काठमाडौं खबर भदौ ११, २०८१
काठमाडौं । मंगलबार नेप्से परिसूचकमा भारी गिरावट आएको छ । सेयर बजारको परिसूचक नेप्से १११ अंकले घटेर २८०० भन्दा मुनि आइपुगेको हो ।
आज करिबकरिब सबैजसो कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ । लगातार दुई दिनको गिरावटपछि नेप्से २७८२ विन्दुमा कायम भएको छ ।
आज १८ अर्ब ६४ करोडको कारोबार भएको थियो । मंगलबार होटल र पर्यटन बाहेक सबै उपसमूहमा गिरावट आएको छ ।