Author: Kathmandu Khabar

काठमाडौं । आज मंगलबार काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागद्वारा जारी मौसम पूर्वानुमान बुलेटिनअनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, मधेस, बाग्मती, गण्डकी र कर्णाली प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशको केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी प्रदेशका केही तथा बागमती, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको…

Read More

काठमाडौं । काठमाडौंमा मंगलबार बिहान भूकम्पको धक्का महसुस गरिएको छ । बिहान ६ बजेर ११ मिनेट जाँदा सिन्धुपाल्चोकको शिखरपुर आसपास केन्द्रबिन्दु भएर ४ दशमलव २ रेक्टर स्केलको भूकम्प गएको हो। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका यो ०७२ साल वैशाख १२ गते गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पकै परकम्प हो । भूकम्पको धक्का काठमाडौँ उपत्यकासहित आसपासका जिल्लामा पनि महशुस गरिएको छ।

Read More

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले नाबालिकालाई घरेलु कामदार बनाउने एमाले सांसदलाई ओलीले संरक्षण गरेको बालेनको आरोप लगाएका छन् । महानगरपालिकाले नेकपा एमालेकी सांसद रेखा शर्माले विगत आठ वर्षदेखि बन्दी बनाएर राखेको भेटिएपछि सो विषयमा अदालतले समेत पक्राउ गर्न आदेश दिए पनि ओलीले उनलाई संरक्षण गरेको आरोप लगाएका छन् । उनले आइतबार सामाजिक सञ्जाल फेसबुकमा काठमाडौं महानगरले विगत दुई महिनादेखि कारबाही अगाडि बढाउन भन्दा पनि सरकारले पक्राउ नगरेको भन्दै असन्तुष्टि व्यक्त गरे । उनले अदालतले समेत मुद्दा चलाउ भनिसकेको अवस्थामा सुशासनको हवाला दिने ओली सरकारले उनलाई नसमाएको बालेनको आरोप छ । उनले फेसबुकमा लेखेका थिए ‘सम्माननीय प्रधानमन्त्री खड्ग प्रसाद…

Read More

काठमाडौं । बुढानीलकण्ठ नगरपालिका वडा नं २ मा नेपाली काँग्रेसको संगठन सुदृढीकरण अभियान अन्तर्गत्को कार्यक्रम सम्पन्न भएको छ । काँग्रेस क्षेत्र नं ४ ख को घोषणा बमोजिम सञ्चालन गरिएको सो अभियान यही भाद्र १३ देखि १६ सम्म सञ्चालन भएको नेपाली काँग्रेस बुनपा २ का इकाई सभापति जनक थापाले जानकारी दिए । कार्यक्रमअन्तर्गत् वडा इकाईको समन्वयमा ९ वटा टोल कार्यसमितिका पदाधिकारीहरूको सहभागितामा टोलटोलमा बैठक भेला र छलफल गरी सम्पन्न गरिएको २ नं वडा इकाईले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । प्रत्येक टोलको कार्यक्रममा प्रदेश ख का सभापति रामप्रसाद लुइँटेल, उपसभापति एवं अभियानका प्रतिनिधि श्यामकृष्ण श्रेष्ठ, सचिवहरू मनोज सिग्देल, अम्बिका राना, प्रदेश…

Read More

काठमाडौं । आज भाद्र कृष्ण औँसीका दिन देशभर कुशे औंशी, बाबुको मुख हेर्ने दिन र पितृसम्मान दिवस मनाइँदैछ । वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर–घरमा भित्र्याएर मनाइँदैछ । आजको दिन विशेषगरी उत्तरगया भनेर चिनिने काठमाडौँको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर महादेव मन्दिर परिसरमा विशेष मेला लाग्छ । यसैले आजको औँसीलाई गोकर्णे औँसीका नामले पनि चिनिन्छ । यस अवसरमा गोकर्णेश्वर महादेव मन्दिर परिसरमा दिवङ्गत बाबुको नाममा तर्पण, पिण्डदान तथा सिदादान गर्नेहरूको भीड लाग्छ । शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमानकहाँ पुर्याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ । आजका दिन उखेलिएको कुश वर्षभर…

