Author: Kathmandu Khabar

कीभ : युक्रेनको एफ–१६ लडाकु विमान दुर्घटनामा परेको छ । जसमा एक शीर्ष युक्रेनी पाइलटको मृत्यु भएको थियो। युक्रेनी सेनाले बिहीबार यो जानकारी दिएको हो । फेसबुकमा पोष्ट गरिएको सैन्य विज्ञप्तिमा रुसले युक्रेनमा ठूला क्षेप्यास्त्र र ड्रोन आक्रमण गर्दा सोमबार लडाकु विमान दुर्घटनाग्रस्त भएको बताएको छ। युक्रेनी जनरल स्टाफले रिपोर्ट गरेअनुसार एफ-१६ ले उच्च दक्षता प्रदर्शन गर्यो र चार रूसी क्रूज मिसाइलहरू खसाल्यो। विज्ञप्तिमा भनिएको छ, ‘अर्को लक्ष्यमा पुग्ने क्रममा एउटा विमानसँग सम्पर्क टुट्यो। पछि विमान दुर्घटना भएको र पाइलटको मृत्यु भएको थाहा भयो । युक्रेनका शीर्ष पाइलटको मृत्यु गत महिनाको अन्त्यमा पठाइएपछि अमेरिकी निर्मित एफ-१६ विमानको यो पहिलो हानि…

Read More

काठमाडौं । पशुपतिलाई हरेक पूर्णिमाको दिन ८४ व्यञ्जनसहितको भोग लगाउने भवनको रूपमा रहेको महास्नानघर भासिएको छ । करिब १ वर्षअघि आंशिक क्षतिग्रस्त रहेको सो भवनलाई नेपाल इन्भेस्टमेन्ट बैंकको आर्थिक सहयोगमा पुनर्निर्माण गरिएको थियो । तर पुनर्निर्माणको एक वर्ष पनि नबित्दै त्यो भासिएको हो । तत्कालीन राजा रणबहादुर शाहको शासनकालमा यो भवन बनाइएको थियो । २०७२ सालको महाभूकम्पमा जीर्णोद्वार सम्पन्न गरी महास्नानघरमा दुई वर्षअघि २०७९ भदौ पहिलो साता पशुपति सङ्ग्रहालय उद्घाटन गरिएको थियो । सङ्ग्रहालय उद्घाटन गरिए पनि सञ्चालन मापदण्ड नबनेका कारण बन्द नै गरिएको अवस्थामा भासिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । भुँइतलाको भागमा प्रहरी बस्ने गरेको थियो ।…

Read More

काठमाडौं । आज धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक र कारोबार रकममा भारी गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३६ दशमलव ८३ अङ्कले ओरालो लागेर दुई हजार सात सय ४९ दशमलव ५७ मा ओर्लेको छ । यस्तै ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक आठ दशमलव ३५ अङ्कले ओरालो लागेर चार सय ८९ दशमलव ७९ मा ओर्लेको छ । कारोबार भएका कूल १३ उपसमूहमध्ये आज १२ उपसमूहको शेयर मूल्यमा गिरावट आउँदा एक उपसमूहको मात्रै उकालो लागेको छ । कुल दुई करोड ८३ लाख ४६ हजार दुई सय ४६ कित्ता शेयर रु १२ अर्ब २४ करोड…

Read More

काठमाडौं । क्रोएसिया एवं दुबई लैजाने भन्दै ठगी गर्ने तीन गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । छ लाख ७७ हजार ठगी गरेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको हो । मिक्लाजुङ गाउँपालका–७ घर भइहाल काठमाडौँ गोकर्णेश्वर नगरपालका–८ माकलबारी बस्ने ४२ वर्षीय शशी लामा, कास्की माछापुच्छ्रे गाउँपालका–६ घर भइहाल काठमाडौँ महानगरपालका–२६ रानीबारी बस्ने ३२ वर्षीया रोशनी विश्वकर्मा तथा सिन्धुली कमलामाई नगरपालका–७ घर भइ हाल भक्तपुर सूर्यविनायक नगरपालिका–६ बस्ने २५ वर्षीय गणेशबहादुर श्रेष्ठ पक्राउ परेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए । उनले भने, “लामाले रु तीन लाख ६५ हजार, विश्वकर्माले…

