काठमाडौं । आज देशभर वर्षाको सम्भावना रहेको छ । मनसुनको न्यूनचापीय रेखा पश्चिमतिर सरदर स्थानमा दक्षिणतिर र पूर्वतिर सरदर स्थानको आसपास अवस्थित रहेको जनाइएको छ । जल तथा मौसम विज्ञान विभागद्वारा आज जारी मौसम बुलेटिनका अनुसार हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ भने कोशी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ। विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । सातै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेकोबुलेटिनमा उल्लेख छ । यसैगरी, आज राति कोशी, मधेस,…
Author: Kathmandu Khabar
काठमाडौं । आज श्रीकृष्ण जन्माष्टमी । वैदिक सनातन हिन्दू धर्मावलम्बीले आज भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक श्रीकृष्णजन्माष्टमी पर्व मनाउँदैछन् । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगको अन्त्यतिर भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएको सम्झनामा आजको दिनमा श्रीकृष्ण जन्माष्टमी पर्व मनाउने गरिएको हो । चारैतिर सेनाको कडा सुरक्षा हुँदा पनि भगवान् विष्णुको मोहित पार्ने शक्तिका कारण श्रीकृष्ण जन्मिएका बेलामा सबै सैनिक गहिरो निद्रामा परेका थिए । त्यसैबेला आकाशवाणीमार्फत वासुदेवलाई ‘नवजात शिशु कृष्णलाई वृन्दावनस्थित मित्र नन्दका घरमा पुर्याऊँ’ भन्ने आकाशवाणी भएको थियो । यही मोहित पार्ने शक्ति भएका कारण आजको रात्रिलाई मोहरात्रि पनि भनिन्छ । भगवान् विष्णुले हरेक युगमा पृथ्वीमा पाप…
काठमाडौं । मेसेजिङ एप टेलिग्रामका संस्थापक र सीईओ पावेल डुरोभलाई फ्रान्सको पेरिसबाहिर बार्गेट एयरपोर्टमा पक्राउ गरिएको छ । मिडिया रिपोर्टका अनुसार दुरोभविरुद्ध वारेन्ट जारी गरिएको थियो र उनी आफ्नो निजी जेटमा फ्रान्स पुग्दा उनलाई पक्राउ गरिएको थियो । फ्रान्समा टेलिग्रामले सामग्री संयमित नभएको आरोप लगाएको छ र फ्रान्सेली पुलिसले उनीहरूको प्लेटफर्ममार्फत लागूपदार्थको तस्करी, यौन शोषणसम्बन्धी सामग्रीको साझेदारी र मनी लान्ड्रिंगजस्ता धेरै गैरकानुनी गतिविधिहरू भइरहेको दाबी गरेको छ। अहिले उनलाई फ्रान्स प्रहरीले यस मामिलामा पक्राउ गरेको छ । किन गिरफ्तार गरियो सीईओलाई ? टेलिग्रामले पावेल दुरोभको गिरफ्तारीको बारेमा अहिलेसम्म कुनै आधिकारिक बयान दिएको छैन। यसैबीच, फ्रान्स सरकार र प्रहरीले यस विषयमा…
काठमाडौं । लेबनानको गैरसरकारी आर्मी फोर्स हिजबुल्लाहको आक्रमणपछि इजरायलमा ४८ घन्टे सङ्कटकाल घोषणा गरिएको छ । आइतबार बिहान इजरायली डिफेन्स फोर्स (आईडीएफ) का प्रवक्ता रियर एडमिरल डेनियल हागारीले हिजबुल्लाहको आक्रमणको बदलामा इजरायलले दक्षिणी लेबनानमा रहेका लेबनानी नागरिकलाई आक्रमण हुनसक्ने भन्दै सावधानी अपनाउन आफ्ना नागरिकलाई सचेत गराएका छन् । शनिबार राति हिजबुल्लाहले इजरायलको तेल हबिबमा करिब ३०० मिसाइल तथा ड्रोन आक्रमण गरेको थियो । इजरायलले सो मिसाइलले ठूलो क्षति नभएको जनाएको छ । तर फेरि आक्रमण हुन सक्ने भन्दै त्यसको प्रतिरक्षाका लागि भन्दै संकटकाल घोषणा गरिएको हो । इजरायलका रक्षामन्त्री योव ग्यालान्टले सङ्कटकाल घोषणा गरेका छन् र यसले इजरायली रक्षा बल…
