काठमाडौं खबर भदौ ३०, २०८१
काठमाडौं । धनराज गुरुङ जोडिएको मितेरी सहकारी प्रकरणमा सीआईबीको अनुसन्धान सुरु गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले उक्त संस्थामा भएको रकम अनियमितताबारे निवेदन परेपछि अनुसन्धान सुरु गरिएको ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक होविन्द्र बोगटीले जानकारी दिए।
उनले भने, “उक्त संस्थामा रकम अपचलन भएका विषयमा हामी कहाँ उजुरी परेपछि हामीले अहिले हामीले मुख्य रुपमा सहकारीका कर्मचारी र सञ्चालक समितिमाथि अनुसन्धान अघि बढाएका छौँ ।”
सो सहकारीका अध्यक्ष कुम्भराज गुरुङले सहकारीको महाप्रबन्धक रहेका बेला ज्योति गुरुङले रु १२ करोड ५० लाख ठगी गरेको भन्दै सहकारी रजिस्ट्रारको कार्यालयमा गत साउन महिनामा उजुरी दर्ता गरेको जनाइएको छ । यसमा धनराज गुरुङमाथि पनि अनुसन्धान गर्ने प्रहरीको तयारी छ ।