Read More

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री एवं सांसद गगन थापाले रास्वपा सभापति रवि लामिछानेको सहकारी ठगी छानबिनसम्बन्धी मुद्दामा रास्वपाका सांसदलाई जवाफ फर्काएका छन् । संसदमा पटकपटक प्रमाण छ भन्नेले प्रमाण नदेखाएको भन्दै प्रश्न उठाएका थिए । पटकपटक संसद्मा प्रश्न उठाएपछि आज संसदमा विशेष समय लिएर बोल्दै थापाले यस्तो जवाफ दिएका हुन् । थापाले सहकारीको रकम अपचलनमा रवि लामिछानेको संलग्नताको प्रमाण संसदीय छानबिन समितिलाई दिइसकेको बताए । प्रमाण खोई भन्ने रास्वपाका सांसदहरूलाई उनको प्रतिपश्न थियो, ‘हामीसँग भएको तथ्य प्रमाण पुगेन होला समितिमा ? हाम्रा साथीहरुले बोकेर जानुभएको छैन होला ?’ थापाले ९ मिनेटको लागि भनेर ९ घण्टासम्म बयान दिनुपरेको स्मरण गर्दै महामन्त्री…

Read More

काठमाडौं । अमेरिकाको भर्जिनियामा नेपालकी नर्स २८ वर्षकी ममता काफ्ले एक महिनादेखि सम्पर्कविहीन भएको घटनाले नेपालमा चर्चा कमाइरहेको छ । जुलाई ३१ तारेखदेखि सम्पर्कविहीन भएकी नर्स काफ्ले हालसम्म फेला परेकी छैनन् भने उनका श्रीमान् नरेश भट्टमाथि प्रहरीले शंका गरेर सोही अनुसारको व्यहोरासहित अदालतमा मुद्दा दायर गरेको छ । यो घटनाले नेपालमा समेत अमेरिकामा नेपालीमाथिको सुरक्षालाई लिएर अनेक चर्चा चल्ने गरेको छ । त्यस्तै, भाद्र १३ गते अमेरिकाको टेक्सस राज्यको ह्युस्टनमा नेपाली युवती मुना पाण्डेको गोली हानी हत्या भयो। ह्युस्टन कम्युनिटी कलेजमा अध्ययनरत २१ वर्षीया मुना पाण्डेको उनकै अपार्टमेन्टमा गोली हानी हत्या गरिएको हो । पाण्डेलाई सोमबार साँझ छातीमा गोली लागेको…

Read More

भक्तपुर। स्वास्थ्य जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले आमनागरिकलाई आधारभूत स्वास्थ्य सेवा निःशुल्क गर्दै र विशिष्टिकृत सेवालाई सरलीकृत गर्न स्वास्थ्य बीमा एक मात्र उपाय भएको बताएका छन् । पूर्वस्वास्थ्यमन्त्री गगन थापाको समयमा सुरु भएको स्वास्थ्य बीमा कार्यक्रमलाई पछिका सरकारहरूले राम्रोसँग कार्यान्वयन गर्न नसक्दा स्वास्थ्य बीमाप्रति नै मान्छेको गलत बुझाइ भइरहेको बेलामा मन्त्री पौडेलले त्यसलाई व्यवस्थित बनाउँदै आम नागरिकलाई नि:शुल्क स्वास्थ्य सेवा दिने योजना सहित काम गरिरहेका छन् । उनले पटकपटक स्वास्थ्य बीमालाई मजबुत बनाउन सकेमा जनतालाई निःशुल्क स्वास्थ्य सेवा दिन सकिने भन्दै स्वास्थ्य बीमालाई एक लाखबाट बढाएर पाँच लाख पुर्‍याउने बताउँदै आएका छन् । भक्तपुर क्यान्सर अस्पतालले बुधबार आयोजना गरेको कार्यक्रममा पनि उनले…

