काठमाडौं खबर भदौ ८, २०८१
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार आजदेखि भदौरे झरी कम हुने सम्भावना देखिएको छ । पछिल्लो एक सातादेखि निरन्तरजस्तो चल्दै आएको झरी शनिबारदेखि रोकिने सम्भावना रहेको छ ।
हाल देशभर मनसुनी वायुको प्रभाव रहेकाले मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको दक्षिणमा र पूर्वतिर सरदर स्थानको केही उत्तर दिशातर्फ अवस्थित रहेको छ । महाशाखाका अनुसार आज देशभर झरी पर्ने सम्भावना छैन । आज दिउँसो सबै प्रदेशका केही स्थानमा सामान्य वर्षाको सम्भावना छ।
राति कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।