काठमाडौं खबर भदौ २२, २०८१
काठमाडौं । भारतको मणिपुरमा शनिबार (सेप्टेम्बर ७) मा फेरि हिंसा भड्कियो । जिरिवाम जिल्लामा शनिबार बिहान भएको हिंसामा पाँच जनाको मृत्यु भएको छ । घटनाको जानकारी दिँदै स्थानीय प्रहरी अधिकृतले एक व्यक्तिलाई सुतिरहेको अवस्थामा गोली हानेपछि हिंसा भड्किएको हो ।
जिल्ला सदरमुकामबाट करिब पाँच किलोमिटर टाढाको एकान्त ठाउँमा एक्लै बस्ने एक व्यक्तिको घरमा आतङ्ककारीले पसेर गोली हानेर हत्या गरेको उनले बताए । हत्यापछि जिल्ला सदरमुकामबाट करिब सात किलोमिटर टाढा पहाडी क्षेत्रमा लडाकु समुदायका हतियारधारीबीच भीषण गोली हानाहान भएको थियो, जसमा तीन पहाडी लडाकुसहित चारजना सशस्त्र व्यक्तिको मृत्यु भएको अधिकारीले बताए ।
विद्रोहीका तीन बङ्कर ध्वस्त
यसैबीच विष्णुपुरमा विद्रोहीको रकेट आक्रमणमा एक जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् भने चुराचन्दपुर जिल्लामा सुरक्षाकर्मीले तीनवटा बङ्कर ध्वस्त पारेका छन् । प्रहरीले चुराचन्दपुर जिल्लाको मुलसाङ र लैका मुअल्सा गाउँमा शुक्रबार यो अभियान सुरु गरेको हो ।
प्रहरीले पीटीआईलाई भन्यो, ‘आतंकवादीहरूले विष्णुपुर जिल्लामा दुई ठाउँमा लामो दूरीको रकेट प्रहार गरेका थिए। यस हमलामा एक वृद्धको मृत्यु भएको छ भने अन्य ६ जना सर्वसाधारण घाइते भएका छन् । त्यसपछि प्रहरी टोली र सुरक्षाकर्मीले नजिकैको पहाडी क्षेत्रमा अपरेसन सुरु गरेका थिए । यसै क्रममा विष्णुपुरका प्रहरी उपरीक्षक लगायतका प्रहरी अधिकारीहरु इलाकामा पुगेपछि संदिग्ध आतङ्ककारीले उनीहरुमाथि गोली चलाएको थियो । यसपछि प्रहरी टोलीले जवाफी कारबाही गरी आतङ्ककारीको आक्रमणलाई विफल पारेको थियो ।
ड्रोनको डरले मानिसहरूले बत्ती निभाए
यसअघि मणिपुरको विष्णुपुर र इम्फाल पूर्वी जिल्लाहरूमा धेरै ड्रोन देखेपछि मानिसहरूले आफ्नो घरको बत्ती निभाउने गरेका थिए। हालै इम्फाल पश्चिम जिल्लामा दुई ठाउँमा मानिसहरूमाथि बम खसाल्न ड्रोन प्रयोग गरिएको थियो। नारायणसेना, विष्णुपुर जिल्लाको नम्बोल कमोङ र इम्फाल पूर्वी जिल्लाको पुखाओ, दोलैथबी, शान्तिपुरमा धेरै ड्रोनहरू देखिएका थिए। भारतीय सञ्चारमाध्यमहरूको सहयोगमा