Read More

काठमाडौं । मदर टेरेसा, एउटा नाम जसले नीलो बोर्डर भएको सेतो साडी लगाएर जनताको सेवा गर्ने एनिज गोन्जे बोयाजिउको छविलाई सम्झन्छ। जब मानिसहरूले टेरेसालाई बोलाउँछन्, उनी आफ्नो हृदयमा दया र अनुहारमा कोमलता लिएर हिँड्छिन् । आमाको रूपमा हिँडेकी उनीबाट धेरैले साँच्चै स्नेहको भावना महसुस गर्न सक्छन् । मदर टेरेसा विश्व प्रसिद्ध समाजसेवी महिला हुन् । उनको जन्म सन् १९१० अगस्ट २६ का दिन मेसेडोनिया (हालको अल्बानिया) मा भएको थियो । टेरेसा सन् १९२९ मी भारत आइन र कलकत्ता को सेन्ट म्यारिज स्कुल मी भूगोल पढाउन थालिन् । उनले सन् १९५० मि दि मिसिओनरिज च्यारिटी नामक संस्था खोली गरिब, बिरामी, अनाथ…

Read More

बागमती । घरजग्गामा आएको मन्दीसँगै सवारी साधन खरिदबिक्रीमा समेत मन्दी छाउन थालेको छ । केही वर्षदेखि मन्दीको चपेटामा परेको घरजग्गा व्यवसायसँगै अब सवारी साधनको खरिदबिक्रीमा समेत मन्दी छाएको छ । बागमती प्रदेश सरकारले सङ्कलन गर्ने घरजग्गा रजिष्ट्रेशन (मालपोत) र सवारीसाधन करमा कमी आएको तथ्यांकले देखाएको छ। आर्थिक तरलताका कारण घरजग्गा तथा नयाँ सवारीसाधन खरिद बिक्री कारोबारमा आएको गिरावटसँगै प्रदेश सरकारले ती शीर्षकमा सङ्कलन गर्ने राजस्व पनि प्रभावित भएको हो । घरजग्गा रजिष्ट्रेशन (मालपोत) र सवारीसाधन कर प्रदेश सरकारको राजस्व सङ्कलनको मुख्य आयस्रोत मानिन्छ । दुवै शीर्षकबाट आर्थिक वर्ष २०८०/८१ मा रु १४ अर्ब राजस्व सङ्कलन हुने अनुमान गरिएकामा रु ११…

Read More

काठमाडौं । उपाध्यक्षमा चुनाव हारेकी रामकुमारी झाँक्रीले पोलिटब्यूरोतर्फ भने चौथो लोकप्रिय मत प्राप्त गरेकी छन् । उपाध्यक्ष र पोलिटब्यूरोको निर्वाचन भएकोमा उनले उपाध्यक्षमा भने जयन्ती राईसँग पराजित भएकी थिइन् । पोलिटब्यूरोमा झाँक्रीले कुल १८२ मत प्राप्त गरिन् । पोलिटब्यूरोतर्फ सबैभन्दा धेरै मत विरोध खतिवडाले २०१ मत प्राप्त गरेका छन् । दोस्रो हुने जीवनराम श्रेष्ठले १९५ र तेस्रो हुने रमा आले मगरले १९४ मत प्राप्त गरेकी छन् । यस्तो छ पोलिटब्यूरोको सूची

Read More

काठमाडौं । दिनभर ठूलो उतारचढाव सहे पनि अन्तिममा सामान्य वृद्धिमा नेप्से रोकिएको छ । मंगलबार भारी गिरावट आएको नेप्सेमा बुधबार भने जम्मा तीन दशमलव ८० अङ्कले बढेर दुई हजार सात सय ८६ दशमलव ४० को विन्दुमा कायम भएको छ । दिउँसो २८६० को विन्दुसम्म पुगेको नेप्से बन्द हुने बेलामा २७८६ मा सीमित भएको हो । आज दुई सय २६ कम्पनीको तीन करोड ५० लाख सात हजार ३९ कित्ता शेयर एक लाख ६८ हजार एक सय ७५ पटक खरिदबिक्री हुँदा रु १३ अर्ब ७२ करोड ७३ लाख ६८ हजार तीन सय ९३ बराबरको कारोबार भएको छ । आजको कारोबारमा बैंकिङ शून्य…

