काठमाडौं खबर अशोज १, २०८१
काठमाडौं । अमेरिकाको एक हिन्दु मन्दिरमा तोडफोड भएको छ । सोमबार न्युयोर्कको मेलभिलमा रहेको एक हिन्दु मन्दिरमा तोडफोड भएको अमेरिकास्थित भारतीय दूतावासले जनाएको छ ।
दूतावासले मन्दिरमा तोडफोड भएको विषयमा कडा आपत्ति जनाउँदै यथाशीघ्र दोषीमाथि कारबाही गर्न अमेरिकी सरकारसँग माग गरेको कुरा भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
भारतीय वाणिज्य दूतावासले आफ्नो ट्वीटमा लेखेको छ- न्युयोर्कको मेलभिलमा अवस्थित बीएपीएस स्वामीनारायण मन्दिरमा तोडफोड अस्वीकार्य छ। न्युयोर्कस्थित भारतीय वाणिज्य दूतावास समुदाय (स्वामिनारायण समुदाय) सँग सम्पर्कमा छ। यस घटनामा संलग्नहरूलाई कडा कारबाही गर्न अमेरिकी कानुन एजेन्सीहरूसँग यो विषय उठाइएको छ।