काठमाडौं । नेपाली काँग्रेसभित्र पनि उपसभामुख हटाउने विषय उठेको छ । आज नेकपा एमालेले संसदमा नै यस विषय उठाएपछि नेपाली काँग्रेसले पनि यस विषयमा प्रश्न उठाएको हो । यस विषयमा पार्टीको धारणा बनाउन सभापति देउवाले पदाधिकारी र पूर्वपदाधिकारीलाई छलफलमा बोलाएका छन् । देउवाले बुधबारका लागि बैठक बोलाएका छन् । सोमबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा उपसभामुख रानालाई हटाउनेबारे छलफल भएको थियो ।
Author: Kathmandu Khabar
काठमाडौं । नेपाली कांग्रेसका सांसद धनराज गुरुङले सहकारी ठगीको विषयलाई लिएर आफूमाथि लगाइएको आरोपको निष्पक्ष छानबिन गर्न माग गरे । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा उनले सहकारी ठगीमा आफूमाथि गम्भीर आरोप लगाइएको भन्दै आरोपका छानबिन गर्न गृहमन्त्रालय र सम्बन्धित निकायलाई अनुरोध गरे । सहकारी ठगीको अन्तिम प्रतिवेदन सदनमा प्रस्तुत हुन लागेका बेला आफूमाथि लागेको आरोपप्रति आपत्ति जनाउँदै उनले शीघ्र छानबिन गरेर टुङ्ग्याइनुपर्ने बताए । साथै, उनले छानबिनमा सघाउने बताए ।
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले उपसभामुख इन्दिरा रानाको राजीनामा माग गरेको छ । मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा एमाले सांसद पदम गिरीले संसद्को मर्यादा र गरिमालाई कायम राख्न उपसभामुख इन्दिरा रानाले राजीनामा दिइ मार्गप्रशस्त गर्नुपर्ने विचार व्यक्त गरेका हुन् । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा उनले संसद्को गरिमामय व्यक्ति उपसभामुखले लिने निर्णय र गरिने व्यवहार संसद्को गरिमासँग जोडिने बताए । ‘उपसभामुखले सम्मानित संसद्को मर्यादा र गरिमालाई कायम राख्दै संसद्मा विषय उठेको लामो समयसम्म पनि बेवास्ता गर्नुभएको छ’, उनले भने, ‘संसद्को गरिमालाई बचाउनका निम्ति राजीनामा दिएर मार्गप्रशस्त गर्न राम्रो हुन्छ । व्यक्तिप्रति कुनै आग्रह पूर्वाग्रह छैन । तर, संसद्को…
काठमाडौं । काठमाडौंका खोला किनारमा संरचना बनाउँदा थप २० मिटर छाड्नुपर्ने सर्वोच्चको फैसलाविरुद्ध सरकार पुनरावलोकन जाने भएको छ । मुख्यसचिव एकनारायण अर्यालले सर्वोच्च अदालतले गरेको फैसला कार्यान्वयनमा कठिनाइ भएको भन्दै पुनरावलोकनमा जाने बताएका हुन् । काठमाडौं उपत्यकाका खोला किनारमा संरचना बनाउँदा थप २० मिटर छाड्नुपर्ने सर्वोच्चको फैसला सम्बन्धमा कार्यान्वयनमा समस्या देखिने भएकाले सरकार आफ्नो धारणा पेस गर्ने तयारीमा सरकार रहेको मुख्यसचिव एक नारायण अर्यालले बताए । काठमाडौं उपत्यकाका मुख्य नदी तथा खोला वरपरका थप २० मिटर जग्गामा संरचना बनाउन नपाइने गरी सर्वोच्चले गरेको फैसलाले निजी व्यक्तिको सम्पत्तिमाथि असर पर्ने भएकाले उक्त फैसलाविरुद्ध पुनरावलोकनमा जाने तयारी सरकारले गरेको हो । सर्वोच्चको…
