काठमाडौं खबर भदौ २३, २०८१
काठमाडौं । नेपाली काँग्रेसले पेरिस पारालिम्पिकमा ऐतिहासिक पदक विजेता पलेशा गोर्वधनलाई ५ लाख नगदसहित सम्मान गरेको छ ।
आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित एक कार्यक्रमकाबीच पलेशालाई सो रकम बराबरको सहयोग रहक हस्तान्तरण गरिएको हो । यसैगरी प्रशिक्षक कविराज नेगीलाई नगद १ लाख ५० हजार रुपैयाँसहित कांग्रेसले सम्मान गरेको छ ।
सम्मान कार्यक्रममा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीलगायतको सहभागिता थियो । पलेशा पारालिम्पिकमा पदक जित्ने पहिलो नेपाली खेलाडी हुन् ।