Read More

काठमाडौं । बुद्धनगरमा सञ्चालित एक स्नुकरका सञ्चालकको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले एक युवालाई पक्राउ गरेको छ । सोमबार आफ्नै घरमा सञ्चालनमा रहेको स्नुकरको सोफामा गम्भीर अवस्थामा रहेका उनको उपचारको क्रममा सोमबार नै ज्यान गएको थियो । उनको हत्याको आरोपमा प्रहरीले उनकै छिमेकमा बस्ने २२ वर्षीय एमके कुमारलाई पक्राउ गरेको छ । एमकेले प्रहरीसामु हत्याको स्वीकार पनि गरेका छन् भने उनको कोठाबाट प्रहरीले हत्यामा प्रयोग गरिएको रड समेत बरामद गरेको छ । प्रहरीसँगको बयानमा उनले आफूलाई हेपेका कारणले उनको हत्या गरेको बयान दिएको एक प्रहरी अधिकारीले जानकारी दिए । उनले आफूलाई कालीको भक्त हुँ भन्दै आफूले धेरै हेपाइ सहन नसकेको…

Read More

काठमाडौं । साफ यू-२० च्याम्पियनसिपको फाइनल खेलमा नेपाल बंगलादेशसँग तीन गोलले पराजित भएको छ । सातदोबाटोस्थित एन्फा मैदानमा भएको खेलमा बंगलादेशविरुद्ध घरेलु टोली नेपालले ३–० ले पराजित भएको हो । खेलको पहिलो हाफमा सन्तुलित राखेको नेपालले दोस्रो हाफमा भने बंगलादेशसँग लज्जास्पद हार व्यहोर्नुपर्‍यो । पहिलो हाफको इन्ज्युरी समयमा बंगालदेशका मिलाजुल इस्लामले फ्रिकीकमा गोल गर्दै टोलीलाई अग्रता दिलाए थिए । ५४औं मिनेटमा नेपाल २-० ले पछि परेको थियो । खेलको ७०औँ मिनेटमा राहुल हुसैनले को गोलमा बंगलादेशले अग्रता फराकिलो पारेको हो।

Read More

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेनाको प्रधान सेनापतिमा अशोकराज सिग्देललाई नियुक्त गरेका छन् । बुधबार राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्ति अनुसार भदौ २४ गतेदेखि लागू हुने गरी सिग्देललाई नियुक्त गरिएको हो । वर्तमान प्रधानसेनापति प्रभुराम शर्माको कार्यकाल २४ भदौमा समाप्त हुँदैछ । कार्यकाल समाप्त हुनु एक महिनाअघि उनी बिदामा बसेकाले हाल सिग्देल कायम मुकायम प्रधान सेनापति छन् । उनको समय सकिएलगत्तै लागू हुने गरी सिग्देललाई राष्ट्रपतिले नियुक्त गरेका हुन् ।

Read More

ओटावा ।  क्यानडामा प्रधानमन्त्री जस्टिन ट्रुडोको एक आदेशविरूद्ध विद्यार्थीहरूको आक्रोश छाएको छ। ट्रुडोले एक दिन अगाडि क्यानडाको संघीय अध्यागमन नीतिमा ठूलो परिवर्तन गर्ने निर्णय गरेका छन्। यो परिवर्तनअन्तर्गत अब विदेशी विद्यार्थीहरूलाई छोटो समयको काम खोज्न कठिनाइको सामना गर्नुपर्नेछ । किनभने अब यी कामहरू स्थानीय युवाको लागि आरक्षित गरिएको छ। क्यानडाभर यस आदेशको विरोधमा विद्यार्थीहरूले कडा विरोध प्रदर्शन जारी राखेका छन्। ट्रुडोको यो निर्णयका कारण क्यानडामा रहेका ७० हजारभन्दा बढी अन्तर्राष्ट्रिय विद्यार्थीलाई देश निकाला गर्ने खतरा रहेको बताइएको छ । क्यानडाका धेरै राज्यहरूमा विरोध प्रदर्शनहरू अन्तर्राष्ट्रिय विद्यार्थीहरूले प्रिन्स एडवर्ड आइल्याण्ड, ओन्टारियो, मनिटोबा र ब्रिटिश कोलम्बियालगायत विभिन्न प्रान्तहरूमा क्याम्पहरू र र्‍यालीहरू आयोजना…