काठमाडौं । पृथ्वी राजपथअन्तर्गतको नागढुंगा नौबिसे सडक खण्डको पहिरो पन्छाएको छ । नागढुंगामा नजिक खसेको पहिरो पन्छाइए पनि सवारी आवागमन भने अझै सहज हुन नसकेको ट्राफिक प्रहरीले जनाएको छ । पहिरो पन्छाइसके पनि सुरुङमार्ग नजिकको स्याउले भन्ने स्थानमा एउटा ट्रक बिग्रिएकाले सवारी आवागमन सहज हुन नसकेको प्रहरीले जनाएको छ । सो सडकखण्डमा दुवैतर्फ सवारी साधनहरुको लामो जाम छ । उपत्यका ट्राफिक प्रहरी महाशाखाका अनुसार काठमाडौंतर्फ वाणभञ्ज्याङसम्म सवारी साधनको लाइन छ ।
एप्पल आईफोन १६ सिरिज सार्वजनिक गरेको छ । सोमबार एक कार्यक्रमका बीच आइफोन १६ सीरिजको साथमा एप्पल वाच सिरिज १०, एप्पल वाच अल्ट्रा ३ र एप्पल वाच एसई मोडल पनि सार्वजनिक भएको छ । एप्पलले आईफोन 16 शृङ्खला लन्च गर्न आज राति ग्लोटाइम कार्यक्रम आयोजना गर्दैछ। आईफोन १६ सिरिजसँगै एप्पल वाच सिरिज १०, एप्पल वाच अल्ट्रा ३ र एप्पल वाच एसई मोडलहरू पनि यस इभेन्टमा लन्च गर्न सकिन्छ। लन्च हुनुअघि नै आईफोन १६ सिरिजका धेरै लिकहरू बाहिर आएका छन् । यस पटक एप्पलप्रेमीहरूले आईफोन १६ श्रृङ्खलामा धेरै ठूला अपडेटहरू पाउनेछन् । आगामी सिरिजमा एप्पलले प्रयोगकर्तालाई आर्टिफिसियल इन्टेलिजेन्सका धेरै सुविधाहरू उपलब्ध…
काठमाडौं । सत्तारुढ दलहरूको बैठकले अराजकता फैलाउन बालेन र दुर्गा प्रसाईंलाई प्रचण्डले उचालेको निष्कर्ष निकालेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ दलका शीर्ष नेताहरूको सोमबार बसेको बैठकमा प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले त्यस्तो सूचना पाएको बताउँदै सामाजिक सञ्जाल र सदनबाटै प्रतिवादन गरिने बताएका थिए । सरकारका समग्र काममा सत्ता पक्ष कसरी एकीकृतरूपमा प्रस्तुत हुने भन्ने विषयमा छलफल भएको बैठकमा सहभागी नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले जानकारी दिए । त्यस्तै, बैठकले कांग्रेस र नेकपा (एमाले) बीच भएको सात बुँदे सहमतिका विषयका आधारमा सरकारको न्यूतनम साझा कार्यक्रम बनाउने सहमति गरेको उनले बताए । बैठकमा संविधान संशोधन राष्ट्रको…
काठमाडौं । बङ्गलादेशका अपदस्थ नेता शेख हसिनालाई छिमेकी भारतबाट स्वदेश फिर्ता गराउन सकिने बङ्गलादेशको युद्ध अपराध न्यायाधिकरणले जनाएको छ । बङ्गलादेशमा विद्यार्थी नेतृत्वको आरक्षण विरोधी प्रदर्शनले राजनैतिक रूप धारण गरेपछि तत्कालीन प्रधानमन्त्री सेख हसिना अगस्ट ५ मा हेलिकोप्टरमार्फत भारतको नयाँदिल्ली पुगेकी थिइन् । उनको विदेश पलायनपछि सेना प्रमुखले हसिनाले प्रधानमन्त्री पदबाट राजीनामा दिएको घोषणा गरेका थिए । बङ्लादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधीकरण (आईसीटी) का प्रमुख अभियोजक मोहम्मद ताजुल इस्लामले मुख्य अभियुक्त हसिना विदेश पलायन भएको अवस्थामा उनलाई फिर्ता ल्याउन कानुनी प्रक्रिया सुरु गरिने बताए । सन् १९१७ मा स्वतन्त्रताको लडाइँका क्रममा भएका अत्याचारको छानबिन गर्न हसिना आफैले सन् २०१० मा आईसीटीको…