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का वरिष्ठ उपाध्यक्ष वीर बहादुर खड्काले आइतबार राष्ट्रिय खेलकुद परिषद्लाई पत्र लेख्दै एन्फाका सीईओको नियुक्ति बदरको माग गरेका छन् । २०७९ फागुन १९ गतेको एन्फा कार्यसमितिको बैठकले सीईओ (अधिकृत प्रथम) नियुक्तिका लागि सूचना प्रकाशित गर्ने निर्णय भएकोमा पछि एन्फाको नियमावलीविपरीत कर्मचारी नियुक्ति गरिएको भन्दै खड्काले खारेज गर्न माग गरेका हुन् । वरिष्ठ उपाध्यक्ष खड्काले स्वार्थ बाझिने गरी एउटा क्लबको अध्यक्षलाई एन्फाको सीईओ बनाएको भन्दै नियुक्ति बदरको माग गरिएको बताएका छन् । उनका अनुसार नियमावलीविपरीत २०८० साल पुष २ गतेको कार्यसमिति बैठकमा कार्यसमितिको पदाधिकारी तथा सदस्यहरूको असहमतिका बाबजुद संकटा क्लबका अध्यक्ष समेत रहेका इन्द्रमान…
काठमाडौं । बुढानीलकण्ठ नगरपालिका वार्ड नं ११ कपनमा रहेको पुरानो कृष्ण मन्दिरमा यस वर्षको कृष्णजन्माष्टमी विशेष तामझामका साथ मनाउने तयारी गरिएको छ । यसैका लागि मन्दिर परिसर वरपर झिलिमिली बत्तीहरुले सजाएर आकर्षक बनाइएको छ । सोदिन दर्शन गर्न आउने भक्तजनहरूको सुविधा र सहजताका लागि आवश्यक तयारी भइरहेको आयोजनकले जनाएको छ । सो दिन भक्तजनहरुलाई खानेपानी प्रबन्ध, प्रसाद वितरण, सुरक्षा, स्वास्थ्य जाँच र भजनकीर्तन आदि कार्यक्रमहरू हुने कुरा मेला व्यवस्थापनमा अग्रसरता लिइरहेका आधारशीला युवा क्लबका अध्यक्ष सुजन लामाले बताए । त्यस्तै, स्थानीय ज्योति केसीले यस वर्ष कृष्ण मन्दिरमा हुन गइरहेको कार्यक्रममा आउनका लागि सम्पूर्ण भक्तजनहरूलाई निमन्त्रणा गरेका छन् । २०३२ सालमा…
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा भारी गिरावट आएको छ । साताको पहिलो दिन परिसूचक ७९ दशमलव ८८ अङ्कले घटेर दुई हजार आठ सय ९४ दशमलव ५७ को विन्दुमा कायम भएको हो । आइतबार कारोबार रकममा पनि गिरावट आएको छ । आज तीन सय ३३ कम्पनीको चार करोड २६ लाख ८६ हजार छ सय ४० कित्ता शेयर दुई लाख १८ हजार पाँच सय ७८ पटक खरिदबिक्री हुँदा रु १९ अर्ब ७४ करोड पाँच लाख ९३ हजार आठ सय बराबरको कारोबार भएको छ । लघुवित्त समूह एक दशमलव ०८ प्रतिशत बढेको छ भने अरू सबै समूहको उपसूचक घटेको छ ।…