Read More

काठमाडौं । सर्वोच्च अदालतको आदेशले नेपाल प्रहरीको बढुवा प्रणालीमा बसेको ‘सिस्टम’ नै भद्रगोल हुने भएपछि गृह मन्त्रालयले आदेशविरुद्ध भ्याकेट दर्ता गराएको छ । नेपाल प्रहरीको ३० वर्षे सेवा अवधि लागू नगर्नू भनी सर्वोच्च अदालतले केही दिनअघि जारी गरेको अन्तरिम आदेशविरुद्ध सरकारले मङ्गलबार भ्याकेट निवेदन दर्ता गराएको हो । कार्यपालिकाबाट भई आएको कानुनबमोजिमको कामलाई विनाकानुनी आधार एकतर्फी सुनुवाइबाट जारी भएको अन्तरिम आदेश रद्द गर्न सर्वोच्चमा भ्याकेट निवेदन दर्ता गरिएको कानुन मन्त्रालय कानुन महाशाखाका प्रमुख भरतमणि रिजालले जानकारी दिए। प्रहरीको ३० वर्षे सेवा अवधि हटाउन माग गर्दै प्रहरी अधिकृत एकसाथ सर्वोच्च अदालत पुगेका थिए । यही भदौ १६ गते अवकाश हुन लागेका…

Read More

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्रीको रोल खेलेको चलचित्र नमेटिने घाउ ठूलै तामझामका साथ नेपाली सिने जगतमा आएको थियो । पुराना अभिनेता रमित ढुंगानाले निर्माण एवं निर्देशन गरेको चलचित्रमा केपी शर्मा ओलीको सहभागिताले झनै चर्चा बटुलेको थियो । सामाजिक सञ्जालमा जति चर्चा बटुले पनि हलमा दर्शक नआइदिँदा चलचित्र फ्लप मात्रै भएन निर्माताको लगानी नै बालुवामा पानी भएको छ । हुन त यो चलचित्र गत शुक्रबारदेखि सुरु भएको हो । यसमानेमा दोस्रो हप्तासम्म पुग्दा फिल्म हलको चेन कम्पनी क्युएफएक्सले एउटा सो अझैसम्म पनि राखिदिएको छ । त्यो पनि उपत्यकामा एउटा मात्रै । तर यसले रिलिज भएको हप्ता नै पनि खासै…

Read More

काठमाडौं । काठमाडौंमा जारी साफ यू–२० च्याम्पियनसिपको फाइनल खेल आज हुँदैछ । दुई समूहका विजेता टोली नेपाल र बंगलादेशबीच उपाधिका लागि दिउँसो साढे २ बजे खेल हुन लागेको हो । खेल सातदोबाटोस्थित एन्फा मुख्यालयमा हुने एन्फाले जनाएको छ । भदौ २ गतेदेखि सुरु भएको प्रतियोगितामा नेपालसँगै दक्षिण एसियाका ६ टिम सहभागी थिए । समूह विजेताका लागि नेपालले भुटानलाई हराएको थियो भने बंगलादेशले भारतलाई हराउँदै फाइनल प्रवेश गरेका थिए । नेपाल र बंगलादेश दुवै पेनाल्टी सुटआउटबाट जित निकाल्दै फाइनल प्रवेश गरेका हुन् । त्यसैले पनि फाइनल खेल रोचक हुने अनुमान गरिएको छ ।

Read More

काठमाडौं । नेकपा समाजवादीको महिला उपाध्यक्ष पदमा रामकुमारी झाँक्री पराजित भएकी छन् । पार्टी दर्ता गर्ने समयमा नेपालको हात समाएर निर्वाचन आयोग पुगेकी झाँक्रीलाई हराउन अध्यक्ष नेपाल नै सक्रिय रहेको आरोप लाग्ने गरेको छ । निर्वाचनमा महिला उपाध्यक्षतर्फ जयन्ती राई निर्वाचित भएकी छन् । उनीसँग प्रतिस्पर्धा गरेकी रामकुमारी झाँक्री पराजित भएकी हुन् । एकीकृत समाजवादीले वरिष्ठ सात उपाध्यक्षमध्ये एक उपाध्यक्ष राखेको थियो । जयन्ती पहिले पनि उपाध्यक्ष थिइन् । त्यसो त एउटा नामावली प्रकाशित भएको छ । जसमा माधव नेपाल पक्षलाई जिताउनुपर्ने भनी नामावली सार्वजनिक भएको थियो । जसमा रामकुमारीको नाम उल्लेख छैन । यसरी सूची अनुसार नै झाँक्री पराजित…