काठमाडौं । नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले अक्षमता देखाउँदै राजीनामा दिएका छन् । सोमबार निर्वाचन गर्न नसकेको भन्दै उनले वरिष्ठ उपाध्यक्षमार्फत राजीनामा दिएका हुन् । महासंघको निर्वाचन दुई पटक तोकिए पनि हुन सकेको छैन । निर्वाचन हुन नसक्नुका कारणहरूमा पोखरेलले पुनः कार्यतालिका ल्याउन नसक्नु, सदस्यता विवादका लागि बसेको बैठकबाट केही पदाधिकारी बाहिरिनु, केही पदाधिकारीले उपस्थितिमा हस्ताक्षर नगर्नु लगायत औँल्याएका छन् । सदस्यताको सूचीप्रति एक पक्षले देखाएको व्यवहारप्रति खिन्न भएको पोखरेलले बताएका छन् । ‘यस्तो अवस्थाबाट ममा निर्मित मनोविज्ञान बोकेर यो निर्वाचनलाई सम्पन्न गर्न म समर्थ छैन,’ पोखरेलले राजीनामा पत्रमा भनेका छन्,‘ यी सबै अवस्था आउनुमा मेरो कमजोरीलाई स्वीकार गर्दै…
काठमाडौं । नेपाली राजनीति र साहित्यका शिखर व्यक्तित्व जननायक बीपी कोइरालालाई राजनीतिक र साहित्यिक क्षेत्रका व्यक्तित्वले सम्झना गरेका छन् । कोइरालाको १११औं जन्मजयन्तीको अवसरमा नेपाल लेखक सङ्घ काठमाडौंले आयोजना गरेको साहित्यिक महोत्सवमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, महामन्त्री विश्वप्रकाश शर्मा लगायत नेताहरू, राजनीतिक विश्लेषक र साहित्य क्षेत्रका व्यक्तित्वहरूले उनको स्मरण गरेका थिए । महोत्सवमा सभापति देउवाले बीपीले प्रजातन्त्रका लागि गरेको सङ्घर्षबाट पार्टीका नेता, कार्यकर्ता एवं शुभेच्छुकले प्रेरणा लिनुपर्ने बताए। बीपी कोइरालाको राष्ट्रिय एकता तथा मेलमिलापको नीति अहिले पनि उत्तिकै सान्दर्भिक रहेको उल्लेख गर्दै उनले कांग्रेसले सधैँ सबै दलबीच मेलमिलापका लागि समन्वय गर्दै आएको बताए । कार्यक्रममा काँग्रेस महामन्त्री विश्वप्रकाश शर्माले…
काठमाडौं । सेयरबजारको कारोबार सूचक नेप्से परिसूचक आज पनि घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा पछिल्लो चार कारोबार दिन लगातार गिरावट देखिएको हो । गत साताको बुधबार ९० दशमलव ७३ र बिहीबार १२ दशमलव १० अङ्कले घटेको नेप्से परिसूचक यो साता कारोबारको पहिला दिन हिजो २५ दशमलव ४६ अङ्कले घटेको थियो । पुँजीबजारको ओरालो यात्राले आज पनि निरन्तरता पाएको छ । आज नेप्से परिसूचक ५५ दशमलव ८६ अङ्कले घटेर दुई हजार छ सय ४६ दशमलव ०३ को बिन्दुमा कायम भएको हो । यो दुई दशमलव ०६ प्रतिशतको गिरावट हो । नेप्से परिसूचक घटेसँगै कारोबार रकममा पनि उल्लेख्य गिरावट…