Read More

काठमाडौं । साहित्यानुरागीहरूले आज राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको जन्मजयन्ती मनाउँदैछन् । नेपाली साहित्यको शृङ्गार रसलाई योगदान दिएका युवाकवि भट्टले आदिकवि भानुभक्तको जीवनी पहिलोपटक प्रकाशनमा ल्याउनुका साथै नेपालमा छापाखानासमेत भित्र्याएका थिए । उनै भट्टको एक सय ५९औँ जन्मजयन्ती सोमबार देशभर विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । विसं १९२३ भाद्र कृष्ण कुशे औँसीका दिन जन्मेर विसं १९५३ भाद्र कृष्ण कुशे औँसीकै दिन ३० वर्षको उमेरमा निधन हुनुभएका मोतीराम भट्टले नेपाली साहित्यको श्रीवृद्धिका लागि गहन योगदान पुर्‍याएका थिए ।

Read More

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले ११ क्याम्पस प्रमुखलाई प्रतिस्पर्धाबाट नियुक्ति गर्ने भएको छ । आरआर र पाटनसहितका आंगिक क्याम्पसमा रिक्त क्याम्पस प्रमुखका लागि दरखास्त आह्वान गरेको छ । सोमबार गोरखापत्र दैनिकमा सूचना जारी गर्दै त्रिविले योग्य व्यक्तिलाई आवेदनका लागि आग्रह गरेका छन् । योग्यता पुगेका इच्छुकले आजदेखि आगामी सात दिनभित्र आवेदन दिन सकिने सूचनामा उल्लेख छ। हाल काठमाडौँको प्रदर्शनीमार्गमा रहेको रत्नराज्य लक्ष्मी क्याम्पस, विश्वभाषा क्याम्पस, पाटन संयुक्त क्याम्पस पाटनढोका ललितपुर, पृथ्वीनारायण क्याम्पस पोखरा, बुटवल बहुमुखी क्याम्पस बुटवल क्याम्पस, सुर्खेत शिक्षा क्याम्पस सुर्खेत, सूर्यनारायण सत्यनारायण मोरवैता यादव क्याम्पस सिराहाकाे लागि क्याम्पस प्रमुख माग गरिएको छ। त्यसैगरी रामस्वरुप रामसागर क्याम्पस जनकपुर, त्रिभुवन बहुमुखी…

Read More

काठमाडौं । आइसिसी विश्वकप लिग–२ को तयारीको लागि नेपाली राष्ट्रिय क्रिकेट टोली आज श्रीलङ्का प्रस्थान गरेको छ । भारतको नेसनल क्रिकेट एकेडेमी बेङ्गलोरमा दुई साता अभ्यास गरेर स्वदेश फर्किको टोली आज श्रीलङ्का प्रस्थान गरेको हो । नेपाली टोलीले श्रीलङ्काको डेभ्लपमेन्ट टोलीसँग तीन एकदिवसीय खेल खेल्ने नेपाल क्रिकेट सङ्घ (क्यान)ले जनाएको छ । क्यानकानुसार नेपालले यही भदौ १८, २० र २२ गते अभ्यास खेल खेल्ने तय भएको छ । टोलीमा कप्तान रोहितकुमार पौडेलसहित दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने आसिफ शेख, अनिल शाह, देव खनाल, भीम सार्की र आरिफ शेख छन् । त्यसैगरी कुशल मल्ल, सोमपाल कामी, करण केसी, गुलशन झा, रिजन ढकाल,…

Read More

काठमाडौं । यो साता कारोबारको पहिलो दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा करिब दुई प्रतिशतको गिरावट देखिएको छ भने कारोबार रकम पनि घटेको छ । नेप्से परिसूचक ५३ दशमलव ६३ अङ्कले घटेर दुई हजार छ सय ९५ दशमलव ९३ को विन्दुमा कायम भएको हो । आज तीन सय ३७ कम्पनीको दुई करोड ६२ लाख ४६ हजार चार सय ३५ कित्ता शेयर एक लाख ३० हजार छ सय ३२ पटक खरिदबिक्री हुँदा रु १० अर्ब ५१ करोड ७६ लाख ८२ हजार तीन सय ४९ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । म्युचुअल फण्ड शून्य दशमलव ८० प्रतिशतले बढेको छ भने…