काठमाडौं । संघीय मामिला तथा प्रशासन मन्त्रालयको स्थानीय सरकार संस्थागत स्वमूल्यांकन प्रतिवेदन सार्वजनिक गरेको छ । देशभरको स्वमूल्यांकनमा नगरपालिकातर्फ धादिङको नीलकण्ठ नगरपालिका र गाउँपालिकातर्फ पनि धादिङकै बेनीघाट रोराङ गाउँपालिका उत्कृष्ट भएका छन् । तर काठमाडौंतर्फ भने तारकेश्वर नगरपालिका र टोखा नगरपालिका उत्कृष्ट भएका छन् । हालको कार्यविधिअनुसार विभिन्न दश वटा शीर्षकमा मूल्यांकन गर्छन् । शासकीय प्रबन्ध, संगठन तथा प्रशासन, वार्षिक बजेट तथा योजना व्यवस्थापन, वित्तीय एवम् आर्थिक व्यवस्थापन, सेवा प्रवाह, न्यायिक कार्य सम्पादन, भौतिक पूर्वाधार, सामाजिक समावेशीकरण, वातावरण संरक्षण तथा विपद् व्यवस्थापन र सहकार्य तथा समन्वयमा पालिकाले आफ्नै संस्थागत क्षमताको स्वमूल्यांकन गर्नुपर्ने व्यवस्था छ । स्थानीय तहहरूले सम्बन्धित विषयगत क्षेत्रका…
काठमाडौं । सरकारले वैदेशिक रोजगारीमा गएर मृत्यु, अंगभंग वा बिरामी भएकाहरूको सन्ततिलाई छात्रवृत्ति दिने भएको छ । संघीय मामला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहलाई गरेको परिपत्रमा वैदेशिक रोजगार कल्याणकारी कोषमार्फत् शत प्रतिशत आर्थिक सहायता प्राप्त गरेका कामदारका १८ वर्ष मुनिका कक्षा १२ सम्म अध्ययन गर्ने बालबालिकालाई प्रदान गरिने छात्रवृत्तिका लाग आवेदन माग गरेको हो । श्रम स्वीकृति लिई वैदेशिक रोजगारमा गई करार अवधिभित्र मृत्यु भएका वा पूर्णरुपमा असक्त वा गम्भीर बिरामी भएका कामदारको छोराछोरीका लागि छात्रवृत्ति प्रदान गर्न आवेदन आह्वान गरेको हो । सो परिपत्रका आधारमा आधारभूत तहका लागि १२ हजार र माध्यमिक तहका लागि १६ हजार रुपैयाँ…
काठमाडौं । आज पनि काठमाडौंसहित बागमती प्रदेशमा भारी वर्षाको सम्भावना रहेको छ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानमा र पूर्वतिर सरदर स्थानको केही उत्तर दिशातर्फ अवस्थित रहेको मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहने छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा मधेस प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। आज राति कोशी, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी प्रदेशमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी र मधेस प्रदेशका एक…
पाटन (ललितपुर) । उपत्यकाको सबैभन्दा लामो समयसम्म चल्ने रातो मच्छिन्द्रनाथको रथजात्रा शनिबार सकिएको छ । वर्षा र सहकालका देवताका रूपमा पुजिने मच्छिन्द्रनाथको रथजात्रा सकिएको जानकारी इन्द्र महाराजलाई दिनुपर्ने मान्यता रहिआएको छ । सो जात्रा सकिएको जानकारी दिन शनिबार जोडी भँगेरा उडाएको छ भने सप्तपातल पोखरीमा जोडी माछा छाडिएको छ । जोडी भँगेरा उडाउनु र जोडी माछा पोखरीमा छाड्नु अगाडि जात्रा समापनको प्रक्रिया पूरा गर्न बिहानैदेखि बटुकभैरव मन्दिरमा माङ्साहुति यज्ञ गरी ती जोडी भँगेरालाई कथा सुनाइएको थियो । गत वैशाख २७ गते बिहीबार रातो मच्छिन्द्रनाथको मूर्तिलाई पुल्चोकमा रथारोहणका गरेसँगै सुरु भएको रथजात्रा साउन २० गते आइतबार भोटो देखाएपछि सम्पन्न भएको थियो…