काठमाडौं । प्राध्यापक कृष्ण गौतमको कृति अद्वैतले यस वर्षको पद्मश्री पुरस्कार प्राप्त गरेको छ । खेमलाल–हरिकला लामिछाने प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले बीपी जयन्तीको अवसरमा आज जारी गरेको विज्ञप्तिमा विक्रम सम्वत २०८० सालमा प्रकाशित नेपाली साहित्यको उत्कृष्ट कृतिलाई प्रदान गर्ने पद्मश्री साहित्य पुरस्कार ‘अद्वैत’ लाई अर्पण गर्ने निर्णय गरिएको बताए । लामिछानेका अनुसार प्रतिष्ठानलाई प्राप्त १८७ पुस्तकमध्ये विस्तारित सूचीमा १५ पुस्तक तथा संक्षिप्त सूचीमा ५ पुस्तक सार्वजनिक गरिएको थियो । नेपाली भाषा, साहित्य तथा संस्कृतिको उन्नयनका लागि सिर्जना, पत्रकारिता तथा साहित्यिक गतिविधिमा दीर्घकालसम्म निरन्तर सक्रिय रहेका साहित्यिक अभियन्ता तथा चिन्तक पवन कुमार चामलिङलाई पद्मश्री साधना सम्मान अर्पण गर्ने निर्णय गरिएको जनाइएको…
काठमाडौं । भारतमा एमपक्सका बिरामी भेटिएको छ । एमपक्स संक्रमण रहेको देशबाट यात्रा गरेका यात्रुमध्ये एक पुरुष बिरामीलाई एमपक्सको लक्षण देखिएपछि उनलाई आइसोलेसनमा राखेर उपचार सुरु गरिएको छ । भारतीय स्वास्थ्य मन्त्रालयले आइतबार एमपक्स मामिलालाई अलग्गै राखेको जनाएको छ । विश्वको सबैभन्दा धेरै जनसङ्ख्या भएको देशमा मजबुत स्वास्थ्य उपायहरू रहेको स्वास्थ्य मन्त्रालयले एक विज्ञप्तिमा उल्लेख गरेको छ । भारतमा संक्रमित भेटिएसँगै नेपालमा पनि यसको जोखिम बढेको छ । भारतबाट नियमित नेपालमा आउजाउ चलिरहने र खुला सीमाका कारण भारतमा एमपक्सका बिरामी फैलिए भने नेपालमा नियन्त्रण गर्न कठिन हुने देखिन्छ । एक अर्ब ४० करोड जनसङ्ख्या भएको भारतमा हालसम्म एमपक्सको कुनै पनि…
काठमाडौं । निजी क्षेत्रको हवाई सेवा प्रदायक कम्पनी श्री एयरलाइन्सले काठमाडौं-पोखरा उडान गर्ने यात्रुलाई एक टिकट खरिद गर्दा अर्को टिकट निःशुल्क दिने भएको छ । एयरलाइन्सले आजदेखि आगामी असोज ४ गतेसम्म काठमाडौं-पोखरा विमानमार्फत यात्रा गर्दा एउटा टिकट सित्तैमा दिने भएको हो । एयरलाइन्सका प्रबन्धक अनिल मानन्धरले पोखराको पर्यटन चलायमान बनाउन तथा एयरलाइन्समा यात्रुको आकर्षणका लागि एक टिकट खरिद गर्दा अर्को निःशुल्क दिने अफर ल्याइएको जानकारी दिए । ‘पोखरा–काठमाडौं गन्तव्यमा हवाई यात्रुको चहल पहल बढाउन तथा पर्यटन प्रवर्दका लागि यो अफर ल्याएका हौँ, यसबाट थोरै भएपनि एयरलाइन्सको गतिविधि बढ्ने र पर्यटन क्षेत्रमा पनि केही राहत मिल्ने विश्वास लिएका छौँ । असोज…
काठमाडौं । आज नेपाल तथा भारतका समेत कतिपय स्थानमा जननायक बीपी कोइरालाको १११औं जन्मजयन्ती धुमधामका साथ मनाइँदै छ । नेपालमा नेपाली काँग्रेसको नेतृत्वमा राजनीतिक जगतले र साहित्यिक संस्थाहरूको नेतृत्वमा साहित्यिक व्यक्तित्वले विभिन्न कार्यक्रम गरी उनको जन्मजयन्ती मनाउँदैछन् भने भारतमा सिक्किम दार्जिलिङ लगायतका साहित्यिक व्यक्तित्व र बनारस लगायत क्षेत्रमा राजनीतिक व्यक्तित्वले उनको जन्मजयन्ती मनाउँदैछन् । नेपालमा प्रजातन्त्रको स्थापना एवं पुनःस्थापनाका लागि कठोर संघर्ष गरेका कोइरालाको विसं १९७१ भदौ २४ गते जन्म भएको थियो । जहानियाँ राणा शासनको विरोधमा उनका पिता कृष्णप्रसाद कोइरालाले गरिब किसानले पहिरेको कपडा राणा प्रधानमन्त्री चन्द्रशम्शेरलाई ‘पार्सल’ गरी पठाएपछि कोइराला परिवार भारत निर्वासनमा जानुपरेको थियो । भारत निर्वासनमै…
