काठमाडौं खबर भदौ १२, २०८१
काठमाडौं । नेकपा समाजवादीको महिला उपाध्यक्ष पदमा रामकुमारी झाँक्री पराजित भएकी छन् । पार्टी दर्ता गर्ने समयमा नेपालको हात समाएर निर्वाचन आयोग पुगेकी झाँक्रीलाई हराउन अध्यक्ष नेपाल नै सक्रिय रहेको आरोप लाग्ने गरेको छ ।
निर्वाचनमा महिला उपाध्यक्षतर्फ जयन्ती राई निर्वाचित भएकी छन् । उनीसँग प्रतिस्पर्धा गरेकी रामकुमारी झाँक्री पराजित भएकी हुन् । एकीकृत समाजवादीले वरिष्ठ सात उपाध्यक्षमध्ये एक उपाध्यक्ष राखेको थियो । जयन्ती पहिले पनि उपाध्यक्ष थिइन् ।
त्यसो त एउटा नामावली प्रकाशित भएको छ । जसमा माधव नेपाल पक्षलाई जिताउनुपर्ने भनी नामावली सार्वजनिक भएको थियो । जसमा रामकुमारीको नाम उल्लेख छैन । यसरी सूची अनुसार नै झाँक्री पराजित भएपछि भने राजनीतिक वृत्तमा झाँक्रीमाथि नेपालको धोका भएको आरोप लाग्ने गरेको छ ।