Read More

काठमाडौं । सांसदहरूले बौद्धको भेटी व्यवस्थापन गर्न आग्रह गरेका छन् । मन्दिरमा चढाइएको भेटी व्यवस्थापन, गुठीको सम्पत्ति संरक्षण र सदुपयोग हुनुपर्नेमा उनीहरूले जोड दिएका हुन् । राष्ट्रियसभाअन्तर्गतको सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको आजको बैठकमा उहाँहरुले भेटीको पारदर्शिताबारे चर्चा गर्र्दै सदुपयोगमा हुनुपर्नेमा जोड दिए । ‘विश्व सम्पदा सूचीमा सूचीकृत बौद्धनाथ क्षेत्र, बौद्ध मेलम्ची घ्याङ गुठीको जग्गाको अवस्था, समस्या र चुनौती, बौद्धनाथ क्षेत्रको पुजारी नियुक्ति, आयआर्जन र भेटी व्यवस्थापन, विविध’ विषयक छलफलमा उनीहरुले भेटीको सदुपयोग र पारदर्शी व्यवस्थापन हुनुपर्नेमा जोड दिएका हुन् । गुठीका नाममा रहेको जग्गाको संरक्षरण र व्यवस्थापन गरेर राज्यको सम्पत्तिको सदुपयोग गर्नुपर्नेमा उनीहरूको जोड थियो । समितिका सभापति…

Read More

काठमाडौं । ब्राजिलमा रहेको नेपाली दूतावासले अवैध बाटोबाट अमेरिका हिँडेका १७६ नेपाली ब्राजिलमा अलपत्र परेको जनाएको छ । पानामाको बाटो हुँदै अमेरिका जान हिँडेका उनीहरू ब्राजिलको साउपाउलो विमानस्थलको ट्रान्जिट इलाकामा भएको जनाएको छ । यसअघि विभिन्न सञ्चारमाध्यममा सो विमानस्थलमा नेपालीसहित करिब ७०० जना विदेशी रोकिएको भन्ने समाचारप्रति आफ्नो ध्यानाकर्षण जनाउँदै दूतावासले त्यहाँ १७६ जना नेपाली रहेको जनाएको हो । आवश्यकताअनुसार उनीहरुलाई मानवीय सहायता पुर्‍याउन तयारी अवस्थामा रहेको दूतावासले सूचित गरेको छ । यसैबीच ब्राजिल सरकारले तत्काल लागू हुनेगरी नेपाललगायत केही देशका राहदानीवाहकलाई प्रवेशाज्ञा लिएको भएमा मात्र ब्राजिल प्रवेशको अनुमति दिने नियम ल्याएको छ । अब उप्रान्त नेपाली आगन्तुकले ब्राजिल भएर…

Read More

काठमाडौं । मंगलबार नेप्से परिसूचकमा भारी गिरावट आएको छ । सेयर बजारको परिसूचक नेप्से १११ अंकले घटेर २८०० भन्दा मुनि आइपुगेको हो । आज करिबकरिब सबैजसो कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ । लगातार दुई दिनको गिरावटपछि नेप्से २७८२ विन्दुमा कायम भएको छ । आज १८ अर्ब ६४ करोडको कारोबार भएको थियो । मंगलबार होटल र पर्यटन बाहेक सबै उपसमूहमा गिरावट आएको छ ।