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी कर्मचारीको खाजा खाने समय घटाएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत् निर्देशन दिँदै प्रधानमन्त्री ओलीले सरकारी कार्यालयमा खाजा खाने समय एक घण्टाबाट घटाएर हरेक आधा घण्टामा झारिएको बताए । ‘सरकारी कार्यालयमा कर्मचारीहरूको खाजा समय लामो हुँदा सेवाग्राहीलाई असर परेको गुनासो सुनिँदै आएको छ । खाजा पनि खानुपर्छ, तर खाजा खाने नाममा धेरै समय कार्यालयको काम रोकिनु हुँदैन,’ उनले भनेका छन् । ‘कार्यालयको खाजा समयबारे यदि यस नियमलाई उल्लंघन गरेको पाइएमा हेलो सरकारमा कम्प्लेन गर्न अनुरोध छ,’ प्रधामन्त्री ओलीले भनेका छन् । ओलीले नयाँ नियम उल्लंघन गरेको भेटिए ‘हेलो सरकार’मार्फत उजुरी दिन आग्रह गरेका छन्…
काठमाडौं । नेपाली काँग्रेसले पेरिस पारालिम्पिकमा ऐतिहासिक पदक विजेता पलेशा गोर्वधनलाई ५ लाख नगदसहित सम्मान गरेको छ । आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित एक कार्यक्रमकाबीच पलेशालाई सो रकम बराबरको सहयोग रहक हस्तान्तरण गरिएको हो । यसैगरी प्रशिक्षक कविराज नेगीलाई नगद १ लाख ५० हजार रुपैयाँसहित कांग्रेसले सम्मान गरेको छ । सम्मान कार्यक्रममा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीलगायतको सहभागिता थियो । पलेशा पारालिम्पिकमा पदक जित्ने पहिलो नेपाली खेलाडी हुन् ।
काठमाडौँ । तेस्रो काठमाडौं कलिङ साहित्य महोत्सव आयोजना गर्ने सन्दर्भमा आइतबार काठमाडौंको हिमालयन होटलमा एउटा छलफल कार्यक्रम भएको थियो । महँगै तारे होटलमा कार्यक्रम भए पनि कार्यक्रममा सहभागीहरूले भने आर्थिक अभावको समस्या र यसले साहित्यमा पारेको असरको बारेमा राम्रै बहस विमर्श गरे । उनीहरूले पछिल्लो समय साहित्यको गरिमा र ओझ घट्नुको पछिका केही कारणको बारेमा पनि चर्चा गरे । साथै आयोजकहरुले महोत्सव गर्दाको दौडधुप र आर्थिक अभावका विषयमा अनुभव साट्दै कार्यक्रम सकियो । बैठकमा सहभागीहरुले महोत्सवको आयोजना गर्दा आर्थिक अभावका कारण झेल्नुपरेका पीडा र सास्तीका विषयमा छुट्टाछुट्टै अनुभव सुनाएका थिए । यो कार्यक्रमको निष्कर्ष थियो, पैसाले मार्ने भयो साहित्यलाई भन्ने…
काठमाडौं । साताको पहिलो दिन धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचकमा सामान्य गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार कारोबार मापक नेप्से परिसूचक २५ दशमलव ४६ अङ्कले ओरालो लागेर दुई हजार सात सय एक दशमलव ९० मा सिमित भएको छ । यस्तै, ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक छ दशमलव ६३ अङ्कले ओरालो लागेर चार सय ७९ दशमलव ७२ मा सीमित भएको छ । कारोबार भएका कूल १३ उपसमूहमध्ये आज तीन उपसमूहको शेयर मूल्य उकालो लाग्दा १० उपसमूहको शेयर मूल्यमा भने गिरावट भएको छ । कूल दुई करोड २२ लाख ६२ हजार नौ सय २४ कित्ता…
