काठमाडौं खबर भदौ २२, २०८१
काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सागर मिश्रले उत्कृष्ट निजामती सेवा पुरस्कार पाएका छन् । सरकारले २१औँ निजामती सेवा दिवसमा पुरस्कृत हुने कर्मचारीहरूको नामावली सार्वजनिक गरेको छ । बिहीबार अपराह्न बसेको मन्त्रिपरिषद् बैठकबाट ४० कर्मचारीलाई पुरस्कृत गर्ने निर्णय गरेको थियो ।
सर्वोत्कृष्ट निजामती सेवा पुरस्कार एक जना, उत्कृष्ट निजामती सेवा पुरस्कार १० र निजामती सेवा पुरस्कार ३० जनालाई प्रदान गरिँदै आएको भए पनि सरकारले यस वर्ष पनि सर्वोत्कृष्ट कर्मचारी भेटाएको देखिएन । यस वर्ष १० जनालाई उत्कृष्ट निजामती सेवा पुरस्कार र ३० जना कर्मचारीलाई निजामती सेवाका लागि छनौट गरेको छ ।
यो वर्ष पनि सरकारले सर्वोत्कृष्ट कर्मचारीको पुरस्कार कसैलाई पनि दिएको छैन । यस्तो छ उत्कृष्ट निजामतीको पुरस्कार पाउने १० जनासहित कुल ४० जनाको नामावली