Read More

काठमाडौं । रास्वपाका निवर्तमान महामन्त्री मुकुल ढकाललाई पार्टीले साधारण सदस्यबाट समेत बर्खास्त गरेको छ । यसअघि महामन्त्री र केन्द्रीय सदस्यबाट बर्खास्त गरेको केन्द्रीय समिति बैठकले मंगलबार साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निष्काशित गरेको हो । मंगलबार बसेको केन्द्रीय समिति बैठकले अनुशासन आयोगको सिफारिस अनुसार उनलाई पार्टीबाट बर्खास्त गर्ने निर्णय गरेको हो पार्टीविरुद्ध लागेको भन्दै निलम्बनमा परेका महामन्त्री ढकाललाई रास्वपाले पटक–पटक स्पष्टीकरण सोधेको थियो । महामन्त्री र प्रवक्ता पदबाट निलम्बन गरेको रास्वपाले स्पष्टीकरणका लागि सुरुमा ३५ दिनको समय दिएको थियो ।

Read More

काठमाडौं । नेकपा एकीकृत समाजवादीले पदाधिकारीसहित पोलिटब्युरो सदस्य छान्न आज निर्वाचन हुने भएको छ । १८ पदाधिकारीसहित ८४ पोलिटब्युरो सदस्यका लागि आज दिउँसो २ बजेदेखि पाँच बजेसम्म निर्वाचन गर्न लागिएको हो । पार्टीको सोमबार सम्पन्न केन्द्रीय कमिटी बैठकले सहमतिको प्रयास सफल नभएपछि निर्वाचनको माध्यमबाट पदाधिकारी तथा पोलिटब्युरो सदस्य छनौट गर्ने निर्णय गरेको हो । पार्टीका अनुसार उम्मेदवारी दर्ता, दाबी विरोध, उम्मेदवारी फिर्ता, अन्तिम नामावली प्रकाशनलगायत कार्यक्रम मङ्गलबार बिहानदेखि सुरु भई, दिउँसो २ देखि पाँच बजेसम्म मतदान र साँझसम्म मतगणना गरिने निर्वाचन आयोगका अध्यक्ष माधव पौडेलद्वारा जारी तालिकामा उल्लेख छ । केन्द्रीय कमिटी सदस्यले मात्र निर्वाचन प्रक्रियामा सहभागी हुन पाउने छन्…

Read More

काठमाडौं । करिब छ महिनाअघि महामन्त्री गगन थापाले ल्याएको पार्टी सुधारको प्रस्तावमा केन्द्रीय समितिमा संस्थापन पक्ष सहमत हुन नसक्दा महासमितिबाट पारित प्रस्ताव केन्द्रीय समितिले अझै पारित गर्न सकेको छैन । ०८२ भित्रै महाधिवेशन गर्ने र चुनावी गठबन्धन नगर्ने महामन्त्री गगन थापाका दुई प्रस्तावप्रति कांग्रेसको संस्थापन पक्षले आपत्ति जनाउँदै आएको छ । यो प्रस्ताव फिर्ता लिन तीब्र दबाब आए पनि गगनले सो प्रस्ताव फिर्ता लिएका छैनन् । यसैबीच यस विषयमा कुरा गर्न देउवाले कांग्रेसको  उपसभापति र महामन्त्रीको बैठक बोलाएका छन् । सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा पाँच पदाधिकारी मात्र बस्ने गरी बैठक बोलाइएको हो । महामन्त्री थापाले भने आफूले अघि सारेका…

Read More

काठमाडौं । नेकपा एमाले काठमाडौंले खोला छेउमा घर बनाउन पाउनुपर्ने माग गरेको छ । २०६५ साल मंसिर १ को मन्त्रिपरिषद्को निर्णय र केही दिन अघिको सर्वोच्च अदालतको परमादेशले ठूला नदी छेउको ४० मिटर आसपास घर बनाउन नपाउने व्यवस्था गरेको थियो । तर काठमाडौं एमालेको प्रतिनिधिमण्डलले प्रधानमन्त्री केपी ओलीलाई भेटेर यो निर्णय उल्ट्याउन माग गरेको हो । उनीहरूले मन्त्रिपरिषद्को निर्णय उल्ट्याउन र अदालतको फैसलामा न्यायिक पुनरावलोकन गर्न पनि माग गरेको छ । २०६५ मंसिर १ मा मन्त्रिपरिषद् बैठकले काठमाडौं उपत्यकाका वाग्मती, विष्णुमती र मनोहरा किनारको २० मिटर क्षेत्रभित्र संरचना बनाउन नपाइने निर्णय गरेकामा सर्वोच्च अदालतले गत पुस ३ मा थप २०…