Read More

काठमाडौं । माओवादीको सर्कुलरमा उपमहासचिव जनार्दन शर्माको विद्रोहको प्रभाव देखिएको छ । आइतबार पार्टी महासचिव देव गुरुङले जारी गरेको सर्कुलरमा जनार्दनको विषयलाई भने बोल्ड गरिएको छ। खुमलटारबाट नै जनार्दन शर्माले पार्टी फुटाउँदैछन् भन्ने प्रचार आएको भनेर शर्माले पार्टी बैठकमा लिखित असहमति जनाएका थिए । यो विषयलाई उनले जोडतोडका साथ उठाएपछि प्रचण्डले त्यसको जवाफमा आत्मालोचना गरेका थिए । त्यसको प्रभावस्वरुप अध्यक्ष प्रचण्ड र महासचिव देव गुरुङले जारी गरेको सर्कुलरमा ‘शर्माले पार्टी फुटाउँदै छ भन्ने प्रचारमा कुनै सत्यता नभएको’ भन्ने वाक्यांश बोल्ड गरिएको हो । यो मा‌ओवादीको दोस्रो सर्कुलर हो । पहिलो सर्कुलर बैठक समापन गर्ने बेला प्रचण्डले अब जनार्दनले पार्टी फुटाउँदैनन्…

Read More

काठमाडौं । आउँदै गरेको हरितालिका तीजको अवसरमा कपनका महिलाहरूले धुमधामका साथ तीज विशेष कार्यक्रम मनाएका छन् । शनिबार बुनपा १२ मा आयोजित कार्यक्रममा नेपाली काँग्रेसका महामन्त्री गगन थापालाई प्रमुख अतिथिको रूपमा बोलाइएको थियो । तीजको शुभकामना आदानप्रदान तथा दर खाने कार्यक्रम करिब ४०० जनाको सहभागिता रहेको आयोजकको दाबी छ । महिला संघ बुढानीलकण्ठ नगरपालिका वडा नं १२ ले आयोजना गरेको कार्यक्रममा महिला संघ बुनपा १२ की अध्यक्ष निर्मला दाहालले कार्यक्रममा उपस्थितहरूप्रति आभार व्यक्त गरेकी थिइन् भने सुरुवातमा कार्यक्रम सञ्चालिका अञ्जली खतिवडाले कार्यक्रमको बारेमा प्रकाश पारेकी थिइन् । कार्यक्रममा प्रमुख अतिथि गगन थापा, विशेष अतिथि मीना पराजुली, याङ्किला शेर्पा, अतिथिहरूमा न्हुच्छेनारायण…

Read More

काठमाडौं । आजदेखि ललितपुरको सातदोबाटोमा एन्फा महिला लिग फुटबल सुरु हुँदैछ । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा हुने लिग दिउँसो ३ बजे एन्फा कम्प्लेक्समा सुरु हुनेछ । आजको उद्घाटन खेलमा कोशी प्रदेश र वालिङ नगरपालिका स्याङ्जाबीच प्रतिस्पर्धा हुनेछ । । उद्घाटन खेलका लागि दर्शकलाई नि:शुल्क प्रवेशको व्यवस्था गरिएको एन्फाले जनाएको छ । लिगमा एपीएफ एफसी, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, चन्द्रपुर नगरपालिका, वालिङ नगरपालिका, कोशी प्रदेश, सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, संकटा एफसी र बागमती युथ क्लब छन् । लिगमा कुल ६९ खेल हुनेछ । लिगको विजेताले १० लाख र उपविजेताले ५ लाख प्राप्त गर्नेछन् ।

Read More

काठमाडौं । शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा पछिल्लो समय चराको प्रजाति बढेको छ । केही समयअघि सार्वजनिक भएको चराहरूको सूचीअनुसार निकुञ्जमा पछिल्लो समय ८० प्रजाति बढेसँगै कुल ३९६ प्रजातिको चरा पुगेको छ । निकुञ्जका पूर्वप्रमुख संरक्षण अधिकृत लक्ष्मणप्रसाद पौड्यालको नेतृत्वमा वरिष्ठ चराविद् डा. हेमसागर बराल, चरा संरक्षणकर्मी मनशान्त घिमिरे, सञ्जीव आचार्य र हठन चौधरीले लामो समयको अध्ययनपछि सूची तयार पारेको निकुञ्जले जनाएको छ । निकुञ्जले सन् २०१६ पछि सन् २०२१ र २०२२ तथा अन्य समयमा भएका गणना र सर्भेक्षणका क्रममा भेटिएका नयाँ प्रजातिसमेत जोड्दै नयाँ सूची प्रकाशन गरिएको जनाएको छ । विश्वमै खतराको सूचीमा रहेको ठूलो खैरो गिद्ध, इम्पेरियल गिद्ध र काश्मीर…