काठमाडौं । भगवान बुद्ध ध्यानमा बसेको महिनाको सम्झनामा अहिले एक महिना गुँला पर्व मनाउने गरिन्छ । यसैको महत्वपूर्ण दिनको रूपमा आज स्वयम्भूनाथमा सप्तविधानुत्तर पूजा गरिएको छ । एक देखि एक सय आठ गुरुहरूबाट हुने यो पूजाको अवसरमा मानिसले आफ्ना खराब खानपान तथा व्यवहार त्याग्ने गर्छन् । आज वरिष्ठ तथा ज्येष्ठ नागरिक समाज काठमाडौँ महानगरपालिका–१५ स्वयम्भूले आयोजना गरेको पूजामा मूलाचार्य, उपाध्याय तथा अन्य गुरुज्यूहरूले सामूहिक रूपमा उक्त पूजा गरेका छन् । समाजका अध्यक्ष शारदामुनि बज्राचार्यका अनुसार बौद्ध धर्मका अनुयायीहरूले विभिन्न प्रकारबाट पूजा गर्ने गर्दछन् । तीमध्ये प्रख्याति सप्तविधानुत्तर पूजा एक हो । उनका अनुसार सप्त भनेको सात र विधान भनेको विधिविधान…
काठमाडौ । आज भाद्र कृष्ण पञ्चमीका दिन कागेश्वरी मनोहरा नगरपालिका–४ डाँछीस्थित कोलमती घाटमा बिहानदेखि स्नान गर्नआउने भक्तजनको भीड लागेको छ । यस दिन स्नान गर्दा पाप पखालिएर पुण्य प्राप्त हुने स्कन्द पुराणअन्तर्गतको हिमवत्खण्ड (नेपाल माहात्म्य) लगायत पौराणिक ग्रन्थमा उल्लेख गरिएअनुसार भक्तजनहरूको भिड लाग्ने गरेको हो । वाग्मती नदीको तीर वर्णनका क्रममा नेपाल माहात्म्यको १२८ नं अध्यायमा कोलमती तीर्थ र कोलमतीघाटका बारेमा वर्णन गरिएको छ । कोलमतीघाटमा भाद्रकृष्ण पञ्चमीमा स्नान र दर्शन गरेमा करोडौँ गोदान गरेबराबरको फल मिल्ने वर्णन धार्मिक ग्रन्थमा गरिएको छ । कोलमती वाग्मतीमा मिसिने घाटलाई कोलमतीघाट भनिन्छ । कोलमती र वाग्मती मिसिने स्थानमा चैलमती मिसिएर त्रिवेणीघाट बनेकाले यस…
एकैछिन मेरा आँसुका फोहराहरू बिसाएर निस्सारताको घेराभन्दा माथि कतै पुर्याएर रहरहरुको भंगालोभित्र भयको सन्त्रासलाई पोको पार्दै आत्मनिवेदनका वहावहरूमा मुटुको महाद्वीप बनाउँदै पर क्षितिजपारिको कुनै घुर्मैलो बस्तीमा न्यु इयर इभ मनाउन मन छ तिमीसङ्ग । समयले डोर्याइदिएका पदचापहरु छोडदै एउटा छुट्टै धुर्वीकरणको नक्सा कोर्दै मनभित्र सधैं बल्ने ज्वालामुखीको उज्यालो तापेर पटकपटक जल्नबाट जोगाएको देव्रेपाटो सुरक्षित राखेर शमसानघाट जस्तो शून्यता र एक्लोपन भूलेर रङ्गीन नयाँ वर्ष भित्र्याउने साँझमा प्रेमील धुन सुन्न मन छ तिमीसङ्ग । उदासिनताले गाँजेको आफ्नो दिनचर्यालाई चिन्नै नसकिने झिलमिल बत्ती र माक्सभित्र लुकाएर एउटा नयाँ रंगशालामा बर्सौ अघि अन्यापूर्ण रुपले निर्वासित भएका मेरा सुकोमल हाँसो खोज्दै लम्बाई नभएको यात्राको…