काठमाडौं । दुई दिनअघि सुन्दरीजलमा भेटिएको शवको पहिचान भएको छ । प्रहरीले सो घटनामा मृतक महिलालाई उनकै प्रेमीले हत्या गरेको प्रारम्भिक निष्कर्ष निकालेको छ । गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजलमा मृत फेला परेकी ती युवतीसिरहा घर भई काठमाडौंको बसुन्धारा बस्दै आएकी राम दुलारी रहेको प्रहरीको भनाइ छ । उनको हत्या आरोपमा प्रहरीले सर्लाही चक्रघट्टा गाउँपालिका-३ बस्ने वर्ष ४० को रामविनय महरा र सर्लाहीकै बसबरिया गाउँपालिका-५ घर भई हाल बसुन्धारा ३ बस्ने वर्ष २४ का सन्तोष राम महरालाई पक्राउ गरेको छ। गत बिहीबार सुन्दरीजल घुम्न गएका व्यक्तिले बोक्सेदहको ढुंगाको कापमा मान्छेको खुट्टा देखेपछि प्रहरीलाई खबर गरेका थिए । त्यसपछि प्रहरी वृत्त बौद्ध र…
काठमाडौं । आज ५८ औँ अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाइँदै राखिँदै छ । ८ सेप्टेम्बर २०२४ का दिन दिवस मनाइन लागेको साक्षरता दिवसको अवसरमा हुम्ला जिल्लालाई पनि साक्षर जिल्ला घोषणा गर्ने तयारी सरकारको छ । दिवसबारे शिक्षा तथा मानव स्रोत विकास केन्द्रले पत्रकार सम्मेलन गरेर २३ भदौमा कार्यक्रम गर्न लागिएको बताएका थिए । हाल नेपालमा ६४ वटा जिल्ला साक्षर घोषणा गरिसकिएको छ। अब १३ जिल्ला घोषणा हुन बाँकी छन् । ती जिल्लाहरू समेत साक्षर घोषणाको तयारीमा रहेको केन्द्रको अनौपचारिक तथा वैकल्पिक शिक्षा शाखाका निर्देशक नीलकण्ठ ढकालले बताए । बागमती, गण्डक र कोशीबाहेकका प्रदेशहरू समेत साक्षर घोषणा हुन बाँकी छन् । घोषणा…
नेपालगञ्ज (बाँके) । बाँकेको जानकी गाउँपालिकामा झाडाबान्ताबाट एकको मृत्यु भएको छ । शनिबार जानकी गाउँपालिका–५ बेलहरीका ३४ वर्षीय होली तेलीको मृत्यु भएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी नरेश श्रेष्ठले जानकारी दिए। “परीक्षणमा हैजाको जीवाणु देखिएको छैन, खानेपानी प्रशस्त नखाएको र समयमा उपचार नभएकाले मृत्यु भएको हुनसक्छ”, उनले भने । सो पालिकामा तीनजनामा झाडाबान्ताका बिरामी भेटिएका छन् । तीमध्ये एकजनाको भेरी अस्पताल र अर्का एकजनाको स्थानीय स्वास्थ्यचौकीमा उपचार भइरहेको छ । एकजना भने उपचारपछि घर फर्केका छन् । यसअघि जिल्लाको नरैनापुरमा विभिन्न समयमा झाडाबान्ता र अन्य स्वास्थ्य समस्याका कारण पाँचजनाको मृत्यु भएको अधिकारी श्रेष्ठले बताए ।
काठमाडौं । देशभर आंशिकदेखि साधारणतया बदली रहँदा काठमाडौं उपत्यकासहित बागमती प्रदेशका विभिन्न स्थानमा पानी पर्ने सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । कोसी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । कोसी, वाग्मती र गण्डकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । विभागले राति देशभर आंशिकदेखि साधारणतया बदली रहने जनाएको छ । कोसी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । विभागले लुम्बिनी प्रदेशको तराई भू–भागका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना…