Read More

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वप्रधानमन्त्री समेत रहेका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा सम्मिलित कार्यक्रममा नेताहरूविरुद्ध मूर्दावादको नारा लागेको छ । सोमबार गौरा पर्वको अवसरमा टुँडीखेलमा कार्यक्रमको आयोजना गरिएको थियो । सुदूरपश्चिम प्रदेशमा प्रमुख चाडका रुपमा मनाइने गौरा पर्वमा आयोजित कार्यक्रमको उद्घाटन सो दुवै नेताले दमाहा बनाएर गरेका थिए । दुई नेताले कार्यक्रम उद्घाटन गर्दै गर्दा नेताहरूको नाममा मूर्दावादको नारा लगाउन थालेका युवाहरूले पोडियममा देउवा बोल्न पुग्दा झनै चर्को स्वरमा नारा लगाउन थाले । देउवा पनि के कम उनले लाज नभएकाहरूले कार्यक्रम भाँड्नका लागि यस्तो गरेको भन्दै उल्टै सहभागीलाई थर्काउने कोशिस गरे । ‘तपाईंहरूले जति गरे पनि बोल्नेवाला…

Read More

काठमाडौं । काठमाडौँको गौरीघाट जलमापन केन्द्रमा बागमती नदीले सर्तकता तह पार गरेको छ । अहिले दिउँसो २:४५ बजेको समयमा गौरीघाट जल मापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेको छ । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले आज सूचना जारी गर्दै पानीको मात्रा बढिरहेकाले बागमती–मनोहरा दोभानसम्मको तटीय क्षेत्रमा सावधानी अपनाउन अनुरोध गरेको छ । आज दिउँसोदेखि काठमाडौँ उपत्यकाको आसपास क्षेत्रमा भारी वर्षा भएको छ । यस्तै पछिल्लो एक घण्टामा गोरखाको बारपाक आसपास क्षेत्रमा मध्यम वर्षा भएको र थप वर्षा हुने अनुमान रहेको उल्लेख गर्दै महाशाखाले बुढीगण्डकी र दरौँदी नदीलगायत आसापासका खोलामा बहाव बढ्नसक्ने चेतावनी दिएको…

Read More

काठमाडौं । श्रीकृष्ण जन्माष्टमीको पर्व देशभर हर्षोल्लासका साथ मनाइँदै छ । रातको १२ बजे भगवान् श्रीकृष्ण चाँदीको कमलमा जन्मलिएका थिए । त्यसपछि उनको आरती र जलाभिषेक गरिएको थियो । मथुरामा कान्हाको जन्म हुनेबित्तिकै सम्पूर्ण जन्मभूमि परिसर कान्हाको लागि बधाई र जयकारले गुञ्जियो । बालगोपालको जन्मजयन्तीको अवसरमा उनीसँग सम्बन्धित १० अज्ञात रोचक तथ्य जानौँ । श्री कृष्णको बारेमा १० अज्ञात रोचक तथ्यहरू १. भगवान् श्रीकृष्णले धेरै अभियान र युद्धहरू सञ्चालन गरेका थिए, तर तीमध्ये तीनवटा सबैभन्दा भयंकर थिए । पहिलो- महाभारत, दोस्रो – जरासन्ध र कालयवन, तेस्रो – नरकासुरविरुद्ध। २. भगवान् श्रीकृष्णको तरवारको नाम नन्दक, गदाको नाम कौमौदकी र शंखको नाम…

Read More

काठमाडौं । काठमाडौंको बुद्धनगरका एक पुल हाउस सञ्चालकको मृत्यु भएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार ४० वर्षीय युवकको हत्या भएको हो । उनको पहिचान हुन बाँकी रहेको छ । शंखमुलमा रहेको टाइमपास स्नुकर हाउसका सञ्चालक समेत रहेका वान्तवालाई राति करिब दुई बजे स्नुकरभित्र सुतिरहेको अवस्थामा कुटपिट भएको भेटिएको हो ।

Read More