संस्कार सुम्पिँदै यो आदर्श बोक्न चाहेँ छैनन् उचाल्न सक्ने कर्तव्य चाल पाएँ चाहेँ मरूँ युवामा सुम्पेर धर्म बाँकी इच्छा छ देशलाई माया गरूँ नथाकी ।। जन्माउने रुँदै छन् भुल्दा युवा विदेश माटो सुकेर जाँदा के बाँच्छ तत्त्व शेष यो प्रश्नको विचारी देऊ जवाफ ताकी इच्छा छ देश लाई मायाँ गरूँ नथाकी ।। आजन्म दास बन्ने यो देशकै म नारी माटो सधैँ मुमा हुन् कर्तव्य हुन्न भारी खोक्रिन्छ देश मेरो उद्देश्यले नहाँकी इच्छा छ देश लाई मायाँ गरूँ नथाकी ।। छोरा उडे बिरानो बन्दै गए नचिन्ने आफ्नो निधार छोप्दै छन् पुत्र लाज किन्ने खोज्दै छु भूमि खन्ने होला युवा कि बाँकी…
काठमाडौं । बंगलादेशबाट भागेर भारत बसेकी पूर्वप्रधानमन्त्री शेख हसिनाको कुटनीतिक राहदानी खारेज भएको छ । बङ्गलादेशको अन्तरिम सरकारले हसिनाको कूटनीतिक राहदानी बिहीबार रद्द गरेको हो । संयुक्त राष्ट्रसङ्घको एक टोली कथित मानव अधिकार उल्लङ्घनको अनुसन्धान गर्ने कि नगर्ने भनेर मूल्याङ्कन गर्न ढाका पुगेको एक दिनपछि हसिनाका दस्तावेजहरू रद्द गर्ने कदमले उनको भविष्यको योजनालाई अन्योलमा पार्नसक्ने कूटनीतिक नियोगले जनाएको छ । सरकारी जागिरमा व्यवस्था गरिएको आरक्षण दुरूपयोग गरिएको भन्दै यसको विरोधमा सुरू भएको विद्यार्थी आन्दोलनमा सहभागिता बढ्दै जाँदा पूर्वप्रधानमन्त्री हसिना आफ्ना अति निकटस्थ सदस्यसहित हेलिकप्टरमार्फत् नयाँदिल्लीमा शरण लिन पुगेकी थिइन् । आन्दोलनकारी ढाकास्थित उनको सरकारी निवासमा पुगी तोडफोडसमेत गरेका थिए ।…
काठमाडौं । गत साउन साउन ३२ गते हिमताल फुटेर आएको बाढी प्रभावितलाई काठमाडौं महानगरपालिकाले २० लाख रुपैयाँ सहयोग गर्ने भएको छ । महानगरपालिकाका प्रमुख एवं महानगर विपद व्यवस्थापन समितिका संयोजक बालेन्द्र शाह (बालेन) को अध्यक्षतामा बसेको बैठकले सोलुखुम्बु जिल्लाको खुम्बु पासाङ् ल्हामु गाउँपालिकाको कोषमा २० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो । गएको साउन ३२ गते दिउँसो साढे १ बजे खुम्बुको थामेमा हिमपहिरो फुट्दा गेग्रान र ढुला ढुङ्गासहित आएको बाढीले एउटा विद्यालय, एउटा स्वास्थ्य चौकी, २ वटा होटल, १३ वटा घर पूर्ण र १० वटा घर आंशिक रुपमा क्षति भए । ९५० किलोवाट क्षमताको जलविद्युत परियोजनामा क्षति पुर्यायो ।…
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार आजदेखि भदौरे झरी कम हुने सम्भावना देखिएको छ । पछिल्लो एक सातादेखि निरन्तरजस्तो चल्दै आएको झरी शनिबारदेखि रोकिने सम्भावना रहेको छ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेकाले मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको दक्षिणमा र पूर्वतिर सरदर स्थानको केही उत्तर दिशातर्फ अवस्थित रहेको छ । महाशाखाका अनुसार आज देशभर झरी पर्ने सम्भावना छैन । आज दिउँसो सबै प्रदेशका केही स्थानमा सामान्य वर्षाको सम्भावना छ। राति कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले आज गोरखा मिडिया नेटवर्क प्रालिका पूर्व सञ्चालक एवं प्रबन्ध निर्देशक रवि लामिछानेसँग सोधपुछ गरेको छ । समितिको आज बसेको बैठकमा समितिको कार्यविधिअनुसार विभिन्न सहकारी र