काठमाडौं । तीजको तेस्रो दिन अर्थात् ऋषिपञ्चमी पर्व आज मनाइँदै छ । अरुन्धतीसहित सप्तऋषिको पूजा आराधना गरी मनाउने यो पर्व रजस्वला भएकी महिलाहरूले विशेष पूजा गर्ने यो पर्वको आफ्नो छुट्टै महत्व रहेको छ । महिलाको रजस्वलासित जोडिएको ऋषिपञ्चमीका विषयमा एउटा किंवदन्ती पनि प्रचलित छ । प्राचीन समयमा भगवान इन्द्रले विश्वरुपको शिरलाई तीन टुक्रा पारी हत्या गरेको कारण ब्रह्महत्याको पाप भोग्नुपर्यो । यस हत्याबाट पिरोलिएका इन्द्रले आफ्नो दुःख ब्रह्मालाई सुनाए । इन्द्रको ब्रह्महत्या निवारणका लागि ब्रह्माले एक वर्षसम्मको दोष इन्द्रलाई भोग गराई बाँकी दोष पृथ्वी, वृक्ष, जल र स्त्रीमा चार भाग लगाई चारैतिर फ्याँकिदिए । यसैकारण उब्जनी नहुने उर्वरभूमि, वृक्षबाट निस्कने…
काठमाडौं । नेपाली लेखक संघ काठमाडौं जिल्ला कार्य समितिले नेपाली राजनीति एवं साहित्यका शिखर पुरुष बीपी कोइरालाको १११ औँ जन्मजयन्तीमा साहित्य उत्सवको आयोजना गर्ने भएको छ । भदौ २४ अर्थात् सोमबार सुन्दरीजलस्थित बीपी संग्रहालय परिसरमा हुने बीपी जन्म दिवस साहित्यिक उत्सवको उद्घाटन नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गर्ने भएका छन् । कार्यक्रममा काँग्रेस महामन्त्री विश्वप्रकाश शर्मा, राजनीतिक विश्लेषक प्रा.डा कृष्ण खनाललगायतले सम्भाषण गर्ने तयारी रहेको समितिका अध्यक्ष विशुकुमार केसीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिअनुसार कार्यक्रममा लेखक संघका सल्लाहकार डा. तुलसी भट्टराई, चर्चित आख्यानकार तथा साहित्यकार नारायण ढकाल, समीक्षक एवं साहित्यकार डा ज्ञानु पाण्डेसँग संघका सहअध्यक्ष डा…
काठमाडौं । नेपाली काँग्रेस र नेकपा एमालेका नेताहरूले बुढानीलकण्ठ नगरपालिकाका विभिन्न वडामा गएको पहिरोको अवलोकन गरेका छन् । शनिबार नेपाली काँग्रेसको नेतृत्वमा गएको टोलीले बुनपाका ३ वटा वडामा गएको पहिरो एवं त्यसबाट जोखिममा रहेको घरको अवलोकन गर्दै जोखिम न्यूनीकरणको उपायको बारेमा छलफल गरेका थिए । तीन वडामा भएको अनुगमनमध्ये १० नं वडामा प्रदेश सांसदसहित एमाले नेताहरूको पनि सहभागिता रहेको थियो भने अन्य वडामा नेपाली काँग्रेसको एकल सहभागिता रहेको थियो । नेपाली काँग्रेसको टोलीले १० नं वडामा पहिरोको जोखिममा रहेका तीन वटा घरको अवलोकन गरी जोखिम न्यूनीकरणको बारेमा छलफल गरेको थियो भने वडा नं ११ र वडा नं २ मा गएको…
