवादीले दिउँसो १ बजेको लागि बोलाएको संसद् बैठक दुई बजे बस्ने गरी स्थगित भएको थियो । पछि फेरि ३ बजे बस्ने भनियो । तर सदन खुलाउनेबारे सहमति जुट्न नसकेपछि बैठक स्थगित गरिएको हो । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रले एमाले सांसद योगेश भट्टराईले सदनमा…

Read More

काठमाडौं । नेपाली सेना र अमेरिकी सेनाबीच आजदेखि संयुक्त सैन्य अभ्यास ‘प्यासिफिक एन्जल’ हुने भएको छ। अभ्यासमा विभिन्न प्रकारका विपद्को दौरान सञ्चालन गरिने खोज तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाउन अपनाउनुपर्ने विद्यमान विधि तथा प्रक्रियाका सम्बन्धमा ज्ञान आदान प्रदान हुने बताइएको छ । काठमाडौँ, मकवानपुर र धादिङ जिल्लामा सोसम्बन्धी विभिन्न अभ्यासहरु सञ्चालन हुनेछन्।  सन् २०१२ बाट सुरु भएको उक्त अभ्यासको यो चौथो संस्करण हो। अभ्यास असोज ४ गतेसम्म चल्ने छ। विपद् व्यवस्थापन तथा मानवीय सहयोगको क्षेत्रमा अनुभव आदानप्रदान गरी विपद् प्रतिकार्य क्षमता अभिवृद्धि गर्ने उद्देश्यले संयुक्त सैन्य अभ्यास गर्न लागिएको नेपाली सेनाले जनाएको छ।

Read More

काठमाडौं । नेपाल पत्रकार महासङ्घको आसन्न निर्वाचनका लागि असोज ४ गतेदेखि प्रक्रिया सुरु हुने भएको छ । शनिबार साँझ सार्वजनिक भएको कार्यतालिका अनुसार असोज १२ गते निर्वाचन हुने गरी कार्यतालिका तय भएको हो । जारी निर्वाचन कार्यतालिकाअनुसार आगामी असोज ४ गते बिहान १० देखि अपराह्न ३ बजेसम्म मनोनय दर्ताको कार्यक्रम छ । सोही दिन साँझ ५ बजे उम्मेदवारको नामावली प्रकाशन हुनेछ । असोज ४ गते साँझ ५ देखि असोज ५ गते अपराह्न २ बजेसम्म उम्मेदवारमाथिको दाबीविरोध तथा असोज ४ गते साँझ ५ देखि असोज ५ गते अपराह्न ४ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने कार्यतालिका छ । यसैगरी असोज ५ गते…

Read More

काठमाडौं । हिंसाको विषयलाई लिएर बुधबार अवरुद्ध भएको प्रतिनिधिसभा बैठक आइतबार १ बजे बस्ने भएको छ । सभामुखको हिंसा शब्द रेकर्डबाट हटाउनु नपर्ने रुलिङपछि नेकपा मा‌ओवादी केन्द्रले बुधबारको संसद् बैठक अवरुद्ध गरेको थियो । यद्यपि नेकपा माओवादी केन्द्रले जनयुद्धलाई हिंसा भनिएकोले सो शब्द संसद्को रेकर्डबाट नहटाएसम्म सदन अवरुद्ध पार्ने बताउँदै आएको छ । पार्टीले आइतबार पनि संसद् अवरोध गर्ने तयारी गरेको छ । बैठकबाट ‘बैङ्किङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८१’ र ‘विधायन विधेयक, २०८१’ पारित गर्ने सम्भावित कार्यसूची छ । बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘बैङ्किङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८१ लाई पारित गरियोस्’ भनी…

Read More

काठमाडौं । धेरै जाडो हुने ठाउँको रूपमा चिनिने जापानमा पछिल्लो समय गर्मीको चपेटा बढ्न थालेको छ । शनिबार त्यहाँको मौसमसम्बन्धी निकायले तीव्र गर्मीको अनुभव गरेपछि विभिन्न ९१४ स्थानमा निगरानी गरेको थियो । यो अधिक गर्मीको जापानका अधिकांश भागहरू कान्टोदेखि क्युसुसम्म शनिबार ग्रीष्मको अन्तिम समयमा तीव्र गर्मीको अनुभव भएको सो निकायले जनाएको छ । जापानको मौसम विज्ञान निकाय (जेएमए) ले देशभरका ९१४ निगरानी स्थानहरूमध्ये ५४२ मा ३० डिग्री सेल्सियस वा सोभन्दा बढी तापक्रम रेकर्ड गरेको छ । जापानमा सामान्यतया १२ देखि २८ डिग्री रहने गरेकोमा नागासाकी प्रिफेक्चरको मिनामिशिमाबारा सहरमा राष्ट्रव्यापी सबैभन्दा बढी तापक्रम ३७.८ डिग्री सेल्सियस रहेको तथ्याङ्कले देखाएको छ ।…

Read More

काठमाडौं । आज पनि काठमाडौंसहित बागमती प्रदेशका केही भेगमा भारी वर्षाको सम्भावना देखिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आइतबार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसापस अवस्थित रहेको तथा देशभर मनसुनी वायुको प्रभावसँगै पश्चिमबङ्गाल र आसपास रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेकाले केही भेगमा भारी वर्षाको सम्भावना देखिएको हो । विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छभने कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना छ । कोशी प्रदेशका तराई क्षेत्रका केही स्थानमा हुरी…

Read More

काठमाडौं । उच्च अदालत पाटनले लागुपदार्थ बिक्री तथा कारोबार मुद्दामा दोषी ठहर गरेको व्यक्तिलाई पदबाट हटाउन अझै पनि अखिल नेपाल फुटबल संघ एन्फाले आनाकानी गर्दै आएको छ । कानुनले उपाध्यक्ष बन्नै नमिल्ने बताएको व्यक्तिलाई उपाध्यक्ष बनाएर गैरकानुनी काम गर्दै आएको एन्फाले राष्ट्रिय खेलकुद परिषद्को निर्देशन समेत उल्लङ्घन गर्दै आएको छ । पाटन उच्च अदालतले लागुऔषध मुद्दामा दोषी ठहर गरेर पाँच वर्ष कैद सजाय समेत तोकिसकेको उपाध्यक्ष दावा लामालाई एन्फाको उपाध्यक्ष बनाउन नमिल्ने ठहर गर्दै राखेपले कानुनको समेत उल्लेख गर्दै पत्र लेखेको थियो । निर्वाचित भइसकेका उनी कानुनत: सो पदमा बस्न नमिल्ने भनेर पटकपटक ताकेता गरे पनि एन्फाले उनलाई पदबाट हटाउन…

Read More