Read More

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । स्वचालित मूल्य निर्धारण प्रणालीअनुसार भारतबाट मूल्य घटेर आएकोले मूल्य घटाइएको हो । आन्तरिकतर्फको हवाई इन्धनमा प्रतिलिटर रु पाँच र अन्तर्राष्ट्रियतर्फको हवाई इन्धनमा प्रतिकिलोलिटर अमेरिकी डलर ३७ ले घटाइएको निगमले जनाएको छ । निगमले पेट्रोल पहिलो, दोस्रो र तेस्रो वर्गका क्षेत्रमा प्रतिलिटर क्रमशः रु एक सय ६०.५०, एक सय ६२ र एक सय ६३ तथा डिजेल र मट्टितेल प्रतिलिटर क्रमशः रु एक सय ५१.५०, एक सय ५३ र एक सय ५४ तोकेको छ । आन्तरिकतर्फको हवाई इन्धनको मूल्य समायोजन भएर प्रतिलिटर रु एक सय ३२ कायम गरिएको छभने अन्तर्राष्ट्रियतर्फको हवाई…

Read More

काठमाडौं । आज देशभर मनसुनी वायुको प्रभाव रहँदा बागमती प्रदेशसहित काठमाडौं उपत्यकाका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । हाल कोशी र वाग्मती प्रदेशका धेरै स्थान र गण्डकी स्थानका एक–दुई स्थानका साथै बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । वाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशको थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । वाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

Read More

काठमाडौं । बुढानीलकण्ठ रिडर्सको पहिलो कार्यक्रम शनिबार सम्पन्न भएको छ । कुनै एउटा विषयमा अध्ययन गरी आफूले बुझेको कुरालाई साराशंमा प्रस्तुत गर्ने ‘पढ्ने र बोल्ने’ कार्यक्रमको पहिलो श्रृंखला नेपाली काँग्रेस बुढानीलकण्ठ नगर कार्यसमितिको कार्यालय सुन्दर बस्तीमा सम्पन्न भएको हो। यस्तो कार्यक्रमले पढ्ने र बोल्ने बानीको विकास हुनुका साथै साथीहरूसँग नयाँनयाँ अनुभव साट्न पाइने भएको यो कार्यक्रमलाई मासिकरूपमा निरन्तरता दिने तयारी गरिएको कार्यक्रमका संयोजक रमेश गौतमले जानकारी दिए । समसामयिक विषयमा भएको कार्यक्रममा नेपाली काँग्रेसका बुढानीलकण्ठ नगर सचिव बिजेन्द्र श्रेष्ठ, बुढानीलकण्ठ नगरपालिकाका वडा नं. ९ का वडा सदस्य रमेश गौतम, नेपाली काँग्रेस बुढानीलकण्ठ-१२ का वडा कार्यसमिति सचिव नवराज भट्टराई र नेपाली…

Read More

काठमाडौं । काठमाडौंमा उपत्यकाव्यापी अन्तर माध्यमिक विद्यालयस्तरीय कविता, निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । सहिद गंगालाल फाउण्डेशन नेपालको आयोजनामा शुक्रबार प्रदर्शनीमार्गस्थित वाल्मीकि विद्यापीठमा कार्यक्रम सम्पन्न भएको हो । सांस्कृतिक सचेतना, प्रतिभाको पहिचान, सामुदायिक सङ्लग्नता र बौद्धिक विमर्श गर्ने उद्देश्यले आयोजना गरिएको सो कार्यक्रममा राजधानीका १९ विद्यालयको सहभागिता रहेको आयोजक संस्थाका महासचिव सूर्यदीप प्रसाद श्रेष्ठले जानकारी दिए । सो प्रतियोगिताअन्तर्गत चित्रकलामा कक्षा ८ देखि १२ सम्मका विद्यार्थीहरूको सहभागिता रहेको थियो भने अन्य तीन विधामा ८ देखि १० कक्षाका विद्यार्थीको सहभागिता रहेको थियो । महासचिव श्रेष्ठका अनुसार प्रतियोगितामा प्रथम हुनेहरूलाई नगद १० हजार रूपैयाँसहित पुरस्कृत गरिनेछ भने दोस्रो र…