काठमाडौं । यस वर्षको इन्द्रजात्राको लागि भक्तपुरकबाट लिंगो काठमाडौं ल्याइएको छ । भक्तपुरको सूर्यविनायक नगरपालिका‐१० स्थित चित्तपोलको सामुदायिक वनबाट काटेर ल्याइएको यःसिं अर्थात् लिङ्गो गएराति काठमाडौं पुर्याइएको केन्द्रीय मानन्धर सङ्घका सदस्य एवं प्रचार संयोजक केके मानन्धरले जानकारी दिए । शुभसाइतमा पूजा गरेर छाडेको बोकाले जुन रुखमा छुन्छ त्यही रुखलाई काट्ने प्रचलन छ । रूख काट्नुअघि नेपाली सेनाको श्री शार्दूल जङ्ग गुल्मका गुल्मपतिको नेतृत्वमा चित्तपोल पुगेको गुरूजुको पल्टनले सलामी अर्पण गरेको थियो । रूख काटिएसँगै पाँच जनाको गुरूजुको पल्टनले एकैपटक बन्दुक पड्काएर हर्षबढाईं दिएको थियो । भक्तपुरमा यःसिं लिने जानेदेखि काठमाडौँसम्म पुर्याएर ठड्याउने र ढाल्नेसम्मको काममा हनुमानढोका दरबारस्थित श्री शार्दूल जङ्ग…
काठमाडौं । भारतको मणिपुरमा शनिबार (सेप्टेम्बर ७) मा फेरि हिंसा भड्कियो । जिरिवाम जिल्लामा शनिबार बिहान भएको हिंसामा पाँच जनाको मृत्यु भएको छ । घटनाको जानकारी दिँदै स्थानीय प्रहरी अधिकृतले एक व्यक्तिलाई सुतिरहेको अवस्थामा गोली हानेपछि हिंसा भड्किएको हो । जिल्ला सदरमुकामबाट करिब पाँच किलोमिटर टाढाको एकान्त ठाउँमा एक्लै बस्ने एक व्यक्तिको घरमा आतङ्ककारीले पसेर गोली हानेर हत्या गरेको उनले बताए । हत्यापछि जिल्ला सदरमुकामबाट करिब सात किलोमिटर टाढा पहाडी क्षेत्रमा लडाकु समुदायका हतियारधारीबीच भीषण गोली हानाहान भएको थियो, जसमा तीन पहाडी लडाकुसहित चारजना सशस्त्र व्यक्तिको मृत्यु भएको अधिकारीले बताए । विद्रोहीका तीन बङ्कर ध्वस्त यसैबीच विष्णुपुरमा विद्रोहीको रकेट आक्रमणमा…
काठमाडौँ । सत्य युगमा भगवान श्री गणेशको जन्म भएको विश्वासको आधारमा आज गणेश चौथी मनाउने चलन छ । सनातन समाजमा कुनै कामको सुरु गर्दा पुजिने श्री गणेशलाई ठूलो भुँडी भएकाले लम्बोदर, हात्तीको आकृतियुक्त मुहार भएकाले गजानन, विघ्न हटाउने भएकाले विघ्ननाशक, गणका पति भएकाले गणपति, सबै देवताका प्रिय भएकाले सुरप्रिय र विनायकजस्ता अनेकौँ नामले गणेश पुजिन्छन् । यो दिनलाई नेवार समाजले चथाःको रूपमा पुज्छन् । गणेश चतुर्थीमा चन्द्रमा हेर्नु हुँदैन भन्ने मान्यता रहेको छ । चन्द्रमा हेरे चोरीको दोष लाग्ने विश्वास गरिन्छ। तर यस दिन ग्रामीण भेगमा भने काँक्रो लगायतका फलफूल चोरी गर्दा दोष नलाग्ने मान्यता रहेको छ । पुराणका अनुसार…
काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सागर मिश्रले उत्कृष्ट निजामती सेवा पुरस्कार पाएका छन् । सरकारले २१औँ निजामती सेवा दिवसमा पुरस्कृत हुने कर्मचारीहरूको नामावली सार्वजनिक गरेको छ । बिहीबार अपराह्न बसेको मन्त्रिपरिषद् बैठकबाट ४० कर्मचारीलाई पुरस्कृत गर्ने निर्णय गरेको थियो । सर्वोत्कृष्ट निजामती सेवा पुरस्कार एक जना, उत्कृष्ट निजामती सेवा पुरस्कार १० र निजामती सेवा पुरस्कार ३० जनालाई प्रदान गरिँदै आएको भए पनि सरकारले यस वर्ष पनि सर्वोत्कृष्ट कर्मचारी भेटाएको देखिएन । यस वर्ष १० जनालाई उत्कृष्ट निजामती सेवा पुरस्कार र ३० जना कर्मचारीलाई निजामती सेवाका लागि छनौट गरेको छ । यो वर्ष पनि सरकारले सर्वोत्कृष्ट कर्मचारीको…
