काठमाडौं खबर भदौ २५, २०८१
काठमाडौं । नेपाली कांग्रेसका सांसद धनराज गुरुङले सहकारी ठगीको विषयलाई लिएर आफूमाथि लगाइएको आरोपको निष्पक्ष छानबिन गर्न माग गरे ।
प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा उनले सहकारी ठगीमा आफूमाथि गम्भीर आरोप लगाइएको भन्दै आरोपका छानबिन गर्न गृहमन्त्रालय र सम्बन्धित निकायलाई अनुरोध गरे ।
सहकारी ठगीको अन्तिम प्रतिवेदन सदनमा प्रस्तुत हुन लागेका बेला आफूमाथि लागेको आरोपप्रति आपत्ति जनाउँदै उनले शीघ्र छानबिन गरेर टुङ्ग्याइनुपर्ने बताए । साथै, उनले छानबिनमा सघाउने बताए ।