Read More

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले नेपाली तेक्वान्दो खेलाडी पलेशा गोवर्धनले पारालिम्पिकमा ऐतिहासिक कास्य पदक हात पारेकामा बधाई ज्ञापन गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत उनले पारालिम्पिकमा नेपाली खेलाडीले जितेको यो पहिलो आधिकारिक पदकका लागि बधाई दिएका हुन् । उनले भनेका छन् : ‘बधाई छ पलेशा गोवर्धन ! तपाईंको ऐतिहासिक पारालिम्पिकमा कास्य पदक जित्ने पहिलो नेपाली खेलाडी बनेकोमा ।’

Read More

काठमाडौं । यदि तपाईं विवाह गर्न जाँदै हुनुहुन्छ भने तपाईंको विवाह गर्नुको कारण धेरै स्पष्ट हुनुपर्छ । हतारमा विवाह गर्ने निर्णयले दुवैको जीवन बर्बाद गर्न सक्छ। आउनुहोस् जानौं यस्ता केही कारणहरू जसको कारणले गर्दा तपाईंले विवाह गर्ने निर्णय गर्नुहुँदैन। विवाह नगर्ने निर्णय गर्नु गलत कारणले विवाह गर्नुभन्दा धेरै गुणा राम्रो साबित हुन सक्छ। ब्रेकअपको कारण यदि तपाईं ब्रेकअपको तनाबबाट बाहिर निस्कन विवाह गर्ने निर्णय गर्दै हुनुहुन्छ भने, तपाईंले केही समय कुर्नुहोस् । यो बेलामा तपाईंको निर्णयमा पुनर्विचार गर्नुपर्छ। यदि तपाईं टुटेको मन भएको कसैसँग नयाँ सम्बन्धमा प्रवेश गर्न लाग्नुभएको छ भने भविष्यमा तपाईं र तपाईंको भावी पार्टनरले सम्बन्ध कायम राख्न…

Read More

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले आउँदै गरेको नेपालीहरूको महान चाड पर्वलाई लक्षित गरी कर्जा सुविधामा छुट योजना सार्वजनिक गरेको छ । तीज, दशैं, तिहार र छठ पर्वलाई लक्षित योजना अन्तर्गत घर कर्जा लिने ग्राहकका लागि बेस रेटमा ०.५ प्रतिशत प्रिमियम ब्याजदरमा कर्जा उपलब्ध गराउने छ । सोही ग्राहकले गाडी कर्जा लिन इच्छुक भएमा बेस रेटमा ०.५ प्रतिशत प्रिमियम व्याजदरमा कर्जा उपलब्ध गराउने छ । साथै उक्त कर्जा लिने ग्राहकले क्रेडिट कार्ड लिन चाहेमा विशेष छुट समेत प्राप्त गर्नसक्ने बैंकले जनाएको छ । त्यस्तै १ करोड रुपैयाँसम्मको साना तथा मझौला कर्जाका लागि बेस रेटमा १ प्रतिशत प्रिमियम ब्याजदरमा उपलब्ध गराउने बैंकले…

Read More

काठमाडौं । काँग्रेस पदाधिकारी बैठकमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले प्रस्तुत गरेको प्रतिवेदन संशोधन नगर्ने पक्षमा करिबकरिब सहमति हुन लागेको छ । शनिबार बसेको पदाधिकारी बैठकमा नेताहरू सहमतिउन्मुख भए पनि बैठक विना निष्कर्ष टुंगिएको छ । वर्तमान पदाधिकारीसँगै पूर्व पदाधिकारीहरू सहभागी बैठकले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको प्रतिवेदनमाथि छलफल गरे पनि सहमति जुटाउन नसकेको हो । बैठकमा महामन्त्रीहरूको प्रस्तावमा सामान्य संशोधन गरे पनि यसको मूलभूत विषयमा संशोधन नगर्ने पक्षमा नेताहरू करिबकरिब सहमतिउन्मुख रहेका छन् । महामन्त्री थापाले प्रस्तुत गरेको प्रतिवेदनलाई परिमार्जनसहित अघि बढाउन बैठक सकारात्मक रहेको बताइएको छ । बैठकपछि कांग्रेस मुख्य सचेतक श्यामकुमार घिमिरेले केन्द्रीय समितिमा प्रतिवेदनलाई…