कम्पनीको रकम दुरुपयोगमा संलग्नका रुपमा आरोपितमध्ये पूर्वउपप्रधानमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेसँग सोधपुछ गरिएको समिति सभापति सूर्य थापाले जानकारी दिए । समिति सचिव बविता मिश्रकाअनुसार आजै गोरखा मिडिया नेटवर्क प्रालिका पूर्व सञ्चालक छविलाल जोशीसँग पनि सोधपुछ गरिएको थियो । समितिले विभिन्न सहकारी र कम्पनीको रकम दुरुपयोगमा सङ्लग्नको रुपमा आरोपित व्यक्तिहरुसँग सोधपुछ तथा बयान लिइरहेको छ । विभिन्न सहकारी संस्थाका सदस्य (शेयरधनी)…
भक्तपुर । केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा ३८ दिने श्रावणी मेला सकिएको छ । ३८ दिनसम्म चलेको श्रावणी मेलामा करिब चार लाख भक्तजनले दर्शन गरेको आयोजकले जनाएको छ । साउन १ गतेदेखि सुरु भएको मेलामा करिब ८५ लाख रूपैयाँ संकलन भएको पनि आयोजकको भनाइ छ । सूर्यविनायक नगरपालिका‐८ सिपाडोलस्थित डोलेश्वर महादेव मन्दिरलाई भदौ ६ गते केदारनाथको शिर भाग घोषणा गरिएको दिन मन्दिरका चारै ढोका खुलागरी दर्शनार्थीले मन्दिरभित्र प्रवेशगरी डोलेश्वरको शिलामा स्पर्श गरेरै पूजा गर्न पाउने व्यवस्था गरिएको केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथा विकास समितिका अध्यक्ष धर्मराज बस्नेतले जानकारी दिए । साउने मेलामा नेपाल, भारतलगायत देशका भक्तजनको आगमन भएको भन्दै…
काठमाडौं । आज पनि उपत्यकासहित बागमती प्रदेशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानमा र पूर्वतिर सरदर स्थानको केही उत्तर दिशातर्फ अवस्थित रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले देशका सबै भागमा आंशिकदेखि साधारणतया बदली रहेको बताएको छ । विभागका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहने छ । सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । बागमती र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ । यसैगरी, आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी,…
काठमाडौं । समाजमा उच्छृंखल गतिविधि फैलाएको आरोपमा प्रतिबन्ध लगाएको १० महिनापछि सरकारले टिकटकमाथि प्रतिबन्ध फुकुवा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले शर्तसहित टिकटकलाई लगाइएको प्रतिबन्ध खुल्ला गर्ने निर्णय गरेको सञ्चारमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले जानकारी दिए । सरकारले नेपालमा सम्पर्क कार्यालय गर्नुपर्ने, सूचीकरण गर्नुपर्ने लगायत शर्त तोकेर सञ्चालन अनुमति दिएको हो । बैठकले टिकटकलाई तीन महिनाभित्रमा विभिन्न मापदण्ड र प्रक्रिया पूरा गर्न पनि सरकारले निर्देशन गरेको छ । तत्कालीन पुष्पकमल दाहाल प्रचण्ड सरकारले गत वर्षको कात्तिकदेखि सामाजिक विकृति बढाएको भन्दै टिकटक बन्द गर्ने निर्णय गरेको थियो । सरकारले प्रतिबन्ध फुकुवा गरेसँगै अब प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले नेपाल…
