काठमाडौं खबर भदौ १७, २०८१
काठमाडौं । बुढानीलकण्ठ नगरपालिका वडा नं २ मा नेपाली काँग्रेसको संगठन सुदृढीकरण अभियान अन्तर्गत्को कार्यक्रम सम्पन्न भएको छ । काँग्रेस क्षेत्र नं ४ ख को घोषणा बमोजिम सञ्चालन गरिएको सो अभियान यही भाद्र १३ देखि १६ सम्म सञ्चालन भएको नेपाली काँग्रेस बुनपा २ का इकाई सभापति जनक थापाले जानकारी दिए ।
कार्यक्रमअन्तर्गत् वडा इकाईको समन्वयमा ९ वटा टोल कार्यसमितिका पदाधिकारीहरूको सहभागितामा टोलटोलमा बैठक भेला र छलफल गरी सम्पन्न गरिएको २ नं वडा इकाईले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
प्रत्येक टोलको कार्यक्रममा प्रदेश ख का सभापति रामप्रसाद लुइँटेल, उपसभापति एवं अभियानका प्रतिनिधि श्यामकृष्ण श्रेष्ठ, सचिवहरू मनोज सिग्देल, अम्बिका राना, प्रदेश सदस्य एवं प्रतिनिधि विनिता कार्की, क्षेत्र नं ४ सांसद कार्यालयबाट गोपाल आचार्य, इकाई सभापति जनक थापा, इकाई सचिव शंकर बिमली, वडाबाट निर्वाचित जनप्रतिनिधिहरूको सबै टोलका कार्यक्रमहरूमा उपस्थिति रहेको विज्ञप्तिमा उल्लेख छ ।