Read More

काठमाडौं । काठमाडौं उपत्यकामा डेङ्गीको संक्रमण तीब्र भएको छ । स्वास्थ्य सेवा विभागका अनुसार उपत्यकाका तीन जिल्लामा गरी छ सयभन्दा धेरैमा संक्रमण देखिएको हो । जिल्लामा चार सय ६६, भक्तपुर ६२ र ललितपुर ८८ जनामा डेङ्गी सङ्क्रमण देखिएको छ । वर्षाको बेला पानी सङ्कलन गरेर राख्ने र सङ्कलन गरिएको पानीमा लामखुट्टै रहने र त्यही लामखुट्टेले टोक्ने भएकाले डेङ्गुको सङ्क्रमण बढेको विभागले जनाएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले डेङ्गी रोगको सङ्क्रमण बढेपछि हरेक शुक्रबार सरकारी तथा गैरसरकारी कार्यालयमा र अस्पताल परिसरमा सरसफाइ गर्नाका साथै ‘लामखुट्टे खोज र नष्ट गर’ अभियान सञ्चालन गर्न आग्रह गरेको छ । सरकारी अस्पतालमा डेङ्गी रोगका…

Read More

काठमाडौं । नेपाली चेली पलेशा गोवर्धनले पाराओलम्पिकमा इतिहास रचेकी छन् । पेरिस पारालिम्पिक २०२४ अन्तर्गत गएराति सम्पन्न  के-४४ वर्गअन्तर्गत महिला ५७ केजीमुनिको स्पर्धामा पलेशाले सर्वियाकी मारिजा मिचेभलाई १५-८ ले पराजित गर्दै कास्य जितेकी हुन् । यो नेपालले पाएको पहिलो कास्य हो । पारालिम्पिकमा पदक जित्ने उनी पहिलो नेपाली खेलाडी बनेकी छन् । हिजै भएको पहिलो चरणको खेलमा उनले भेनेजुएलाकी भलेरिया मोराल्सलाई ३१-० ले पराजित गर्दै क्वार्टरफाइनलमा स्थान बनाएकी थिइन् । तर, क्वार्टरफाइनलमा ब्राजिलकी सिल्भाना फर्नान्डेससङ १०-८ ले पराजित भएकी थिइन् । दोस्रो चरणमा पराजित भएका कारण उनले रिपाचेजमा मौका पाएकी थिइन् । जसमा फ्रान्सकी सेफी कार्भजनलेलाई २-१ ले पराजित गर्दै…

Read More

काठमाडौं । सर्वोच्च अदालतले आफ्नै अन्तरिम आदेश उल्ट्याउँदै नयाँ आदेश जारी गरेको छ । नेपाल प्रहरीको ३० वर्षे सेवा अवधि खारेजीविरुद्ध सरकारको भ्याकेटमा सर्वोच्च अदालतले शुक्रबार पुरानो अन्तरिम आदेश खारेज गर्दै पुरानै व्यवस्था कायम गरेको हो । यसअघि यही भदौ ६ गते न्यायाधीश हरि फुयालको एकल इजलासले २० वर्षे सेवा अवधि खारेज गर्न अन्तरिम आदेश जारी गरेको थियो । जसले प्रहरीको बढुवा प्रक्रियालाई नै उथलपुथल बनाएको थियो । अन्तरिम आदेश खारेज भएसँगै नेपाल प्रहरीमा कार्यान्वयनमा रहेको ऐन र नियमावलीअनुसार नियमित सञ्चालनको बाटो फुकेको हो । नेपाल प्रहरीका एसएसपी जीवनकुमार श्रेष्ठसहित अवकाशको पत्र पाएका २१ जनाले सर्वोच्चमा रिट दायर गरेका थिए…

Read More

काठमाडौं । गोकर्णेश्वरमा पर्ती जग्गामा बनेको संरचनामाथि डोजर चलेको छ । शुक्रबार बिहान जाेरपाटी नयाँबस्ती कुमारी भैरव चाेक नजिक नगरप्रहरीसहितको टोलीले सो भेगमा पर्ती जग्गामा बनेका संरचनामाथि डोचर चलेको हो । सो क्षेत्रमा पटक‍-पटक सूचना जारी गर्दा पनि अवज्ञा गरेको भन्दै सो क्षेत्रमा डोजर चलाइएको हो । नगरपालिकाका मेयर र वडाध्यक्षले पटकपटक ताकेता गरेर सो क्षेत्र खाली गर्न भन्दा पनि अटेर गरेपछि डोजर चलाउनु परेको नगरपालिकाले जनाएको छ।