काठमाडौं । धितोपत्र बोर्डले छ जना कर्मचारीका लागि आवेदन आह्वान गरेको छ । शुक्रबार गोरखापत्र दैनिकमा सूचना जारी गर्दै विभिन्न पदमा गरी छ जना कर्मचारी माग गरेको हो । सहायक निर्देशक अधिकृत तृतीय श्रेणीको एक जना खुला पदमा, सहायक निर्देशक अधिकृत तृतीय श्रेणीका लागि नेपाल धितोपत्र बोर्ड प्रशासन एक जना, बरिष्ठ सहायक सहायक प्रथम श्रेणी नेपाल धितोपत्र बोर्ड प्रशासन मधेसी एक जना, सहायक सहायक द्वितीय श्रेणी नेपाल धितोपत्र बोर्ड प्रशासन खुला एक जना, सहायक सहायक द्वितीय श्रेणी नेपाल धितोपत्र बोर्ड प्रशासन महिला एक जना र सहायक सहायक द्वितीय श्रेणी नेपाल धितोपत्र बोर्ड प्रशासन आ.ज. एक गरी छ जना मागेको हो…
काठमाडौं । सर्वोच्च अदालतले प्रहरी सेवामा ३० वर्षे हदम्याद तत्काल लागू नगर्न सरकारको नाममा अन्तरिम आदेश जारी गरेको छ । यही भदौ १६ गतेदेखि अवकास हुन लागेका प्रहरी वरिष्ठ उपरीक्षक जीवनकुमार श्रेष्ठसहित २१ प्रहरी अधिकृतले दायर गरेको रिटमा सुनुवाइ गर्दै न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासले तत्कालका लागि यो अवधि थप गर्न आदेश दिएको हो । यो आदेशसँगै उनीहरूको सेवा अवधि थप हुने भएको छ । सर्वाेच्चले निवेदकहरु तथा निवेदक जस्तै अवस्थामा रहेका प्रहरी कर्मचारीहरुलाई भदौ १६ गते वा उक्त प्रहरी नियमावलीको नियम १२७ (घ) बमोजिको ३० वर्षे अवधीका आधारमा सेवाबाट अवकास हुने भनि दिइएका पत्राचारहरु हाललाई कार्यान्वयन नगर्नु नगराउनु आदेश…
काठमाडौं । सहकारी ठगी प्रकरणमा पटकपटक आफ्नो संलग्नता अस्वीकार गर्दै आएका पूर्व गृहमन्त्री एवं रास्वपा सभापति रवि लामिछाने अप्ठेरोमा परेका छन् । सूर्यदर्शनलगायत सहकारीका चार वटा सर्वर भेटिएपछि लामिछाने थप संकटमा परेका हुन् । सो सर्बरमा लामिछानेले दुई करोड रुपैयाँ व्यवसाय कर्जामा लिएको भेटिएको छ । सहकारी संस्थाको बचत रकम दुरुपयोग सम्बन्धी संसदीय छानबिन विशेष समितिले गोरखा मिडिया नेटवर्क प्रालिको पूर्वप्रबन्ध निर्देशक समेत रहेका लामिछानेलाई आज दिउँसो २ बजे सोधपुछका लागि बोलाएको समिति सभापति सूर्य थापाले जानकारी दिए । लामिछानेभन्दा अगाडि आज बिहान ११ बजे गोरखा मिडिया नेटवर्कका सञ्चालक छविलाल जोशीलाई पनि सोधपुछका लागि बोलाइएको सभापति थापाले बताए । काठमाडौं…
काठमाडौं । कानुनले उपाध्यक्ष बन्नै नमिल्ने बताएको व्यक्तिलाई उपाध्यक्ष बनाएर गैरकानुनी काम गर्दै आएको अखिल नेपाल फुटबल संघ (एन्फा)ले राष्ट्रिय खेलकुद परिषद्को निर्देशन समेत उल्लङ्घन गर्ने गरेको भेटिएको छ । पाटन उच्च अदालतले लागुऔषध मुद्दामा दोषी ठहर गरेर सजाय समेत तोकिसकेको उपाध्यक्ष दावा लामालाई एन्फाको उपाध्यक्ष बनाउन नमिल्ने ठहर गर्दै राखेपले कानुनको समेत उल्लेख गर्दै पत्र लेखेको थियो । गत चैत २५ गते राखेपका संघसंस्था समन्वय शाखा प्रमुख चन्द्रकुमार राईले एन्फाको नाममा पत्र लेख्दै राष्ट्रिय खेलकुद विकास ऐन २०७७ को दफा २२ को उपदफा ५ को (ङ) मा भएको कानुनी व्यवस्था बमोजिम प्रतिवादी दावा लामा कुनै पनि संघमहासंघमा निर्वाचित, मनोनित…