Read More

काठमाडौं । बुढानीलकण्ठ युथ सर्कलले हरेक महिना समसामयिक राजनीतिक परिघटनाबारे छलफल गर्न आयोजना गर्ने चिया संवाद कार्यक्रममा सांसद निमा गिरी र कृष्ण रिजाललाई आमन्त्रण गरिएको छ । बुढानीलकण्ठ नगरपालिका वडा नं. ८ मा आयोजित कार्यक्रमअन्तर्गत् साउन महिनामा नेपाली काँग्रेसका महासमिति सदस्य एवम् तरुण दलका केन्द्रीय सदस्य कृष्ण रिजालले युवा नेतृत्व व्यवस्थापन र संगठन निर्माण विषयमा आफ्नो धारणा राखेका थिए । त्यस्तै, भाद्र महिनामा नेपाली काँग्रेस लुम्बिनी प्रदेशका सह महामन्त्री, दलका सचेतक र प्रदेशमा सांसद निमा गिरीले राजनीतिमा महिला समावेशिता र संगठन निर्माणमा महिलाको भूमिका विषयमा संवाद गरेको युथ सर्कलका सदस्य कृष्ण खत्रीले बताएका छन्। बुढानीलकण्ठ युथ सर्कलले मासिक रुपमा चिया…

Read More

काठमाडौं । मन्त्रिपरिषद्को बैठकले एनसेल मोबाइल सेवाको अनुमतिपत्रमा तेस्रो पटक नवीकरण गर्न सहुलियत प्रदान गर्ने निर्णय गरेको छ । एकैपटक सबै रकम तिरेर मात्रै नवीकरण गर्नुपर्नेमा पाँच अर्बका दरले चार किस्ता र ब्याज बुझाउन सक्ने निर्णय गरेको छ । अहिले नवीकरणको समय पुगेको एनसेलले २० अर्ब नतिरेसम्म नवीकरण गर्न नसक्ने प्रावधान रहेकोमा एनसेललाई सहुलितय दिँदै सरकारले नवीकरणको दस्तुर २० अर्बको चार किस्तामध्ये पहिलो किस्ता बुझाएपछि मोबाइल नवीकरण हुने निर्णय गरेको हो । सरकारका प्रवक्ता तथा सन्चारमन्त्री पृथ्वीसुब्बा गुरुङका अनुसार एनसेलले तिर्ने पहिलो किस्तामा ब्याज नलागे पनि दोस्रो किस्ताबाट १० प्रतिशतका दरले ब्याज तिर्नेगरी नवीकरण प्रक्रिया अघि बढाइएको हो । यसले…

Read More

काठमाडौं । सरकारले चलचित्र विकास बोर्डको कार्यकारी अध्यक्षमा इलामका दिनेस डिसीलाई नियुक्त गर्ने निर्णय गरेको छ । सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले बोर्डको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । फिल्म निर्देशक, अभिनेता तथा सञ्चारकर्मी डीसी सत्तारुढ दल नेकपा(एमाले) निकट जनपक्षीय चलचित्रकर्मी सङ्घको अध्यक्ष एवं चलचित्र निर्देशक समाजका पूर्वअध्यक्ष समेत हुन् ।

Read More

काठमाडौं । हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको जल तथा मौसम विज्ञान विभागद्वारा आज यहाँ जारी मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ । सुदूरपश्चिम प्रदेशका केही स्थान तथा मधेश प्रदेशको एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ । विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । बागमती, गण्डकी र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ । आज राति…

Read More

काठमाडौं । आउँदै गरेको हरितालिका तीज खर्चिलो र तडकभडकरहित तरिकाले मनाउन स्थानीय प्रशासनले आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले बिहीबार एक सूचना जारी गर्दै तडकभडक तथा खर्चिलो तरिकाले तीज नमनाउन सूचना जारी गरेको हो । ‘विगतका तुलनामा हालका वर्षहरुमा तीज मनाउने क्रममा अनावश्यक तडकभडक सहितका खर्चिला कार्यक्रम बढ्दै गएको देखिएको छ’, प्रशासनले सूचना मार्फत भनेको छ । सूचना विपरीत हुने कार्यक्रम भएमा सामाजिक व्यवहार सुधार ऐनअनुसार कारबाही गर्ने समेत प्रशासनले चेतावनी दिएको छ ।

Read More