काठमाडौं । युवा प्रतिभाको खोजी गर्ने प्रतियोगिता मिस्टर नेपाल २०२४ को फाइनलिस्टमा बुढानीलकण्ठका सत्यम पाठक पुगेका छन् । प्रकृति र वन्यजन्तु संरक्षणको विषयमा काम गर्दै आएका २० वर्षीय पाठक गत जेठमा छनोट भएका देशभरका प्रतिभाशाली युवाहरूलाई पछिपार्दै फाइनलिस्ट बनेका हुन् । १८ वर्षदेखि ३२ वर्ष ननाघेका युवाहरूले सहभागिता जनाउन सक्ने यो प्रतियोगिताको आवेदन गत जेठमा खुलेको थियो । विश्वका जुनै कुनामा रहेका ५ फिट ७ इन्च माथि उचाइ भएका नेपाली नागरिकले सहभागिता जनाउन सक्ने यो प्रतियोगितामा विलक्षण प्रतिभा, शारीरिक तन्दुरूस्तीलगायतका विभिन्न विधाको आधारमा सहभागीलाई सर्ट लिस्ट गराइने छ । मुलुकको विकास र प्रतिभाशाली कार्य गर्नेहरूका लागि यो आफैँमा एउटा उत्कृष्ट…
काठमाडौं । काठमाडौं महानगरपालिकाले आफ्ना वडाहरूलाई पुरातात्विक सम्पदा पुनर्निर्माणमा चुना सुर्कीको प्रयोग गर्न निर्देशन दिएको छ । महानगरपालिकाको सम्पदा तथा पर्यटन विभागले एक परिपत्र जारी गर्दै पालिकाभित्रका सम्पदामा सिमेन्टको प्रयोग नगर्न निर्देशन दिएको हो । विभागकी प्रमुख कुमारी राईले जारी गरेको परिपत्रमा पाँच वटा बुँदा समेटिएको छ । ती निम्नानुसार रहेका छन् ।
काठमाडौं । मंगलबारदेखि सुरु भएको अविरल वर्ष आज पनि दिनभर जारी रहने सम्भावना रहेको छ । काठमाडौं उपत्यकासहित देशका विभिन्न ठाउँमा बिहानैदेखि वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार दिउँसो पनि काठमाडौंका केही स्थानमा सामान्यदेखि भारी वर्षाको सम्भावना रहेको छ । मंगलबार साँझदेखि नै काठमाडौंमा वर्षा भइरहेको छ । विभागले राति देशभर आंशिकदेखि साधारणतया बदली रहने र कोसी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा वर्षा हुनेछ ।
काठमाडौं । बिहारमा मदिरा सेवनमा गरिएको निषेधाज्ञापछिको सघन अभियानका क्रममा बरामद नौ लाख लिटरभन्दा बढी मदिरा मुसाले खाएको भन्ने समाचार आएपछि भारतभर यसले हंगामा मच्चाएको छ । मिडियामा यस्तो समाचार आएपछि बिहार प्रहरी मुख्यालयले यस विषयमा अनुसन्धान गर्न आदेश दिएको छ । यसै सन्दर्भमा पटना र मगध क्षेत्रका डीआईजी राजेशकुमारले अब बरामद मदिरा बरामद गरेपछि तत्कालै नष्ट गरिने बताए । मुसाले रक्सी पिएको नै हो भने पनि त्यसको पनि छानबिन गर्ने तयारी प्रहरीले गरेको हो । पछिल्लो १३ महिनामा ९.१५ लाख लिटर स्वदेशी तथा विदेशी मदिरा बरामद भएको र त्यसको ठूलो हिस्सा प्रहरी चौकीमा ल्याउँदा खेर फालेको प्रहरी अपराध बैठकले गरेको…
